प्रबासमा नेपाली भाषालाइ माया गर्ने ब्लग मध्ये एक जुन इजरायली प्रबासबाट प्रस्तुत छ.....ब्लग हेरिदिनुभएकाले धन्यबाद ।

Monday, March 30, 2009

कतार र मलेसियामा नेपाली कामदारको तलब घट्यो

काठमाडौ‌‌ १३ चैत
आर्थिक मन्दीका कारण कतार र मलेसियाका रोजगारदाता कम्पनीले आठ सय नेपाली कामदारको तलव घटाएका छन्। कतारको क्युवीसी र मलेसियाको पीटी इन्जिनियरिङ कम्पनीमा कार्यरत मजदुरको तलवमा कटौती भएको हो। कतारको क्युविसी कम्पनीमा कार्यरत पाँच सय नेपाली मजदुरको मासिक तलवबाट एक सय रियाल घटाइएको त्यहाँ कार्यरत लेखराम सापकोटाले इमेलमार्फत दैनिकीलाई जानकारी दिए। मलेसियाको पीटी इन्जिनियिरंग कम्पनीले पनि नेपाली कामदारको तलव ५० प्रतिशतले घटाएको छ। कतारको क्युविसीमा पाँच सय नेपाली मजदुर रहेका छन्। सापकोटालेत्यहाँ रहेका अन्य मुलुकका दुई सय कामदारको पनि तलव घटाइएको बताए। ´मार्चमा बुझेको फेब्रुअरी महिनाको तलवबाट कटौती सुरु भएको छ´- उनले भने- ´घटाउनुको कारण खुलाइएको छैन सायद आर्थिक मन्दीले हुनुपर्छ।´ तलब कटौतीबारेमा कम्पनीका अधिकारीसँग सोध्दा घर जान मन छ भनेर धम्क्याउने गरेको कतारबाटै नवलपरासीका दुर्गा भुसालले जनाए।आर्थिक मन्दीकै कारण चार महिनाअघि मासिक आठसय रिङ्गेटमा मलेसिया पुगेका नेपाली कामदारको तलब ५० प्रतिशतले घटेको छ। नेपाली कामदार रहेको पीटी इन्जिनियिरङले नेपाली कामदारको तलव ५० प्रतिशतले घटाएपछि उनीहरु स्वदेश फर्किने तयारीमा छन्। सो कम्पनीमा ३ सय नेपाली कामदार छन्। बिचल्लीमा परेका सुनसरी बराहक्षेत्र-४ का भक्तबहादुर थापाले घटेको तलवमा पनि एक सय रिङ्गेट लेवी तिर्नु परेको वताए।´बचेको रकममध्ये दुई सय रिङ्गेट खानामै खर्च हुन्छ´ उनले टेलिफोनमा भने- ´पैसा नबचेपछि यहाँ वसेर के काम फर्कनै तयारीमा छौ।´उनका अनुसार मलेसियाली कम्पनीहरुले तलबका साथै ओभरटाइमको व्यवस्था हटाएका छन्। ´ओभर टाइम काम गर्दा केही वचत हुन्थ्यो´ उनले भने-´ओभरटाइम पनि हट्यो तलब पनि घट्यो साह्रै दुःख पाइएको छ।´

लापरबाहीले पिनास हुन सक्छ



उपेन्द्रराज सोती
के तपाईंलाई रुघाखोकी लागेको धेरै समय भएको छ - तपाईंको नाकबाट सिँगानसँगै रगत पनि बग्ने गरेको छ,टाउको समय-समयमा दुखिरहन्छ, नाकले गन्ध थाहा पाइराखेको छैन, स्मरणशक्ति घटेको अनुभव हुँदै छ भनेतपाईंलाई पिनास भइसकेको पनि हुन सक्छ ।
विशेषतः जाडो मौसममा हुने पिनासबाट धेरैले दुःख पाइराखेका हुन्छन् । रुघाखोकी लाग्दा केही पनि नभएकोभनी लापरबाही गर्नाले पिनास हुन्छ । यसबाहेक पनि धूलो-धूवाँ, नाकमा हुने संक्रमण, विभिन्न किसिमकानाकका एलर्जीहरु, नाकभित्रको हड्डी बाङ्गिनु, नाकभित्र मासु बढ्नु वा पलाउनु पनि पिनास हुनुका कारण हुनसकछन् । त्रि.वि. शिक्षण अस्पतालका नाक-कान-घाँटीरोग विशेषज्ञ डा. नरमाया थापाका अनुसार विशेषतःरुघाखोकी तथा धूलो-धूवाँलाई सामान्य त हो नि भनी बेवास्ता गर्दा पिनास हुन्छ र लामो समयसम्म दुःखपाइन्छ ।
हाल शिक्षण अस्पतालमा दैनिक करिब ९-१० जना पिनासका बिरामी आउने गरेको उहाँले जानकारी दिनुभएको छ ।मानिसको टाउकोका केही हाडहरुमा हावा भरिएका खोपिल्टाहरु हुन्छन्, जसलाईँसाइनस’ भनिन्छ । यी साइनसहरु निधारको अगाडिपट्ट िनाकको दुवैतिर गालाभित्र रहेका हुन्छन् । यस्ता साइनसहरुले टाउकाको हाडलाई हलुका बनाउने र बोलीलाई प्रस्ट पार्ने काम गर्छन् ।साइनस क्याभिटीहरुको भित्र वरिपरि म्युकस झिल्लीले ढाकिएको हुन्छ, जुन तल नाकको म्युकस झिल्लीमा गएर खुल्छ । त्यसैले साइनसबाट निस्कने र्‍याल पदार्थ नाकबाट सिँगानको रुपमाबाहिर निस्कन्छ । कुनै कारणले यो निस्कने बाटो बन्द भई भित्र जम्न गएमा त्यसमा संक्रमण पैदा हुन्छ र पिनासका लक्षणहरु देखिन थाल्छन् । पिनास भन्नाले तिनै साइनस क्याभिटीभित्रकोसुजन हुनु हो ।
पिनासका लक्षणहरु
पिनास साधारणतया दुइ प्रकारको हुन्छ- तीव्र पिनास (Acute Sinusitis ) र द्ीघकालीन पिनास (Chronic Sinusitis) । तीव्रपिनासको लक्षणमा ज्वरो आउने, टाउको दुवैतिर वा एक भाग मात्र दुख्ने, आँखा चलाउँदा दुख्ने र आँखाभन्दा माथिको भागमा पीडाहुन्छ । यदि तीव्र पिनासको समयमा उपचार नभएमा दर्ीघकालीन पिनास हुन्छ । दर्ीघकालीन पिनासको अवस्थाकालक्षणहरुमा हरेक क्षण नाक बन्द भइरहने, नाकबाट पानी बगिरहने, टाउको भारी हुने र नाकले गन्ध थाहा नपाउने हुन्छ ।
पिनासको उपचार
त्रि.वि. शिक्षण अस्पतालकी नाक-कान-घाँटीरोग विशेषज्ञ डा. नरमाया थापाका अनुसार एलोपेथिकअर्न्तर्गतको उपचारमा पिनासकोअवस्थाअनुरुप एन्टिबायोटिक औषधि दिइनुका साथै नाकमा राख्नका लागि विभिन्न नोजल ड्रप दिइन्छ । पीडा भएमा पीडालाईकम गर्ने औषधि खान सल्लाह दिइन्छ । यदि दर्ीघकालीन पिनासको अवस्था भए अप्रेसन गर्नुपर्ने पनि हुन सक्छ ।
नरदेवी आर्युर्वेद चिकित्सालयका डा. चन्द्रकान्त ज्ञवालीका अनुसार पिनासको उपचारअर्न्तर्गत पहिलो चरणमा नाकका स्रोतहरुलाई खोल्ने र कफलाई हटाउने किसिमका आयर्ुवेदिक औषधिहरुदिइन्छ । यसका साथै चिसो खाद्यपदार्थ दही, माछा, केरा, कफवर्द्धक मिर्ठाईहरु खाँदै नखाने र धूलो-धूवाँबाट बच्ने सल्लाह दिइन्छ । हालका दिनमा दैनिक ५-६ जना पिनासका बिरामी नरदेवीअस्पतालमा आउने गरेको उहाँ बताउनुहुन्छ । आयर्ुर्वेदिक पद्धतिअर्न्तर्गत पर्ूण्ारुपमा पिनास निको हुने डा. ज्ञवाली दाबी गर्नुहुन्छ । तर यसको लागि अलि लामो समय लाग्ने उहाँबताउनुहुन्छ ।
आर्युवेदिक उपचारअर्न्तर्गत नस्यकर्म विधि अपनाएर पनि पिनासको उपचार गर्न सकिन्छ । आर्युवेद उपचारका ५ प्रमुख उपचार विधिमध्ये नस्यकर्म पनि एक हो । डा. ज्ञवालीका भनाइमा यसविधिअर्न्तर्गत स्नेहन र स्वेदनका तरिकाहरु अपनाइन्छ । जसमा बिरामीलाई सम्बन्धित तेलले अनुहार-टाउकोमा मालिस गर्ने, औषधियुक्त पानीको बाफ लिने र औषधिकै तेल नाकमा राख्ने कामगरिन्छ । करिब ७ दिनसम्म प्रत्येक दिन आधा घण्टा यो विधि अपनाउनर्ुपर्छ । यसले साइनसभित्र जम्मा भएको फोहोरलाई गलाउने र नरम बनाएर बाहिर निकाल्छ, जसका कारण नाककोप्वाल खुल्छ र टाउको दुख्न बिस्तारै कम हुँदै जान्छ ।
समयमै उपचार नगरे के हुन्छ ?
पिनासको समयमै उपचार नभएमा टाउकोको अग्रभाग अत्यधिक दुख्ने, नाकबाट श्वास फर्ेन अप्ठ्यारो पर्ने, नाक गन्हाउने हुन्छ । संक्रमणका कारण आन्तरिक रक्तश्राव हुन सक्ने र भित्रीरुपमासंक्रमण भई क्यान्सरजस्तो रोग लाग्ने सम्भावना पनि हुन्छ ।
पिनास आफैंमा ठूलो जटिलता नभई सामान्य कुरामा लापरबाही हुनाले निम्तिने रोग भएकाले यसबाट बच्न यसका कारणहरुमा विशेष ध्यान दिनु जरुरी छ, अनि मात्र पिनास हुनबाट जोगिनसकिन्छ ।
इन्डोस्कोपिक साइनस र्सजरी
- डा. नरमाया थापा
इन्डोस्कोपको प्रयोगद्वारा नाक र साइनसको शल्यक्रिया गर्ने विधिलाई इन्डोस्कोपिक साइनस र्सजरी९भ्लमयकअयउष्अ क्ष्लगक क्गचनभचथ० भनिन्छ । यो नयाँ प्रविधि हो । यसमा ल्याप्रोस्कोपिककोलिस्ािस्टेक्टोमीमा -पित्तथैलीको शल्यक्रिया) जस्तै इन्डोस्कोपको मद्दतले स्त्रिmन ९क्अचभभल० मा हर्ेर्दैनाक र साइनसभित्र जँँच्न र शल्यक्रिया गर्न सकिन्छ ।
यो प्रविधि मुख्यतया पिनासको उपचारको लागि विकास भएको हो तर यस प्रविधिद्वारा अन्य रोगहरुको पनि उपचारगर्न सकिन्छ । जस्तै- नाकभित्र पलाएको मासु ९ल्बकब उियथिउ० निकाल्न, न्ााथ्री फुटेमा उक्त ठाउँ पत्ता लगाईरोकथाम गर्न, साधारण किसिमको ट्युमर निकाल्न यो विधि प्रयोग गर्न सकिन्छ । यसका साथै पिट्युटरीट्युमरको शल्यक्रिया गर्न, आँखामा नसाको प्रेसर बढेर अन्धो भएको छ भने यसको पनि शल्यक्रिया ९इउतष्अलभचखभ मभअomउचभककष्यल० गर्न, नाकभित्रको बाङ्गिएको पर्दा ९ल्बकब क्िभउतum० सोझो पार्न,आँखाबाट आँसु आउने रोग ९म्बअचथयअथकतष्तष्क० मा बाहिर घाउ नबनाईकन नाकभित्रबाटै शल्यक्रिया पनिगर्न सकिन्छ । यो शल्यक्रिया हालै नाक, कान, घाँटी विभाग शिक्षण अस्पतालमा सुरु गरिएको छ ।
यो विधिबाट शल्यक्रिया गर्दा बाहिर घाउ बनाउनुपर्दैन र नाकभित्रको भागहरुलाई सुरक्षित तरिकाले बचाउन सकिन्छ । साथै घाउ बनाउनु नपर्ने हुँदा बिरामीलाई अन्य विधिद्वाराउपचार गराउँदाभन्दा छिट्टै घर पठाउन सकिन्छ । शल्यक्रियापछि नाकभित्र पट्टी राखिएको छ भने सो निकालीकन साधारणतया शल्यक्रिया गरेको २-४ दिनभित्र बिरामीलाई घरपठाउन सकिन्छ ।
यो शल्यक्रियापछि बिरामीले केही कुरामा ध्यान दिनुपर्ने हुन्छ । शल्यक्रियापछि नाकभित्र माम्री जम्ने भएकोले उमालेर सेलाएको पानीमा खानेसोडा र नुन मिलाएर दिनमा ३-४पटक एक महिनासम्म नस लिनर्ुपर्छ । शल्यक्रियापछि एक हप्तासम्म एन्टिबायोटिक खानुपर्छ । बिरामीले जोडले सीँ-सीँ गर्नुहुँदैन । यदि नाकभित्र पलाएको मासुको लागिशल्यक्रिया गरिएको हो भने बेला-बेलामा नाकको इन्डोस्कोपीको लागि अस्पतालको ओपीडी जानर्ुपर्छ ।

पाठेघरमा मासु पलाउने समस्या


डा. सुमनराज ताम्राकार
स्त्री तथा प्रसूति रोग विशेषज्ञ
काठमाडौं उपत्यकाबाहिरको एउटा अस्पतालमा ४५ वर्षी एक महिला महिनावारी हुँदा अधिक रक्तश्रावहुने तथा सानो पेट दुख्ने सिकायत लिएर आइन् । तल्लोे पेट जाँच्ने क्रममा कडा खालको मासुको डल्लोभेटियो । भिडियो एक्सरे -अल्ट्रासाउन्ड) बाट पाठेघरमा मासु पलाएको निक्र्योल गरियो । सन्तानकोरहर पुगिसकेकाले पाठेघरका साथै दुवर्ैतर्फको अण्डाशय निकाल्ने शल्यक्रिया गर्राई उपचार गरियो ।
यस्तै पाँच वर्षघि विवाह गरेकी एकमहिलाको पहिलो पटकको गर्भ केहीमहिनामै तुहिएको थियो । दोस्रोपटकको गर्भमा पनि महिना नपुग्दैबेथा लागी बच्चा जन्मिएको थियो तरबच्चा निकै सानो भएकोले अकालमैमृत्यु भएको समस्या लिएर उनीअस्पतालमा आइन् । दुइवटा बच्चाखेर गएपछि नियमित यौनसर्म्पर्कगर्दा पनि गर्भ नरहेका कारणनिःसन्तान हुने डरले उनी उपचारकालागि आएकी थिइन् । उनकोस्व्ाास्थ्य जाँचको क्रममा पाठेघरको पछाडिपट्टकिो भित्तामा करिब ३.५ वर्गसेन्टिमिटर रपाठेघरको माथिल्लो भागमा ३ वर्गसेन्टिमिटरका दुइवटा डल्ला पलाएको -फाइब्रोइड भएको) पत्तालाग्यो । त्यसपछि करिब ६ महिनाअघि उनको पाठेघरको डल्लो मात्र निकाल्ने शल्यक्रिया-मायोमेक्टोमी) गरियो । हालै फलोअपमा आएकी ती महिलाको पाठेघरको मुखबाट एक प्रकारको रंगपठाएर पाठेघरको भित्री भाग तथा डिम्बवाहिनी नलीको विशेष खालको एक्सरे लिई जाँच्ने क्रममा कुनैसमस्या नदेखिएकोले ती दम्पतीलाई छिट्टै सन्तान प्राप्त हुने अपेक्षा गरिएको छ ।
३० वर्षो उमेर पुग्ने बेलासम्म करिब २० प्रतिशत महिलामा पाठेघरमा मासु पलाउने -फाइब्रोइड)समस्या हुन सक्छ । स्त्रीरोग विभागको बहिर· विभागमा आउने करिब ३ प्रतिशत महिलाहरुफाइब्रोइडको समस्या लिएर आउँछन् । यसमा बढीजसो ३५ देखि ४५ वर्षउमेरका हुन्छन् । पाठेघरमामासु पलाउने समस्या
-फाइब्रोइड) हुनुको प्रस्ट कारण नभए पनि करिब ३० प्रतिशतमा वंशाणुगत र अन्यमा शारीरिक वृद्धिगराउने विभिन्न तत्त्वहरुले इस्ट्रोजेन नामक हर्मोनमार्फत फाइब्रोइड गराउन सक्ने विश्वास गरिएको छ। प्रायः फाइब्रोइडको समस्या हुँदा महिनावारी गडबडी पनि हुन्छ ।
बच्चा नपाएका, उच्च मोटोपन भएका, इस्ट्रोजेनको मात्रा बढ्ता भएका तथा काला जातिकामानिसहरुमा फाइब्रोइड समस्या बढ्ता हुने गरेको छ । गर्भावस्था तथा पिल्स चक्की खाइरहेकामापाठेघरमा मासु पलाउने समस्या -फाइब्रोइड) तीव्र गतिमा बढ्ने गरेको छ ।
फाइब्रोइड प्रायः पाठेघरको माथिल्लो भागमा हुन्छ र धेरै संख्यामा पनि हुन्छ । पाठेघरको मध्यतहबाटसुरु हुने फाइब्रोइड समस्या समयक्रमसँगै पाठेघरको बाहिरीतिर वा भित्री भागतिर बढ्छ । पाठेघरकोभित्री तहतिर बढ्ने सम्भावना कम भए पनि यस प्रकारको फाइब्रोइड चाँडै कुहिने र संक्रमण-फाइब्रोइडका जटिलताहरु) हुने कारणले महिनावारीको बेला बढ्ता रक्तश्राव हुन्छ ।
यो समस्या भएका करिब ७५ प्रतिशतमा कुनै लक्षण देखा नपर्न सक्छ । अन्यमा महिनावारी हुँदाअधिक रक्तश्राव हुने, सानो पेट दुख्ने, निःसन्तान हुने, सानो पेटमा डल्लो भेटिने तथा गर्भ रह्यो भने गर्भतुहिने, महिना नपुग्दै बेथा लाग्ने तथा बच्चा सानो हुने हुन्छ । उपचारका क्रममा सन्तानको रहरपुगिसकेका तथा ४० वर्षनाघेकालाई पाठेघर निकाल्ने शल्यक्रिया एवम् बच्चा पाउन बाँकी वा बच्चापाउन इच्छुक महिलाको हकमा फाइब्रोइड -मासुको डल्लो) मात्र निकाल्ने शल्यक्रिया -मायोमेक्टोमी)गर्न सकिन्छ । फाइब्रोइडको प्रकृति, अवस्थिति, आकार तथा उपचार विधिको उपलब्धताअनुसारल्याप्रोस्कोपी वा हिस्टेरोस्कोपीबाट पनि फाइब्रोइडको सफल उपचार गर्न सकिन्छ ।
यदि पाठेघरमा पलाएको मासुको आकार सानो छ र फाइब्रोइड नै हो भन्ने निक्र्योल भएको छ भनेबेला-बेलामा फलोअप जाँच गर्न सकिन्छ । फाइब्रोइडको कारण कुनै लक्षण -अधिक रक्तश्राव/दुखाइ)देखा परेको छैन भने तत्काल उपचार गर्नुपर्ने जरुरत छैन

पौष्टिक तत्त्वलाई ध्यानमा राखी / खानामा हेरफेर



बिरामीको अवस्था हेरी खाद्यपदार्थलाई नरम खाना, पूरै तरल खाना र झोल खानाको रुपमा परिवर्तन गरेर स्वास्थ्यस्थितिअनुरुप समायोजन गर्न जति जरुरी हुन्छ त्यसरी नै व्यक्तिको स्वास्थ्यस्थितिअनुसार खाद्यपदार्थमा भएको पौष्टिक तत्त्वको आधारमा भोजनको फेरबदल गर्नुपर्ने तथा खाद्यपदार्थबाट प्राप्त हुने शक्तिमा समेत थपघट गर्नुपर्ने हुन्छ ।

प्रायः स्वास्थ्य स्थितिअनुसार नियमित खानामा फेरबदल गर्दा शक्तिको परिमाण बढाउने वा घटाउने, पौष्टिक तत्त्वहरु जस्तै- प्रोटिन, चिल्लो पदार्थ, सोडियम, लौहतत्त्वको परिमाण बढाउने वा भोजनमा परहेज गर्नेजस्ता कुराहरु आउँछन् । साधारणतया निश्चित किसिमका पौष्टिक तत्त्व थपघट गर्दा व्यक्तिको स्वास्थ्यस्थितिलाई पूरै ध्यानमा राख्न आवश्यक हुन्छ । यसबाहेक लामो समयसम्म कुनै निश्चित पौष्टिक पदार्थ परहेज गर्नुपर्दा उक्त तत्त्व रहेको खाद्यपदार्थ भोजनमा समावेश नगर्दा अन्य पौष्टिक तत्त्वहरुको पनि कमी भई थप प्रतिकूल असर पर्न सक्ने भएकोले यस्तो स्थितिमा सम्बन्धित व्यक्तिहरुसँग परामर्श लिई सोहीबमोजिम भोजनको व्यवस्था गर्नुपर्ने हुन्छ ।

विशेषगरी चलनचल्तीमा आउने खानामा फेरबदल गर्ने पद्धतिमा क्यालोरीको थपघट तथा प्रोटिन, चिल्लो पदार्थ, सोडियम र फाइबरजस्ता तत्त्वको फेरबदल गर्ने भएकोले यी उल्लिखित तत्त्वहरु कुन अवस्थामा बढाउनुपर्ने हो तथा कुन अवस्थामा घटाउनुपर्ने हो, सो जान्न आवश्यक हुन्छ ।

बढी र कम क्यालोरीयुक्त भोजन

विशेषगरी कुपोषण, कम तौल, क्षयरोग, हाइपरथाइरोइडिजम (Hyper thyroidism) तथा लामो समयसम्म ज्वरो आउँदा थप शक्ति आवश्यक पर्ने भएकोले यस स्थितिमा बढी क्यालोरीयुक्त भोजनको आवश्यक हुन्छ ।

यस प्रकारको भोजनमा दैनिक थप ५ सय क्यालोरी शक्ति आवश्यक हुन्छ भने सोही अनुपातमा प्रोटिन ५० प्रतिशत र भिटामिन एवम् खनिज पदार्थ पनि बढाउनुपर्ने हुन्छ । बढी क्यालोरीयुक्त भोजनबाट एक वयष्कले प्रतिदिनको हिसाबले करिब प्रोटिन ८०-१०० ग्राम, चिल्लो पदार्थ ६०-८० ग्राम, कार्बोहाइड्रेट ४००-५०० ग्राम र शक्ति ३०००-४००० क्यालोरी प्राप्त गरेको हुन्छ ।

बढी क्यालोरीयुक्त भोजनको व्यवस्था गर्दा बिरामीको अवस्थाअनुसार बिस्तारै क्यालोरीको परिमाण बढाउनुपर्ने हुन्छ । एकैचोटि धेरै परिमाणमा खान अर्समर्थ हुने भएकोले वा तुरुन्तै बढी क्यालोरी लिन अर्समर्थ हुने भएकोले परिमाणात्मक एवम् गुणात्मक रुपमा बिस्तारै बढाउँदै लग्नुपर्ने हुन्छ । बढी खुवाउनाले रुचि नहुने, वाकवाक लाग्ने, पेट गडबडी हुने बढी सम्भावना भएकोले थोरै-थोरै तर पटक-पटक गरी खुवाउँदा उपयुक्त हुन्छ ।

साधारणतया कम क्यालोरीयुक्त भोजन बढी तौल भएको मोटो व्यक्तिको लागि सिफारिस गरिन्छ । मुटुसम्बन्धी रोग, मधुमेह, श्वासप्रश्वास (Arthritis), गाउट (Gout), पित्तासयसम्बन्धी रोगका विविध कारणहरुमध्ये बढी तौल एक प्रमुख कारण भएकोले यी उल्लिखित स्वास्थ्य समस्यालाई कम तथा नियन्त्रण गर्नको लागि दैनिक भोजनमा क्यालोरीको परिमाण कम गर्नुपर्ने हुन्छ । हुन त तौल घटाउनमा खानाबाहेक उपयुक्त किसिमको शारीरिक व्यायाम पनि त्यत्ति नै जरुरी हुन्छ । यसबाहेक बढी तौल हुनमा खानाबाहेक वंशाणुगत गुण, मेटाबोलिजममा हुने गडबदीजस्ता कारण पनि भएकोले तौल घटाउन कम क्यालोरीको भोजनको योजना गर्नुअगाडि व्यक्तिको शारीरिक अवस्था, उसको खाना खाने बानी, पारिवारिक पृष्ठभूमिबारे पनि जान्न आवश्यक हुन्छ ।

यस प्रकार शरीरको तौल घटाउन कम क्यालोरी भएको भोजनको योजना गर्दा समावेश गरिने खाद्यपदार्थको उचित छनोट, राम्रो खाना खाने बानीको विकास तथा पौष्टिक दृष्टिकोणले स्वस्थकररुपमा क्रमिक तौल घटाउनुपर्ने हुन्छ । प्रतिमहिना २ देखि ३ किलोग्राम तौल घटाउनको लागि दैनिक ८००-१००० क्यालोरी शक्ति आवश्यकभन्दा कम गर्नुपर्ने हुन्छ । साधारणतया यस प्रकारको भोजनबाट १२००-१६०० क्यालोरी शक्ति प्राप्त हुने किसिमले सिफारिस गरिन्छ । प्रतिदिन १३०० क्यालोरी शक्ति भोजनबाट प्राप्त गर्न सकेमा प्रतिहप्ता आधादेखि एक किलोग्राम शरीरको तौल घटाउन सकिन्छ । यसको लागि खानाबाहेक उपयुक्त शारीरिक क्रियाकलापको पनि अति जरुरी हुन्छ ।

क्यालोरीको परिमाण कम गर्दा अन्य पौष्टिक तत्त्वको परिपूर्तिको लागि प्रोटिनको दैनिक आवश्यकता केही बढाउनुपर्ने हुन्छ । साधारण अवस्थामा प्रतिकिलो तौलबराबर १ ग्राम प्रोटिन आवश्यक हुन्छ भने यस स्थितिमा प्रतिकिलो तौलबराबर डेढ ग्राम प्रोटिन आवश्यक हुन्छ । चिल्लो पदार्थ र कार्बोहाइड्रेटयुक्त खाद्यपदार्थको उपभोगमा नियन्त्रण गर्नुपर्छ । खाने खानाको परिमाण पनि कम गर्नुपर्ने भएकोले कम क्यालोरीको भोजनको योजना गर्दा सबै खाद्यसमूहबाट पर्ने गरी उचित परिमाणमा एवम् गुणस्तरीय रुपमा खाद्यपदार्थको छनोट गर्नुपर्छ । बटर, चीज, चकलेट, आइसक्रिम, बोसोयुक्त मासु, तारेको खाना, केक, रिफाइन्ड अन्न, चिनी, सिरप (Syrup) आदि भोजनमा परहेज गर्नुपर्ने हुन्छ ।

बढी र कम प्रोटिनयुक्त भोजन

विशेषगरी बढी प्रोटिनयुक्त खाना प्रोटिन-क्यालोरीको कुपोषण भएको अवस्थामा, कुपोषित बिरामीहरुमा, ज्वरो आएको समयमा,

शल्यक्रिया गर्न अगाडि र पछाडिको अवस्थामा, घाउचोट लागेको स्थितिमा, आगोले पोलेको अवस्थामा तथा नेफ्राइटिस २ ९ल्भउजचष्तष्क तथउभ क्ष्क्ष्० भएको समयमा आवश्यक हुन्छ । हाम्रो जस्तो विकासोन्मुख मुलुकमा करिब १८ देखि २४ महिनाका बालबालिकामा प्रोटिनको कमीबाट हुने क्वासिवर्कर ९प्धबकजष्यचपबच० रोगको लागि पनि प्रोटिनयुक्त भोजनको आवश्यक हुन्छ ।

बढी प्रोटिनयुक्त भोजनको योजना गर्दा उमेरको आधारमा एक वयष्कको लागि प्रतिदिन १२५ देखि १५० ग्राम प्रोटिन दैनिक खानाबाट पर्ूर्ति गर्नुपर्ने हुन्छ भने १० वर्षुनिका बालबालिकाको लागि ६० देखि १०० ग्राम उपलब्ध हुनर्ुपर्छ । बिरामीको अवस्था हेरी प्रतिकिलो तौलबराबर ३-४ ग्राम प्रोटिनको आवश्यक हुन्छ । साथै प्रोटिन प्राप्त हुने खाद्यपदार्थ पनि गुणस्तरको हुनर्ुपर्छ ।

खाद्यपदार्थबाट प्राप्त भएको प्रोटिन शरीरमा अधिकतम उपयोगी हुनको लागि सोही अनुपातमा खानाबाट क्यालोरी प्राप्त हुनर्ुपर्छ । किनकि शरीरमा क्यालोरीको कमी छ भने खानाबाट प्राप्त हुने प्रोटिन आफ्नो कामको लागि भन्दा शक्ति दिनको लागि खर्च हुन सक्छ । दूध, अण्डा, माछा, मासु, हरियो सागपात दैनिक भोजनमा प्रशस्त समावेश गर्दा प्रोटिनबाहेक भिटामिन र खनिज पदार्थ पनि आवश्यक मात्रामा प्राप्त गर्न सकिन्छ ।

एक वयष्कको लागि बढी प्रोटिनयुक्त भोजनको योजना गर्दा प्रतिदिन १२०-१५० ग्राम प्रोटिन र सोही अनुपातमा चिल्लो पदार्थ ६०-७० ग्राम, कार्बोहाइड्रेट २५०-३०० ग्राम र क्यालोरी ३००-३५०० प्राप्त हुँदा बेस हुन्छ । तर शरीरको अवस्था हेरी प्रोटिनको परिमाण बढाउँदा अन्य पौष्टिक तत्त्व थप-घट गर्नको लागि सम्बन्धित विशेषज्ञको सिफारिसमा गर्नुपर्दछ ।

प्रोटिन कम भएको भोजन विशेषगरी जन्डिसलगायत अन्य ९ऋजचयलष्अ ग्चबझष्ब, खष्चब जिभउबतष्तष्क, नबिि कतयलभक, तथउभ क्ष् लभउजचष्तष्क० रोगहरु भएको अवस्थामा दिइन्छ । माथि उल्लिखित अवस्थामा दैनिक प्रोटिनको आवश्यकता ३०-४० ग्रामभन्दा कम मात्र हुनुपर्छ । यदि बिरामीमा कुपोषणको समस्या छैन भने क्यालोरीको परिमाण पनि कम गर्नुपर्छ । शरीरभित्र तुरुन्तै ग्लुकोजमा परिणत हुने किसिमको कार्बोहाइड्रेटयुक्त खाद्यपदार्थ मात्र समावेश गर्नुपर्छ ।

साधारणतया एक वयष्कलाई कम प्रोटिनयुक्त भोजनको व्यवस्था निम्न तवरले गर्न सकिन्छ ।

खाद्यपदार्थ साकाहारी (ग्रा.) मांसाहारी (ग्रा.)

अन्न १००-१५० १००-१५०

कर्न स्र्टार्च १०० १००

गेडागुडी १५-२० १५-२०

दूध ५००-७०० ३००-४००

अण्डा, माछामासु - २०-२५

आलु १०० १००

हरियो सागसब्जी १०० १००

अन्य साग-तरकारी १०० १००

तेल ४०-५० ४०-५०

चिनी १०० १००

फलफूल २०० २००



माथि उल्लिखित भोजनबाट प्रतिदिन व्यक्तिले करिब प्रोटिन २५-३० ग्राम, कार्बोहाइड्रेट २५०-३०० ग्राम, चिल्लो पदार्थ ६०-७० ग्राम र क्यालोरी २००-२५०० प्राप्त गर्न सक्छ । भोजनमा प्रोटिनको परिमाण कम गर्ने भएकोले सिफारिसअनुसार मल्टिभिटामिन र मल्टिमिनरल लिनुपर्ने हुन्छ ।

हाल प्राथमिकतामा परेका केही पौष्टिक तत्त्वहरु जस्तै- फाइबर, कोलेस्टेरोल, चिल्लो पदार्थ, पोटासियम र पानीको दैनिक भोजनमा महत्त्वबारे आगामी अंकहरुमा प्रकाशित गरिनेछ ।

प्रोटिनयुक्त मासुको परिकार

आवश्यक सामग्री

प्याज - १ ठूलो

लसुनको पेस्ट - १ टेबल चम्चा

ओलिभ तेल - २ चिया चम्चा

नुन - स्वादअनुसार

सोया सस -नुन कम) - १ टेबल चम्चा

चिकेन ब्रेस्ट - ३०० ग्राम

लामो कलिलो हरियो फर्सी ३०० ग्राम

गोलभेंडा - २ वटा ठूलो

गोलभेंडाको प्युरी - २ टेबल चम्चा

विधि

- र्सवप्रथम मासु सफा पानीमा पखाली लामो र पातलो हुने गरी काटेर थोरै पानीमा उसिन्नर्ुपर्छ ।

- कलिलो फर्सी कुनै-कुनै भागमा मात्र बोक्रा निकाली ठिक्कको टुक्रामा काट्नर्ुपर्छ ।

- यसैगरी प्याज मसिनो गरी काट्नुका साथै एउटा गोलभेंडाको चार टुक्रा हुने गरी काट्नर्ुपर्छ । लसुन मसिनो गरी काटे पनि हुन्छ अथवा पेस्ट बनाउन पनि सकिन्छ ।

- एउटा फराकिलो प्यानमा तेल हालेर काटेको प्याज र लसुन हाली प्याज नरम र खेरौ-खेरौ नहुन्जेलसम्म पmाइ गर्नुपर्छ ।

- त्यसपछि यसमा काटेको फर्सीली मधुरो आँचमा नरम नहुन्जेल पकाउनर्ुपर्छ । यदि सुख्खा भएमा थोरै पानी पनि हाल्न सकिन्छ ।

- त्यसपछि यसमा सोया सस हालेर चलाई अगाडि उसिनेको मासु, गोलभेंडाको प्युरी, स्वादअनुसार नुन हालेर १० मिनेट जति मधुरो आँचमा पकाउनुपर्छ ।

- पाकेपछि माथिबाट काटेको गोलभेंडा हाली हलुकासाथ चलाएर केहीबेर छोप्नुपर्छ । अनि पुनः २-३ मिनेट जति पकाएपछि तात्तातै र्सव गर्नुपर्छ ।