प्रबासमा नेपाली भाषालाइ माया गर्ने ब्लग मध्ये एक जुन इजरायली प्रबासबाट प्रस्तुत छ.....ब्लग हेरिदिनुभएकाले धन्यबाद ।

Monday, July 26, 2010

रामचन्द्र काफ्ले,बिना गुरूङ(नृत्य) र अरू क्लीप्स

बिना गुरूङ(नृत्य)

गायक रामचन्द्र काफ्ले गाँउदै


Sunday, July 25, 2010

Saturday, July 24, 2010

इजरायलमा नेपाली कल्चर इभ २०१०(जुलाइ २३ र २४ साँझ)


इजरायलमा
नेपाली कल्चर इभ २०१०
भब्य रूपमा सम्पन्न जस्का केहि बृतचित्र झलकहरू....
२२ जुलाइका साँझ











थप बृतचित्रहरू क्रमशः अपडेटीङ....प्रतिक्षा गर्नुस

बिना गुरूङ(नृत्य)

गायक रामचन्द्र काफ्ले गाँउदै


Saturday, July 17, 2010

इजरायलबाट नेपलामा बैङ्क खातामा पैसा पठाउन


प्रबासी इजरायलका नेपाली कामदारहरूले नेपालमा जुनसुकै बैङ्क खातमा पैसा सजिलै पठाउने असल माध्ययम.....

Sunday, July 4, 2010

(Western Union ) वेस्टर्न युनियनबाटै पैशा पठाउँ


Click over the picture to ready clearly
(अक्षर स्पष्ट पढ्न तस्बीरमाथी क्लीक गर्नुस)



Click over the picture to ready clearly
(अक्षर स्पष्ट पढ्न तस्बीरमाथी क्लीक गर्नुस)
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

बिशेष अफर
............................
नेपालमा पैशा पठाउन
आकर्षक मुल्यमा

...........................
४०० यू.एस. डलर देखि १०००डलर सम्म पठाउन १८ डलर मात्र चार्ज लाग्ने
त्यसभन्दा अझ कम शुल्क ४०० डलर सम्म पठाउँदा
भुक्तानी पाउनेले कुनै शुल्क तिर्नु नपर्ने
इजरायलकॊ ६०० भन्दा बढि ठाँउहरूबाट पैशा पठाउन ।


फ्री कलः 1- 800 – 21 – 31- 41 ,
अथवा कुनै फॊन द्वाराः
02- 629290447



Click Over Picture to Read Clear
(कृपया तस्बीरमाथी थीचेर अक्षर राम्ररी पढ्नुस)








फ्री कलः 1- 800 – 21 – 31- 41



अथवा 02- 629290447




अक्षर राम्ररी पढ्रन तस्बीरमाथी क्लीक गर्नुस

फ्री कलः 1- 800 – 21 – 31- 41
अथवा 02- 629290447




Click Over Picture to Read Clear
(कृपया तस्बीरमाथी थीचेर अक्षर राम्ररी पढ्नुस)

Friday, April 2, 2010

साधुराम ज्यूलाइ बिदाइ कार्यक्रम

यस वेभ पत्रिकाकॊ स्थापना कालदेखि मूख्य सहयॊगीकॊ रूपमा रहेका मृदुभाषी,सहकर्मी श्रद्दय मीत्र श्री साधुराम सापकॊटा ज्यू ३१ मार्च २०१० गते इजरायलबाट नेपाल प्रस्थान गर्दै हुनुहुन्छ अतः उहाँलाइ बिदाइ गर्ने क्रममा नमस्ते नेपाल चौतारी समूहद्वारा आज एक बिशेष बिदाइ कार्यक्रम आयॊजना गरेकॊ छ ,उक्त कार्यक्रममा चिफ इडीटर श्याम रॊक्का ज्यूले उहाँलाइ अबिर लागाइ दिदैँ वेभ पत्रिका परिवार भएकॊ "ताम्र फ्रेम प्रतीमा" दिनु भयॊ भने बिशेष सहयॊगी अमृत पण्डीत ज्यूद्वारा दॊसल्ला ऒढाउनु भएकॊ छ र अन्य उपस्थीत मित्रहरूले अबिर लगाइ दिदैँ बिदाइ र शुभकामना दिनुभएकॊ छ ।बिदाइकॊ अबसरमा उहाँ साधुराम ज्यूले भन्नु भयॊ,मेरॊ ६ बर्ष इजरायल बसाइकॊ क्रममा कहिले परदेसमा काम गरेकॊ जस्तै दुःख लागेन किनकी प्रत्यक हप्ता नेपालीहरूसंग टन्नै भेट हुन्थ्यॊ अनि भलाकुसारी पनि र खासगरि नेपाली महिलाहरूकॊलागी एक मात्र सुरक्षीत, अधिकतम् सुबिधा ,तलब पाइने देश इजरायललाइ मान्न सकिन्छ,गुगलाइजेसनले बिश्वलाइ नै सानॊ बनाइदिएकॊ हुनाले संसारमा जहाँ पुगेपनि कम्प्युटरकॊ माध्ययमले यस वेभ पत्रिकालाइ निरन्तर सहयॊग गरिरहने बचनबद्दता समेत ब्यक्त गर्नु भयॊ । अन्तमा जलपान कार्यक्रमकॊ साथै उपस्थीत सबैजनाले उहाँलाइ शुभयात्रा र शुभकामना प्रदान गर्नुभयॊ ।

गलत नेतृत्वका कारण विकास भएनः भट्टराई

ललितपुर, चैत्र २० - माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले विगतमा राजनैतिक र आर्थिक प्रणाली गलत भएका कारण मुलुकको विकास हुन नसकेको बताएका छन् ।

किराँत गणतन्त्र नेपाल विकास निर्माण सहयोग समितिले शुक्रबार आयोजना गरेको किराँत राज्यको पूर्वाधार विकास गणतन्त्र स्मारक टावर एवम् किराँत विश्वविद्यालय विषयक भेलामा उनले राजनैतिक गतिरोधलाई अन्त्य गरी सम्पूर्ण शक्ति आर्थिक विकासतर्फ केन्दि्रत हुनुपर्नेमा जोड दिए ।

सामन्तवादी युग समाप्त गरी नयाँ पूँजीवादी क्रान्तिमा अग्रसर रहेको बेला सङ्क्रमणकालीन राजनैतिक गतिरोधलाई छिटो तोडेर शान्ति प्रक्रियालाई पुरा गर्नुपर्ने पनि उनले बताए ।

उनले केही समययता गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षको विरुद्धमा प्रतिगामी तत्वहरुले आवाज उठाएको भन्दै त्यस्ता तत्वलाई डटेर परास्त गरिनुपर्नेमा जोड दिए ।

गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षलाई आफुहरुले कुनै पनि हालतमा नछोड्ने बताउँदै उपाध्यक्ष डा. भट्टराईले यिनै आधारलाई टेकेर जनताको सङ्घीय लोकतान्त्रिक गणतन्त्र निर्माण गरिने बताए ।

उनले स्रोत र साधनको प्रचुर सम्भावना भए पनि गलत नेतृत्वका कारण तिनको उचित सदुपयोग हुन नसकेकाले नेपालमा आर्थिक विकास नभएको टिप्पणी गरे ।

कार्यक्रममा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले सङ्घीयताले खाँदिएर रहेको कला र संस्कृतिको विकास गर्न टेवा पुग्ने भन्दै नवनिर्मित टावर सङ्घीयताको प्रतीक हुने बताए ।

पूर्वमन्त्री गोपाल किराँतीले नेपालमा प्रशस्त प्राकृतिक, साँस्कृतिक धरोहर रहेपनि मानवनिर्मित संस्कृतिको आवश्यकता भएका कारण यस किसिमको टावर निर्माण गर्न लागिएको उल्लेख गरे ।

किराँत गणतन्त्र नेपाल विकास निर्माण सहयोग समितिले समुद्र सतहबाट तीन हजार १० मिटर उचाईमा रहेको भोजपुरको टेम्केडाँडामा गणतन्त्र स्मारक टावर निर्माण आरम्भ गरेको छ ।

नवनिर्मित टावरबाट विश्वका १० मध्ये ६ उच्च हिमालय शृङ्खलाहरु एकसाथ देख्न सकिन्छ । उक्त टावर निर्माणका लागि १० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको संयोजक गोपाल किराँतीले जानकारी दिए ।

सेनाले झुटो बोल्योः आयोग प्रतिवेदन

सेनाले झुटो बोल्योः आयोग प्रतिवेदन
बर्दिया राष्ट्रिय निकुञ्जको बाँसपानी क्षेत्रमा गएको फागुन २६ गते एक बालिका र दुई महिला सेनाको गोली लागी मरेको घटनासम्बन्धमा छानबिन गर्न गठित राष्ट्रिय मानवअधिकार आयोगको टोलीले सेनाले झुटो बोलेको प्रतिवेदन दिएको छ। सेनाले शिकारीहरुले आफूमाथि गोली हानेपछि प्रतिकारस्वरुप गोली हानेको बताएको थियो। प्रतिवेदनमा लेखिएको छ- निजहरू हातहतियार सहित चोरीशिकारी कार्यमा संलग्न रहेको भन्ने कुनै आधार देखिएन। सेनाले प्रतिरक्षाका लागि गोली चलाएको भनी झुटो विवरण सार्वजनिक गरेको त्यसमा लेखिएको छ। मारिएका तीनै जनालाई पछाडिबाट गोली लागेको पनि प्रतिवेदनमा छ। प्रतिवेदनमा उनीहरुको बलात्कार भएको पुष्टि हुने कुनै प्रमाण फेला नपरे पनि गुप्ताङको नमूना परीक्षणका लागि प्रयोगशालामा पठाइएको बुझिएकोमा त्यसको प्रतिवेदन हालसम्म उपलब्ध हुन सकेको, प्रमाणहरु नष्ट पारिएको उल्लेख छ। प्रतिवेदनमा दोषीलाई नियमित अदालतमा फौजदारी मुद्दा चलाउन सिफारिस गरिएको छ। होला त यस्तो सिफारिस कार्यान्वयन? हेर्नुस् प्रतिवेदनको पूर्ण विवरण-
राष्ट्रिय मानवअधिकार आयोग
हरिहरभवन, ललितपुर

बर्दिया राष्ट्रिय निकुञ्जको बाँसपानी क्षेत्रमा २०६६ फागुन २६ गते एक बालिका र दुई महिलालाई नेपाली सेनाको ज्वालादल गणबाट खटिएको गस्ती टोलीद्वारा मारिएको घटनाको सङ्क्षिप्त अनुसन्धान प्रतिवेदन

मिति २०६६/१२/१९

१. पृष्ठभूमि

नेपाली सेनाको ज्वालादल गण ठाकुरद्वाराबाट बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिई गएको गस्ती टोलीले चलाएको गोली लागी मिति २०६६ फागुन २६ गते राती करिब ८.३० बजे सुर्खेत जिल्ला हरिहरपुर गाविस वडा नं.– २ कप्सेरा गाउँ निवासी देवीसरा विक, अमृता विक र बालिका चन्द्रकला विक समेत तीन महिलाको बर्दिया राष्ट्रिय निकुञ्जको बाँसपानी इलाकामा मृत्यु भएकोे घटनाका सम्बन्धमा विभिन्न सञ्चार माध्यममा समाचार विवरण प्रकाशित भएको थियो। सो घटनाको गम्भिरताको आधारमा आयोगको स्वविवेकमा उजुरी ग्रहण गरी आयोगको क्षेत्रीय कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले मिति २०६६ फागुन २८ देखि २०६६ चैत ६ गतेसम्म अनुसन्धान गरेको थियो।

आयोगको टोलीले अनुसन्धानको सिलसिलामा घटनास्थलको स्थलगत अवलोकन, बर्दिया राष्टिय निकुञ्जका कर्मचारीहरू, गस्ती टोलीमा संलग्न व्यक्तिहरू, नेपाली सेना ज्वालादल गण ठाकुरद्वाराका प्रमुखलगायत गणका उच्च अधिकारीहरू, घटनाका प्रत्यक्षदर्शी एवम् मृतकहरूका आफन्तहरू, सुर्खेत जिल्लाको हरिहरपुरका स्थानियबासी, जिल्ला अस्पताल बर्दियाका चिकित्सकलगायतका व्यक्तिहरूसँग घटनाका बारेमा बुझ्ने कार्य गरेको थियो। आयोगको टोलीले घटनास्थल र लाशजाँच मुचुल्का तयार गर्ने प्रहरी कर्मचारीहरू, नागरिक समाजका प्रतिनिधिहरू, लगायत घटनासँग सरोकार राख्ने व्यक्तिहरूबाट समेत घटनाको तथ्य सङ्कलन एवम् तथ्यहरूको विश्वसनियता जाँच गर्ने कार्य गरेको छ। आयोगद्वारा काठमाडौबाट पठाइएका त्रि.वि. शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञबाट मृतकहरूको शवको थप अवलोकन तथा पोस्टमर्टम गरिएको छ।

अनुसन्धानका क्रममा बर्दिया जिल्ला अस्पतालका चिकित्सकद्वारा गरिएको पोस्टमर्टम प्रतिवेदन, फरेन्सिक विशेषज्ञद्वारा गरिएको थप पोस्टमर्टमको प्रतिवेदन एवम् प्रहरीद्वारा गरिएको घटनास्थल एवम् लाश जाँच मुचुल्का समेतको अध्ययन गरिएको छ। यसक्रममा आयोगबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, गृह मन्त्रालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालय बर्दिया, जिल्ला प्रहरी कार्यालय बर्दिया, बर्दिया राष्ट्रिय निकुञ्ज समेतमा पत्राचार गरी घटनाका सम्बन्धमा जानकारी माग गरिएको थियो।

२. घटनास्थलको विवरण

पूर्वपश्चिम महेन्द्र राजमार्गको आम्वासा अम्रेनीदेखि झन्डै ३०–३५ किलोमिटर उत्तरपूर्व सुर्खेत जिल्लाको हरिहरपुर गाविसकोे सिमानामा रहेको बर्दिया जिल्लाको नेउलापुर गाविस अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको बाँसपानी भन्ने स्थानमा घटना भएको पाइयो। घटनास्थलमा एउटा टहरा, सो टहराभित्र एउटा चुल्हो, टहरा माथि अमृसोका कुच्चाहरू, नाङला बनाउने काममा आउने बाँसको चोयाका ५ वटा मुठ्ठाहरू, प्लास्टिकका ७ वटा बोरीहरू, प्लाष्टिकका चप्पलहरू ३ वटा, कलेजी रङको सल १ वटा, गुलावी रङका सुरुवाल–१, सुरुवालमा दिसा रहेको, निलो पटुका–१, पटुकामा रगत लागेको, पटुकामा बाँधिएको थैलीमा रु ५ को नोट, तामाको पैसा, टाँक, धागो, जडीबुटी, राना प्याथोलोजी सुर्खेतमा देवीसरा बिकको स्वास्थ्य परीक्षणसम्बन्धी प्रतिवेदन, घटनास्थलको दक्षिण पश्चिममा अर्को चुल्हो, पुरानो छिर्विरे रङको कम्बल, बोक्रा झिकेका रुखका हाँगाहरू, घटनास्थलको पश्चिमतर्फ माथिल्लो भागमा पानी खाने प्लास्टिकको बोतलमा आधा पानी रहेको, गुलावी रङको सल थान १, गोल्डेन सुर्तिको खाली पाकेट, पूर्व दक्षिणतर्फ करिब १५/२० मिटर तल कालो रङको कुकुर गोली लागी मृत अवस्थामा रहेको थियो। त्यसको नजिक खानेपानीको मूल रहेको, घटनास्थल पश्चिम, उत्तर र दक्षिणतर्फ डाँडा तथा ठूला ढुङ्गाले घेरेको ओडारजस्तो भएको, पूर्वतर्फ खुला रहेको अवस्थामा रहेको। घटनास्थलको वरिपरि करिब १०० मिटरको दूरीभित्र गाइगोरुहरू चरीरहेका र सो स्थानबाट झण्डै आधा घण्टाको दूरीमा गाउँ रहेको हुँदा उक्त क्षेत्र निकुञ्ज संरक्षित क्षेत्र हो वा मध्यवर्ति क्षेत्र वा पूर्णरूपमा निषेधित क्षेत्र भन्ने यकिन गर्न नसकिने अवस्था रहेको।

३. अनुसन्धानबाट प्राप्त तथ्यहरू

सुर्खेत जिल्ला हरिहरपुर गाविस वडा नं.२, कप्सेरा निवासी कृष्णबहादुर बिक, दुर्गाबहादुर बिक, बलदेव गिरी र भूपराज गिरीसमेत ४ जना पुरुषहरू काउलोको रुखको बोक्रा काट्न भनी घटना हुनुभन्दा ४ दिन अगाडि (२०६६/११/२२ गते) बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने बाँसपानी इलाकामा गएको र यस क्रममा निजहरूले उक्त स्थानमा पानीको मूल नजिक पर्ने स्थान छानेर अस्थायी टहरामा बसेको बुझियो।

निजहरूमध्ये कृष्णबहादुर विककी श्रीमती देवीसरा बिक र छोरी चन्द्रकला बिक तथा भाइबुहारी अमृता बिक, भूमिसरा गिरीसमेत ४ जना पहिले आएका व्यक्तिहरूले काटेर राखेको काउलोको रुखको बोक्रा लिनका लागि भनी मिति २०६६/११/२६ गते घटना हुनुभन्दा २–३ घण्टाअघि मात्र घटनास्थलमा पुगेको बुझियो।

मिति २०६६/११/२६ गते राती ८.०० बजे घटनास्थलको पश्चिम दक्षिणतर्फबाट नेपाली सेनाको ज्वाला दल गण ठाकुरद्वाराबाट खटिएको उपसेनानी सुवोध कुवँरको नेतृत्वमा १५ जनाको सङ्ख्यामा रहेका नेपाली सेना र बर्दिया राष्ट्रिय निकुञ्जका ४ जना गरी जम्मा १९ जनाको टोली घटनास्थलमा पुगेको बुझियो।

सुरक्षाकर्मीहरूले टहरोमा रहेका मानिसहरूलाई ‘भागिस् भने मर्लास्’ भनेको तर त्यसको लगतै एक्कासी गोली चलाएको बुझियो। त्यसबाट देवीसरा बिक, अमृता बिक र चन्द्रकला बिकलाई पछाडिबाट गोली लागेको, देवीसरा बिक र चन्द्रकला बिकको गोली लाग्नसाथ तत्काल मृत्यु भएको र अमृता बिकको गोली लागेको केही समयपछि मृत्यु भएको बुझियो। दुर्गाबहादुर बिक, बलदेव गिरी, भूमिसरा गिरी र भूपराज गिरी गोली चल्नासाथ घटनास्थलबाट भाग्न सफल भएको र मृतक देवीसरा बिकका श्रीमान् तथा चन्द्रकला बिकका बाबु कृष्णबहादुर बिक घटनास्थलमा नै पक्राउ परी निकुञ्जको हिरासतमा राखिएकोमा मिति २०६६/१२/४ मा निजलाई रिहा गरिएको पाइयो।

घटनामा नेपाली सेनाको तर्फबाट १३ राउन्ड गोली चलाइएको भन्ने नेपाली सेना ज्वालादल गणको भनाई रहेको पाइयो।

मृतकहरूको लाशको प्रकृति हेर्दा मृतक देवीसरा बिकलाई पछाडिबाट एक गोली लागेको अत्यधिक रक्तश्रावको कारण मृत्यु हुन गएको, मृतक अमृता बिकलाई पछाडि ढाडबाट मुटुमा एक गोली लागी अत्याधिक रक्तश्रावका कारण मृत्यु हुन गएको र मृतक चन्द्रकला बिकको टाउकोको पछाडि भागमा गोली लागी दाहिने आँखाबाट निस्केको र बाँया हातको कुहिनोको जोर्नीमा गोली लागेकोमा अत्याधिक रक्तश्रावका कारण मृत्यु हुन गएको भन्ने पोस्टमर्टम रिर्पोट समेतको अध्ययनबाट स्पष्ट हुन आएको छ।

सो घटनाका बारेमा बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयबाट मिति २०६६/११/२८ गते जारी प्रेस विज्ञप्तिमा बाँसपानी ईलाकामा मिति २०६६/११/२६ गते ठाकुरद्वाराबाट खटिई गएको बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय र निकुञ्ज सुरक्षार्थ तैनाथ ज्वालादल गण ठाकुरद्वारा ब्यारेकको संयुक्त टोलीले गस्ती गर्दै जाँदा अपरान्ह करिब ५ बजेको समयमा पुरनपुर खोलामा बन्दुक फायर भएको र साँझ करिब ६ः३० बजेको समयमा बसाहा क्षेत्रमा फायर भएकोले निकुञ्ज भित्र बन्यजन्तुको चोरी शिकारी नियन्त्रणको लागी चोरीशिकारीको खोजतलास र निगरानी गर्दै जाँदा साँझ करिब ८.०० बजेको समयमा बाँसपानी क्षेत्रमा ५/६ जना हतियारसहित देखापरेकाले निजहरूलाई हतियार फाल्ने चेतावनी दिँदा उल्टै गस्ती टोलीले आत्मरक्षाको लागि बाध्य भई गोली चलाउँदा केही मानिसहरू रोईकराई गरेको र केही मानिस भागेकोले तत्काल फायर स्थगित गरी घटनास्थल जाने क्रममा शिकारीहरूले ल्याएको शिकारी कुकुरले गस्ती टोलीलाई आक्रमण गर्न आएकाले सो कुकुर समेत मारी घटनास्थल गई हेर्दा दुई महिलाको दुःखद मृत्यु भएको एक महिला घाइते अवस्थामा फेला पारेकाले तत्काल प्राथमिक उपचार गर्ने क्रममा निजको पनि मृत्यु भएको साथै सोही स्थानमा एकजना पुरुष फेला पारी नियन्त्रणमा लिएको, सो स्थानमा तीन थान भरुवा बन्दूक, केही गोली, बारुद लगायतका बन्दोबस्ती सामान फेला परेको भन्ने समेत व्यहोरा उल्लेख भएकोमा कुनै सबुत प्रमाणबाट पुष्टी हुन सकेन।

हालसम्मको अध्ययनबाट उक्त घटनामा परेका महिलाहरूमाथि बलात्कार भएको भन्ने सम्बन्धमा विश्वासनीय प्रमाण फेला नपरेको र भेजाइनल स्वाबको नमूना परीक्षणका लागि प्रयोगशालामा पठाइएको बुझिएकोमा त्यसको प्रतिवेदन हालसम्म उपलब्ध हुन सकेको छैन।

आयोगको अनुसन्धान टोलीले घटनास्थलको अवलोकन गर्दा घटनास्थलमा केही काउलोका बोक्राहरू सङ्कलन गरेको पाइयो।

बर्दिया राष्ट्रिय निकुञ्जबाट घटनास्थलको स्थितिबारे सङ्कलन गरी आयोगलाई प्राप्त भएका तस्बिरहरूमा ३ वटा बन्दुकहरू यत्रतत्र फरक फरक स्थानमा फरक फरक अवस्थामा छरिएर रहेको अवस्थामा रहेको, खुकुरी समेत रहेको, लाशहरू घटनास्थलमा अस्वाभाविक रुपमा मिलाएर राखिएको देखिनु र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्राप्त बरामदी भएका भनिएका सामाग्रीहरू आयोगलाई देखाउँदा खुकुरी नपाइएको, प्रहरीले खिचिएको फोटोमा बन्दुकहरू एकै स्थानमा अस्वभाविक रुपमा राखिएको अवस्थामा रहेको पाइयो।
अम्रेनीदेखि बाँसपानीसम्म झण्डै ७ घण्टाको पैदल अनुगमनको क्रममा चोरीशिकारीहरू बस्ने टहरा खाना पकाउने चुल्हा तथा मासु सुकाउने भाँटाको टँाडहरू ४/५ स्थानमा रहेको तथ्यहरू पाइयो।

पक्राउ परेका कृष्णबहादुर बिक चोरीशिकारी र हातहतियारसम्बन्धी मुद्दामा संलग्न नरहेको सर्वसाधारण व्यक्ति रहेको भनी जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख, राष्ट्रिय दलित आयोगका सदस्य तथा विभिन्न राजनीतिक दल र नागरिक समाजका प्रतिनीधिहरू समेतको उपस्थितिमा मिति २०६६/१२/४ मा भएको सहमतिको कागजमा उल्लेख भएको पाइयो।

अनुसन्धानको क्रममा तत्काल घटनास्थलमा पुग्ने प्रत्यक्षदर्शीबाट समेत घटनस्थलमा बन्दुक नदेखेको भन्ने भनाई रहेको पाइयो।

मृतकहरूमध्ये देवीसरा बिक कृष्णबहादुर बिककी श्रीमती र चन्द्रकला बिक कृष्णबहादुर बिककी छोरी तथा देवीसरा बिक कृष्णबहादुर बिककी भाइबुहारी नाता पर्ने व्यक्तिहरू रहेको पाइयो। मृतकहरू दलित समुदायका व्यक्तिहरू रहेका आर्थिक अवस्था निकै कमजोर रहेको, न्युन आयस्रोत भएको, जग्गा जमिन ५ कठ्ठा जति रहेको, उब्जनीबाट बर्षभरि खान नपुग्ने, कृष्णबहादुर बिकले फलामका आँसी कोदाला बनाउने काम गर्दै आएका, जीविकोपार्जनका लागि प्रायजसो सो क्षेत्रमा गई काउलोको रुखको बोक्राहरू काट्दै सो बिक्री गरी त्यसबाट आएको रकमले खर्च चलाउँदै आएको बुझियो।

प्रहरीले घटनास्थलमा गई अनुसन्धान गर्नुपूर्व नै मृतक व्यक्तिहरूको शव मिलाएर राख्ने, प्रमाणहरू हेरफेर गर्ने लगायतका कार्यहरू गस्तिटोलीद्वारा गरिएको बुझियो।

४. विश्लेषण तथा निष्कर्ष

अनुसन्धानको क्रममा बुझिएका प्रत्यक्षदर्शीहरूको भनाई, मृतकका गाउँका बासिन्दाहरूको भनाई एवम् जिल्ला प्रशासन कार्यालय बर्दियामा मिति २०६६/१२/४ मा भएको सहमतिको कागजसमेत प्राप्त तथ्य प्रमाणहरूको अध्ययनबाट घटनामा मारिएका देवीसरा बिक, अमृता बिक र चन्द्रकला बिकसमेतका व्यक्तिहरू काउलोको बोक्रा सङ्कलन गर्ने क्रममा बर्दिया राष्ट्रिय निकुञ्जको बाँसपानी क्षेत्रमा गएको देखिन्छ। निजहरू हातहतियार सहित चोरीशिकारी कार्यमा संलग्न रहेको भन्ने कुनै आधार देखिएन। सोही दिन नेपाली सेनाको ज्वालादल गण ठाकुरद्वाराबाट उपसेनानी सुबोध कुवँरको नेेतृत्वमा १५ जनाको सङ्ख्यामा रहेका सुक्षाकर्मीहरू र बर्दिया राष्ट्रिय निकुञ्जका ४ जना गरी जम्मा १९ जनाको टोली राती करीब ८ बजेको समयमा पश्चिम दक्षिणतर्फबाट घटनास्थलमा पुगेको देखिन्छ। बर्दिया राष्टिय निकुञ्जका कर्मचारीहरू माथितिरको पहाडतर्फ गएका र नेपाली सेनाको टोलीबाट गोली चलाउँदा एक बालिका र दुई महिलाको मृत्यु हुन गएको देखिन्छ।

घटनास्थलको अवलोकन, घटनाका प्रत्यक्षदर्शी एवम् पीडितहरूको अवस्था, एटप्सी रिर्पोट र मृतकहरूको शवको अवलोकन गर्दा घटनामा मारिएका, पक्राउ परेका तथा भाग्न सफल भएका व्यक्तिहरूबाट गोली चलाइएको भन्ने तथ्यको पुष्टि हुन सकेन। पोष्टमर्टम प्रतिवेदन, घटनासँग सम्बन्धित फोटोहरू एवम् मृतकहरूको शवको अवलोकन गर्दा सबै मृतकहरूलाई पछाडिबाट गोली लागेको देखिन्छ।

उपरोक्त तथ्य प्रमाणहरूको अध्ययन तथा घटनास्थल तीन दिशातर्फबाट पहाडले घेरिएको अवस्थामा रहेको पाईएकाले नेपाली सेनाको गस्ती टोलीले घटनामा निज मृतकहरूलाई नियन्त्रणमा लिन सकिने पर्याप्त अवस्था रहँदारहँदै त्यसतर्फ कुनै प्रयास नगरी, गोली चलाउनुभन्दा पहिले अवलम्बन गरिनुपर्ने प्रकृयाको पालनासमेत नगरेको देखिन्छ। आयोगको अनुसन्धानमा अत्यधिक बल प्रयोग गरी बालिकासहित तीनजनालाई मारेको देखिन्छ। प्रत्यक्षदर्शी तथा बुझिएका प्रमाणहरूको आधारमा घटनाभन्दा पहिले सुरक्षाकर्मीहरूले मृतकहरूलाई नियन्त्रणमा लिएको पाइएन। एटप्सी रिपोर्ट समेतको अध्ययनबाट मृतकहरूलाई केही दूरी टाढाबाट गोली लागेको देखिन्छ। घटनापछि

घटनास्थललाई दुरुस्त राखी प्रहरीद्वारा मुचुल्कासमेत गरी प्रमाण सङ्कलन गर्नु पर्नेमा प्रहरीले सो कार्य गर्नुभन्दा पहिले नै सेनाले शवहरूलाई मिलाउने लगायतका काम गरेको पाइएकाले घटनासम्बन्धी प्रमाणहरू नष्ट गरी घटनालाई प्रतिरक्षाका लागि गोली चलाएको भन्ने झूट्ठा विवरण सार्जजनिक गरेको देखिन्छ।

घटनामा महिलाहरूलाई बलत्कार भएको भन्ने सम्बन्धमा यस तथ्यलाई पुष्टि गर्ने प्रमाण पाइएको छैन।

घटनामा सुरक्षाकर्मीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु सरक्षण ऐन, २०२९ को दफा २३ र २४ मा भएको कानुनी प्रावधानअनुरूप तोकिएबमोजिमको प्रक्रिया अवलम्बन नगरिएको र अत्यधिक बल प्रयोग गरेको देखिन आएको छ।

यस घटनामा एक बालिका समेत तीनजना महिलालाई सुृरक्षाकर्मीले चलाएको गोली लागि मृत्यु भएको देखिन आएकोले नेपालको अन्तरिम संविधान २०६३ को धारा १२ रहेको बाँच्न पाउने हक, नागरिक अधिकार ऐन २०१२ को दफा १२ मा उल्लेखित व्यक्तिको ज्यान वा वैयक्तिक स्वतन्त्रतासम्बन्धी हक समेतको हनन् भएको देखिन्छ। यसबाट मानवअधिकारसम्बन्धी बिश्वव्यापी घोषणापत्र १९४८ को धारा ३ तथा नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध १९६६ को धारा ६ मा उल्लेखित जीवनको अधिकार, त्यसैगरी, बालअधिकारसम्बन्धी महासन्धि १९८९ को धारा ३७ मा भएको व्यवस्था समेतको हनन् भएको देखिन्छ।

५. सिफारिस

प्राप्त तथ्यहरूको विश्लेषणको आधारमा नेपाल सरकारलाई निम्न सिफारिस गरिएको छ :

घटनामा एकजना बालिका र दुईजना महिलाहरू मारिएका र निजहरूलाई नियन्त्रणमा लिन सकिने पर्याप्त सम्भावना रहँदारहँदै अत्यधिक बल प्रयोग गरी गोली चलाउन आदेश दिने नेपाली सेना ज्वालादल गण, ठाकुरद्वारा बर्दियाबाट खटिइगएका उपसेनानी सुबोध कुवँरलगायत अन्य संलग्न व्यक्तिहरूको पहिचान गरी नियमित अदालतमा फौजदारी मुद्दा चलाउन, साथै घटनासँग सम्बन्धित सबुत प्रमाणहरू हेरफेर गर्ने व्यक्तिहरूको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न।

मृतकहरूका कानुनबमोजिमका हकवालाहरूलाई क्षतिपूर्ति स्वरूप राष्ट्रिय मानवअधिकार आयोग उजुरी, कारबाही तथा क्षतिपूर्ति निर्धारण नियमावली, २०५७ बमोजिम जनही रु. तीन लाख उपलब्ध गराउन।

मृतकका बालबालिकाहरूलाई राज्यको तर्फबाट निःशुल्क शिक्षाको व्यवस्था गर्न।

मृतकहरूका परिवारको आर्थिक अवस्था कमजोर भएका कारण दैनिक जीविकोपार्जनका लागि काउलोको रुखको बोक्रा काट्न गएको अवस्थामा मृत्यु भएको देखिँदा त्यस क्षेत्रका स्थानीयवासीहरूको आर्थिक तथा सामाजिक अवस्थामा सुधार ल्याउन नेपाल सरकारबाट सरोकारवाला निकायहरूसँग समन्वय गरी उपयुक्त कार्यक्रमहरू सञ्चालन गर्र्न।

राष्ट्रिय निकुञ्जको क्षेत्रमा यस प्रकारका घटनाहरू दोहोरिन नदिन सम्पूर्ण राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित जनशक्तिलाई आवश्यक तालिमको व्यवस्था गर्न।

समाप्त