आम्मै, के हो यस्तो ?
हरियो बाँसमा झुण्डिएका आधा दर्जनभन्दा बढी लाश…
किरिया बसे जस्तै कपाल खौरिएकाहरु…
एकोहोरो फुकेको शंखको आवाज….
धेरै मान्छे छक्क परे आखिर यो के रहेछ ? पछि पो थाहा भयो, यो त विरोधको नयाँ शैलि रहेछ माओवादीहरुको। राष्ट्रपतिको निर्णय फिर्ता लिनुपर्ने माग गर्दै सडकमा आन्दोलन गरिरहेका माओवादीहरुले आफूलाई मन नपर्ने नेता र राजदूतहरुको पुत्लाको लाश बनाई विरोध गरेका रैछन्।
त्यसो त टायर जलाएर आफ्नै र अरुको स्वास्थ्यमा हानी हुने गरी विरोध प्रदर्शन गर्नुभन्दा यस्तो विरोध राम्रो हो। तर यस्ता लाश नक्कली नै भए पनि सक्कली झैँ देखिने हुँदा यो देख्दा अलि मनै कस्तो कस्तो भने हुने रहेछ।
राष्ट्रपति रामवरण यादव, सेनापति रुक्माङ्गद कटवाल, भारतीय राजदूत राकेश सूद, अमेरिकी राजदूत न्यान्सी जे पावेल, एमाले नेता केपी ओली, काँग्रेस नेता शेरबहादुर देउवा लगायतका नेताहरुको नाम लेखेर पुत्ला बनाइएको थियो।
Pic down load from Internet site
collect by:-Amrit Pandit -ISrael(amrit_pnd@yahoo.com)