प्रबासमा नेपाली भाषालाइ माया गर्ने ब्लग मध्ये एक जुन इजरायली प्रबासबाट प्रस्तुत छ.....ब्लग हेरिदिनुभएकाले धन्यबाद ।
Showing posts with label Collect by amrit. Show all posts
Showing posts with label Collect by amrit. Show all posts

Monday, May 18, 2009

पाँच हजार तिर्नुस्, सम्पति लुकाउनुस्

May 18, 2009
Amrit_pnd@yahoo.com
Israel

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सम्पति विवरण पेस नगरेको भन्दै केही उच्च सुरक्षा अधिकारीलाई पाँच हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ। पाँच हजार रुपैयाँ जरिवाना तिर्दैमा सम्पति लुकाउन पाउने भए त सबैले पाँच हजार मात्रै तिर्थे होलान् नि। त्यसो त उनीहरुलाई ३० दिनभित्र सम्पति विवरण बुझाउनु पर्ने पनि भनिएको छ। तर आफै प्रहरी, आफैले कानुन पालना गराउनु पर्ने, कसले उनीहरुलाई पक्रन्छ होला र। तैपनि वर्षौँपछि अख्तियार जागेको खबर सुन्दा तपाईँलाई नि अनौठो लाग्यो होला है। लौ न त त्यसो भए हेरौँ, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कुन कुन अधिकृतलाई कारबाही गरेछ त उसले।
वरिष्ठ प्रहरी उपरीक्षकहरू
डा.सुमनशमशेर जबरा,
डा. कोमलकिरण प्रधान,
डा.सुरेन्द्रकुमार श्रेष्ठ,
डा.भक्तबहादुर सिंह,
डा.कन्हैयाबहादुर श्रेष्ठ

कायममुकायम प्रहरी वरिष्ठ उपरीक्षक
डा.दीनेशचन्द्र पोखरेल
डा.अजितकुमार गुरुङ

प्रहरी उपरीक्षक
डा.आशा सिंह,
डा.सुमनराजा श्रेष्ठ,
डा.वीरचन्द्र गुरुङ,
केशरीराज घिमिरे,
उत्तमबहादुर सिंह,

प्रहरी नायब उपरीक्षक
यज्ञविनोद पोखरेल,
दयानन्द मल्लिक,
जगतमान श्रेष्ठ,
मीरा थापा,
गोपाल मताछे,
डा.सुन्दरप्रसाद हैजु,
राजु वैद्य,
रामदेवी गुरुङ,
डा.सदरमान ताम्राकार,
डा.पङ्कज चौधरी,
डा.दीपक श्रेष्ठ,
डा.सञ्जयविक्रम श्रेष्ठ
राजेन्द्र बिष्ट

प्रहरी निरीक्षक
रामप्रसाद चापागाईं,
विनोदकुमार भण्डारी,
मुरलीमोहन अधिकारी,
सुरेन्द्रबहादुर चन्द,
रवि पौडेल,
गोपिवरसिंह थापा,
मीठाराम दाहाल,
डा.संज्ञा मल्ल,
लालबाबु गिरी,
सुजाताकुमारी गुरुङ,
गङ्गावती लामा,
डा.मनिषा मास्के शर्मा,
डा.विपीनकुमार श्रेष्ठ,
डा.तृष्णा कक्षपति,
छायादेवी गुरुङ,
गुरुबहादुर थापा,
नवलकिशोर झा,
यादवप्रसाद पाण्डे,
सावित्री जङ्गम,
दीलकुमारी गुरुङ
उन्देश्वर तिवारी

सशस्त्र प्रहरी उपरीक्षक
दुर्गाप्रसाद भट्टराई

सशस्त्र प्रहरी नायब उपरीक्षक
राजु अधिकारी

आयोगले गुठी संस्थानका सह-प्रशासक हेमराज सुवेदी र सोही संस्थानका पूर्व प्रशासक सेमान्तराज चापागाइँमाथि पनि सम्पत्ति विवरण नबुझाएकोमा कारबाही अगाडि बढाएको छ ।

कुनै पनि सार्वजनिक पद धारण गरेका व्यक्तिले आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो वा परिवारका नाममा रहेको सम्पत्तिको स्रोतसहितको विवरण पेस गर्नुपर्ने कानुनी व्यवस्था छ।
Collection from Internet
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

लौ आयो आयो सभासद बिक्रीमा, एउटा किने अर्को फ्रीमा

May 18, 2009
Amrit Israel(amrit_pnd@yahoo.com)
राष्ट्रपतिलाई हटाउन आवश्यक दुई तिहाइ बहुमतको व्यवस्थालाई यथावत राखी प्रधानमन्त्रीलाई हटाउन भने दुई तिहाइको सट्टा सामान्य बहुमत भए पुग्ने भनी अन्तरिम संविधान परिवर्तन गर्न नेका र एमालेले संयुक्त रुपमा खेलेको भूमिका नबिर्सौँ। उनीहरुले गरेको यो निर्णय नै गणतन्त्र नेपालको राजनीतिलाई यसरी अस्थिर बनाउन जिम्मेवार देखिन्छ। संविधानसभाको निर्वाचन अघि तय भैसकेको रास्ट्रपति र प्रधानमन्त्रीलाई हटाउन आवस्यक दुई तिहाइ मतलाई आफूले चुनावमा आफ्नै विगतका गतिविधिका कारण हार्दैमा आफ्नो अनुकूल बनाई विगतमा झै कलंकित सांसद बेचबिखनद्वारा सत्तामा जाने ढोका खुला राख्न परिवर्तन नगरेको भए अहिले देखा परेको अस्थिरता देखा पर्न सक्तैनथ्यो र सत्ताको चलखेलमाभन्दा संविधान निर्माणमा नै ध्यान केन्द्रित हुने संभावना रहन्थ्यो र यो नै यस चुनावको मूलभूत उद्देस्य थियो। यस निर्णयले सांसदहरु भेंडाबाख्रा झैं बेचिने पुरानो घृणित खेलको पुनरावृत्ति जुनसुकै बेला पनि हुन सक्तछ। अब बन्ने भनिएको माधव नेपाल सरकार पनि ढाल्न कुनै पनि बेला किनबेच सुरु हुनसक्छ।

बहुदलीय शासन प्रणाली अन्तर्गत हुने निर्बाचनमा कुनै निस्चित पार्टीले सरकार गठन गर्न आबस्यक बहुमत ल्याउन नसकेको अवस्थामा राजनीतिमा गणितीय खेल शुरु हुन थाल्ने संभाबना बढन थाल्दछ, जस्ले राजनीतिमा अनपेक्षित किसिमका घृणित खेलहरुको मन्चन हुन सक्तछ । यस किसिमको परिस्थितिको सिर्जना बिकसित देशहरुमा कमै हुन्छन भने सामान्यत: गरीब एबं बिकासोन्मुख देशहरुमा बढी हुने संभाबना रहन्छ ती देशहरुमा पाइने फरक फरक राजनीतिक, सामाजिक र आर्थिक अवस्थाहरुले गर्दा । प्राप्त भौतिक एबं आर्थिक सम्मुन्नतिको आधारमा सम्बन्धित देशको बिस्व रंगमन्चमा आफ्नै किसिमको स्थान निर्धारण हुने र सोही अनुरुप यस्तो परिस्थितिमा वाह्य शक्तिको पनि प्रभाब पर्ने नपर्ने अथवा के कति पर्ने भन्ने समेत निर्धारण हुन सक्दछ । शक्तिशाली राष्ट्रको रुपमा गणना हुँदा हुँदै पनि साधन र श्रोतको अभाबमा कहिलेकांही साधन र श्रोतको लागि भर पर्नु पर्ने देशको दबाबको कारण महत्वपूर्ण निर्णय स्वतन्त्र रुपमा गर्न कठीन पर्ने कुरा हालसालै मात्र भएको यूक्रेनको एउटा घटनाले प्रमाणित गरेको छ ।
सानो छँदा बुद्ध र सगरमाथाको देश भनेर संसारमा प्रसिद्ध छ भनेर पढे पनि एक दर्जनभन्दा बढी मुलुकहरुको भ्रमण गर्दा र झन्डै सबा दशक बिदेशमा बस्दा आफूलाई कुन देशको भनेर चिनाउन धेरै ठाउँमा धेरै पटक धेरै समय र शक्ति खर्चदा समेत कहिलेकांही त असमर्थ समेत हुन पर्दा भूपि शेरचनलाई आफ्नो देशको ईतिहास विश्वाश गर्न गार्हो भए जस्तै मलाई आफूले पढेको पाठ्य पुस्तकमाथि प्रश्न चिन्ह तेर्स्याउन पर्ने परिस्थिति सिर्जना भएको छ । भौतिक एबं आर्थिक बिकासको क्षेत्रमा प्राप्त गर्न समर्थ उल्लेखनीय पछौटेपना नै यस्को मूल कारक तत्व हो । यति हुँदाहुँदै पनि जे जस्तो भू राजनैतिक अवस्थामा नेपाल रहेको छ त्यस्ले यहाँ हुन खोज्ने हरेक बिशेष राजनीतिक घटनाक्रममा बाह्य शक्तिहरुको आफ्नै किसिमको चलखेल र दबदबा बढने गर्छ । त्यो के कस्तो उद्धेस्य प्राप्तीको लागि किन हुन्छ भन्ने कुरा लुक्न नसकेको रहस्य हो यद्यपि त्यस्को लागि शक्ति प्रयोग गर्ने र प्रयोग गरिएको शक्ति प्रभाबमा परी हावामा उडने चङ्गा झैं छिन छिनमा अस्थिरता प्रदर्शन समेत गर्ने दुबै पक्षले त्यसलाई स्वीकार गर्ने गरेको भने पाइन्न जुन अस्वाभाबिक होइन पनि । समय, परिस्थिति र अवस्थानुरुप उनीहरुमा देखिने र उनीहरुद्वारा गरिने बिभिन्न किसिमका गतिबिधिका आधारमा यस्लाई बुझ्न र अनुमान गर्न सकिन्छ ।
नेपालको बर्तमान अवस्था अति तरल छ र जुनसुकै बेला जे पनि हुन सक्तछ । कसैलाई पनि कुन बेला के हुन्छ भन्ने कुराको अनुमान गर्न अति कठीन छ । संबिधान सभाको निर्बाचनमा स्पस्ट बहुमत कुनै पनि पार्टीले ल्याउन नसकेपछि बिभिन्न खेलहरु र घटनाहरु हुने क्रममा भएका केही खेल र घटनाले गर्दा आज हुन नपर्ने यस किसिमको अन्योल र अस्थिरताको सूत्रपात भएको छ । पन्चायती ब्यबस्था फालेर बहुदलीय प्रजातन्त्रको पुन:स्थापना पस्चात समेत लोकेन्द्र बहादुर चन्द र सूर्य बहादुर थापाले कसरी प्रधानमन्त्रित्व हत्याउन बारम्बार सफल भए त्यो सबैले बुझिरहेकै छन । पञ्चायती ब्यबस्थाको अन्त्यपछि नेपाली जनताको चाहनानुरुप परिबर्तनका संभाबनाहरुले अधिकाधिक मात्रामा मूर्त रुप लिने आशा स्बाभाबिक थियो तर संपूर्णप्रायः पेशेबार राजनीतिकर्मीहरुले बिस्तार बिस्तार राजनीतिलाई ब्याबहारिक रुपमै सबभन्दा राम्रो ब्यवसायको रुपमा प्रमाणित गरेर मात्र देखाएनन कि सांसद किनबेच जस्ता घृणित घटनाले सांसद र भेडा बाख्रा तुलना गर्न हिचकिचाउन नपर्ने परिस्थितीको सिर्जना समेत गरिदिए । रातो पासपोर्ट र सुत्केरी भत्ता जस्ता यथार्थले राजनीतिलाई गाइजात्रे नीतिमा परिणत गरिदिए । भ्रस्टाचारीमाथि कार्यबाही गरिनुभन्दा जोगाउने संस्कारको बिकास प्रबल हुन थाल्नाले भ्रस्टाचार झन झन संस्थागत हुँदै बढन थालेको भन्ने कुराको प्रतिबाद शायदै कसैले गर्ने हिम्मत गर्ला । यथार्थलाई यथार्थ रुपमा भन्नु पर्दा भन्नै पर्ने यस किसिमका हीनताबोध गर्न पर्ने यथार्थहरुले इतिहासमा नराम्ररी कालो धब्बा लगाइदिएको छ प्रजातन्त्रको पुन: स्थापनापश्चातको समयाबधिलाई - यो नेपाल र नेपालीको लागि ठूलो दुर्भाग्य र अबहेलना थियो भने नेपाल र नेपालीमाथिको ठूलो खेलबाड ।
शुभ चिन्तकहरुको समेत आफू र आफ्ना कार्यकर्ताहरु सकाउने हो कि भन्ने शंकाको बाबजूद तात्कालिन तेश्रो ठूलो पार्टीको रुपमा भएको पार्टीको एउटा सानो हिस्साले भूमिगत रुपमा शुरु गरेको आन्दोलन मार्फत दश बर्षको छोटो समयमा देशका यस्तै वास्तबिकताको मलजल पाएर कसैले नसोचेको किसिमले राष्ट्रिय स्तरमा आफ्नो संगठन र शक्ति निर्माण गर्न समर्थ माओबादीको साथ पाएर दरबारले सत्ता आफ्नो हातमा लिएपछि सन्चालन गर्दै आएको अन्य पार्टीहरुको लज्जास्पद फितलो आन्दोलन सशक्त रुपमा अगाडि बढन सक्यो र दरबार पछाडि हटन वाध्य भयो । दरबारद्धारा र अझ कत्तिले त तत्कालिन राजा ज्ञानेन्द्रद्धारा नै सन्चालित भनिएको त्यही माओबादी त्यही दरबार र अझ उही ज्ञानेन्द्रलाई शक्तिहीन बनाउने निर्णायक शक्ति बन्न पुग्यो । यस्तै पृष्ठभूमिको आधारमा नेपाली जनताले आफ्नो अन्तर्बेदनालाई छताछुल्ल पारिदिए बिगत संबिधान सभाको चुनाब मार्फत कसैले नचिताएको परिणाम दिएर । यस किसिमको नतिजापस्चात बिगतमा भ्रस्टाचार गर्ने र भ्रस्टहरुलाई बोक्ने, देश र जनताको लागि भाषणमाभन्दा व्याबहारिक रुपमा केही गर्न नसक्नेहरु भ्रस्टाचारको कार्यबाही सशक्त रुपमा अगाडि बढेको खण्डमा जनस्तरबाट त्यस्को बिरोध हुनुभन्दा समर्थन हुने भएको र त्यसबाट आफू र आफ्ना संस्थाहरुको बचेँ खुसेको इज्जत पनि धुमिल हुने संभाबनाबाट जोगिन अनेक राजनीतिक खेलहरु शुरु गर्न थाले । पहिलो खेलको परिणाम थियो गणतन्त्र घोषणामा अत्यधिक ढिलाई । आफूहरुमाथि पर्न सक्ने संभाबित खतरालाई कमजोर बनाउन गणतन्त्र घोषणाभन्दा माओबादीबाट रास्ट्रपति पद कसरी हात पार्ने भन्ने खेल नै सो ढिलाइको कारण थियो र माओबादीले गणतन्त्रको घोषणालाई बढी महत्व दिएर रास्ट्रपति पदबाट पछि हटेको देखिन्छ । गणतन्त्र नेपालको ईतिहासमा यो कलंकित घटनाको रुपमा रहनेछ ।
उक्त परिणामपछिको दोश्रो खेलको मन्चन थियो माओबादीले छाडेको रास्ट्रपतिलाई हटाउन आबस्यक दुई तिहाइलाई यथाबत राखी प्रधानमंत्रीलाई हटाउन भने दुई तिहाइको सट्टा सामान्य बहुमत भए पुग्ने भनी परिवर्तन गर्न नेका र एमालेले संयुक्त रुपमा खेलेको भूमिका । उनीहरुले गरेको यो निर्णय नै गणतन्त्र नेपालको राजनीतिलाई यसरी अस्थिर बनाउन जिम्मेवार देखिन्छ । संबिधानसभाको निर्वाचन अघि तय भैसकेको रास्ट्रपति र प्रधानमन्त्रीलाई हटाउन आबस्यक दुई तिहाइ मतलाई आफूले चुनावमा आफ्नै बिगतका गतिबिधिका कारण हार्दैमा आफ्नो अनुकूल बनाइ बिगतमा झै कलंकित सांसद बेच बिखनद्धारा सत्तामा जाने ढोका खुला राख्न परिवर्तन नगरेको भए अहिले देखा परेको अस्थिरता देखा पर्न सक्तैनथ्यो र सत्ताको चलखेलमाभन्दा संबिधान निर्माणमा नै ध्यान केन्द्रित हुने संभाबना रहन्थ्यो र यो नै यस चुनावको मुलभूत उद्धेस्य हो । । यस निर्णयले सांसदहरु भेंडबाख्रा झैं बेचिने पुरानो घृणित खेलको पुनराबृत्ती जुनसुकै बेला पनि हुन सक्तछ भने नैतीकताको खडेरी परेको नेपालको राजनीतिले पुन: मलजल पाउने संभाबनाको रुपरेखा टडकारो बन्दै आइरहेको छ, जनताले चाहेको पार्टी सडक तताउने र जनताद्धारा कम रुचाइेएकाहरुले सत्ताको कुर्सी तताउने हुँदा जन भावनामाथि कुठाराघात हुनेछ । यसरी यस निर्णयले उनीहरुले सत्तामा जान त पाउलान, भ्रस्टहरुले अलि ढुक्कसंग श्वास फेर्न पाउने गरी जनतालाई आहत दिदैं राहत पाएको अनुभब त गर्लान तर गणतन्त्र नेपालको ईतिहासमा नेका र एमालेको यो भूमिका देशलाई यथास्थितिमा राख्ने र अस्थिर बनाउने कलंकित निर्णयको रुपमा साबित हुने कुरामा शंका छैन ।
सेनापति प्रकरणबाट शुरु भएको अहिलेको समस्या पहिला रास्ट्रपति र त्यसपछि एमालेबाट घ्यू थपिदै गएको देखिन्छ । राष्ट्रपतिको कदमको त प्रसंग बेग्लै छ र केस सर्बोच्चमा पुगिसकेको छ , तर एमालेको पार्टीको तर्फबाट अध्यक्ष र महासचिबले र पार्टीको नेत्रित्व गर्ने नेताको हैसियतले उपाध्यक्षले समेत मन्त्री परिषद मार्फत सेनापति बिषयमा एउटा निर्णय दिइसकेपछि पुन: मध्यमार्गीको नाममा बरियताक्रममा तेस्रो नम्बरमा रहेकोलाई प्रस्ताब गरिसकेपछि फेरी प्रधानमन्त्रिको पासा पल्टने लोभमा आफ्ना दुबै बिकल्पलाई लत्याएर गरेको निर्णयले एमालेले आफूलाई ढुलमुले चरित्रको भनी पुन: प्रमाणित गरी नेकासंग मिलेर सत्तामा जानको लागि खोलीराखेको ढोकाबाट प्रबेश गर्न गणितिय खेललाई निम्त्याइ पुन: लज्जास्पद गाइजात्रा को शुरुवात गरेको देखिन्छ । यसै घटनाको सिलसिलामा कुटनितिज्ञहरुको ब्यापक दौडधूप त भयो भयो, भरतीय पक्षले चिनिया पक्षलाई आरोप लगाइदिएपछि केही जटीलता समेत थपिन पुगेको देखिन गयो । यस पटकको गणितिय खेलको शुरुवात भैसकेपछि सबैको ध्यान तान्न समर्थ चौथो ठुलो पार्टीभित्र पैसामा किनबेचको प्रसंगको अलावा आ-आँफैमा हात हालाहालको घटना देखा पर्यो भने भारतीय पक्षले दिएको चुनौती प्रकाशमा आयो र एउटा अनौठो हल्ला एमाले a[तबाट बाहिर के ल्याइयो भने धनाढ्य नेपाली ब्यापारी डा. उपेन्द्र महतोले फोरमका अध्यक्ष उपेन्द्र यादबलाई माओबादी पक्षमा सांसद किन्न पैसा प्रदान गरियो । यस्को आधार के बनाइेएको थियो भने प्रधानमन्त्री प्रचन्डको बिदेश भ्रमणमा उनलाई पनि समाबेश गराइेएकोले प्रचन्डसंग निकटको संबन्ध छ । यो हल्लाले दुबै उपेन्द्र कत्ती हास्ने हुन वा के गर्ने हुन थाहा छैन ।
यसरी के स्पस्ट हुन्छ भने मुखले संधै देश र जनताको लागि भनेर रटेर कहिल्यै नथाक्नेहरुले व्याबहारिक रुपमा देश र जनताको लागि कहिल्यै सोच्नै सकेनन र संधै जतिसुकै निर्लज्जतालाई स्वीकार्न परे पनि कुर्सी नै उनीहरुको लागि सर्बाधिक महत्वको बिषय बन्न पुग्यो । जनताले दिएको पाठलाई पनि अंगीकार गर्न सकेनन बरु अझै जनतालाई भेंडा ठानी आँफैलाई सर्ब शक्तिमान ठान्ने पुरानै सोंचले ग्रस्त छन । उनीहरुको यस्तै मानसिकताले गणतन्त्र प्राप्ती पछि पनि देशमा देखा पर्ने पुरानै कुराहरुको पुनराa[तिले गर्दा जनता निराश निराश हुन वाध्य छन । त्यो बाध्यता अब के कस्तो रुपमा प्रस्फुटन हुने हो त्यो भने अब हेर्न बाँकी नै छ र संभबत त्यो सकारात्मक परिवर्तन दायक हुनेछ ।