प्रबासमा नेपाली भाषालाइ माया गर्ने ब्लग मध्ये एक जुन इजरायली प्रबासबाट प्रस्तुत छ.....ब्लग हेरिदिनुभएकाले धन्यबाद ।
Showing posts with label Amrit Pandit. Show all posts
Showing posts with label Amrit Pandit. Show all posts

Sunday, May 17, 2009

यो मेक्सिको हैन, नेपालै हो

May 17, 2009
यो मेक्सिको हैन, नेपालै हो



कति उही राजनीतिका पट्यारलाग्दा गफ पढ्ने, सुन्ने अनि तालुदेखि पैतालासम्मको रिस एकअर्कालाई पोख्दै वादविवाद गरिरहने, आउनुस् एउटा फरक विषयको पनि स्वाद चाखौँ। स्वाइन फ्लुप्रति सचेत भएर मात्र हैन होला, काठमाडौँको धुलो धुँवाबाट बच्न पनि मास्क लगाउनेहरु ह्वात्तै बढेको छ। युवतीहरुले लुगा कै रङ्का मास्क लगाएर फेसनप्रति पनि सचेत भए पनि पुरुषहरुमा भने यस्तो देखिएन है।

यी फोटोहरु शनिबार खिचेको थिएँ। त्यही दिन अपलोड गर्न पाइएन। भोलिपल्टदेखि त सुरु भइहाल्यो नि भद्रगोल। फूर्सदै पाइएन।








मेक्सिकोबाट स्वाइन फ्लुको संक्रमण फैलन थालेपछि अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा मास्क लगाएका फोटोहरु निकै देखिए। नेपालका खासै देखिएन। सब मिडियालाई राजनीति कै ध्याउन्ना। नेपालमा पनि स्वाइन फ्लुका लागि सतर्कता अपनाउन थालिसकिएको छ। काठमाडौँ विमानस्थलमा शंकास्पदहरु संक्रमण जाँच्न डेस्क पनि बनाइसकिएको छ।




Collection from internet
Collect by:- Amrit Pandit(amrit_pnd@yahoo.com)