प्रबासमा नेपाली भाषालाइ माया गर्ने ब्लग मध्ये एक जुन इजरायली प्रबासबाट प्रस्तुत छ.....ब्लग हेरिदिनुभएकाले धन्यबाद ।

Monday, March 30, 2009

लापरबाहीले पिनास हुन सक्छ



उपेन्द्रराज सोती
के तपाईंलाई रुघाखोकी लागेको धेरै समय भएको छ - तपाईंको नाकबाट सिँगानसँगै रगत पनि बग्ने गरेको छ,टाउको समय-समयमा दुखिरहन्छ, नाकले गन्ध थाहा पाइराखेको छैन, स्मरणशक्ति घटेको अनुभव हुँदै छ भनेतपाईंलाई पिनास भइसकेको पनि हुन सक्छ ।
विशेषतः जाडो मौसममा हुने पिनासबाट धेरैले दुःख पाइराखेका हुन्छन् । रुघाखोकी लाग्दा केही पनि नभएकोभनी लापरबाही गर्नाले पिनास हुन्छ । यसबाहेक पनि धूलो-धूवाँ, नाकमा हुने संक्रमण, विभिन्न किसिमकानाकका एलर्जीहरु, नाकभित्रको हड्डी बाङ्गिनु, नाकभित्र मासु बढ्नु वा पलाउनु पनि पिनास हुनुका कारण हुनसकछन् । त्रि.वि. शिक्षण अस्पतालका नाक-कान-घाँटीरोग विशेषज्ञ डा. नरमाया थापाका अनुसार विशेषतःरुघाखोकी तथा धूलो-धूवाँलाई सामान्य त हो नि भनी बेवास्ता गर्दा पिनास हुन्छ र लामो समयसम्म दुःखपाइन्छ ।
हाल शिक्षण अस्पतालमा दैनिक करिब ९-१० जना पिनासका बिरामी आउने गरेको उहाँले जानकारी दिनुभएको छ ।मानिसको टाउकोका केही हाडहरुमा हावा भरिएका खोपिल्टाहरु हुन्छन्, जसलाईँसाइनस’ भनिन्छ । यी साइनसहरु निधारको अगाडिपट्ट िनाकको दुवैतिर गालाभित्र रहेका हुन्छन् । यस्ता साइनसहरुले टाउकाको हाडलाई हलुका बनाउने र बोलीलाई प्रस्ट पार्ने काम गर्छन् ।साइनस क्याभिटीहरुको भित्र वरिपरि म्युकस झिल्लीले ढाकिएको हुन्छ, जुन तल नाकको म्युकस झिल्लीमा गएर खुल्छ । त्यसैले साइनसबाट निस्कने र्‍याल पदार्थ नाकबाट सिँगानको रुपमाबाहिर निस्कन्छ । कुनै कारणले यो निस्कने बाटो बन्द भई भित्र जम्न गएमा त्यसमा संक्रमण पैदा हुन्छ र पिनासका लक्षणहरु देखिन थाल्छन् । पिनास भन्नाले तिनै साइनस क्याभिटीभित्रकोसुजन हुनु हो ।
पिनासका लक्षणहरु
पिनास साधारणतया दुइ प्रकारको हुन्छ- तीव्र पिनास (Acute Sinusitis ) र द्ीघकालीन पिनास (Chronic Sinusitis) । तीव्रपिनासको लक्षणमा ज्वरो आउने, टाउको दुवैतिर वा एक भाग मात्र दुख्ने, आँखा चलाउँदा दुख्ने र आँखाभन्दा माथिको भागमा पीडाहुन्छ । यदि तीव्र पिनासको समयमा उपचार नभएमा दर्ीघकालीन पिनास हुन्छ । दर्ीघकालीन पिनासको अवस्थाकालक्षणहरुमा हरेक क्षण नाक बन्द भइरहने, नाकबाट पानी बगिरहने, टाउको भारी हुने र नाकले गन्ध थाहा नपाउने हुन्छ ।
पिनासको उपचार
त्रि.वि. शिक्षण अस्पतालकी नाक-कान-घाँटीरोग विशेषज्ञ डा. नरमाया थापाका अनुसार एलोपेथिकअर्न्तर्गतको उपचारमा पिनासकोअवस्थाअनुरुप एन्टिबायोटिक औषधि दिइनुका साथै नाकमा राख्नका लागि विभिन्न नोजल ड्रप दिइन्छ । पीडा भएमा पीडालाईकम गर्ने औषधि खान सल्लाह दिइन्छ । यदि दर्ीघकालीन पिनासको अवस्था भए अप्रेसन गर्नुपर्ने पनि हुन सक्छ ।
नरदेवी आर्युर्वेद चिकित्सालयका डा. चन्द्रकान्त ज्ञवालीका अनुसार पिनासको उपचारअर्न्तर्गत पहिलो चरणमा नाकका स्रोतहरुलाई खोल्ने र कफलाई हटाउने किसिमका आयर्ुवेदिक औषधिहरुदिइन्छ । यसका साथै चिसो खाद्यपदार्थ दही, माछा, केरा, कफवर्द्धक मिर्ठाईहरु खाँदै नखाने र धूलो-धूवाँबाट बच्ने सल्लाह दिइन्छ । हालका दिनमा दैनिक ५-६ जना पिनासका बिरामी नरदेवीअस्पतालमा आउने गरेको उहाँ बताउनुहुन्छ । आयर्ुर्वेदिक पद्धतिअर्न्तर्गत पर्ूण्ारुपमा पिनास निको हुने डा. ज्ञवाली दाबी गर्नुहुन्छ । तर यसको लागि अलि लामो समय लाग्ने उहाँबताउनुहुन्छ ।
आर्युवेदिक उपचारअर्न्तर्गत नस्यकर्म विधि अपनाएर पनि पिनासको उपचार गर्न सकिन्छ । आर्युवेद उपचारका ५ प्रमुख उपचार विधिमध्ये नस्यकर्म पनि एक हो । डा. ज्ञवालीका भनाइमा यसविधिअर्न्तर्गत स्नेहन र स्वेदनका तरिकाहरु अपनाइन्छ । जसमा बिरामीलाई सम्बन्धित तेलले अनुहार-टाउकोमा मालिस गर्ने, औषधियुक्त पानीको बाफ लिने र औषधिकै तेल नाकमा राख्ने कामगरिन्छ । करिब ७ दिनसम्म प्रत्येक दिन आधा घण्टा यो विधि अपनाउनर्ुपर्छ । यसले साइनसभित्र जम्मा भएको फोहोरलाई गलाउने र नरम बनाएर बाहिर निकाल्छ, जसका कारण नाककोप्वाल खुल्छ र टाउको दुख्न बिस्तारै कम हुँदै जान्छ ।
समयमै उपचार नगरे के हुन्छ ?
पिनासको समयमै उपचार नभएमा टाउकोको अग्रभाग अत्यधिक दुख्ने, नाकबाट श्वास फर्ेन अप्ठ्यारो पर्ने, नाक गन्हाउने हुन्छ । संक्रमणका कारण आन्तरिक रक्तश्राव हुन सक्ने र भित्रीरुपमासंक्रमण भई क्यान्सरजस्तो रोग लाग्ने सम्भावना पनि हुन्छ ।
पिनास आफैंमा ठूलो जटिलता नभई सामान्य कुरामा लापरबाही हुनाले निम्तिने रोग भएकाले यसबाट बच्न यसका कारणहरुमा विशेष ध्यान दिनु जरुरी छ, अनि मात्र पिनास हुनबाट जोगिनसकिन्छ ।
इन्डोस्कोपिक साइनस र्सजरी
- डा. नरमाया थापा
इन्डोस्कोपको प्रयोगद्वारा नाक र साइनसको शल्यक्रिया गर्ने विधिलाई इन्डोस्कोपिक साइनस र्सजरी९भ्लमयकअयउष्अ क्ष्लगक क्गचनभचथ० भनिन्छ । यो नयाँ प्रविधि हो । यसमा ल्याप्रोस्कोपिककोलिस्ािस्टेक्टोमीमा -पित्तथैलीको शल्यक्रिया) जस्तै इन्डोस्कोपको मद्दतले स्त्रिmन ९क्अचभभल० मा हर्ेर्दैनाक र साइनसभित्र जँँच्न र शल्यक्रिया गर्न सकिन्छ ।
यो प्रविधि मुख्यतया पिनासको उपचारको लागि विकास भएको हो तर यस प्रविधिद्वारा अन्य रोगहरुको पनि उपचारगर्न सकिन्छ । जस्तै- नाकभित्र पलाएको मासु ९ल्बकब उियथिउ० निकाल्न, न्ााथ्री फुटेमा उक्त ठाउँ पत्ता लगाईरोकथाम गर्न, साधारण किसिमको ट्युमर निकाल्न यो विधि प्रयोग गर्न सकिन्छ । यसका साथै पिट्युटरीट्युमरको शल्यक्रिया गर्न, आँखामा नसाको प्रेसर बढेर अन्धो भएको छ भने यसको पनि शल्यक्रिया ९इउतष्अलभचखभ मभअomउचभककष्यल० गर्न, नाकभित्रको बाङ्गिएको पर्दा ९ल्बकब क्िभउतum० सोझो पार्न,आँखाबाट आँसु आउने रोग ९म्बअचथयअथकतष्तष्क० मा बाहिर घाउ नबनाईकन नाकभित्रबाटै शल्यक्रिया पनिगर्न सकिन्छ । यो शल्यक्रिया हालै नाक, कान, घाँटी विभाग शिक्षण अस्पतालमा सुरु गरिएको छ ।
यो विधिबाट शल्यक्रिया गर्दा बाहिर घाउ बनाउनुपर्दैन र नाकभित्रको भागहरुलाई सुरक्षित तरिकाले बचाउन सकिन्छ । साथै घाउ बनाउनु नपर्ने हुँदा बिरामीलाई अन्य विधिद्वाराउपचार गराउँदाभन्दा छिट्टै घर पठाउन सकिन्छ । शल्यक्रियापछि नाकभित्र पट्टी राखिएको छ भने सो निकालीकन साधारणतया शल्यक्रिया गरेको २-४ दिनभित्र बिरामीलाई घरपठाउन सकिन्छ ।
यो शल्यक्रियापछि बिरामीले केही कुरामा ध्यान दिनुपर्ने हुन्छ । शल्यक्रियापछि नाकभित्र माम्री जम्ने भएकोले उमालेर सेलाएको पानीमा खानेसोडा र नुन मिलाएर दिनमा ३-४पटक एक महिनासम्म नस लिनर्ुपर्छ । शल्यक्रियापछि एक हप्तासम्म एन्टिबायोटिक खानुपर्छ । बिरामीले जोडले सीँ-सीँ गर्नुहुँदैन । यदि नाकभित्र पलाएको मासुको लागिशल्यक्रिया गरिएको हो भने बेला-बेलामा नाकको इन्डोस्कोपीको लागि अस्पतालको ओपीडी जानर्ुपर्छ ।

No comments:

Post a Comment