प्रबासमा नेपाली भाषालाइ माया गर्ने ब्लग मध्ये एक जुन इजरायली प्रबासबाट प्रस्तुत छ.....ब्लग हेरिदिनुभएकाले धन्यबाद ।
Showing posts with label Collect by Amrit Pandit. Show all posts
Showing posts with label Collect by Amrit Pandit. Show all posts

Monday, May 18, 2009

माओवादी सत्ताबाट सडकमा पुग्यो

May 19, 2009
Down Load from website
Collect by Amrit



रुक्माङ्गद कटवाललाई प्रधानसेनापतिबाट हटाउन नसकेपछि राजीनामा दिएर कामचलाउ मन्त्री बनिरहेका एकीकृत नेकपा (माओवादी) का मन्त्रीहरु सडकमा नारा लगाउँदै। माओवादीले आइतबार राजधानीमा ठाउँठाउँबाट मानिस ओसारेर विशाल विरोध प्रदर्शन तथा सभा गरेको थियो। यो सभामा माओवादीको आगामी कदमका बारे घोषणा हुने अपेक्षा गरिएको भए पनि त्यस्तो कुनै संकेत दिइएन।


द्वैध सत्ता कायम भएको भन्दै नैतिकताका आधारमा राजीनामा दिएका थिए प्रचण्डले। अब माधव नेपालका पक्षमा ३५० सभासदको हस्ताक्षर सभामुख कहाँ पुगिसके पछि अझै पनि सदन चल्न दिन्नँ भन्दै नयाँ सरकार बन्ने बाटो रोक्नु नैतिकताको हैसियतले दिँदैन। त्यसो त हिजोअस्तिकै विभिन्न कार्यक्रमहरुमा प्रचण्डले आइतबारसम्म मात्र सदनमा अवरोध गर्ने बताउँदै आएका थिए। नयाँ कदमबारे माओवादीले केही बताएको छैन।


आजको सभामा पनि माओवादीले नयाँ आन्दोलनको घोषणा गरेन। बरु माओवादीलाई लिट्टे र आफूलाई प्रभाकरण बनाउँछु भन्दै हिँड्नेहरुलाई त्यसो गरी देखाउन चुनौति पो दिए। माओवादी जंगल पस्दैन तर प्रत्येक सदरमुकाम र प्रत्येक गाउँ र सहरबाट शान्तिका लागि लड्छ भनी उनले भने। त्यसो भनेको केही घण्टामा नै रामेछापमा माओवादीले एमाले महासचिव ईश्वर पोखरेलको गाडीलाई लक्षित गरी भीरबाट ढुंगा खसालिदिएछन्। धन्न उनको गाडीमा लागेन। अर्कै कार्यकर्ता चढेको गाडीमा लागेछ। केही सामान्य घाइते भएछन्। हुनत त्यो ठाउँका माओवादी नेताले हाम्ले त्यसो गरेका हैनौँ भनेका रहेछन्। भन्ने नै भए। महासचिवमाथि त त्यस्तो व्यवहार हुन्छ भने गाउँगाउँमा माओवादी इतर विचार राख्नेहरुको के हविगत बनाउने होलान् यिनीहरुले ? केन्द्रमा सरकार एमाले काँग्रेसको बन्ने भो, तर बिचरा गाउँका उनीहरुका कार्यकर्ताले दुःख पाउने भए। तीन ठूला पार्टी मिलेर नगएसम्म नेपालले शान्ति पाउने अवस्था नै छैन। खै के हुने हो कुन्नि।


३५० जनाको हस्ताक्षर बुझाएपछि अब कार्यव्यवस्था समितिको बैठक बस्छ। त्यसपछि प्रधानमन्त्री बन्नका लागि माओवादीले पनि उम्मेदवार उठाउनु पर्ने हुन्छ। उठाएन भने माधव नेपाल नै सर्वसम्मत हुनेछन्। प्रचण्ड प्रधानमन्त्री बन्दा कांग्रेसले शेरबहादुर देउवालाई उठाएका थिए। खेल खेल्न खप्पीस माओवादीले यसपालि कसलाई उठाउलान् त ? उपेन्द्र यादवलाई उठाएर मधेसीलाई घुमाउने हुन् कि ? कि माधव नेपालका अगाडि फेरि झक्कुलाई नै उठाइदिने हुन् !
यातायात व्यवस्था नै ठप्प हुने गरी निकालिएको जुलुसमा यसरी भैँसीमाथि चढाइएको राष्ट्रपतिको पुत्ला पनि राखिएको देखिन्थ्यो-

अनि यसरी पुत्ला शव पनि बोकेर सभास्थल नजिकै लडाएका थिए उनीहरुले।


मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

माधव नेपाल भारतीय मूलका रे !

19,May 2009
amrit_pnd@yahoo.com


नेपाली मिडिया यस्तो रे उस्तो रे भनेर हामी कुरा गर्ने गर्छौँ। तर भारतीय मिडिया त नेपाली मिडियाभन्दा पनि खत्तम हुन्छन्। यी भारतीय मिडियाको कुरा पनि बुझिनसक्नुको हुन्छ। जसलाई पनि यिनीहरु आफ्नै देख्दा रहेछन्। हुँदाहुँदा माधव नेपाललाई समेत भारतीय मूलका भनेर हावामा ठोकिदिएछन्। नेपालका कसैलाई थाहै नहुने कुरा पनि यिनीहरुलाई थाहा हुने रहेछ। गत जनवरीमा पनि १४ वर्षीय नेपाली मूलका अनिश गिरीले कान्छा ग्रान्डमास्टरको उपाधि जित्दा पनि केही भारतीय मिडियाले who looks like indian अर्थात् ‘भारतीय जस्तै देखिने’ भनेर लेख्न भ्याएका थिए

मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्