Monday, August 17, 2009
Saturday, August 15, 2009
डेपॊर्टेशन बिरूद्दमा चौथॊ चरणकॊ भब्य जुलुस

अगष्ट १५,२००९
समाचारः श्याम
तेलअभिब,इजरायल ।
इजरायलमा पुनः
डेपॊर्टेशन बिरूद्दमा चौथॊ चरणकॊ भब्य जुलुस
पुर्ब सूचनामा प्रकाशीत कार्यक्रम अनुशार प्रभाबकारी नाराहरू सहित शान्तीपुर्ण सडकमार्च पास गरी लेबन्स्की पार्कमा पुगेर जुलुस बिसर्जन भएकाे छ उक्त जुलुसलाइ इजरायली समाचार सुत्रले प्रत्यक्ष प्रशारण समेत गरेकाले यस चौथॊ चरणकॊ जुलुस अझ प्रबाभकारी हुने अ।शा गर्न सकिन्छ ।
बाटैभरी तल लेखिएका नाराहरू बिभिन्न भषामा लगाइदै ,हातमा पर्चा र ब्यानरहरू लिएर हिड्नेहरूका संख्या लाबालस्कर देखिन्थे अनि छेउछाउमा इजरायली सुरक्षाकर्मीहरू..................
बालबालीकाहरुलाई निष्कासन गर्ने धम्की बन्द गर ।
यिनिहरु इजरायली बालबालिका हुन्, उनिहरुलाई इजरायली नागरिक्ता दे ।
कामदारलाई निष्कासन गर्न बन्द गर ।
म्यानपावर कम्पनिहरु बिरुद कार्वाही गर।
जसले कामदारहरुलाई अवैधरुपमा लुटछ र गैरकानुनी बनाँउछ ।
घुमाँउरो ढोका बन्द गर।
अ .ने.सा.स. इजरायलद्वारा सन्चालीत गजल लेखन कार्यशाला र साहित्यीक सम्मेलन
News by:Hari Manandhar
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायलले युवाकवि मोतीराम भट्टको १४४ औं जन्म जयन्ती इजरायलको तेल अभिभ शहरमा काव्य गोष्ठी तथा गज़ल लेखन कार्यशाला संचालन गरेर मनाएको छ ।
इजरायलस्थित विभिन्न संघ संस्थाका प्रतिनिधि लेखक साहित्यकार तथा साहित्यप्रेमीहरु सहभागी रहेको सो कार्यक्रममा कवि मोतीराम भट्टको तस्वीरमा पुष्पार्पण गरेर उहाँले नेपाली भाषा साहित्य र नेपाली वांगमयको श्रीवृद्धिमा पुर्याउनु भएको योगदानको स्मरण गरिएको थियो । प्रमुख अतिथि नेपाली राजदुतावास इजरायलका उप प्रमुख श्री मुक्तिनाथ भट्टले सो अवसरमा मोतीराम भट्टद्वारा रचित गज़ल वाचन गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा संस्थाकी सदस्य श्रीमति टिका खरेलले उपस्थितहरुको स्वागत गर्दै अनेसासलाई यसरी नै विभिन्न संघ संस्थाहरुबाट सहयोग तथा सुभेक्षा प्राप्त हुने अपेक्षा व्यक्त गर्नु भयो । त्यसै गरी अनेसासकै सदस्य शंकर पौडेल, झापाली एकता परिवारका केशव कुमार श्रेष्ठ, युनिटी लाइफ सिर्जनशील समुह, इजरायलका हरि मानन्धर, कानुनविद श्याम रोक्का लगायतका वक्ताहरुले आ आफ्नो धारणा राख्दै युवाकवि मोतीरामले कलिलै उमेरमा नेपाली भाषा साहित्यको क्षेत्रमा आफु लगायत समकालीन सर्जकका कृतिहरु प्रकाशन र वितरण गरेर हामीलाई ठुलो गुन लगाएको बताउनु भयो ।
मन्तव्यकै क्रममा प्रमुख अतिथि श्री मुक्तिनाथ भट्टले भाषा साहित्य र समाजको गौरवमय छवी बढाएर अमरत्व प्राप्त गर्ने राष्ट्रिय विभूति मोतीराम नेपाली भाषाका ढुकढुकी हुन् भन्नु भयो । उहाँले कला, भाषा, साहित्य र संस्कृति राष्ट्रको अमुल्य सम्पदा भएको बताउदै सोको अभावमा व्यक्तिले आफ्नो पहिचान गुमाउने हुँदा त्यसको संरक्षण र संवर्द्धनमा प्रवासबाट गरिएका यस्ता कार्यक्रमको सराहना गर्नु हुदै अनेसास इजरायलको प्रगतिको शुभ कामना पनि व्यक्त गर्नु भयो ।
अनेसासका महासचिव कृष्ण थापाले संचालन गर्नु भएको सो कार्यक्रम, तीन चरणमा विभक्त थियो । प्रथम चरणको औपचारिक कार्यक्रम समापन गर्दै सभापति सुनिल संगमले मोतीराम भट्टले बनारस छदै मोतिमण्डलीको स्थापना गरी गज़ललाई नेपाली साहित्यमा प्रारम्भिक कालमै लोकप्रिय बनाएका र भानुभक्त पछिको नपाई समयको महत्वपूर्ण साहित्यिक प्रतिनिधित्व गरेको बताउनु भयो ।
दोश्रो चरणको कार्यक्रम साहित्यिक तथा काव्य गोष्ठी रहेको थियो । गीतकार सुनिल संगमद्वारा रचित, यम बरालको स्वरमा गाइएको गज़ल सुनाएर आरम्भ गरिएको सो कार्यक्रममा आचार्य नवराज, सुनिता राइ, रमेश चक्र खड्का, हरि मानन्धर “विवश”, सुनिल संगम, भिम "भाइ", मनोज गौतम, टिका खरेल, शंकर पौडेल, श्याम रोक्का, कृष्ण थापा, लक्ष्मण खरेल, टकेन्द्र राई तथा शंकर पोख्रेल लगायतले आ आफ्नो रचना वाचन गर्नु भएको थियो ।
काव्य गोष्ठीको समापन पश्चात गज़ल लेखन कार्यशालाको आयोजना गरियो । संस्थाका अध्यक्ष सुनिल संगमले गज़लको उत्पत्ति, अर्थ र परिभाषा, परम्परागत मान्यता तथा वर्तमान परिश्कृतिका विषयमा प्रष्ट पार्दै यसको नियम र सैद्धान्तिक संरचनाका विषयमा गज़ल लेखन प्रशिक्षण संचालन गर्नु भएको थियो ।
१५ अगष्ट २००९, तेलअभिब शहरमा अ.ने.सा.स. इजरायल च्याप्टरद्वार सन्चालीत गजल लेखन कार्यशाला र साहित्यीक सम्मेलनका केहि झलकहरू.......

Wednesday, July 8, 2009
"एउटी आदर्श नारी"(कथा) ...बाँकी पढ्न यहाँ थिच्नुस्

लेखक: भागवत भण्डारी
(संस्थापक सल्लाहकार,www.nnchautari.com)
"एउटी आदर्श नारी"(कथा)
सुब्बिनी बज्यैको मन आज निकै हर्सित छ। मनको हर्श आँखा र अनुहारमा प्रस्टै देखीरहेकोछ। बिहानै मही लिन आउँदा डाँडा घरकी माइलिले नि "आज बज्यैको अनुहार निकै उज्यालो छ नि, झन तरुनी पो हुन लाग्नु भएछ" भनेर जिस्क्यायएकी थीइन। अँ अब उमेर पनि पुग्न लाग्यो, तरुनी त देखिने नै भए नि" बज्यैले हाँसेर जवाफ फर्काउदै पानी नहालेको बाक्लो मही दिएर पठाएकी थीइन। "आमा के टोलाइरहनु भएको ?" छोरीको आबाजले झस्किन्छिन उनी। उनले थालमा मुछ्दै गरेको भात सेलाउन पो लागेछ। खादा खाँदै गास हाल्नै बिर्सेंर उनी त कता हो कता हराउन पुगिछन। "दाई आउने भनेर एती धेरै खुशी भएकी यी आमा पनि। दाइको ठाँउमा म भएको भए यस्तै खुशी हुनुहुन्थ्यो होला आमा तपाईं ?" छोरीको प्रश्नको गहिराइ सुब्बिनी बज्यैले अड्कल गर्नै सकिनन। "के भन्छे यो? तेरो दाई एत्रो समय पछी पढेर फर्कदैछ तलाई खुशी लागेको छैन?" प्रतिप्रश्न गर्छिन उनी छोरीलाई। "ल धेरै कुरा नगर, छिटो छिटो जुठो धन्दा गरेर पिठो कुट्नु पर्छ। तेरो दाइले सेलरोटी साह्रै मन पराउछ।"
रमेश, सुब्बिनी बज्यै को कान्छो छोरो। भन्न को मात्रा कान्छो हो जेठो र माइलो सानैमा बिती सकेका हुनाले उ एक्लो छोरो बाँकी छ। रमेश ७ बर्षको मात्र पुगेको थियो, २ बर्षकी काखकी छोरीलाई छाडेर सुब्बा साब कहिल्यै धर्तिमा नफर्किने गरी अर्कै लोकमा गएका थिए। तेती बेलाको समय नि तेस्तै थियो, अड्डाका सुब्बा हुन रे, खेत बारी प्रसस्तै छ रे भनेर उनी १५ बर्षकी हुँदा आफु भन्दा २५ बर्ष जेठो मान्छे सँग उनको विवाह गरिदिएका बाबु आमाले। जेठि श्रीमती बिती सकेकी भएर नि होला सुब्बा साब उन्लाई साह्रै माया गर्थे। बिधिको बिधान भनौ कि के भनौ? एक दिन बेलुका खाना खाइओरी बिस्तरामा पल्टेका सुब्बा साब फेरी कहिल्यै ब्युझिएनन्।
१८ बर्ष भैसकेछ बुढा बितेको पनि। ३० बर्षको मध्य जवानीमा बिधवा हुन पुगेकी सुब्बिनी बज्यै झन्नै ५० टेक्न लागिन्। लोग्ने बितेपछी एक्लो हुन पुगेको उनको जीवनको आधार भनेकै तेही एउटा छोरो र छोरी मात्र हुन्। छोरी मोरिको त के कुरा भयो र? बिहे गरेर अर्काको घर गैहाल्छे अनी मनले आफ्नो सम्झने मात्रै हो। हुने खाने घरमा परि र राम्रो पोइ भेटी भने बुढी भएकी आमालाई भेट्न सम्म आउने मन पनि लाग्ला नलाग्ला। तेसैले बुढीको मनको आशा भरोशा भनेको तेही एउटा छोरो बाँकी छ।
रमेश पढाईमा असाध्यै तेज छ। सानैमा बाबु बिते पनि उस्लाई हुर्क्याउन आमाले केही कुरामा कमी हुन दीइनन। आफ्नो सम्पत्तिको रुपमा रहेको केही जग्गा बेचेरै भएपनि उस्का ईच्छाहरु पुरा गरिरहिन, उस्लाई पढाईरहिन। छोरीले त खासै पढ्न सकिन। बिचरी एक्ली बुढी आमाको हात बट्याउदैमा कहाँ फुर्सद छ र उस्लाई पनि। तेस्मा पनि दाजुलाई शहर राखेर पढाउन पाएकोमा उस्ले आफुले पढेको भन्दा नि धेरै सन्तोष गरेकी छ। यस्पाली बल्ल बल्ल एस.एल.सी पास गरेर गाँउ मै नयाँ खुलेको उच्च मा. बि. मा ११ क्लासमा भर्ना भएकिछे। उता काठमाण्डूमा रमेश, नेपाल कमर्स क्याम्पसको सबै भन्दा उत्कृष्ट विद्यार्थी। सधैं प्रथम हुन्छ।
स्नातक दोश्रो बर्ष पढ्दा देखिनै रमेशको नजरमा एकजना नारी पात्रले बिशेष स्थान बनाउदै गएको थियो। नारी हक हीत र समानताका बिषयमा बेला बेलामा पत्रिकाहरुमा प्राकासित् हुने उक्त पात्रका रचना हरुले रमेशको मनमा एउटा आदर्श नारीको स्थान ओगट्न सफल भएका थिए। एकदिन नारी दिवसको अबसरमा आयोजित कार्यक्रममा संयोगबस सोही पात्रको नाम उस्को कानमा पर्यो। झन्नै २०-२२ उमेर देखिने, गोरो सुन्दर अनुहारकी युबती मन्चबाट उठेर माइकमा पुगिन। अनि नारी अधिकार. समानता र हकहितका बारेमा धेरै मिठा मिठा कुराहरु गरिन। उन्को भाषण सुनेर रमेश झन प्रभाबित भयो। निर्मला, हो उन्को नाम निर्मला थियो। बेलुका कोठामा आइसके पछि पनि धेरै बेर उस्को कानमा निर्मला को आवाज गुन्जीरह्यो। ति मध्धे उस्लाई असाध्यै घत् लागेको "हामी नारीहरु माथि पुरुषले गर्ने गरेका भेदभाब र अत्याचारहरु बिस्तारै कम हुँदै गैरहेको अनुभब हुँदैछ। तर यहाँ नारीको सबै भन्दा गम्भिर र चुनौतिपूर्ण पीडा भनेको एउटा नारीले अर्की नारी माथि गर्ने शोषण, अत्याचार र भेदभाब रहेकोछ। घर भित्र एउटी सासु, नन्द, आमाजुहरुले कम्जोर बुहारी माथि गर्ने अत्याचार र भेदभाब, अनि एउटी पढेलेखेकी शिक्षित बुहारीले अनपढ निरिह बुढी सासु माथि गर्ने अपमान र भेदभाबहरु अझै पनि डर्लाग्दो रुपमा ब्याप्त छ। हामीले यस्को बिरूद्दमा कम्मर कसेर लागि पर्नु पर्ने बेला भएको छ।
रमेशले पुराना पत्रिकाहरु पल्ट्यायो र खोज्यो निर्मलालाई त्यसभित्र। किन किन उसलाई नजानिदो सम्मोहन नै भएको थियो। पत्रीकाहरूबाट कुनै प्रस्ट ठेगाना नभेटे पछि उस्ले निर्मलालाई खोज्न थाल्यो। बाटोमा हिड्दा, गाडी चढ्दा, रेस्टुराँमा बसेर खाजा खादा जतिखेरपनि उस्का आँखाहरु निर्मलालाई खोजी रहेका हुन्थे। खोज्दा खोज्दा झन्नै झन्नै निरास भई सकेको अवस्थामा एकदिन उस्का नजर सम्योगबस पुतलिसडकमा हिडिरहेका युबतिहरुको हुलमा पर्यो। उसलाई एकछिन त सासै रोकिएला झै भएको थियो त्यो हुलमा निर्मला लाई देखेर। अनी उस्का पाइलाअहरु तबसम्म उनिहरुको पछि लागिरह्यो जबसम्म त्यो हुल शंकर देव क्याम्पसको ढोका भित्र छिरेन। रमेशलाई कता कता आफ्नो गन्तब्य भेटे जस्तो लाग्यो। मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्
अनी लगातार १ हप्ताको शंकर देवको चक्कर पछि उस्ले बल्ल बल्ल हिम्मत जुटाएर निर्मलाको सामना गर्न सकेको थियो। देख्नमा आकर्शक ब्यक्तित्वको धनी भएरै पनि सुरुमा त निर्मलाले उस्लाई खासै घाँस हालेकी होइन। तर जब मिनभबन क्याम्पस पढ्ने आफ्न चिनेका मान्छेहरु बाट रमेशको बारेमा बुझी अनी बल्ल तेती योग्य केटो भेटेकोमा आफुलाई असाध्यै भाग्यमानी सम्झीरहेकी थि। झन्नै ३ बर्षको आत्मियता पछि एकदिन रमेशले आफ्नो सम्पूर्ण पारिवारिक प्रिस्ठभुमी र बर्तमान समेत प्रस्ट उल्लेख गरी निर्मला सँग बिहेको प्रस्ताब राखेको थियो। निर्मला पनि त यसै दिनको प्रतिक्ष्यामा बसेकी थि। उस्ले शहर्ष स्विकार गरिहाली।
आज रमेश आफ्नी हृदयकी रानीलाई साथमा लिएर आफ्नो घर फर्कदैछ। आमाले के भन्नु होला? एउटा छोरोको बिहे हेर्ने कत्रो सपना हुदो हो? बिचरी बहिनिले के भन्ली? नाता गोता, ईस्ट मित्रहरुका कस्ता प्रतिकृया हुने हुन्? आदी अनेक कुराहरु मनमा खेलिरहेका भएता पनि आफुले एक आदर्श नारी जीवन साथी भेटेकोमा ऊ मख्ख छ।
सुब्बिनी बज्यै एकछिन त अलमल्ल परिन छोरो सँग एउटी तरुनी केटी सँगै आइरहेकी देखेर। जब रमेश संगै आएर उस्ले पनि उनको खुट्टामा ढोग गरी उनको झन्नै होस् हवास् घुमेको। रमेशले उनलाई हजुर कि बुहारी भनेर त्यो युबतीको परिचय दिएपछी उनको हर्सको सिमै रहेन। तेती राम्री केटीलाई छोरोले हजुरकी बुहारी भनेर चीनाउदा उनलाई कता कता सपना देखे जस्तै लाग्यो। "हेर निधारमा कति राम्रो कालो कोठी रहेछ, मेरी बुहारीलाई कसैको नजर लाग्दैन, सौभाग्यबती भए" बुढीले अन्तर हृदय बाट आसिर्बाद दिइन। रमेशकी बहिनी पनि सुन्दर अनी पढेलेखेकी भाउजु पाएर मख्खै पारी। छिमेकी, इस्टमित्रहरु भनेका त जे जस्तो अवस्थामा नि नकारात्मक कुरा खोतल्न बढी सिपालु हुन्छन भन्ने रमेश लाई थाहा छदै थियो, तेसैले आमा र बहिनीको प्रतिकृया पछी ऊ झनै खुशी भएको थियो।
केही दिन हरु त रमाईलै बिते। नयाँ बुहारी तेत्रो पढेलेखेकी भनेर सासु नन्दले निर्मलालाई घरको सिन्को भाँच्न दिएका थिएनन। आफुले खाएको भाडा धुने र आफ्ना कपडा धुने बाहेक अरु केही गर्न पाउदैनथी निर्मला। रमेश कता कता निर्मलाको व्यबहारमा परिवर्तन महसुस गर्दै थियो। उनी पहिले जस्ती हसिली थीइनन्। बोलिमा पनि बीस्तारै बिस्तारै मिठास हराएको आभास भईरहेको थियो। नयाँ बुहारी , नयाँ ठाउँ असजिलो मानेर होला भनेर रमेशले खासै महत्व दिएको थिएन ति कुराहरुलाई।
अब काठमाडौं फर्कन ३ दिन बाँकी थियो। रमेशले कलेजमा करारमा आध्यापन गराउन पाउने भएको थियो भने निर्मलाको स्नातकोत्तर सक्नलाई केही प्रस्तुतीहरु सक्नु पर्ने थियो। रमेश निर्मला लाई आफ्नो परिवार, समाज कस्तो लाग्यो भनेर बुझ्ने प्रयास गर्ने बिचारले "अब फर्कने बेला हुन लाग्यो नि के सोच्दै छेउ मेरी प्राण" भनेर सोध्न मात्रै के भ्याएको थियो निर्मलाको प्रतिकृयाले छाङगाबाट खसे झै भयो। "बहिनिको बिहेको भाग र आमाको लागि अलीकती जग्गा छाडेर अरु सबै बेचेर हामी अब कहिल्लेइ यहाँ नफर्कने गरी जाँउ है।" रमेशलाई विश्वाश गर्नै मुस्किल पर्यो कि यो तेही निर्मला बोली रहेकी छ जस्लाई उस्ले पहिले भेटेको थियो। रमेशको कानमा त्यो नारी दिवसको दिनमा निर्मलाले मन्चमा चर्को – चर्को स्वरमा गरेको भाषण गुन्जिराह्यो, अनी आँखामा निर्मलाले पत्र पत्रीकामा प्रकाशित गरेका आदर्श नारीका बिबेचनात्म लेखिएका लेखहरु नाची राह्यो........... नाची राह्यो...... नाची राह्यो।
क्रमशः...................
Tuesday, July 7, 2009
इजरायली प्रबाशका यी बच्चाहरूका भबिश्य कता जालान् त ?

सन् २००३ सालमा इजरायली भुमीमा जन्मिएका बिदेशीकामदारहरूका बच्चाहरू जॊ १० बर्ष उमेर पुरा पुगेका थिए तिनिहरू आमा र बच्चाहरू दुबैलाइ इजरायल सरकारले रेसिसडेन्टल भिसा दिएकॊ थियॊ र बाँकी गैरकानूनी ठहर्नेहरू सबैलाइ स्वदेश फिर्ता पठाउने नियम लागु गरीएकॊ थियॊ तर केहि महिना पछि यस नियमलाइ पूर्ण रूपमा पालना गराउन इजरायल सरकार सफल नभएकॊ वा कानून लागु हुनेक्रममा केहिलचकतापन देखिएकाले,तत्पश्चात इजरायलमा लगभग तिनहजार जत्ती बालबालिकाहरू बिदेशी मूलुकका नागरीकहरूद्वारा गैरकानूनी तबरले जन्माइ हाल इजरायलमा नै अधिकाँश बालाधिकार र सुबिधाहरू जस्तैःस्वास्थ्य बिमा,सुरक्षा,स्वतन्त्र र इन्टरीयर अफीसबाट जन्मदर्ता प्रमाण पत्र समेत पाइ खुलेआम ,जन्मभुमी भएकै हक जमाएर आमा र बच्चा इजरायलमा नै बस्दै आइरहेका छन् तर इजरायलमा नयाँसरकार,शासनप्रणाली ,प्रधानमन्त्री परीबर्तन हुनु संगसंगै जूलाइ १ तारिखदेखि बिदेशीकामदारहरूकालागी नयाँ नियम लागु गरीए पश्चात गैरकानूनी रूपमा बस्दै आएका कामदारहरू , बच्चा र आमा समेत स्वयंकै देशमा फिर्ता पठाइने भएकॊ छ जस्का कारण अधिकाँश बिदेशीकामदारहरू बस्ने तेलअभिब शहर कॊलाहलपूर्ण देखिन्छ सबै गैरकानुनी रूपमा बस्दै आएका कामदारहरू त्राहि,त्राहि भइ भुमीगत हुनेप्रयासमा छन् र ति बच्चाहरूले मौन गुहार , बालाधिकार,जन्मसिद्द अधिकार,जन्मभुमीमै बस्न पाउन अधिकार मागीरहेका छन् ......... चिच्याइ रहेका छन्...... सबैसामु प्रश्न खडा गरीरहेका छन्......

* खै ,आज किन चुप छन् ? इजरायलस्थित ति सबै समाजीक संस्थाहरू ?
* सहायता गर्ने नाँउमा ठूला ठूला नाम र दर्जा लिएर बस्ने तपाइहरूका नजर किन हामीलाइ जन्मभुमीबाट धपाउन लाग्दा समेत चिम्लीरहेका छन् ?
* हक,अधिकार र कानूनका किताब लेख्ने तपाइहरूका हातहरूले हामी बच्चाहरूलाइ जन्मभुमीमै जन्मसिद्द अधिकार दिन किन दुइ शब्द लेख्ने प्रयास गरीरहेका छैनन् ।
* बिदेशी महिलाकामदारहरू गर्भबती हुँदादेखि सुत्केरी हुन्जेल सम्म र बच्चाहरू जन्मीएपछि पनि किन अधिकाँश सुबिधाहरू इजरायली नागरीकहरू सरह दियौ र अहिले पुनः नयाँ नियमकै बहाना बनाइ हामीलाइ धपाउने अन्याय र महापाप गर्दैछौ ?
* हामी बालबालिकाहरूसंग इजरायलकै जन्मदर्ता प्रमाणपत्र हुदाँहुदै पनि किन यॊ हाम्रै जन्भुमी हैन र ?
* हिब्रॊ,अंगेजी र मातृ भाषामा समिश्रण ज्ञान पाएका हामी बच्चाहरूका भबिश्य कता जालान् ?
लेखकः श्याम रॊक्का,इजरायल ।
( http://www.nnchautari.com/)
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्
Friday, June 26, 2009
५० बर्षको अल्पआयु मै प़प किंग माइकल ज्याक्सनको निधन

The pop star suffered cardiac arrest at his Holmby Hills mansion. He was in L.A. rehearsing for a series of upcoming shows in London.
By Harriet Ryan, Chris Lee, Andrew Blankstein and Scott Gold June 26, 2009
Michael Jackson, an incomparable figure in music, dance and culture whose ever-changing face graced the covers of albums that sold more than half a billion copies, died Thursday, shortly after going into cardiac arrest at his rented Holmby Hills mansion. He was 50. He spent much of his life as one of the most famous people on the planet, and to many, his untimely death felt both unthinkable and, oddly, inevitable.Paramedics found Jackson in cardiac arrest when they arrived at his home shortly before 12:30 p.m., three minutes and 17 seconds after receiving a 911 call. His personal physician was already in the house performing CPR. Jackson was not breathing, and it appears he never regained consciousness. Paramedics treated Jackson at the house for 42 minutes, and he was declared dead at 2:26 p.m. at UCLA Medical Center, about two miles from his home above Sunset Boulevard.

Photos: Michael Jackson 1958-2009
Photos: Fans mourn Michael Jackson
A performer who kept transcending boundaries
Michael Jackson: king of style
Jackson's death is a blow to concert promoter AEG
"I got to kiss him and tell him goodbye," said Frank DiLeo, Jackson's manager and friend of 30 years, who was at the hospital. "I lost a very dear friend, someone who I admired, someone who was the greatest talent I ever met or worked with."Los Angeles police said detectives would launch a thorough investigation of the death. They cautioned, however, that they did not believe Jackson was the victim of foul play and that the investigation was standard after the death of a person with his level of fame. Authorities said they would examine whether Jackson had been taking medications that contributed to his death; an autopsy is expected to be performed today.Jackson's death was confirmed outside the hospital by his brother Jermaine, who once performed alongside Michael as a member of the Jackson 5, a family act that began in the steel mill town of Gary, Ind., before making it big in the music industry.
The 2005 trial
YouTube videos
Jackson -- who most famously lived in Santa Barbara County at his Neverland Ranch, named for the island where Peter Pan and the Lost Boys were in no danger of growing up -- had taken up residence in a seven-bedroom estate in Holmby Hills, which he was renting for $100,000 a month.He had come to Los Angeles to rehearse for 50 sold-out concerts at London's O2 Arena, a run of shows that was scheduled to kick off July 13 and had been dubbed "This Is It." The concerts were to have been the start of an ambitious career revival designed to begin wiping out Jackson's staggering debt -- he owed at least $400 million and would have earned $1 million a night -- and return the singer to cultural relevancy.Jackson's backers envisioned the London appearances as an audition of sorts for a reboot that would go on to include a world tour, movies, a Graceland-like museum, new music and revues in Macau and Las Vegas.Those close to Jackson have said he had been working diligently to get in shape for his comeback. A year ago, he was gaunt and used a wheelchair, but recently he'd been exercising with a trainer in addition to daylong rehearsals with dancers half his age.Kenny Ortega, the force behind "High School Musical" and "Dirty Dancing," was brought on as the concerts' director. Jackson was consumed with the project, Ortega said, personally approving every costume and every bit of choreography. Jackson was also thrilled by the notion of keeping the details of the tour secret."He was so in love with this project," Ortega said. "When I looked into his eyes, they looked great. . . . Michael was sincerely happy."Rehearsals were to wrap up early next week. Ortega was leading one of the final rehearsals Thursday afternoon when he received a phone call confirming Jackson's death, which he then revealed to the tour performers."People fell to their knees," he said.Johnny Caswell, a principal at Centerstaging, the Burbank soundstage where Jackson had been rehearsing, watched many of the run-throughs and said he was "absolutely shocked" by the performer's death. Jackson, he said, was "very frail" but approached the rehearsals -- including one the night before his death that witnesses at Staples Center called triumphant -- with boundless energy. "He was working hard," Caswell said.In order for promoters to get insurance for the London shows, Jackson underwent a four-hour physical with an independent doctor this spring. Randy Phillips, the chief executive of AEG Live, the promoter, said the medical screening uncovered "no issues whatsoever."Word of Jackson's death ricocheted around the nation. In Gary, Ind., outside his modest childhood home, fans formed a prayer circle. In New York, fans moonwalked outside the legendary Apollo Theater, where Jackson performed when he was 9. According to the Associated Press, so many people tried to verify Jackson's death that Google's computers interpreted the simultaneous searches for "Michael Jackson" as an automated attack.As the night wore on Thursday, authorities pleaded with fans and onlookers to avoid UCLA Medical Center, to no avail. A large crowd, including some people wearing costumes similar to Jackson's performance outfits, gathered. Across the street, the Sigma Alpha Epsilon fraternity house blasted Jackson's music. A group of young girls sobbed, blocking an emergency room driveway until police ushered them aside.The crowd continued to swell as authorities flew Jackson's body from the hospital to the nearby coroner's office by helicopter -- an event that was televised live."Michael lived a tortured life," said Tommy Mottola, who oversaw Jackson's career for 16 years as head of Sony Music. "With his successes came all the pressures. . . . Imagine living with that stress on a minute-to-minute, day-by-day basis. And that's going on in life from the age of 5 or 6 to 50. It's almost shocking he made it through this long."Jackson's comeback, Mottola said, represented "a very important platform for him to bridge the old and new." But Jackson also needed the comeback to reverse the damage done by years of excessive spending and little work. He has not toured since 1997 or released a new album since 2001, but he has continued to live like a megastar.

Tuesday, June 23, 2009
(बाँकी अंश ) छात्रा ख्याती श्रेष्ठ, हत्याकाण्ड..
घटनाचक्रः
गोपाल र राधा श्रेष्ठ छोरीको उच्च शिक्षाका लागि विराटनगर छाडेर राजधानी छिरेका थिए । आफन्तका सहयोगमा उनीहरुले बालाजुस्थित प्रधानको घरमा डेरा पाए । डेरावालको नातामा श्रेष्ठ परिवारसँग प्रधान राम्रो हेलमेल राख्थे । गत वर्ष उनले बालाजुको घर बेचेपछि श्रेष्ठ परिवार अनामनगर डेरा सर् यो । त्यतिखेर उनले घरै किन्न प्रस्ताव
गरे पनि श्रेष्ठ परिवारले मानेन ।ख्यातिको अपहरण हुनु केही दिनअघि प्रधानले फोन गरेर हालचाल सोधेका थिए । उनलाई असल व्यक्ति सोच्ने श्रेष्ठ दम्पतीले खाना खाने गरी आउने निम्तो दिए । सँगै बसेर खाना खाँदा उनीहरुले ख्यातिको पढाइको विषयमा छलफल गरे । ख्यातिको पाइलट बन्ने इच्छालाई लिएर प्रधानले सल्लाह पनि दिएका थिए । त्यतिबेलासम्म प्रधानको नियतका विषयमा श्रेष्ठ दम्पतीलाई पटक्कै शंका नभएको आफन्त बताउँछन् । जब घटनाक्रमले अपहरण प्रधानबाटै भएको पक्का भयो श्रेष्ठ दम्पतीले कोठामा राखेको एल्बमबाट त्यहाँ रहेको प्रधान र उनकी छोरीको तस्बिर भेटेनन् । 'उसले आफ्नो हुलिया लुकाउने योजनामा फोटो पनि लगेको रहेछ'- एक आफन्त भन्दै थिए ।
प्रहरीले दिएको जानकारीअनुसार जेठ २२ गते बिहान आठ बजे प्रधानले शाक्यलाई फोन गर्न लगाई पुतलीसडकमा डाके । बहाना थियो 'भाऊ म्यागाजिनको अन्तर्वार्ता । ख्यातिले अभिभावक लिएर आउँछु भन्दा 'लेडिजहरुले नै अन्तर्वार्ता लिने हो पर्दैन' भनियो । भाइ नाता लगाएको छिमेकी युवकसँग मोटरसाइकलमा लिफ्ट लिएर ख्याति पुतलीसडक पुगिन् । पुतलीसडकमा शाक्य कुरेर बसेकी थिइन् । मोटरसाइकल लिएर आएका प्रधानले शाक्यलाई परैबाट ख्याति चिनाए । ट्याक्सीमा ल्याउनका लागि ५ सय रुपैयाँको नोट पनि थमाए । शाक्यले ख्यातिलाई भेटिन् र टयाक्सीमा हालेर सिधैं प्रधानको डेरा नयाँबजार खुसिबु टाउन प्लानिङ पुर् याइन् । बाटोमै ख्यातिलाई घरबाट फोन आएको थियो । उनले अन्तर्वार्ताका लागि जाँदैछु भनिन् ।
प्रधान स्वयंले प्रहरीलाई दिएको बयानअनुसार अकस्मात एउटा कोठामा आफ्ना पूर्व घरबेटी भेटेपछि ख्याति अचम्भित भइन् । 'तपाईं पनि यहाँ ?'- उनले भनिन् । कुराकानीका क्रममा दुवैले कफी खाए । त्यसपछि शाक्य फर्किन् । प्रधानले कोठामा ख्याति एक्लै भएको अवस्थामा क्लोरोफर्म सुँघाएर बेहोस पारे । त्यसपछि ख्यातिकै मोबाइल प्रयोग गरी एसएमएसबाट उनी अपहरण भएको भन्दै परिवारसँग १० लाख रुपैयाँ फिरौती मागे । प्रधानले ख्यातिका बाबु गोपालसँग मोबाइल नहुँदा भाइ नाता पर्ने छिमेकीलाई एसएमएस पठाएका थिए ।श्रॆष्ठ परिवार आफन्तजनको सहयोगमा प्रहरीसँग पनि सम्पर्कमा थियो । यता प्रधानले देशका विभिन्न भागमा छु भन्दै पैसा लिएर आऊ भन्न थाले । कहिले बुटवल, कहिले चितवन, कहिले सुनौली र कहिले दार्जिलिङ । श्रेष्ठ परिवारका आफन्त पैसा बोकी गएर त्यत्तिकै फर्के पनि ।
प्रधानले हिन्दी भाषामा एसएमएस पठाउँथे बंगाली लवजमा । त्यतिबेलै प्रधानप्रति शंका पलाएको थियो । यहाँ-त्यहाँ भनेर घुमाउँदा घुमाउँदै प्रधानले अन्ततः काँकडभिट्टामा डाके । उनले पैसा बोकेर श्रेष्ठ परिवारसँग लामो समयदेखि घरेलु कामदारका रुपमा रहेका रामलाई पठाउन भने । रामलाई साथी लिएर ख्यातिकी आमा काँकडभिट्टा गइन् । काँकडभिट्टा ओर्लेर एउटा चिया पसल जाँदा त्यहाँ उनले प्रधानलाई चाउमिन अर्डर गरिरहेको देखिन् र पछि हटिन् । प्रधानले एसएमएस गरी पैसा सीमावर्ती भारतीय भूभाग पानीट्याङ्कीमा पठाउन भने । राम पैसा लिएर गए । पैसा लिन बसेका प्रधानलाई देखेपछि राम छक्क परे । प्रधानले पैसासँगै रामलाई पनि नियन्त्रणमा लिन खोजेका थिए । तर होटल पुर् याइन लागिसकेको राम भागेर आउन सफल भए । प्रधानले त्यसपछि ख्यातिलाई काठमाडौंमा छाडिने जानकारी दिए । आत्तिएका रामले पैसा प्रधानलाई बुझाएको काठमाडौं फर्केपछि मात्र खोले । अपहरणकारी प्रधान नै भएको पुष्टि भएपछि प्रहरीले उनको खोजी गर्न थाल्यो । उनी काठमाडौंमा रहेको भेउ प्रहरीलाई थियो । रकम लिएर काठमाडौं पसेका प्रधान डेरामा नगई ससुरालीमा खाना खान जाँदा रहेछन् । अन्ततः उनलाई आइतबार प्रहरीले चावहिलदेखि पछ्याएर सोह्रखुट्टे क्षेत्रमा पक्राउ गरेको स्रोत बताउँछ ।
पक्राउ परेपछि उनकै बयानका आधारमा प्रहरीले ख्यातिको आधा शव ललितपुरको सैंबु क्षेत्रमा फेला पारेको हो । शवका केही भाग हातखुट्टा सोमबार चितवन नारायणगढ क्षेत्रमा फेला पारी राजधानी ल्याउने तयारी भइरहेको थियो । उनले टाउकोको भाग कहाँ छ भनेर अझै प्रहरीलाई नभनेको स्रोत बताउँछ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार प्रधानले अपहरण गरेकै दिन वा भोलिपल्टसम्मै ख्यातिको ज्यान लिएका हुन् । हत्यापछि शरीर टुक्र्याएर अपराध लुकाउने दुस्चेष्टा गर्न उनले निकै चलाखी गरेको देखिने प्रहरी बताउँछ ।
जटिल चरित्र मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्
नरदेवी मूल घर भन्ने प्रधानले पछिल्लो समय खुसिबु टाउन प्लानिङमा डेरा गर्दै आएका थिए । उनले दार्जिलिङस्थित सेन्ट जोसेफ कलेजबाट बिएस्सी गरेका थिए । उनको साथबाट भारतको रासन कार्ड पनि भेटिएको छ ।
नजिकबाट चिन्नेहरुका अनुसार क्यासिनो गएर पैसा सक्नु उनको कुलत थियो । उनले यसै कारण राजधानीमा बनाएको घर पनि बेचेको बताइन्छ । उनले पछिल्लो समय आफ्ना १० र ५ वर्षका दुई छोरीका नाममा ससुराली पक्षले बैंकमा राखेको २० लाख रुपैयाँ समेत जुवामै सकेको आफन्त बताउँछन् । पत्नीले पठाएको रकम पनि त्यसैगरी मासेको बताइन्छ । क्यानडा जाने मिति नजिकिएको र आफ्नो कुलत धान्न उनी पैसाकै लोभमा अपराधमा लागेको बताउने पनि थिए ।प्रहरीका अनुसार प्रधानबाट घटनाबारे सम्पूर्ण कुरा बुझ्न बाँकी नै छ । उनी जटिल प्रकृतिको भएको र हरेक कुरालाई छिनमै मोड्न सक्ने खुबी राख्ने बताइन्छ । फिरौती लिने क्रममा उनले यही चरित्र देखाएका थिए । प्रधानले आइतबार हिरासतमै ब्लड प्रेसरको औषधी अत्यधिक मात्रामा खाएकाले अस्वस्थ भएपछि तत्काल वीरेन्द्र प्रहरी अस्पताल लगिएको थियो । त्यहाँ उपचार नभएपछि प्रहरीले उनलाई गंगालाल ह्रदय केन्द्र लगेको थियो । उनले आफूलाई सार्वजनिक नगर्न र सकेसम्म छिटो कैद सजायका लागि पठाउनसमेत भनिरहेको स्रोत बताउँछ ।
"अपराधको सीमा नदेख्ने उ अझै सेफसाइड खोज्दैछ"- एक प्रहरी अधिकृतले भने ।
उनले घटनामा क्यासिनोमा चिनेका केही व्यक्तिको साथ लिएको पनि प्रहरीलाई बताएका छन् । तर प्रहरीले घटनास्थलमा अन्य मानिसको आवतजावत नभएको देखिएको बताएको छ ।
उनीसँगै पक्राउ परेकी काठमाडौं महानगरपालिका-१६ की मेरिना शाक्य भने एसएलसी दिएर बागबजारको एक इन्स्टिच्युटमा ब्रिज कोर्स गरिरहेकी छात्रा हुन् । उनी पूर्व शिक्षक प्रधानको नियमित सम्पर्कमा रहेको देखिने प्रहरी बताउँछ ।
शोकमग्न परिवार
अनामनगरको भित्री भागमा सेतो घरको दोस्रो तला । गोपाल र राधा अर्धचेत भएर लडिरहेका छन् । कोठाका चारै भित्तामा मुस्कान छरिरहेका छन् ख्यातिका तस्बिरहरु, जुन अब सम्झना मात्रै छन् ।
एक्लो सन्तानको पढाइमा राम्रो भविष्य देखेर गोपाल र राधा राजधानी छिरेका थिए । एसएलसीमा डिस्टिङ्सन् आएपछि छोरीलाई राम्रो कलेज पढाउने र उसको पाइलट बन्ने साकार बनाउने उनीरुको सपना थियो ।
सहानुभूतिका लागि जम्मा भएका आफन्तका अनुसार श्रेष्ठ दम्पती छोरी संसारमा नरहेको पत्याउन अझै सकिरहेका छैनन् । शव पूरै जम्मा नभएसम्म यसै भन्न नसकिने भनेर आश व्यक्त गर्ने पनि त्यहाँ थिए ।
विराटनगरमा राम्रो सामाजिक प्रभाव भएका गोपाल नामैअनुसार सुधा स्वभावका भएको नातेदार पुरुषोत्तम अमात्य बताउँछन् । राधा उदार-मनका लागि सबैकी प्रिय । अनि ठ्याक्कै बाबुआमाकै स्वभाव आउने ख्याति ।
"मेरो बाबुले उसलाई काली भनेर जिस्क्याउँदा म ठूली भइसकें त्यसो नभन भन्थी, साह्रै प्यारी थिई," आफन्त ज्ञानराजा श्रेष्ठ भावुक हुँदै भन्दै थिए- "ऊ अस्पतालमा जन्मनेबित्तिकै मैले काखमा राखेको हुँ । सानोमा खाना खान नमान्दा पनि ज्ञानुकाका आयो भनेपछि खुरुक्क मान्थी ।"
बाल्यकालका साथी कांग्रेस नेता शेखर कोइराला सोमबार दिउँसो सँगै आएर बसेपछि गोपाल पनि उठेर तकियाको आडमा बसे । दुवैले एकअर्कालाई हेरिमात्र रहे, केही बोल्न सकेनन् ।
पक्राउ परेका श्रेष्ठ ख्यातिका ट्युसन पढाउने शिक्षक हुन्। उनले प्रहरीसमक्ष हत्या स्वीकारेको वयान दिएको प्रहरीले जनाएको छ।
प्रहरी प्रधान कार्यालयको विशेष टोलीले ललितपुरको सैबुस्थित बाटोमुनि खोल्सामा उनको मृत शरीर टाउको र कम्मरमुनिको भाग काटिएको अवस्थामा आइतबार दिउँसो तीन बजे फेला पारेको थियो।
अपहरणको तीन दिनपछि कालिमाटीस्थित उनी अध्ययनरत जुविलियन कलेज एन्ड रिसर्च सेन्टरमा जेठ २५ गते १२ कक्षाको रसायनशास्त्रको व्यावहारिक परीक्षा थियो। ख्याति परीक्षामा अनुपस्थित भएपछि कलेजले अविभावकलाई फोन गरेर उनको अनुपस्थितिबारे जानकारी गराएको थियो। पिता गोपाल श्रेष्ठले छोरी अपरहणमा परेको जानकारी कलेजका अध्यक्ष मधुसुदन रन्जितलाई गराएका थिए। रन्जितका अनुसार पछिल्लोपल्ट शनिबारमात्रै पिता श्रेष्ठले फिरौती रकम बुझाएको बताएका थिए।
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्
गोपाल र राधा श्रेष्ठ छोरीको उच्च शिक्षाका लागि विराटनगर छाडेर राजधानी छिरेका थिए । आफन्तका सहयोगमा उनीहरुले बालाजुस्थित प्रधानको घरमा डेरा पाए । डेरावालको नातामा श्रेष्ठ परिवारसँग प्रधान राम्रो हेलमेल राख्थे । गत वर्ष उनले बालाजुको घर बेचेपछि श्रेष्ठ परिवार अनामनगर डेरा सर् यो । त्यतिखेर उनले घरै किन्न प्रस्ताव
गरे पनि श्रेष्ठ परिवारले मानेन ।ख्यातिको अपहरण हुनु केही दिनअघि प्रधानले फोन गरेर हालचाल सोधेका थिए । उनलाई असल व्यक्ति सोच्ने श्रेष्ठ दम्पतीले खाना खाने गरी आउने निम्तो दिए । सँगै बसेर खाना खाँदा उनीहरुले ख्यातिको पढाइको विषयमा छलफल गरे । ख्यातिको पाइलट बन्ने इच्छालाई लिएर प्रधानले सल्लाह पनि दिएका थिए । त्यतिबेलासम्म प्रधानको नियतका विषयमा श्रेष्ठ दम्पतीलाई पटक्कै शंका नभएको आफन्त बताउँछन् । जब घटनाक्रमले अपहरण प्रधानबाटै भएको पक्का भयो श्रेष्ठ दम्पतीले कोठामा राखेको एल्बमबाट त्यहाँ रहेको प्रधान र उनकी छोरीको तस्बिर भेटेनन् । 'उसले आफ्नो हुलिया लुकाउने योजनामा फोटो पनि लगेको रहेछ'- एक आफन्त भन्दै थिए ।प्रहरीले दिएको जानकारीअनुसार जेठ २२ गते बिहान आठ बजे प्रधानले शाक्यलाई फोन गर्न लगाई पुतलीसडकमा डाके । बहाना थियो 'भाऊ म्यागाजिनको अन्तर्वार्ता । ख्यातिले अभिभावक लिएर आउँछु भन्दा 'लेडिजहरुले नै अन्तर्वार्ता लिने हो पर्दैन' भनियो । भाइ नाता लगाएको छिमेकी युवकसँग मोटरसाइकलमा लिफ्ट लिएर ख्याति पुतलीसडक पुगिन् । पुतलीसडकमा शाक्य कुरेर बसेकी थिइन् । मोटरसाइकल लिएर आएका प्रधानले शाक्यलाई परैबाट ख्याति चिनाए । ट्याक्सीमा ल्याउनका लागि ५ सय रुपैयाँको नोट पनि थमाए । शाक्यले ख्यातिलाई भेटिन् र टयाक्सीमा हालेर सिधैं प्रधानको डेरा नयाँबजार खुसिबु टाउन प्लानिङ पुर् याइन् । बाटोमै ख्यातिलाई घरबाट फोन आएको थियो । उनले अन्तर्वार्ताका लागि जाँदैछु भनिन् ।
प्रधान स्वयंले प्रहरीलाई दिएको बयानअनुसार अकस्मात एउटा कोठामा आफ्ना पूर्व घरबेटी भेटेपछि ख्याति अचम्भित भइन् । 'तपाईं पनि यहाँ ?'- उनले भनिन् । कुराकानीका क्रममा दुवैले कफी खाए । त्यसपछि शाक्य फर्किन् । प्रधानले कोठामा ख्याति एक्लै भएको अवस्थामा क्लोरोफर्म सुँघाएर बेहोस पारे । त्यसपछि ख्यातिकै मोबाइल प्रयोग गरी एसएमएसबाट उनी अपहरण भएको भन्दै परिवारसँग १० लाख रुपैयाँ फिरौती मागे । प्रधानले ख्यातिका बाबु गोपालसँग मोबाइल नहुँदा भाइ नाता पर्ने छिमेकीलाई एसएमएस पठाएका थिए ।श्रॆष्ठ परिवार आफन्तजनको सहयोगमा प्रहरीसँग पनि सम्पर्कमा थियो । यता प्रधानले देशका विभिन्न भागमा छु भन्दै पैसा लिएर आऊ भन्न थाले । कहिले बुटवल, कहिले चितवन, कहिले सुनौली र कहिले दार्जिलिङ । श्रेष्ठ परिवारका आफन्त पैसा बोकी गएर त्यत्तिकै फर्के पनि ।
प्रधानले हिन्दी भाषामा एसएमएस पठाउँथे बंगाली लवजमा । त्यतिबेलै प्रधानप्रति शंका पलाएको थियो । यहाँ-त्यहाँ भनेर घुमाउँदा घुमाउँदै प्रधानले अन्ततः काँकडभिट्टामा डाके । उनले पैसा बोकेर श्रेष्ठ परिवारसँग लामो समयदेखि घरेलु कामदारका रुपमा रहेका रामलाई पठाउन भने । रामलाई साथी लिएर ख्यातिकी आमा काँकडभिट्टा गइन् । काँकडभिट्टा ओर्लेर एउटा चिया पसल जाँदा त्यहाँ उनले प्रधानलाई चाउमिन अर्डर गरिरहेको देखिन् र पछि हटिन् । प्रधानले एसएमएस गरी पैसा सीमावर्ती भारतीय भूभाग पानीट्याङ्कीमा पठाउन भने । राम पैसा लिएर गए । पैसा लिन बसेका प्रधानलाई देखेपछि राम छक्क परे । प्रधानले पैसासँगै रामलाई पनि नियन्त्रणमा लिन खोजेका थिए । तर होटल पुर् याइन लागिसकेको राम भागेर आउन सफल भए । प्रधानले त्यसपछि ख्यातिलाई काठमाडौंमा छाडिने जानकारी दिए । आत्तिएका रामले पैसा प्रधानलाई बुझाएको काठमाडौं फर्केपछि मात्र खोले । अपहरणकारी प्रधान नै भएको पुष्टि भएपछि प्रहरीले उनको खोजी गर्न थाल्यो । उनी काठमाडौंमा रहेको भेउ प्रहरीलाई थियो । रकम लिएर काठमाडौं पसेका प्रधान डेरामा नगई ससुरालीमा खाना खान जाँदा रहेछन् । अन्ततः उनलाई आइतबार प्रहरीले चावहिलदेखि पछ्याएर सोह्रखुट्टे क्षेत्रमा पक्राउ गरेको स्रोत बताउँछ ।
पक्राउ परेपछि उनकै बयानका आधारमा प्रहरीले ख्यातिको आधा शव ललितपुरको सैंबु क्षेत्रमा फेला पारेको हो । शवका केही भाग हातखुट्टा सोमबार चितवन नारायणगढ क्षेत्रमा फेला पारी राजधानी ल्याउने तयारी भइरहेको थियो । उनले टाउकोको भाग कहाँ छ भनेर अझै प्रहरीलाई नभनेको स्रोत बताउँछ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार प्रधानले अपहरण गरेकै दिन वा भोलिपल्टसम्मै ख्यातिको ज्यान लिएका हुन् । हत्यापछि शरीर टुक्र्याएर अपराध लुकाउने दुस्चेष्टा गर्न उनले निकै चलाखी गरेको देखिने प्रहरी बताउँछ ।
जटिल चरित्र मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्
नरदेवी मूल घर भन्ने प्रधानले पछिल्लो समय खुसिबु टाउन प्लानिङमा डेरा गर्दै आएका थिए । उनले दार्जिलिङस्थित सेन्ट जोसेफ कलेजबाट बिएस्सी गरेका थिए । उनको साथबाट भारतको रासन कार्ड पनि भेटिएको छ ।
नजिकबाट चिन्नेहरुका अनुसार क्यासिनो गएर पैसा सक्नु उनको कुलत थियो । उनले यसै कारण राजधानीमा बनाएको घर पनि बेचेको बताइन्छ । उनले पछिल्लो समय आफ्ना १० र ५ वर्षका दुई छोरीका नाममा ससुराली पक्षले बैंकमा राखेको २० लाख रुपैयाँ समेत जुवामै सकेको आफन्त बताउँछन् । पत्नीले पठाएको रकम पनि त्यसैगरी मासेको बताइन्छ । क्यानडा जाने मिति नजिकिएको र आफ्नो कुलत धान्न उनी पैसाकै लोभमा अपराधमा लागेको बताउने पनि थिए ।प्रहरीका अनुसार प्रधानबाट घटनाबारे सम्पूर्ण कुरा बुझ्न बाँकी नै छ । उनी जटिल प्रकृतिको भएको र हरेक कुरालाई छिनमै मोड्न सक्ने खुबी राख्ने बताइन्छ । फिरौती लिने क्रममा उनले यही चरित्र देखाएका थिए । प्रधानले आइतबार हिरासतमै ब्लड प्रेसरको औषधी अत्यधिक मात्रामा खाएकाले अस्वस्थ भएपछि तत्काल वीरेन्द्र प्रहरी अस्पताल लगिएको थियो । त्यहाँ उपचार नभएपछि प्रहरीले उनलाई गंगालाल ह्रदय केन्द्र लगेको थियो । उनले आफूलाई सार्वजनिक नगर्न र सकेसम्म छिटो कैद सजायका लागि पठाउनसमेत भनिरहेको स्रोत बताउँछ ।
"अपराधको सीमा नदेख्ने उ अझै सेफसाइड खोज्दैछ"- एक प्रहरी अधिकृतले भने ।
उनले घटनामा क्यासिनोमा चिनेका केही व्यक्तिको साथ लिएको पनि प्रहरीलाई बताएका छन् । तर प्रहरीले घटनास्थलमा अन्य मानिसको आवतजावत नभएको देखिएको बताएको छ ।
उनीसँगै पक्राउ परेकी काठमाडौं महानगरपालिका-१६ की मेरिना शाक्य भने एसएलसी दिएर बागबजारको एक इन्स्टिच्युटमा ब्रिज कोर्स गरिरहेकी छात्रा हुन् । उनी पूर्व शिक्षक प्रधानको नियमित सम्पर्कमा रहेको देखिने प्रहरी बताउँछ ।
शोकमग्न परिवार
अनामनगरको भित्री भागमा सेतो घरको दोस्रो तला । गोपाल र राधा अर्धचेत भएर लडिरहेका छन् । कोठाका चारै भित्तामा मुस्कान छरिरहेका छन् ख्यातिका तस्बिरहरु, जुन अब सम्झना मात्रै छन् ।
एक्लो सन्तानको पढाइमा राम्रो भविष्य देखेर गोपाल र राधा राजधानी छिरेका थिए । एसएलसीमा डिस्टिङ्सन् आएपछि छोरीलाई राम्रो कलेज पढाउने र उसको पाइलट बन्ने साकार बनाउने उनीरुको सपना थियो ।
सहानुभूतिका लागि जम्मा भएका आफन्तका अनुसार श्रेष्ठ दम्पती छोरी संसारमा नरहेको पत्याउन अझै सकिरहेका छैनन् । शव पूरै जम्मा नभएसम्म यसै भन्न नसकिने भनेर आश व्यक्त गर्ने पनि त्यहाँ थिए ।
विराटनगरमा राम्रो सामाजिक प्रभाव भएका गोपाल नामैअनुसार सुधा स्वभावका भएको नातेदार पुरुषोत्तम अमात्य बताउँछन् । राधा उदार-मनका लागि सबैकी प्रिय । अनि ठ्याक्कै बाबुआमाकै स्वभाव आउने ख्याति ।
"मेरो बाबुले उसलाई काली भनेर जिस्क्याउँदा म ठूली भइसकें त्यसो नभन भन्थी, साह्रै प्यारी थिई," आफन्त ज्ञानराजा श्रेष्ठ भावुक हुँदै भन्दै थिए- "ऊ अस्पतालमा जन्मनेबित्तिकै मैले काखमा राखेको हुँ । सानोमा खाना खान नमान्दा पनि ज्ञानुकाका आयो भनेपछि खुरुक्क मान्थी ।"
बाल्यकालका साथी कांग्रेस नेता शेखर कोइराला सोमबार दिउँसो सँगै आएर बसेपछि गोपाल पनि उठेर तकियाको आडमा बसे । दुवैले एकअर्कालाई हेरिमात्र रहे, केही बोल्न सकेनन् ।
पक्राउ परेका श्रेष्ठ ख्यातिका ट्युसन पढाउने शिक्षक हुन्। उनले प्रहरीसमक्ष हत्या स्वीकारेको वयान दिएको प्रहरीले जनाएको छ।
प्रहरी प्रधान कार्यालयको विशेष टोलीले ललितपुरको सैबुस्थित बाटोमुनि खोल्सामा उनको मृत शरीर टाउको र कम्मरमुनिको भाग काटिएको अवस्थामा आइतबार दिउँसो तीन बजे फेला पारेको थियो।
अपहरणको तीन दिनपछि कालिमाटीस्थित उनी अध्ययनरत जुविलियन कलेज एन्ड रिसर्च सेन्टरमा जेठ २५ गते १२ कक्षाको रसायनशास्त्रको व्यावहारिक परीक्षा थियो। ख्याति परीक्षामा अनुपस्थित भएपछि कलेजले अविभावकलाई फोन गरेर उनको अनुपस्थितिबारे जानकारी गराएको थियो। पिता गोपाल श्रेष्ठले छोरी अपरहणमा परेको जानकारी कलेजका अध्यक्ष मधुसुदन रन्जितलाई गराएका थिए। रन्जितका अनुसार पछिल्लोपल्ट शनिबारमात्रै पिता श्रेष्ठले फिरौती रकम बुझाएको बताएका थिए।
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्
Subscribe to:
Posts (Atom)