प्रबासमा नेपाली भाषालाइ माया गर्ने ब्लग मध्ये एक जुन इजरायली प्रबासबाट प्रस्तुत छ.....ब्लग हेरिदिनुभएकाले धन्यबाद ।

Monday, May 18, 2009

पाँच हजार तिर्नुस्, सम्पति लुकाउनुस्

May 18, 2009
Amrit_pnd@yahoo.com
Israel

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सम्पति विवरण पेस नगरेको भन्दै केही उच्च सुरक्षा अधिकारीलाई पाँच हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ। पाँच हजार रुपैयाँ जरिवाना तिर्दैमा सम्पति लुकाउन पाउने भए त सबैले पाँच हजार मात्रै तिर्थे होलान् नि। त्यसो त उनीहरुलाई ३० दिनभित्र सम्पति विवरण बुझाउनु पर्ने पनि भनिएको छ। तर आफै प्रहरी, आफैले कानुन पालना गराउनु पर्ने, कसले उनीहरुलाई पक्रन्छ होला र। तैपनि वर्षौँपछि अख्तियार जागेको खबर सुन्दा तपाईँलाई नि अनौठो लाग्यो होला है। लौ न त त्यसो भए हेरौँ, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कुन कुन अधिकृतलाई कारबाही गरेछ त उसले।
वरिष्ठ प्रहरी उपरीक्षकहरू
डा.सुमनशमशेर जबरा,
डा. कोमलकिरण प्रधान,
डा.सुरेन्द्रकुमार श्रेष्ठ,
डा.भक्तबहादुर सिंह,
डा.कन्हैयाबहादुर श्रेष्ठ

कायममुकायम प्रहरी वरिष्ठ उपरीक्षक
डा.दीनेशचन्द्र पोखरेल
डा.अजितकुमार गुरुङ

प्रहरी उपरीक्षक
डा.आशा सिंह,
डा.सुमनराजा श्रेष्ठ,
डा.वीरचन्द्र गुरुङ,
केशरीराज घिमिरे,
उत्तमबहादुर सिंह,

प्रहरी नायब उपरीक्षक
यज्ञविनोद पोखरेल,
दयानन्द मल्लिक,
जगतमान श्रेष्ठ,
मीरा थापा,
गोपाल मताछे,
डा.सुन्दरप्रसाद हैजु,
राजु वैद्य,
रामदेवी गुरुङ,
डा.सदरमान ताम्राकार,
डा.पङ्कज चौधरी,
डा.दीपक श्रेष्ठ,
डा.सञ्जयविक्रम श्रेष्ठ
राजेन्द्र बिष्ट

प्रहरी निरीक्षक
रामप्रसाद चापागाईं,
विनोदकुमार भण्डारी,
मुरलीमोहन अधिकारी,
सुरेन्द्रबहादुर चन्द,
रवि पौडेल,
गोपिवरसिंह थापा,
मीठाराम दाहाल,
डा.संज्ञा मल्ल,
लालबाबु गिरी,
सुजाताकुमारी गुरुङ,
गङ्गावती लामा,
डा.मनिषा मास्के शर्मा,
डा.विपीनकुमार श्रेष्ठ,
डा.तृष्णा कक्षपति,
छायादेवी गुरुङ,
गुरुबहादुर थापा,
नवलकिशोर झा,
यादवप्रसाद पाण्डे,
सावित्री जङ्गम,
दीलकुमारी गुरुङ
उन्देश्वर तिवारी

सशस्त्र प्रहरी उपरीक्षक
दुर्गाप्रसाद भट्टराई

सशस्त्र प्रहरी नायब उपरीक्षक
राजु अधिकारी

आयोगले गुठी संस्थानका सह-प्रशासक हेमराज सुवेदी र सोही संस्थानका पूर्व प्रशासक सेमान्तराज चापागाइँमाथि पनि सम्पत्ति विवरण नबुझाएकोमा कारबाही अगाडि बढाएको छ ।

कुनै पनि सार्वजनिक पद धारण गरेका व्यक्तिले आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो वा परिवारका नाममा रहेको सम्पत्तिको स्रोतसहितको विवरण पेस गर्नुपर्ने कानुनी व्यवस्था छ।
Collection from Internet
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

सगरमाथाको देशदेखि अन्टार्टिकासम्म

April 8, 2009
Amrit Israel

मानव जातिको प्रभावबाट तुलनात्मक रुपमा निकै कम प्रभाव परेको यस महादेश को ९८% भाग हिउँले ढाकेको छ। विज्ञानले गरेको अहिलेसम्मको खोजले त्यहाँ मानव बस्तीको कुनै प्रमाण त भेट्टाउन सकेको छैन तर त्यहाँ पाइने केही जीवहरु भने उक्त ठाउँमा हजारौं वर्षदेखि रहेको प्रमाणहरु छन्। यसरी भन्नुपर्दा उक्त ठाउमा मानव जाति भन्दा पनि सूक्ष्म जीवहरु नै पहिले पुगेका थिए र शायद उनीहरुमा रहेको अति विषम परिस्थिति सहन गर्न सक्ने शक्तिले होला, अहिलेसम्म पनि अन्टार्क्टिकाको जुनसुकै अवस्थामा पनि जीवित नै रहेका छन।
सर्वप्रथम मेरो पहिलो ब्लग पढेर प्रश्न तथा प्रतिक्रिया दिनु हुने सम्पूर्ण पाठकवर्गमा आभार व्यक्त गर्न चाहन्छु। तिनै प्रश्न तथा प्रतिकृयाका उत्तरहरुलाई समेटेर दोश्रो ब्लग तयार परेको छु। हुनत तपाईँहरुका असीमित कौतुहल तथा अन्टार्टिकाको बारेको लेखलाई एउटा ब्लग म समेट्न खोज्नु भनेको समुद्रको पानी बाल्टिनमा राख्न खोज्नु सरह नै होला। तर पनि मैले देखेका, जानेका र सुनेका कुराहरुलाई समेट्दै तपाईँहरुका कौतुहललाई मेटाउने प्रयास गर्नेछु।

कतिपय पाठकहरुले सोध्नुभएका प्रश्नहरुको ठोस उत्तर विज्ञानले आजसम्म पनि दिनसकेको छैन। र त्यस्ता विषयहरुलाई मैले तपाईंहरुलाई नै अध्ययन गरेर प्रष्ट हुनको लागि छाडिदिएको छु। यसका अलावा अन्टार्टिकाको बारेमा तथा मेरो अनुसन्धानको बारेमा अझ बढी जानकारीको लागि हाम्रो कार्यक्रमले सन्चालन गरेको ब्लग, अन्टार्टिकासम्बन्धी लेखहरु तथा प्रेस विज्ञप्तिहरु अध्ययन गर्नुहोला।

रकेट ट्वाइलेट।
प्रथमत: म अन्टार्टिका कसरी पुगेँ, किन पुगेँ र कोसँग पुगेँ भन्ने कुरा प्रष्ट पार्न चाहन्छु। म संयुक्त राज्य अमेरिकाको युटाहा राज्यको एउटा युनिभर्सिटीमा विद्यावारिधी गर्दैछु र मेरो अनुसन्धानको विषय हो Nematode हरु कसरी प्रतिकूल वातावरण सहन सक्छन् र उक्त अवस्थामा बाँच्नको लागि कुन Gene ले कसरी सहयोग गर्दछन्। त्यस्तै साधारण अवस्थामा भन्दा विषम अवस्थामा बाँच्दा ती जीवहरुमा कस्ता किसिमका परिवर्तनहरु आउँछन् र ती परिवर्तनहरुले कसरी बाँच्नको लागि सहयोग गर्छन् भन्ने अनुसन्धान म गर्दैछु।

मेरो Advisor गत १९ वर्षदेखि अन्टार्टिकाको सुख्खा उपत्यकामा सन्चालित एक पर्यावरणीय चक्र सम्बन्धी अनुसन्धानमा संलग्न छन्। अन्टार्टिकाको हिउँले नढाकेको २% भाग मध्य पर्ने उक्त ठाउँमा सञ्चालित अनुसन्धानको मुख्य उद्देश्य त्यस भागमा कस्तो किसिमको जैविक विविधता पाइन्छ, त्यो विविधता कसरी फैलिएको छ र हाल पृथ्वीमा भइरहेको परिवर्तनले त्यहाँको पर्यावरणलाई कसरी असर पारेको छ भन्ने रहेको छ।
यसबाहेक कार्यक्रमले अहिले भइरहेको परिवर्तनलाई आँकलन गर्दै यस्तै हुँदै गएमा भविष्यमा कस्तो परिवर्तन र कति मात्रामा परिवर्तन होला भन्ने विषयमा पनि अध्ययन गर्नेछ। यो कार्यक्रम संयुक्त राज्य अमेरिका को अन्टार्क्टिक कार्यक्रम (युसेप) को सहयोगमा अन्टार्टिकाको मेक्मुर्डो स्टेसनबाट सन्चालित छ। यसरी युसेप अन्तर्गत सन्चालित भएको हुनाले हाम्रो सम्पूर्ण खर्च (यात्रादेखि लिएर खाने, बस्ने र अनुसन्धान गर्नेसम्म) उक्त कार्यक्रमले व्यहोरिरहेको छ।

केही साथीहरुले त्यहाँ यात्रा गर्दा कति खर्च लाग्छ भनेर सोध्नुभएको रहेछ। म अहिले त्यसको सही उत्तर दिनसक्ने अवस्थामा छैन। तर मैले अन्टार्टिकाको यात्रामा गएर फर्केकाहरुसँग गरेको कुरा अनुसार कम्तिमा ८ देखि १० हजार डलरसम्म लाग्ने रहेछ। प्रायजसो त्यसरी यात्रामा जानेहरु दक्षिण अमेरिका भएर समुद्री मार्गबाट जाँदा रहेछन्।
आजभन्दा अगाडि कति जना नेपाली त्यहाँ पुगेका छन् भन्ने कुनै आधिकारिक तथ्याङ्क त छैन। तर हामीले सामान्य ज्ञानमा पढे अनुसार एक जना नेपाली धेरै पहिले नै अन्टार्टिका पुगिसकेका थिए। अरु एक जना पनि ब्रिटिश आर्मी अन्तर्गत रहेर कुनै काम विशेषले त्यहाँ पुगेको सुनिन्छ। यसरी हेर्दा जो जति नेपालीहरु त्यहाँ पुगेका छन्, सबै कुनै विदेशी समूह तथा संघ सस्थामा संलग्न भएर गएका छन्। आशा गरौ, हामी पनि कुनै दिन नेपालीका घरेलु समस्याबाट माथि उठेर संसारमा के कस्ता परिवर्तन भएका छन् र तिनीहरुले हाम्रो पर्यावरणलाई कस्तो असर पर्न सक्छ भन्ने अध्ययन गर्न आफ्नै टोलीमा संलग्न भएर अन्टार्टिका पुग्न सक्नेछौ। विशेषत: अन्टार्टिकामा भएका परिवर्तनहरुबाट पाठ सिक्दै हामी हाम्रा सुन्दर हिमाली पर्यावरणलाई जोगाउनतर्फ पाइला चाल्न सक्छौ।

मानव जातिको प्रभावबाट तुलनात्मक रुपमा निकै कम प्रभाव परेको यस महादेश को ९८% भाग हिउँले ढाकेको छ। विज्ञानले गरेको अहिलेसम्मको खोजले त्यहाँ मानव बस्तीको कुनै प्रमाण त भेट्टाउन सकेको छैन तर त्यहाँ पाइने केही जीवहरु भने उक्त ठाउँमा हजारौं वर्षदेखि रहेको प्रमाणहरु छन्। यसरी भन्नुपर्दा उक्त ठाउमा मानव जाति भन्दा पनि सूक्ष्म जीवहरु नै पहिले पुगेका थिए र शायद उनीहरुमा रहेको अति विषम परिस्थिति सहन गर्न सक्ने शक्तिले होला, अहिलेसम्म पनि अन्टार्क्टिकाको जुनसुकै अवस्थामा पनि जीवित नै रहेका छन।

अति नै प्रतिकूल वातावरण भएकोले त्यहाँ कुनै किसिमका विकसित वनस्पतिहरु भने पाइदैन र वनस्पतिको नाममा Algae, Moss, तथा केही प्रकारका Fern हरु पाइन्छन्। त्यस्तै जमीनमा पाइने जीवहरुमा ठूला जीव त केही पनि पाइँदैनन्। तर सूक्ष्म जीवहरुमा पनि Nematode, Rotifer, Tardigrade तथा Springtail नै प्रमुख हुन्। त्यहाँ पाइने ठूला जीवजन्तुहरु भनेका समुद्री चरा Penguin र Seal तथा विभिन्न किसिमका माछाहरु नै हुन्। यसका अलावा केही प्रकारका चराहरु जस्तो स्कुवा, केही परेवा वर्गका चराहरु पनि पाइँदा रहेछन्। जहाँकहीँ पनि अन्टार्टिकाको कुरा गर्दा Penguin को नै चित्र अगाडि आउँछ। अन्टार्टिका को मुख्य आकर्षण को रुपमा रहेका यी चराहरु ठूलाठूला बथानमा बस्दा रहेछन् (लाखौं सम्मको) र जीवनको धेरैजस्तो भाग पानीमा र प्रजननको लागि जमिनमा जाँदा रहेछन्। यिनीहरुको संख्या कति छ भन्ने त यकिन गर्न गाह्रो छ (किनकी अन्टार्टिकाको धेरै भागमा अझै पनि के के छ र के भइरहेको छ भन्ने थाहा छैन) तर पनि वर्षौँदेखि यी चराहरुको अध्ययनमा संलग्न वैज्ञानिकहरुका अनुसार तिनीरुको संख्या भने बढ्दै गइरहेको छ। ती चराहरुको मुख्य शत्रु को रुपमा रहेको बलीन व्हेलको संख्यामा आएको कमिलाई यसको कारण मानिएको छ।

अन्टार्टिकाको केही भाग चिसिने क्रम जारी छ भने कुनै भाग तातिँदै गएकोले Iceberg हरु पग्लिदै जाने समस्या देखिसकेको छ। सबैभन्दा कहालिलाग्दो त अन्टार्टिका माथि रहेको ओजोन तह मा भएको प्वाल अन्टार्टिका महदेश भन्दा ठूलो भएको पाइन्छ। हुनतः अनुसन्धानले देखाए अनुसार उक्त प्वाल पुरिने क्रम जारी छ। तर पूर्ण रुपमा पूर्वावस्थामा आउनको लागि भने वर्षौँ लाग्ने भने पक्का छ। यसरी यस्ता शीताधिक क्षेत्रहरुमा आएका परिवर्तनहरुले निश्चय पनि राम्रो कुराको संकेत गरिरहेको छैन। यी परिवर्तनहरुलाई हेर्दा के हामीले पनि अब हाम्रा हिमाली क्षेत्र, त्यहाँको पर्यावरण तथा त्यहाँ भएका सूक्ष्म परिवर्तनहरुलाई नियाल्ने बेला आएन र ?
अन्टार्टिका जस्तो मानिसको निकै कम प्रभाव परेको ठाउँमा त त्यति धेरै असर परेको छ भने हाम्रा हिमाली भागमा के कस्तो असर परिसकेको होला ? त्यसैले अब त्यसतर्फ सतर्क हुनु पर्ने बेला आइसकेको छ।
यसै प्रसंगमा मलाई मेक्मर्डो स्टेसनमा रहेको फोहोर व्यवस्थापन सम्बन्धी कार्यक्रमको बारेमा केही लेख्न मन लाग्यो, जसको सम्बन्ध, मलाई लाग्छ, हाम्रो हिमाली क्षेत्रहरुसँग केही न केही रुपमा छ। अन्टार्टिकाको सन्धि अनुसार त्यहाँ कुनै पनि चिज गाड्न तथा विसर्जन गर्न पाइँदैन। त्यसैले त्यहाँ निस्कने सबै फोहोर लाई कि त Recycle गरेर अरु कुनै रुपमा प्रयोग गर्नु पर्दछ या त महादेशबाहिर पठाउनु पर्दछ। त्यसैले फोहोर व्यवस्थापनको लागि त्यहाँ स्टेसनदेखि लिएर फिल्डका स्टेसनसम्म सबै ठाउँमा विभिन्न किसिमका फोहोर फाल्ने कन्टेनर तथा कसरी फोहोर छुट्याउने भन्ने जानकारी दिइएका हुन्छन्। त्यहाँ निस्कने सम्पूर्ण फोहोर मध्ये केहीलाई पुन: प्रयोग गर्ने तथा केही लाई ठूल्ठूला कन्टेनरहरुमा राखेर महादेश बाहिर पठाइँदो रहेछ, जुन पछि Recycle गरिन्छ। सबैभन्दा महत्वपूर्ण कुरा त फोहोर व्यवस्थापनको लागि बनाइएको पूर्वाधार, कार्यान्वयन पक्षको कडाइ र फोहोर फाल्नेहरुमा रहेको चेतना तथा इमान्दारिता नै रहेछ। साँच्चै भन्ने हो भने हामीले त्यहाँको त्यहाँको व्यवस्थापनबाट हाम्रो शहरी क्षेत्र तथा मानवसिर्जित फोहोर थुप्रिदै गइरहेको हिमाली भेगमा गर्न सकिने फोहोर विसर्जनबारे धेरै सिक्न सक्ने देखिन्छ। तर त्यसका लागि आवश्यक पूर्वधार तयार गरेर जनमानसमा सचेतना ल्याउने काम नगरी यो सफल हुनेछैन।
यससम्बन्धी मबाट अझ बढी जानकारी पाउने इच्छ भएमा मलाई सम्पर्क गर्न सक्नु हुन्छ।

manitamrit@gmail.com

मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

लौ आयो आयो सभासद बिक्रीमा, एउटा किने अर्को फ्रीमा

May 18, 2009
Amrit Israel(amrit_pnd@yahoo.com)
राष्ट्रपतिलाई हटाउन आवश्यक दुई तिहाइ बहुमतको व्यवस्थालाई यथावत राखी प्रधानमन्त्रीलाई हटाउन भने दुई तिहाइको सट्टा सामान्य बहुमत भए पुग्ने भनी अन्तरिम संविधान परिवर्तन गर्न नेका र एमालेले संयुक्त रुपमा खेलेको भूमिका नबिर्सौँ। उनीहरुले गरेको यो निर्णय नै गणतन्त्र नेपालको राजनीतिलाई यसरी अस्थिर बनाउन जिम्मेवार देखिन्छ। संविधानसभाको निर्वाचन अघि तय भैसकेको रास्ट्रपति र प्रधानमन्त्रीलाई हटाउन आवस्यक दुई तिहाइ मतलाई आफूले चुनावमा आफ्नै विगतका गतिविधिका कारण हार्दैमा आफ्नो अनुकूल बनाई विगतमा झै कलंकित सांसद बेचबिखनद्वारा सत्तामा जाने ढोका खुला राख्न परिवर्तन नगरेको भए अहिले देखा परेको अस्थिरता देखा पर्न सक्तैनथ्यो र सत्ताको चलखेलमाभन्दा संविधान निर्माणमा नै ध्यान केन्द्रित हुने संभावना रहन्थ्यो र यो नै यस चुनावको मूलभूत उद्देस्य थियो। यस निर्णयले सांसदहरु भेंडाबाख्रा झैं बेचिने पुरानो घृणित खेलको पुनरावृत्ति जुनसुकै बेला पनि हुन सक्तछ। अब बन्ने भनिएको माधव नेपाल सरकार पनि ढाल्न कुनै पनि बेला किनबेच सुरु हुनसक्छ।

बहुदलीय शासन प्रणाली अन्तर्गत हुने निर्बाचनमा कुनै निस्चित पार्टीले सरकार गठन गर्न आबस्यक बहुमत ल्याउन नसकेको अवस्थामा राजनीतिमा गणितीय खेल शुरु हुन थाल्ने संभाबना बढन थाल्दछ, जस्ले राजनीतिमा अनपेक्षित किसिमका घृणित खेलहरुको मन्चन हुन सक्तछ । यस किसिमको परिस्थितिको सिर्जना बिकसित देशहरुमा कमै हुन्छन भने सामान्यत: गरीब एबं बिकासोन्मुख देशहरुमा बढी हुने संभाबना रहन्छ ती देशहरुमा पाइने फरक फरक राजनीतिक, सामाजिक र आर्थिक अवस्थाहरुले गर्दा । प्राप्त भौतिक एबं आर्थिक सम्मुन्नतिको आधारमा सम्बन्धित देशको बिस्व रंगमन्चमा आफ्नै किसिमको स्थान निर्धारण हुने र सोही अनुरुप यस्तो परिस्थितिमा वाह्य शक्तिको पनि प्रभाब पर्ने नपर्ने अथवा के कति पर्ने भन्ने समेत निर्धारण हुन सक्दछ । शक्तिशाली राष्ट्रको रुपमा गणना हुँदा हुँदै पनि साधन र श्रोतको अभाबमा कहिलेकांही साधन र श्रोतको लागि भर पर्नु पर्ने देशको दबाबको कारण महत्वपूर्ण निर्णय स्वतन्त्र रुपमा गर्न कठीन पर्ने कुरा हालसालै मात्र भएको यूक्रेनको एउटा घटनाले प्रमाणित गरेको छ ।
सानो छँदा बुद्ध र सगरमाथाको देश भनेर संसारमा प्रसिद्ध छ भनेर पढे पनि एक दर्जनभन्दा बढी मुलुकहरुको भ्रमण गर्दा र झन्डै सबा दशक बिदेशमा बस्दा आफूलाई कुन देशको भनेर चिनाउन धेरै ठाउँमा धेरै पटक धेरै समय र शक्ति खर्चदा समेत कहिलेकांही त असमर्थ समेत हुन पर्दा भूपि शेरचनलाई आफ्नो देशको ईतिहास विश्वाश गर्न गार्हो भए जस्तै मलाई आफूले पढेको पाठ्य पुस्तकमाथि प्रश्न चिन्ह तेर्स्याउन पर्ने परिस्थिति सिर्जना भएको छ । भौतिक एबं आर्थिक बिकासको क्षेत्रमा प्राप्त गर्न समर्थ उल्लेखनीय पछौटेपना नै यस्को मूल कारक तत्व हो । यति हुँदाहुँदै पनि जे जस्तो भू राजनैतिक अवस्थामा नेपाल रहेको छ त्यस्ले यहाँ हुन खोज्ने हरेक बिशेष राजनीतिक घटनाक्रममा बाह्य शक्तिहरुको आफ्नै किसिमको चलखेल र दबदबा बढने गर्छ । त्यो के कस्तो उद्धेस्य प्राप्तीको लागि किन हुन्छ भन्ने कुरा लुक्न नसकेको रहस्य हो यद्यपि त्यस्को लागि शक्ति प्रयोग गर्ने र प्रयोग गरिएको शक्ति प्रभाबमा परी हावामा उडने चङ्गा झैं छिन छिनमा अस्थिरता प्रदर्शन समेत गर्ने दुबै पक्षले त्यसलाई स्वीकार गर्ने गरेको भने पाइन्न जुन अस्वाभाबिक होइन पनि । समय, परिस्थिति र अवस्थानुरुप उनीहरुमा देखिने र उनीहरुद्वारा गरिने बिभिन्न किसिमका गतिबिधिका आधारमा यस्लाई बुझ्न र अनुमान गर्न सकिन्छ ।
नेपालको बर्तमान अवस्था अति तरल छ र जुनसुकै बेला जे पनि हुन सक्तछ । कसैलाई पनि कुन बेला के हुन्छ भन्ने कुराको अनुमान गर्न अति कठीन छ । संबिधान सभाको निर्बाचनमा स्पस्ट बहुमत कुनै पनि पार्टीले ल्याउन नसकेपछि बिभिन्न खेलहरु र घटनाहरु हुने क्रममा भएका केही खेल र घटनाले गर्दा आज हुन नपर्ने यस किसिमको अन्योल र अस्थिरताको सूत्रपात भएको छ । पन्चायती ब्यबस्था फालेर बहुदलीय प्रजातन्त्रको पुन:स्थापना पस्चात समेत लोकेन्द्र बहादुर चन्द र सूर्य बहादुर थापाले कसरी प्रधानमन्त्रित्व हत्याउन बारम्बार सफल भए त्यो सबैले बुझिरहेकै छन । पञ्चायती ब्यबस्थाको अन्त्यपछि नेपाली जनताको चाहनानुरुप परिबर्तनका संभाबनाहरुले अधिकाधिक मात्रामा मूर्त रुप लिने आशा स्बाभाबिक थियो तर संपूर्णप्रायः पेशेबार राजनीतिकर्मीहरुले बिस्तार बिस्तार राजनीतिलाई ब्याबहारिक रुपमै सबभन्दा राम्रो ब्यवसायको रुपमा प्रमाणित गरेर मात्र देखाएनन कि सांसद किनबेच जस्ता घृणित घटनाले सांसद र भेडा बाख्रा तुलना गर्न हिचकिचाउन नपर्ने परिस्थितीको सिर्जना समेत गरिदिए । रातो पासपोर्ट र सुत्केरी भत्ता जस्ता यथार्थले राजनीतिलाई गाइजात्रे नीतिमा परिणत गरिदिए । भ्रस्टाचारीमाथि कार्यबाही गरिनुभन्दा जोगाउने संस्कारको बिकास प्रबल हुन थाल्नाले भ्रस्टाचार झन झन संस्थागत हुँदै बढन थालेको भन्ने कुराको प्रतिबाद शायदै कसैले गर्ने हिम्मत गर्ला । यथार्थलाई यथार्थ रुपमा भन्नु पर्दा भन्नै पर्ने यस किसिमका हीनताबोध गर्न पर्ने यथार्थहरुले इतिहासमा नराम्ररी कालो धब्बा लगाइदिएको छ प्रजातन्त्रको पुन: स्थापनापश्चातको समयाबधिलाई - यो नेपाल र नेपालीको लागि ठूलो दुर्भाग्य र अबहेलना थियो भने नेपाल र नेपालीमाथिको ठूलो खेलबाड ।
शुभ चिन्तकहरुको समेत आफू र आफ्ना कार्यकर्ताहरु सकाउने हो कि भन्ने शंकाको बाबजूद तात्कालिन तेश्रो ठूलो पार्टीको रुपमा भएको पार्टीको एउटा सानो हिस्साले भूमिगत रुपमा शुरु गरेको आन्दोलन मार्फत दश बर्षको छोटो समयमा देशका यस्तै वास्तबिकताको मलजल पाएर कसैले नसोचेको किसिमले राष्ट्रिय स्तरमा आफ्नो संगठन र शक्ति निर्माण गर्न समर्थ माओबादीको साथ पाएर दरबारले सत्ता आफ्नो हातमा लिएपछि सन्चालन गर्दै आएको अन्य पार्टीहरुको लज्जास्पद फितलो आन्दोलन सशक्त रुपमा अगाडि बढन सक्यो र दरबार पछाडि हटन वाध्य भयो । दरबारद्धारा र अझ कत्तिले त तत्कालिन राजा ज्ञानेन्द्रद्धारा नै सन्चालित भनिएको त्यही माओबादी त्यही दरबार र अझ उही ज्ञानेन्द्रलाई शक्तिहीन बनाउने निर्णायक शक्ति बन्न पुग्यो । यस्तै पृष्ठभूमिको आधारमा नेपाली जनताले आफ्नो अन्तर्बेदनालाई छताछुल्ल पारिदिए बिगत संबिधान सभाको चुनाब मार्फत कसैले नचिताएको परिणाम दिएर । यस किसिमको नतिजापस्चात बिगतमा भ्रस्टाचार गर्ने र भ्रस्टहरुलाई बोक्ने, देश र जनताको लागि भाषणमाभन्दा व्याबहारिक रुपमा केही गर्न नसक्नेहरु भ्रस्टाचारको कार्यबाही सशक्त रुपमा अगाडि बढेको खण्डमा जनस्तरबाट त्यस्को बिरोध हुनुभन्दा समर्थन हुने भएको र त्यसबाट आफू र आफ्ना संस्थाहरुको बचेँ खुसेको इज्जत पनि धुमिल हुने संभाबनाबाट जोगिन अनेक राजनीतिक खेलहरु शुरु गर्न थाले । पहिलो खेलको परिणाम थियो गणतन्त्र घोषणामा अत्यधिक ढिलाई । आफूहरुमाथि पर्न सक्ने संभाबित खतरालाई कमजोर बनाउन गणतन्त्र घोषणाभन्दा माओबादीबाट रास्ट्रपति पद कसरी हात पार्ने भन्ने खेल नै सो ढिलाइको कारण थियो र माओबादीले गणतन्त्रको घोषणालाई बढी महत्व दिएर रास्ट्रपति पदबाट पछि हटेको देखिन्छ । गणतन्त्र नेपालको ईतिहासमा यो कलंकित घटनाको रुपमा रहनेछ ।
उक्त परिणामपछिको दोश्रो खेलको मन्चन थियो माओबादीले छाडेको रास्ट्रपतिलाई हटाउन आबस्यक दुई तिहाइलाई यथाबत राखी प्रधानमंत्रीलाई हटाउन भने दुई तिहाइको सट्टा सामान्य बहुमत भए पुग्ने भनी परिवर्तन गर्न नेका र एमालेले संयुक्त रुपमा खेलेको भूमिका । उनीहरुले गरेको यो निर्णय नै गणतन्त्र नेपालको राजनीतिलाई यसरी अस्थिर बनाउन जिम्मेवार देखिन्छ । संबिधानसभाको निर्वाचन अघि तय भैसकेको रास्ट्रपति र प्रधानमन्त्रीलाई हटाउन आबस्यक दुई तिहाइ मतलाई आफूले चुनावमा आफ्नै बिगतका गतिबिधिका कारण हार्दैमा आफ्नो अनुकूल बनाइ बिगतमा झै कलंकित सांसद बेच बिखनद्धारा सत्तामा जाने ढोका खुला राख्न परिवर्तन नगरेको भए अहिले देखा परेको अस्थिरता देखा पर्न सक्तैनथ्यो र सत्ताको चलखेलमाभन्दा संबिधान निर्माणमा नै ध्यान केन्द्रित हुने संभाबना रहन्थ्यो र यो नै यस चुनावको मुलभूत उद्धेस्य हो । । यस निर्णयले सांसदहरु भेंडबाख्रा झैं बेचिने पुरानो घृणित खेलको पुनराबृत्ती जुनसुकै बेला पनि हुन सक्तछ भने नैतीकताको खडेरी परेको नेपालको राजनीतिले पुन: मलजल पाउने संभाबनाको रुपरेखा टडकारो बन्दै आइरहेको छ, जनताले चाहेको पार्टी सडक तताउने र जनताद्धारा कम रुचाइेएकाहरुले सत्ताको कुर्सी तताउने हुँदा जन भावनामाथि कुठाराघात हुनेछ । यसरी यस निर्णयले उनीहरुले सत्तामा जान त पाउलान, भ्रस्टहरुले अलि ढुक्कसंग श्वास फेर्न पाउने गरी जनतालाई आहत दिदैं राहत पाएको अनुभब त गर्लान तर गणतन्त्र नेपालको ईतिहासमा नेका र एमालेको यो भूमिका देशलाई यथास्थितिमा राख्ने र अस्थिर बनाउने कलंकित निर्णयको रुपमा साबित हुने कुरामा शंका छैन ।
सेनापति प्रकरणबाट शुरु भएको अहिलेको समस्या पहिला रास्ट्रपति र त्यसपछि एमालेबाट घ्यू थपिदै गएको देखिन्छ । राष्ट्रपतिको कदमको त प्रसंग बेग्लै छ र केस सर्बोच्चमा पुगिसकेको छ , तर एमालेको पार्टीको तर्फबाट अध्यक्ष र महासचिबले र पार्टीको नेत्रित्व गर्ने नेताको हैसियतले उपाध्यक्षले समेत मन्त्री परिषद मार्फत सेनापति बिषयमा एउटा निर्णय दिइसकेपछि पुन: मध्यमार्गीको नाममा बरियताक्रममा तेस्रो नम्बरमा रहेकोलाई प्रस्ताब गरिसकेपछि फेरी प्रधानमन्त्रिको पासा पल्टने लोभमा आफ्ना दुबै बिकल्पलाई लत्याएर गरेको निर्णयले एमालेले आफूलाई ढुलमुले चरित्रको भनी पुन: प्रमाणित गरी नेकासंग मिलेर सत्तामा जानको लागि खोलीराखेको ढोकाबाट प्रबेश गर्न गणितिय खेललाई निम्त्याइ पुन: लज्जास्पद गाइजात्रा को शुरुवात गरेको देखिन्छ । यसै घटनाको सिलसिलामा कुटनितिज्ञहरुको ब्यापक दौडधूप त भयो भयो, भरतीय पक्षले चिनिया पक्षलाई आरोप लगाइदिएपछि केही जटीलता समेत थपिन पुगेको देखिन गयो । यस पटकको गणितिय खेलको शुरुवात भैसकेपछि सबैको ध्यान तान्न समर्थ चौथो ठुलो पार्टीभित्र पैसामा किनबेचको प्रसंगको अलावा आ-आँफैमा हात हालाहालको घटना देखा पर्यो भने भारतीय पक्षले दिएको चुनौती प्रकाशमा आयो र एउटा अनौठो हल्ला एमाले a[तबाट बाहिर के ल्याइयो भने धनाढ्य नेपाली ब्यापारी डा. उपेन्द्र महतोले फोरमका अध्यक्ष उपेन्द्र यादबलाई माओबादी पक्षमा सांसद किन्न पैसा प्रदान गरियो । यस्को आधार के बनाइेएको थियो भने प्रधानमन्त्री प्रचन्डको बिदेश भ्रमणमा उनलाई पनि समाबेश गराइेएकोले प्रचन्डसंग निकटको संबन्ध छ । यो हल्लाले दुबै उपेन्द्र कत्ती हास्ने हुन वा के गर्ने हुन थाहा छैन ।
यसरी के स्पस्ट हुन्छ भने मुखले संधै देश र जनताको लागि भनेर रटेर कहिल्यै नथाक्नेहरुले व्याबहारिक रुपमा देश र जनताको लागि कहिल्यै सोच्नै सकेनन र संधै जतिसुकै निर्लज्जतालाई स्वीकार्न परे पनि कुर्सी नै उनीहरुको लागि सर्बाधिक महत्वको बिषय बन्न पुग्यो । जनताले दिएको पाठलाई पनि अंगीकार गर्न सकेनन बरु अझै जनतालाई भेंडा ठानी आँफैलाई सर्ब शक्तिमान ठान्ने पुरानै सोंचले ग्रस्त छन । उनीहरुको यस्तै मानसिकताले गणतन्त्र प्राप्ती पछि पनि देशमा देखा पर्ने पुरानै कुराहरुको पुनराa[तिले गर्दा जनता निराश निराश हुन वाध्य छन । त्यो बाध्यता अब के कस्तो रुपमा प्रस्फुटन हुने हो त्यो भने अब हेर्न बाँकी नै छ र संभबत त्यो सकारात्मक परिवर्तन दायक हुनेछ ।

एमाले नेताहरु प्रहरी सुरक्षा घेरामा

May 19, 2009
10:30 AM
आफ्नो नेतृत्वमा नयाँ गठबन्धन सरकार बनाउन लागिपरेको पूर्व सत्ता साझेदार नेकपा (एमाले) प्रति एकीकृत नेकपा (माओवादी)का नेताहरुले शाब्दिक रुपमा प्रहार गरिरहेकै थिए। महासचिव ईश्वर पोखरेलप्रति लक्षित गरी आइतबार रामेछापमा आक्रमणसमेत गरिएपछि प्रहरीले एमाले नेताहरुको सुरक्षा व्यवस्था कडा पार्न थालेको छ। ठूला नेताहरुको त यसरी सुरक्षा गरिन्छ। तर ती बिचरा गाउँका कार्यकर्ताहरुको सुरक्षा कसले गर्ने ?

बदलिँदो परिस्थितिका बीच थप सुरक्षा प्रदान गरिएका नेताहरुमा केपी ओलीको नाम अग्रपंक्तिमा आउँछ। उनी माओवादीका कट्टर आलोचक हुन्। केही अघि रत्‍नपार्कमा गरिएको आमसभामा माओवादी मजदूर संगठनका नेता शालिकराम जम्मरकटेलले उनको नामै किटेर चेतावनी दिएका थिए। यहाँ हेर्नुस् भिडियो-

ओलीलाई सशस्त्र प्रहरीका सब इन्सपेक्टरको कमान्डमा थप सुरक्षाकर्मीको सुरक्षा दिइएको छ। ओली पूर्व गृहमन्त्री पनि हुन्। सरकारले कमल थापा र दानबहादुर शाही बाहेक सबै पूर्व गृहमन्त्रीलाई सुरक्षाको व्यवस्था गरेको हुन्छ।

त्यसैगरी भावी प्रधानमन्त्रीका रुपमा चर्चामा आएका माधवकुमार नेपाललाई पनि थप सुरक्षा दिइएको छ। एमाले अध्यक्ष झलनाथ खनाललाई समेत सुरक्षा बढाइएको छ।

त्यस्तै एमाले नेताहरु प्रदीप ज्ञवाली, शंकर पोखरेल र महासचिव ईश्वर पोखरेललाई पनि निजी सुरक्षा अधिकारीको व्यवस्था गरिएको छ। महासचिव पोखरेलमाथि आक्रमण भएपछि उनको सुरक्षा रहेको प्रहरीले १० राउन्ड हवाई फायर गर्नुपरेको थियो।

पोखरेलले रामेछापको तिल्पुङ्गमा आफूमाथि भएको हमला हत्या गर्ने उद्देश्यका साथ भएको जिकिर गरेका छन्। पार्टी केन्द्रीय कार्यालय मदननगरमा आयोजित पत्रकार सम्मेलनमा उनले एकीकृत माओवादी पार्टीको निर्देशनमा योजनाबद्ध तरिकाले हत्या गर्ने मनशायले सो घटना गराइएको बताए।

रामेछापको मन्थलीमा नेकपा (एमाले)द्वारा आयोजित कार्यक्रममा माओवादीविरुद्ध चर्का भाषण गरेर राजधानी फर्कने क्रममा पोखरेललगायतका नेता चढेको गाडीप्रति लक्षित गरी भीरबाट ढुंगा खसालेर आक्रमणको प्रयास भएको थियो। यद्यपि, घटनामा कसैलाई केही हुन पाएन।

केही कांग्रेस नेतालाई पनि सुरक्षा बढाइएको बुझिएको छ। सुरक्षा पाउने नेताहरुमा रामचन्द्र पौडेल, रामशरण महत र विमलेन्द्र निधि प्रमुख छन्।
Amrit_pnd@yahoo.com
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

माओवादी सत्ताबाट सडकमा पुग्यो

May 19, 2009
Down Load from website
Collect by Amrit



रुक्माङ्गद कटवाललाई प्रधानसेनापतिबाट हटाउन नसकेपछि राजीनामा दिएर कामचलाउ मन्त्री बनिरहेका एकीकृत नेकपा (माओवादी) का मन्त्रीहरु सडकमा नारा लगाउँदै। माओवादीले आइतबार राजधानीमा ठाउँठाउँबाट मानिस ओसारेर विशाल विरोध प्रदर्शन तथा सभा गरेको थियो। यो सभामा माओवादीको आगामी कदमका बारे घोषणा हुने अपेक्षा गरिएको भए पनि त्यस्तो कुनै संकेत दिइएन।


द्वैध सत्ता कायम भएको भन्दै नैतिकताका आधारमा राजीनामा दिएका थिए प्रचण्डले। अब माधव नेपालका पक्षमा ३५० सभासदको हस्ताक्षर सभामुख कहाँ पुगिसके पछि अझै पनि सदन चल्न दिन्नँ भन्दै नयाँ सरकार बन्ने बाटो रोक्नु नैतिकताको हैसियतले दिँदैन। त्यसो त हिजोअस्तिकै विभिन्न कार्यक्रमहरुमा प्रचण्डले आइतबारसम्म मात्र सदनमा अवरोध गर्ने बताउँदै आएका थिए। नयाँ कदमबारे माओवादीले केही बताएको छैन।


आजको सभामा पनि माओवादीले नयाँ आन्दोलनको घोषणा गरेन। बरु माओवादीलाई लिट्टे र आफूलाई प्रभाकरण बनाउँछु भन्दै हिँड्नेहरुलाई त्यसो गरी देखाउन चुनौति पो दिए। माओवादी जंगल पस्दैन तर प्रत्येक सदरमुकाम र प्रत्येक गाउँ र सहरबाट शान्तिका लागि लड्छ भनी उनले भने। त्यसो भनेको केही घण्टामा नै रामेछापमा माओवादीले एमाले महासचिव ईश्वर पोखरेलको गाडीलाई लक्षित गरी भीरबाट ढुंगा खसालिदिएछन्। धन्न उनको गाडीमा लागेन। अर्कै कार्यकर्ता चढेको गाडीमा लागेछ। केही सामान्य घाइते भएछन्। हुनत त्यो ठाउँका माओवादी नेताले हाम्ले त्यसो गरेका हैनौँ भनेका रहेछन्। भन्ने नै भए। महासचिवमाथि त त्यस्तो व्यवहार हुन्छ भने गाउँगाउँमा माओवादी इतर विचार राख्नेहरुको के हविगत बनाउने होलान् यिनीहरुले ? केन्द्रमा सरकार एमाले काँग्रेसको बन्ने भो, तर बिचरा गाउँका उनीहरुका कार्यकर्ताले दुःख पाउने भए। तीन ठूला पार्टी मिलेर नगएसम्म नेपालले शान्ति पाउने अवस्था नै छैन। खै के हुने हो कुन्नि।


३५० जनाको हस्ताक्षर बुझाएपछि अब कार्यव्यवस्था समितिको बैठक बस्छ। त्यसपछि प्रधानमन्त्री बन्नका लागि माओवादीले पनि उम्मेदवार उठाउनु पर्ने हुन्छ। उठाएन भने माधव नेपाल नै सर्वसम्मत हुनेछन्। प्रचण्ड प्रधानमन्त्री बन्दा कांग्रेसले शेरबहादुर देउवालाई उठाएका थिए। खेल खेल्न खप्पीस माओवादीले यसपालि कसलाई उठाउलान् त ? उपेन्द्र यादवलाई उठाएर मधेसीलाई घुमाउने हुन् कि ? कि माधव नेपालका अगाडि फेरि झक्कुलाई नै उठाइदिने हुन् !
यातायात व्यवस्था नै ठप्प हुने गरी निकालिएको जुलुसमा यसरी भैँसीमाथि चढाइएको राष्ट्रपतिको पुत्ला पनि राखिएको देखिन्थ्यो-

अनि यसरी पुत्ला शव पनि बोकेर सभास्थल नजिकै लडाएका थिए उनीहरुले।


मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

प्रचंड पुराण

प्रचंड पुराण
Amrit Pandit (Israel)

रास्त्रपति गलत, म ठीक
सेनापति गलत, म ठीक
कांग्रेस गलत, म ठीक
एमाले गलत, म ठीक
फोरम गलत, म ठीक
२२ दल गलत, म ठीक
अरुलाई मत दिने ७०% जनता गलत, हामीलाई दिने ३०% ठीक
अदालत गलत, म ठीक
प्रेस गलत, म ठीक
अंतरास्ट्रीय समुदाय गलत, म ठीक
दुनिया गलत, म ठीक
सहमति गलत , लिडेधिपी ठीक
सहअस्तित्व गलत, सफाया ठीक
शांति गलत, आतंक ठीक
सहमतिको पालन अरुले नगरे गलत, आफुले नगरे पनि ठीक
सुजीत बिकको हत्या बिरोध गलत, सम्रक्श्यन ठीक
भास्टाचार अरुले गरे गलत, आफुले गरे ठीक
देश बिकास अरुले गरे गलत, आफुले नगरे पनि ठीक
सदन अबरुध्ह अरुले गरे गलत, आफुले गरे ठीक
भारतीय हस्तक्श्यप अरुको पक्ष्यमाँ भये गलत, आफ्नो पक्ष्यमा भये ठीक
पागलले भन्छ रे दुनिया पागल, म ठीक // प्रचंड पुराण र पागल पुराणमा कुनै भिन्नता छ र ???????????
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

माधव नेपाल भारतीय मूलका रे !

19,May 2009
amrit_pnd@yahoo.com


नेपाली मिडिया यस्तो रे उस्तो रे भनेर हामी कुरा गर्ने गर्छौँ। तर भारतीय मिडिया त नेपाली मिडियाभन्दा पनि खत्तम हुन्छन्। यी भारतीय मिडियाको कुरा पनि बुझिनसक्नुको हुन्छ। जसलाई पनि यिनीहरु आफ्नै देख्दा रहेछन्। हुँदाहुँदा माधव नेपाललाई समेत भारतीय मूलका भनेर हावामा ठोकिदिएछन्। नेपालका कसैलाई थाहै नहुने कुरा पनि यिनीहरुलाई थाहा हुने रहेछ। गत जनवरीमा पनि १४ वर्षीय नेपाली मूलका अनिश गिरीले कान्छा ग्रान्डमास्टरको उपाधि जित्दा पनि केही भारतीय मिडियाले who looks like indian अर्थात् ‘भारतीय जस्तै देखिने’ भनेर लेख्न भ्याएका थिए

मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

समशामाहिक जोक्स(वर्तमान परिप्रेक्ष्यमा)

एउटा जोक
माधव नेपालः गिर्जा बाउ गिर्जा बाउ, आँप त झरेछ नि
गिर्जाः काँ त्यसै झरेको हो र। जेठमा कहाँ आँप पाक्छ र। यो त कटुवालले रुख हल्लाको र रामा (भैँसीवाला क्या) ले लौराले हानेपछि बल्ल पो झरेको। एक्लै नखाऊ है, छोरी सुजातालाई नि भाग दिनुपर्छ। नत्र रुन्चे।
माधौ नेपालः वर्तमान परिप्रेक्ष्यमा……

BBC-साझा सवालमा डा. वावुराम भट्टर्राई के भन्छन जनताका माझमा ।।।Video

Untitled from eNepalnews.com on Vimeo.


मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

Sunday, May 17, 2009

आम्मै, के हो यस्तो ?

May 17, 2009
आम्मै, के हो यस्तो ?

हरियो बाँसमा झुण्डिएका आधा दर्जनभन्दा बढी लाश…
किरिया बसे जस्तै कपाल खौरिएकाहरु…
एकोहोरो फुकेको शंखको आवाज….


धेरै मान्छे छक्क परे आखिर यो के रहेछ ? पछि पो थाहा भयो, यो त विरोधको नयाँ शैलि रहेछ माओवादीहरुको। राष्ट्रपतिको निर्णय फिर्ता लिनुपर्ने माग गर्दै सडकमा आन्दोलन गरिरहेका माओवादीहरुले आफूलाई मन नपर्ने नेता र राजदूतहरुको पुत्लाको लाश बनाई विरोध गरेका रैछन्।
त्यसो त टायर जलाएर आफ्नै र अरुको स्वास्थ्यमा हानी हुने गरी विरोध प्रदर्शन गर्नुभन्दा यस्तो विरोध राम्रो हो। तर यस्ता लाश नक्कली नै भए पनि सक्कली झैँ देखिने हुँदा यो देख्दा अलि मनै कस्तो कस्तो भने हुने रहेछ।

राष्ट्रपति रामवरण यादव, सेनापति रुक्माङ्गद कटवाल, भारतीय राजदूत राकेश सूद, अमेरिकी राजदूत न्यान्सी जे पावेल, एमाले नेता केपी ओली, काँग्रेस नेता शेरबहादुर देउवा लगायतका नेताहरुको नाम लेखेर पुत्ला बनाइएको थियो।

Pic down load from Internet site
collect by:-Amrit Pandit -ISrael(amrit_pnd@yahoo.com)

यो मेक्सिको हैन, नेपालै हो

May 17, 2009
यो मेक्सिको हैन, नेपालै हो



कति उही राजनीतिका पट्यारलाग्दा गफ पढ्ने, सुन्ने अनि तालुदेखि पैतालासम्मको रिस एकअर्कालाई पोख्दै वादविवाद गरिरहने, आउनुस् एउटा फरक विषयको पनि स्वाद चाखौँ। स्वाइन फ्लुप्रति सचेत भएर मात्र हैन होला, काठमाडौँको धुलो धुँवाबाट बच्न पनि मास्क लगाउनेहरु ह्वात्तै बढेको छ। युवतीहरुले लुगा कै रङ्का मास्क लगाएर फेसनप्रति पनि सचेत भए पनि पुरुषहरुमा भने यस्तो देखिएन है।

यी फोटोहरु शनिबार खिचेको थिएँ। त्यही दिन अपलोड गर्न पाइएन। भोलिपल्टदेखि त सुरु भइहाल्यो नि भद्रगोल। फूर्सदै पाइएन।








मेक्सिकोबाट स्वाइन फ्लुको संक्रमण फैलन थालेपछि अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा मास्क लगाएका फोटोहरु निकै देखिए। नेपालका खासै देखिएन। सब मिडियालाई राजनीति कै ध्याउन्ना। नेपालमा पनि स्वाइन फ्लुका लागि सतर्कता अपनाउन थालिसकिएको छ। काठमाडौँ विमानस्थलमा शंकास्पदहरु संक्रमण जाँच्न डेस्क पनि बनाइसकिएको छ।




Collection from internet
Collect by:- Amrit Pandit(amrit_pnd@yahoo.com)

के हो स्वाइन फ्लु ?

के हो स्वाइन फ्लु ?
डा सुशील देवकोटा
त्रासको रूपमा देखापरेको स्वाइन फ्लुको अर्को नाम मेक्सिकन फ्लु, स्पानिस फ्लु वा स्वाइन इन्फ्लुएन्जा पनि हो । स्वाइन फ्लु भनेको टाइप ए इन्फ्लुएन्जा भाइरसबाट सुँगुरको श्वास-प्रश्वास प्रणालीमा लाग्ने रोग हो । यसले सुँगुरमा इन्फ्लुएन्जा संक्रमण गराउँछ । स्वाइन फ्लु भाइरसले सुँगुरहरूमा मृत्युभन्दा रोगका लक्षण बढी देखिन्छन् ।
स्वाइन इन्फ्लुएन्जा भाइरस सुँगुरहरूमा वर्षैभरि सर्नसक्ने भए पनि यो क्रम जाडोमा बढी देखिन्छ, मान्छेमा पनि त्यसै किसिमको प्रभाव पाइन्छ । स्वाइन फ्लु भाइरस -ए एच १ एन १ नामक इन्फ्लुएन्जा भाइरस) सर्वप्रथम १९३० मा सुँगुरमा पत्ता लागेको हो ।
यत्ति धेरै डर किन ?
पहिलोपटक स्वाइन फ्लुको महामारी सन् १९१८ तिर देखिएको हो । महामारीले कतिजनाको मृत्यु भयो, यकिन छैन । त्यतिबेला रोगीमध्ये २.५ देखि ५ प्रतिशतको मृत्यु भएको अनुमान गरिन्छ । त्यतिखेरको विश्व जनसंख्याको करिब २५ प्रतिशत मानिस यो रोगबाट ग्रसित भएका थिए । महामारीले पाँचदेखि दस करोडको ज्यान लिएको अनुमान गरिन्छ ।
सन् १९५७ मा एसियाबाट फैलिएको महामारीले करिब चार करोड पचास लाख अमेरिकीलाई संक्रमित पारेको थियो । त्यसमध्ये करिब सत्तरी हजार मरेका थिए । ११ वर्षपछि सन् १९६८ देखि १९७९ सम्ममा हङकङबाट फैलिएको महामारीले पुनः करिब पाँच करोड अमेरिकीलाई संक्रमित पारे पनि करिब तेत्तीस हजारको मात्र ज्यान गएको थियो । यसैगरी सन् १९७६ मा एक हप्ताभित्र पाँच सय सैनिक संक्रमित भएका थिए ।
स्वाइन फ्लुका लक्षण
मानिसमा स्वाइन फ्लुको लक्षण अन्य इन्फ्लुएन्जाजस्तै देखिनुपर्ने हो । ज्वरो आउने, जीउ दुख्ने, खान मन नलाग्ने र खोकी वा हाच्छिउँ आउने जस्ता लक्षण देखापर्छन् । यसैगरी कतिपयमा रुघा लाग्ने, घाँटी दुख्ने, पखाला चल्ने वा वान्ता हुने जस्ता लक्षण पनि देखापर्न सक्छन् ।
ज्वरो आउनु
मांसपेशी दुख्नु
थकान महसुस हुनु
खोकी लाग्नु
टाउको दुख्नु
घाँटी दुख्नु
नाकबाट सिँगान निरन्तर बग्नु
वाकवाक लाग्नु
वान्ता हुनु
पखाला चल्नु
खान मन नलाग्नु आदि ।
जोखिम वर्ग
स्वाइन फ्लुले बढी प्रभावित पार्नसक्ने वर्गको रूमा ६५ वा सोभन्दा बढी उमेर समूहका व्यक्ति, दीर्घकालीन रोगका पीडित -मधुमेह, दम, मुटुको रोग लागेर कमजोर भएका बिरामी), गर्भवती महिला तथा नवजात शिशुहरू । तर विगतमा देखिएको स्वाइन फ्लु महामारीको क्रममा स्वस्थ युवाहरू पनि उत्तिकै मात्रामा प्रभावित भएको देखिएको छ ।
स्वाइन फ्लुका जोखिम
स्वाइन फ्लुका माथि उल्लिखित सामान्य लक्षण देखिने अवस्थामा नै यसको प्रभावकारी उपचार हुन सकेन भने यी लक्षणले निमोनिया, ब्रोङकाइटिस, पिनास, कानको संक्रमण गराउन र कतिपय अवस्थामा मृत्युसमेत हुनसक्छ ।
कसरी फैलिन्छ ?
अन्य फ्लुजस्तै स्वाइन पनि निम्न तरिकाले फैलन सक्छ ः
खोक्दा
हाच्छिउँ गर्दा
चुम्बन गर्दा
संक्रमित सामान छुँदा
नाक, आँखा र मुखलाई संक्रमित हातले छुँदा
तर स्वाइन फ्लु सुँगुरको मासु -पोर्क) खाएको आधारमा भने सर्दैन ।
स्वाइन फ्लुको उपचार
स्वाइन फ्लुको खोप
इन्फ्लुएन्जा खोपले इन्फ्लुएन्जा विरुद्ध गर्ने प्रतिरक्षा रोग गराउने भाइरस र उक्त खोपमा रहेको भाइरसको बीचमा कत्तिको समानता छ भन्ने कुरामा निर्भर हुने भएकोले एच ३, एन २ नाम गरेको भाइरस रहने इन्फ्लुएन्जा विरुद्धको खोपले प्रतिक्रियारहित एच ३ एन २ एचआईभी वर्गको भाइरसलाई प्रतिरोध गर्न सफल नहुने अनुमान गरिएको छ । अमेरिकी अधिकारीले अमेरिकामा देखिएका भाइरस चार प्रकारका भाइरसका जेनेटिक तत्त्वबाट बनेको बताएका छन्- नर्थ अमेरिकन स्वाइन इन्फ्लुएन्जा, नर्थ अमेरिकन एभिएन इन्फ्लुएन्जा, हयुमन इन्फ्लुएन्जा ए भाइरसको एच १ एन १ प्रजाति तथा स्वाइन इन्फ्लुएन्जा भाइरस हुन् ।
बच्न के गर्ने
स्वाइन फ्लुबाट बच्न विभिन्न उपाय अवलम्बन
गर्न सकिन्छ ः
आफूले खोक्दा वा हाच्छिउँ गर्दा टिस्यु पेपरले मुख छोप्ने र खोकिसकेपछि उक्त पेपरलाई सुरक्षित स्थानमा विसर्जन गर्ने ।
आफ्नो हात तथा मुख पटक-पटक धोइरहने, विशेषतः खोक्ने वा हाच्छिउँ गरेपछि ।
हातले आँखा, नाक वा मुखलाई पटक-पटक नछुने, किनकि यो भाइरस सर्ने प्रमुख माध्यम यही हो ।
रोगी व्यक्तिको घनिष्ट सम्पर्कबाट सकेसम्म बच्ने ।
यो रोग व्यक्तिबाट व्यक्तिमा सर्ने भएकोले कसैलाई यो रोगको लक्षण देखिएको छ भने उक्त व्यक्तिले अरूसँग सम्पर्क गर्नु हुँदैन ।
तर फ्लु हुनसक्ने डरले आत्तिनु पर्दैन, किनकि तनावले रोगसँग जुध्ने प्रतिरोधात्मक क्षमतालाई ह्रास गर्छ । सामान्य फ्लुले कसैलाई पनि मृत्युको मुखमा पुर्याउँदैन । प्रायः बिरामीमा रोगका लक्षण केही समय देखिएर यो रोग आफैं निको हुनसक्छ । सामान्य शारीरिक व्यायाम, योगा र ध्यान तथा स्वस्थ खानेकुराको सेवन गर्ने व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ । यसैकारण स्वाइन फ्लुको डरबाट भाग्नुभन्दा पनि आफ्नो शरीरलाई कसरी स्वस्थ राख्ने भन्नेतर्फ ध्यान केन्दि्रत गर्नुपर्छ ।

Copy write from kantipur daily
collect:-Amrit Israel(amrit_pnd@yahoo.com

माल्दाइ-माइक्रोबस

माल्दाइ-माइक्रोबस
त्रिशुलीबाट माइक्रोमा र्फकंदै थिए“,बालाजु बाइपासनिर माइक्रो रोकियो । झर्नेहरु झरिसकेपछि चढ्नेहरु चढ्न थाले। ति मध्ये एकजना भैंसी झैं मोटाएको र मलमा सप्रिएको मुलाजस्तो मानिस मस“गैको सिटमा टासिन आइपुग्यो । शुरुमा त मैले चासो दिएको थिईंन,तर गाडी चक्रपथपितर लाग्न थालेपछि उ गित गुनगुनाउन थाल्यो-'कस्तो मोडमा ल्याई....छोडी दियौं ।'एकैछिनमा उसले गीतको ट्र्याक परिवर्तन भयो-'फेरी त्यो दिन सम्झन चाहान्न, त्यही कथामा दोहोर्याउन चाहन्न...।' उसले गुन्गुनाएका गीतहरु सुन्ने जोसुकैले सजिलै अनुमान लगाउन सक्थ्यो-यो मानिस डरलाग्दो ट्रेजडीबाट गुज्रिरहेको छ । मैले उतिर हर्ेर्दै नहेरी सोधें-'तपाईं सिंगर हो कि क्या हो -' उसले पलमै जवाफ फर्कायो -'सिंगर हैन, कसिंगर ।'उसको जवाफबाट मैले हा“सो थाम्नै सकिंन, र सोधें-'आर, यु जोकिङ् -' उसले अर्को मिठो जवाफ फर्कायो-'नो आइ एम एक्स-किङ्ग -' यो दोश्रो जवाफबाट भने म अलि सशंकित भए“ र अनुहारतिर हेरें-पर्ुव राजा ज्ञानेन्द्र पो माइक्रोमा मस“गै बसिरहेका रहेछन् । नागरिक भनिएपनि ज्ञानेन्द्रको हैसियत राजा भन्दा कम अझैं पनि छैन । ल्याईते आमा नारायण हिटीमा, ब्याइते आमा महेन्द्र मञ्जिलमा, घाइते छोरो निर्मल दरबारमा, घाइते आफु नार्गाजुन दरबारमा बसिरहेका सम्पन्न र शक्तिशाली ज्ञानेन्द्र माइक्रोमा चढेको देखेर मैले अचम्म मान्दै सोधें-'यो के हो माल्दाई, तपाईं पब्लिक गाडीमा -' माल्दाई मुसुक्क मुस्कुराए-'रिपब्लिकले दिएको सुबिधा उपयोग गर्दैछु ।' कुरो सजिलै बुझ्न सकिन्थ्यो उनले गणतन्त्रमा पनि पेट्रोल नपाएको कुराप्रति ब्यंग्य गर्दैथिए । मैले सोधें-'महेन्द्र प्रकृति संरक्षण कोश लगायतबाट पच पारेका त्यत्रा गाडीहरु थिए, ति मध्ये कुनैमा पेट्रोल थिएन र - ' उनले भने-'आजकाल सिपाहीले पनि हेप्छ, के थाहा सरकारी गाडी भनेर लगे भन्ो हिड्दै घर फर्किनु पर्छ । मलाई घुडा दुख्ने समस्या छ क्या ।'मैले सोधें-'जनतामा लोकप्रिय हुने माल्दाइ उपाय त हैन -' उनी मुस्कुराए-'त्यस्तो हैन, अजिंगरको आहारा दैवले पुर्याईहाल्छ नि ।' सोधें-'फेरी राजा बनौंला भन्ने आश छ कि क्या हो -' उनि आत्म बिस्वासका साथ बोले-'अहिलेको राजनैतिक खेल हेरेरै पनि थाहा पाउनु पर्ने हो यह दोसती हम नही तोडेंगे ।' पुनः प्रश्न राखें-'भनेपछि राजा बन्ने इच्छा छ -' उनी बोले-'पहिलापनि इच्छाले राजा भएको कहा“ हो र -' मैले सोधें-'अति इच्छाले ।' 'राजा बन्ने बित्तिकै म दाजुजस्तो चुप लागेर बस्नेवाला हैन, भन्नु भएको थियो । यो भनाईलाई त जनताहरु दालमें कुछ काला है भन्छन् नि ।' मेरो प्रश्नमा उनि बोले-'दालमे कुछ कालामात्रै हैन, दाल नै काला है नि ।' मैले सोधें-'कुन दाल -' जवाफ दिए-'पुष्पकमल दाहाल ।' सोधें-'मतलब -' उनले भने-' शाह वंशमाथी कालो भएको त्यो दाहालले राजतन्त्र समाप्त पार्छर्ुुनकोले त्यसलाई थर्काउनु त पर्यो नि ।' 'जति थकाएपनि आखिर राजतन्त्र त समाप्त भयो नि, हैन र -' मेरो विस्वासमाथी धावा बोले-'त्रि्रो आंखा फुटेको छ - अघि भनिसकें नि, ल्याइतेृ,घाइते, ब्याइते र काइते सबै राजारानी दरबारमै रहेको अवस्थामा राजतन्त्रको अन्त्य कसरी भयो -' नजवाफ भए“ । 'बरु भन,तिमीलाई मेरो पत्रकार सम्मेलन कस्तो लाग्यो -' मैले सोेधें-'कहिले गर्नुभयो -' प्रष्ट्याए-'क्या त, नारायणहिटि छोड्नु अगाडी गरेको ।' 'ए, पत्रकार सम्मेलन हैन,पत्रकार प्रवचन भन्नोस् न ।' मेरो ब्यंग्यले उनि मर्माहत भए-'कसरी प्रबचन -' पत्रकार सम्मेलन भए त प्रश्नोत्तर पो हुनपर्दथ्यो ।' उनले प्रष्ट्याए-'प्रश्नोत्तर गरेर आफ्नो खुट्टामा कसैले बन्चरो हाल्ना त -' मैले प्रसंग बदलें-'तपाईको पत्रकार प्रवचन त झुठ नै झुठको पोको भन्छन् नि ।' उनि गंभीर भए-'इश्वरलाई सा“ची राखेर बोलेको कुरो पनि झुठो हुन्छ र मनोज बाबु ।' मैले जिज्ञासा राखें-'आफ्नो प्रवचनमा आफ्नो परिवार -पारस)लाई बदनाम गरिएको जिकिर गर्नुभएको रहेछ, तर बदनाम हुने थुप्रै काम पारसले गरेका थिए नि , जस्तो प्रविण गुरुंग हत्या काण्ड पनि इश्वरलाई सांची राखेर हैन भन्नुहुन्छ -' उनि अलिकति अतालिए-'हो,त्यो केशमाको यथार्थता इश्वरलाई थाहा छ ।' मैले सोधें-' कुन् इश्वर -' उनले भने इश्वर गुरुंग । दाम काम मिलाउने सबै उनले गरेको हो । इश्वरले गरेको कुरो पनि कहिं गलत हुन्छ र -' मेरो जिज्ञासा बढ्दै गयो-'दरबार हत्याकाण्डमा आफुलाई बदनाम गरेको पनि तपाईंको आपत्ती रहेछ । राजा परिवार बाहेक अरुको पहु“च नपुग्ने ठा“उमा कसले गर्यो हत्या - यदी तपाईंको संलग्नता थिएन भने त्यो पत्रकार प्रवचनमा त्यस बिषयमा त्यति धेरै किन बोल्नु पर्या त - ' राजा बोलें-'गणतन्त्र आएपछि चोरको खुट्टा काट्छौं भनेका थिए, खुट्टा झिक्नु परेन त !' माल्दाईको प्रवचनप्रति मेरा थुप्रै जिज्ञासा थिए, मैल सोधें-'अनि त्यो विदेशमा कुन्ौपनि संपति छैन भन्ने कुरो सुनेर दुनिया“ हा“से त -' उनले भने-'ए हो र πत्यो भन्दा पनि मिठो जोक सुन्ने हो -' मैले सहमतीमा टाउको हल्लाएपछि उनि बोले-' हो, बिदेशमा मेरो एकपैसा पनि संपति छैन । ध्यान रहोस्, मैले संपति छैन भनेको छु-डलर छैन भनेको हैन नि ।' यस बेलासम्ममा हामी रत्नपार्क आइपुगेका थियौं । मैले सोधें-'जुनसुकै स्वरुपमा भएपनि म देश भित्र सक्रिय रहन्छु भन्नु भएको थियो । तर पारसजी त बाटो लागे त -' मेरो जिज्ञासा शान्ती पार्दै उनि बोले-'दुइटा घाइते बाघ एउटै ओडारमा बस्न सक्दैनन् भन्ने कुरो बाबुलाई थाहा छैन र -' माइक्रो रत्नपार्कमा रोकिइसकेकेा थियो । आ-आफनो बाटो लाग्नुअघि मैले सोधें-माल्दाई अहिलेाचाहीं कहा“सम्म नि -' मुन्टो हल्लाउंदै बोले-' संबिधानसभाको हलमा नाटक हु“दैछ रे, यसो मनोरञ्जन गरौं भनेर नि ।'यति भनेर उनि कोटेेश्वरको बसमा चढेभने म लागें मूल्यांकनको अफिसतिर ।
collect by (amrit_pnd@yahoo.com)
from webside

गतिमतिछाडाहरूलाई विनम्र अनुरोध

हामी नेपाली

गतिमतिछाडाहरूलाई विनम्र अनुरोध


ाम गर्छु भन्नेको मति र काम बिगार्न खोज्नेको गति ठ्याक्कै मिल्दोजुल्दो छ । यी गतिमतिछाडाहरू हाम्रै समाज र देशका अंग हुन्, त्यसैले यिनीहरूबिनाको समाज सम्भव नै हुँदैन । तर, यिनीहरूसहितको समाज यति जटिल र कष्टप्रद बनिसक्यो कि मानिसहरूले पीडा नै पचाउन थालिसके । बोक्न पनि नसकिने, टोक्न पनि नसकिने भनेको यही होला ।
पहिले मतिछाडा माओवादीको कुरा गरौँ । माओवादीहरूले गर्न खोज्दैछन् । गर्नै नचाहेका होइनन् । तर, कसरी गर्ने भन्ने प्रश्नले ठूलो महत्त्व राख्छ । जुन कुराहरू प्रक्रियागत ढंगबाट गर्न खोज्दैछन्, तिनको प्रशंसा गर्नुपर्छ, केही कुरा कहिलेकाहीँ बिगार्छन् र सच्याउँछन्, त्यसलाई पनि सकारात्मक नै मान्नुपर्छ तर धेरै कुरा धेरैचोटि बिगार्न थालेपछि सशंकित हुनैपर्ने हुन्छ । माओवादी विचारक बाबुराम भट्टराईका हालैका दृष्टिकोण पढ्नेहरूलाई थाहा हुनुपर्छ, क्रान्ति सम्पन्न गर्ने माओवादीहरूको एउटा रणनीति भद्रगोल सिर्जना गर्नु हो । उनी भन्छन्, "भद्रगोलकै बीचबाट क्रान्ति हुन्छ । भद्रगोल ल्याउने नै हो हामीले ।" अनि, सोही पत्रिकाको अर्को अंकमा उनी भन्छन्, "अहिले हामी केन्द्रीय सत्ता कब्जा गर्ने बाटोमा अघि बढ्दैछौँ ।" एकातिर दलको विचारकको त्यस्तो धम्की यथावत् छ भने अर्कातिर दलका नेता तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को चाला के हो-के हो, चिन्तैलाग्दो भइसक्यो ।
पशुपतिको मूलभट्टका बारेको विवाद सेलाउन नपाउँदै उनी राष्ट्रका नाममा अर्थहीन सम्बोधन गर्न टेलिभिजनमा झुल्किए । त्यति कमजोर भाषाशैलीमा, अत्यन्त छरपष्ट, सिलसिलाहीन र कैयौँ बेतुकका कुरा समावेश गरएिको राष्ट्रका नाममा सरकारप्रमुखबाट भएको सम्बोधन यस स्तम्भकारले पहिले सुनेको छैन । राष्ट्रिय जनशक्ति पार्टीका नेता प्रकाशचन्द्र लोहनीले हरेक कर्मचारीलाई खाजाका लागि एक घन्टा छुट्याइने प्रधानमन्त्रीको भनाइमाथि टिप्पणी गर्दै 'खाजामा एउटा अन्डा राखिनेछ पनि भनेको भए हुन्थ्यो नि !' भन्दै व्यंग्य गर्न सम्बोधनले प्रशस्त आधारहरू दिएको छ । प्रधानमन्त्रीको सम्बोधनबाट उनीसँग राम्रो भाषण लेख्न जान्ने एक जना सहयोगी पनि रहेनछन् भन्ने प्रस्ट हुन्छ । राम्रो सहयोगी छान्न पनि राम्रो बुद्धि चाहिन्छ । प्रचण्ड बुद्धि नभएका व्यक्ति होइनन् तर उनले सशस्त्रकाल र प्रधानमन्त्रीत्वकालमा आवश्यक दुई भिन्न प्रकृतिका बुद्धिहरूबीचको अन्तरलाई भने अझै बुझिसकेका छैनन् भन्ने प्रस्ट हुन्छ । त्यसैगरी, जुन ढंगले, जस्तो विषयमा र जुन समयमा उनले अध्यादेश जारी गर्न खोज्दैछन्, त्यसले पनि सरकार-नेतृत्वका लागि आवश्यक सुझबुझको उनमा तीव्र अभाव रहेको देखिन्छ । एकातिर दलका एक जना वरष्िठ नेता धम्की दिने, अर्कातिर सोही दलका नेता र प्रधानमन्त्री कहिले संवैधानिक प्रक्रिया, कहिले गठबन्धन सरकारको जटिलता र कहिले सांस्कृतिक संवेदनशीलतामाथि नै प्रहार गर्ने ।
बाबुराम भट्टराईको माथि उद्धृत विचारलाई आधार मान्ने हो भने यो माओवादीहरूको भद्रगोलको बीचबाट क्रान्ति सफल पारेर राज्यसत्ता कब्जा गर्ने रणनीति हुनसक्छ । यदि 'राज्यसत्ता कब्जा' भन्ने शब्दावलीबाट पूर्ण बहुमतका साथ सरकारको नेतृत्व गर्ने कुरालाई मात्र संकेत गर्न खोजेको हो भने भिन्दै कुरा । त्यसका लागि माओवादीहरूले अहिले सेनालाई चलाउने, संस्कृति र परम्परामा आँच पुर्याउने, अति क्रान्तिकारी भाषण गर्ने, आमूल परविर्तनकारी कदमहरू चाल्न खोज्ने आदि इत्यादि केही गर्नैपर्दैन । बढो संयमका साथ थोरै राम्रा कामहरू मात्र गरे पुग्छ । त्यति गरेर माओवादीहरूले देशलाई नयाँ संविधान लेखनमार्फत निर्वाचनसम्म डोर्याउन सके भने, सो निर्वाचनमा तिनले सहजै बहुमत हासिल गर्नेछन् किनभने अन्य प्रमुख दलहरूको स्िथति तिनको विगतले गर्दा अत्यन्तै नाजुक छ । तर, 'राज्यसत्ता कब्जा'लाई साम्यवादी अर्थमा प्रयोग गर्न खोजिएको हो भनेचाहिँ माओवादीहरू छिट्टै नराम्रोसँग पछारनिे छन् र तिनले देशलाई पनि खाल्डोमा हाल्नेछन् । तिनले देशलाई आधाआधी खाल्डोमा त हालिसके- हिंसा, जातीयता र क्षेत्रीयताको चक्रमा फसाएर । त्यसबाट देशलाई निकाल्नै पहिले त महाभारत हुनेछ । त्यसमा पनि सत्ता कब्जाका कुरा गरे भने देश पूरै खाल्डोमा जाकिनेछ । अनि, राजनीतिको रंगमञ्चमा सेनाको भूमिका प्रधान हुनजान्छ र पूर्वराजाको पुनःस्थापनालाई असम्भव नमाने हुन्छ ।
एकातिर माओवादीहरू यसरी मतिछाडा हुँदै गइरहेका छन् भने अर्कातिर विपक्षी नेपाली कांग्रेस उत्तिकै गतिछाडा भएर गइरहेको छ । तिनका नेता गिरजिाप्रसाद कोइरालाले हरेकपल्ट प्रजातन्त्रको दुहाई दिँदा प्रजातन्त्रमाथि व्यंग्य गरेझैँ प्रतीत हुन्छ । देशमा प्रजातन्त्रको यो दुर्गति हुनुमा नेपाली नेताहरूमा उनीजति दोषी सम्भवतः कोही छैन होला । देश विकास गर्न होइन, राजनीतिमा आफू हावी हुन र आफन्तहरूलाई हावी गराउन मात्र कोइरालालाई प्रजातन्त्र चाहिएको छ । नत्र, नेपाली कांग्रेसको अनि समग्र प्रजातन्त्रको यस्तो दुर्गति नै हुने थिएन । जनताले संविधानसभाको चुनावमा 'प्रजातन्त्रवादी' कांग्रेसभन्दा 'अधिनायकवादी' माओवादीलाई धेरै भोट त्यसै दिएका होइनन् । कांग्रेसको पारामा परविर्तन नआउने हो भने, प्रजातन्त्र र कांग्रेस दुवैको पतन निश्चित छ । कांग्रेसका नेताहरूले बुद्धि पुर्याउने हो भने अहिलेको समयलाई अध्यादेश, घरजग्गा फिर्ती र वाईसीएल भंगजस्ता विषयलाई निहुँ बनाएर माओवादीको सरकार ढाल्ने प्रयासमा भन्दा आफ्नो दललाई संरचनागत रूपमै सुधार गर्न, दलभित्रको प्रजातन्त्रलाई स्थापित गर्न र दलको पहुँच फैलाउने काममा लगाउनु धेरै बेस हुनेछ । नयाँ संविधान लेखन र नयाँ निर्वाचनको परपि्रेक्ष्यमा, अध्यादेशको घोषणा, घरजग्गा फिर्ती र वाईसीएल भंग आदि अत्यन्त गौण विषयहरू हुन् । माओवादीले भोलि 'कू' नै गर्न खोजे भने मात्र तिनको सरकार ढाल्नैपर्ने हुन्छ । तर, अहिले झीनामसिना विषयमा कांग्रेस र -त्यस अर्थमा- एमाले अल्भिmयो भने न त नयाँ संविधान लेखिन्छ, न त प्रजातन्त्र र गणतन्त्रकै रक्षा हुन्छ ।
माओवादी, कांग्रेस, एमाले आदि सबैले आ-आफ्नो शक्ति प्रदर्शन गर्ने भनेको अब आउने निर्वाचनमा हो । त्यतिञ्जेलसम्म चाहिँ सबैले सो निर्वाचनमा विजय हासिल गर्न कसरी जनताको मन जित्ने भनेर तयारी गर्नु बुद्धिमानी हुनेछ । अहिले नै कसैले बढी जान्ने भएर सत्ता कब्जा गर्ने या सरकार ढाल्ने खेलमा लाग्यो भने त्यो दलहरू र देश दुवैका लागि प्रत्युत्पादक हुनेछ ।
amrit_pnd@yahoo.com
from israel

यी महिलाले राजतन्त्र बचाउने रे, गफै बढी!

यी महिलाले राजतन्त्र बचाउने रे, गफै बढी!


राजतन्त्र इतिहासका पानामा मात्र सीमित भएपछि सिंगापुरतिर हानिएका पूर्व युवराज पारस त्यहाँको धेर बिक्ने ट्याब्ल्वाइडमध्ये एक द न्यु पेपरका लागि तीन तीन दिनसम्म मसला बने। सुरुको दिन उनले हत्याकाण्डको बारेमा नयाँ खुलासा गरे- हतियारसम्बन्धी कुरालाई लिएर। दोस्रो दिन हत्याकाण्डको विभत्स विवरण छापियो। दुई दिन त्यसरी उनको कथा बेचिसकेपछि तेस्रो दिन पनि त्यसैलाई निरन्तर गर्नका लागि सिंगापुरे सूत्र भेट्टाएर पत्रिकाले छापेको रहेछ। पत्रिकाका अनुसार यी महिलाको नाम एन्जेला चेङ हो। पारसलाई सिंगापुरमा रहन, बस्न सहयोग गर्ने महिला यिनै हुन्। पत्रिकाले यी महिला कै एक फोनका कारण ज्ञानेन्द्रले सत्ता छाडेको, पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उनलाई नोबेल पुरस्कार दिनुपर्छ भनेर भनेको अनि अब राजतन्त्र बचाउन यी महिलाले प्रधानमन्त्री प्रचण्डलाई प्रस्ताव लिएर नेपाल आउन लागेको जस्ता कुरा पनि छापेको छ, जुन हास्यास्पद लाग्छ। पत्रिकाले राखेको शीर्षक नै हेर्नुस् न- S’porean helped this prince, but can she helps his kingdom ?


पत्रिकाले चेङ कै कारण ज्ञानेन्द्रले सत्ता छाडे झैँ गरी ठूल्ठूला गफ दिएको छ- सन् २००६ मा दोस्रो जनआन्दोलन हुँदा उनले फोन गरेकी रे कोइरालालाई राजालाई भेट भनेर। अनि कोइरालाले भेटे रे। अनि ज्ञानेन्द्र त्यो भेटमा गद्दी छाड्न तयार भएको रे।
१० वर्षअघि नेपालको तत्कालीन राजपरिवारसँग उनको सम्पर्क भएको रे। उनले अधिराजकुमारी शान्तिलाई चन्दा उठाउन सहायता गरेको रे। राजपरिवारसित उनको अझै पनि गाढा सम्बन्ध छ रे। त्यसैले पारस सिंगापुरमा बस्न आउने भएपछि उनैले सबै कुरा घरदेखि सबै कुरा मिलाइदिएको रे।
४५ वर्षकी चेङ अब तिहारमा नेपाल आउँदैछिन् रे। यस पटक उनले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेटेर छ वर्षका पारसका छोरा ह्रदयेन्द्रलाई राजा बनाउन प्रस्ताव राख्छिन् रे।
अझै हाँसउठ्दो त उनले त्यसका लागि प्रयोग गर्ने भनी बार्गेनिङ चिपको बारेमा कुरा छ। पत्रिकामा छापिए अनुसार नेपाली र मन्दारिन भाषा स्पष्ट बोल्न सक्ने उनले चीन र जापान सरकारबाट विभिन्न सहयोग दिलाइदिने विश्वास दिलाउँछिन् रे।
पत्रिकाको लेखको अन्त्यमा उनले भनेकी छिन्- मैले विगत २८ वर्षमा नेपालका लागि धेरै महत्त्वपूर्ण काम गरेँ। अब फेरि एउटा काम गर्ने बेला आएको छ। रमाइलो कुरा ! नेपालीहरुलाई थाहै नहुने गरी धेरै काम गरिछिन् यिनले। सिंगापुरेहरुलाई गफ दिन त सजिलै भो नि !
कोइरालासितको फोटो पनि छापेको छ पत्रिकाले। थप गफ पत्रिका कै वेबसाइटमा गएर पढ्न यहाँ क्लिक गर्नुस्। अपडेटः अहिले पत्रिकाको वेब संस्करणबाट यो लेख हटाइएको छ। यो लेख अचानक हटाउनुले यो पत्रिकाले पैसाका लागि हावा तालले एक सामान्य महिलाको समाचारलाई बढाइचढाइ प्रकाशन गरेको त हैन भन्ने आशंकालाई बल प्रदान गरेको छ।


Collect From webside:-amrit_pnd@yahoo.com

केही नेपाली शब्दका नयाँ माने

केही नेपाली शब्दका नयाँ माने

भाषा फेसन जस्तो क्षण-क्षणमा होइन, कालान्तरमा बदलिन्छ। तर नेपालमा २०६३ सालमा केही शब्दावली यसरी फेरिए, जसरी मण्डलेहरू गत चैत-बैशाखमा जनआन्दोलन- २ मच्चिँदै जाँदा रातारात लोकतन्त्रवादीमात्र हैन, गणतन्त्रवादी नै भएका थिए। हिजोसम्म सुकला गर्ने भन्नेहरू सुकुलमा तन्किने भन्न थाले भने भुजा ज्यूनार गर्ने भन्नेहरू भात खाने भन्न थाले। खाइसिने, लाइसिने, सुकला गर्ने, भुजा ज्यूनार गर्ने जस्ता भाषा प्रयोग गर्दा आफू सगरमाथाको टुप्पोमा पुगेको महसूस गर्नेहरूले अब ती शब्द प्रयोग गर्दा अपमानबोध गर्न थाले। त्यस्ता अपमानबोधक शब्द एक मुरीभन्दा बढी नै देखा परे काठमाडौं खाल्डोमा। त्यसैले प्रज्ञा प्रतिष्ठानका शब्दवेत्ता तथा भाषाविज्ञहरूले २०६३ सालदेखि नै लागू हुने गरी ती शब्दका माने निम्न बमोजिम परिवर्तन गरेका छन्।
श्री ५ = पाँचपल्ट श्री-श्री भन्दै जोडले कराउु।
श्रीपेच = भित्तामा पेचकिला ठोक्नु।
राजडण्ड = विपक्षी/प्रदर्शनकारीको टाउकामा हान्ने कटबाँसको नयाँ "लोकतान्त्रिक" डण्डा।
राजमुकुट = राज्यको सम्पत्ति गुट्मुट्याउनु।
राजगद्दी = बच्चाहरू लडिबडी खेलेर रजाइँ गर्ने गद्दी।
दरबारः घर वरिपरि दह्रो बार हाल्नु।
नारायणहिटी = लोकतान्त्रिक गणतन्त्र संग्रहालय।
अधिराज्य = आदिम शासकहरूले इतिहासमा थिचोमिचो गरेको राज्य।
हिन्दू अधिराज्य= घाँटीमै घ्याम्पा झुण्ड्याएर बस्न मन पराउने "सिसीमुनीहरू" बस्ने राज्य।
महाराजा = नेपालको इतिहासमा शब्दजाल लोभी मान्छे, जो नामको अगाडि र पछाडि श्री, ५, महा, राजा, अधिराज, वीर,
विक्रम, देव जस्ता आदि र इत्यादि शब्दहरू जुत्ताको माला झैं भिरेर दंग पर्थ्यो।
बडामहारानी = बडो हरामी आइमाई।
युवराजाधिराज = डिस्कोमा लाप्पा खेल्दै हिँड्ने ताल न सुरको युवक।
युवराज्ञी = भल्ट्याङ्भुल्टुङ् घरमा लडाइराखेर रातभर डिस्कोमा नाच्ने युवती ।
राजकुमार = कामै नगरी राज्यलाई शोषण गरेर बाँच्ने लठुवा ।
राजकुमारी = आफूलाई कुमारी दावी गर्ने महिला।
शाहज्यादा = कालो पदार्थ र जाँडको नसामा गाडीले जथाभावी मान्छे किचेर आफूलाई साहसी ठान्ने
संवैधानिक राजतन्त्र = संविधानलाई तन्त्र-मन्त्र गरेर स्व.महेन्द्रको
भुत ब्युँताउने झाँक्री माइला।
राज्यरोहण = ठूलदाइको (मामाको होइन) घोडा मेरो हिँहिँ गर्नु।
शुभराज्यभिषेक = शोषण र भ्रष्टाचार गरेर राज्यको विजोग पार्नु।
राजपरिषद = पञ्चायत जन्माउन (२०६३ सालपूर्व) आफू गर्भवती भएको परी
भन्ठान्ने लिंग-भ्रमित पुरुषहरू।
बाहुली = चोलोको अर्थात् स्त्री जातिको कुनै पनि पहिरनको बाहुला।
हुकुम = सुर्तिको धुँवाले सर्किएर हुक्क-हुक्क गर्नु।
दर्शनभेट = २०५८ देखि २०६२ सालको वीचमा बांगो मुण्टो लगाई छड्के
आँखाले हेरेर गरिएको तर्साउने भेट।
जुनाफ = जुनी-जुनीलाई पुग्नेगरी व्यापार र राज्यको ढुकुटीबाट नाफा खानु।
मौसुफ = मौसम अनुसारको सुप खाने मान्छे।
शाही = मानवको वध गर्ने "कशाही" (जनावरको वध गर्ने "कसाही" होइन)।
सम्राट = स्वरउस्ताद/सम्राट नारायण गोपाललाई बाहेक नेपालमा कसैलाई यो
उपाधि उपलब्ध हुने छैन।
बक्सिनु = डिस्कोमा जाँड खाएर जोसुकैलाई बक्सिङ् हान्नु।
भुजा = ज्यामितिको चतुर्भुज वा त्रिभुजको भुजा अर्थात् हात।
ज्यूनार = हली, जो राँगा वा गोरु नारेर हलो जोत्छ।
सुकला = सुकुलमा सुत्नु।
सवारी = कहिल्यै जनताको भलो काम नगरेपछि उनीहरूले ढुंगामुढा गर्ने डरले
सडक सफाचट पारी भगुवा शैलीमा गाडी हाँक्नु।
सिंहाशन = सिंहको झैं गर्जन निकालेर घुर्दै सुत्नु।
राजकाज = बांगो मुण्टो लगाएर टेँडो काम गर्नु।
गोर्खा दक्षिणबाहु चौपट्ट = देशलाई चौपट्ट पार्ने दक्षिणपन्थीहरूले भिर्ने बिल्ला।
Collection by:- amrit_pnd@yahoo.com

पहिले पेटीकोटमा, अहिले बिहारकोर्टमा

पहिले पेटीकोटमा अल्झेँ, अहिले बिहारकोर्टमा अल्झेँ नपाउनेले मम पायो, रक्सीमा चोपेर खायो भनेजस्तो हाम्रा उदित नारायाण भैयाले पनि आफ्नो खाइपाई आएको मानसम्मानलाई दीपाको रक्सीमा चोपलेर पिइदिएकाछन् । अहिले उनि मताईको यो हदसम्म पुगसकेका छन् कि, आफ्नै एक नंबर श्रीमतीलाई समेत नचिन्ने अवस्थामा पुगेको समाचार आएको छ । स्वाभावैले रक्सीले म्याक्सीतिर मन लैजान्छ र म्याक्सीको पछाडी लागेपछि लाज, शरम, इमान, जमानजस्ता सबै सामान एकैचोटी आर्यघाटमा पुग्छन् । साँच्चैभन्नुभन्दा, उदित भैयाको इमान आर्यघाटमा लम्पसार परेर लडिरहेको छ, घाटे बैद्यद्धारा उपचारको पर्खाइमा छ । के नाम कमाउने बित्तिकै जे गर्नपनि छुट हुन्छ र ?? बिहारका कतिपय ठाउँ तथा नेपालमै पनि उदित बहिस्कार आन्दोलनले उठान लिँदैछ । दुइचार पेटी कमाएका भरमा जेठी छोडेर कान्छी केटीतिर लपक्क भएका उदित भैयाले यथासिघ्र आफ्नो मती सुधारेर जेठीलाई पनि श्रीमती र आफुलाई उनको मायालु पति बनाउनतिर गती नबढाउने हो भने कतिबेला कसले उदितको नाम, दाम र कामको क्षती गर्छ भन्ने कसलाई के थाहा ??? जल्दी करु उदित भैया, अपन गल्ती स्वीकार करु । बाँकी आप नै सोचु, समझु और काम करु....... होईन भने चाँडो भन्दा चाँडो तपाईँले आफ्नो गीत यसरी गाउँदै हिड्नु पर्नेछ, पहिले तिम्रो पेटीकोटमा अल्झेँअहिले तिम्रो बिहार कोर्टमा अल्झेँलडाउने पासो थाप्यौकानुनको,अहिले तिम्रो चालमा अल्झेँ ।
collect by amrit_pnd@yahoo.com

राष्ट्रिय पर्वमा - राष्ट्रिय प्रतिज्ञा


DO U WANT FOLLOW THIS RULE?
'म सार्वजनिक सौचालयमा पसेर अश्लिल शब्दहरु लेख्ने छैन ।
''आफूलाई सधै सही र अरुलाई गलत देख्ने छैन ।
''म माइक पाएपछि दर्शक-श्रोता निदाउन्जेल कविता सूनाउने छैन,भाषण गर्ने छैन ।
''आफूले खाए चन्दा, अरुले खाए घूष ठान्ने छैन ।
'भटटीमा लोकल पिएर दोहोरीमा कुर्सी ओगट्ने छैन ।
' 'म भोज-भतेरको लाइनमा बस्दा मासूको आइटमा धेरैबेर अडकिने छैन ।
' 'प्लेनमा एयर होस्टेजले ल्याएको चकलेट मुठ्याउने छैन ।
' 'घरमा कहिलेकाहीं अरुको इच्छा अनूसारपनि रिमोट चलाउने छू ।
'अब उप्रान्त नेपालको राजधानी दिल्लीलाई मान्ने छैन ।
''नचाहिने बिषयमा टायर पोल्ने तर चाहिने बिषयमा चूं नबोल्ने बानी त्याग्ने छू।
''अंग्रेजी भाषा र हिन्दूसतानी भेष लगाएर राष्ट्रियताको भाषण गर्नेछैन ।
''आफनो सवार्थकालागी अचारलाई आची र आचीलाई अचार ठान्नेछैन ।
''तरकारी चर्को भएको वा लोग्नेको बोली झर्को भएकोमा चक्काजाम गर्नेछैन ।
Collection by Amrit Pandit
From Israel
(amrit_pnd@yahoo.com)

Gajal

मुटुमा व्यथा कसरी सर्यो
किन आँसुको झरना झर्यो
म तिमी बिना कति बाँच्छु र ?
जिउने रहर मनमै मर्यो
म, तिमी रुँदा बहुलाउँछु
प्रियको खुसी कसले हर्यो
कति निष्ठुरी नियती पनि
जति जे भयो सहनै पर्यो
Manita Pandit(manitamrit@yahoo.com)
Israel

Interview K.P Oli

Mr. KP Sharma Oli . at Fireside ! from eNepalnews.com on Vimeo.



मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

मैले माया नगर्ने ऊ

Amrit_pnd@yahoo.com
From Israel
मैले माया नगर्ने ऊ
वास्तवमा मैले चिनेकै छैन ऊ को हो भनेर। नाम, थर, ठेगाना, केही थाहा छैन। ऊ जो भए पनि मलाई के सरोकार। मलाई त निदाउने बेलामा उसको बोली चाहिन्छ। उसको सुमधुर हाँसो चाहिन्छ, जसले मलाई आनन्द दिन सहयोग गर्छ। उसको परिचय थाहा नभए पनि फोनमा गफ गर्न थालेको वर्षै भएछ। कहिलेकाहीँ भेट्ने आशक्ति बढेर आउँथ्यो, देख्ने इच्छा चुलिन्यो। तर हामीहरु पृथ्वीको दुई ध्रुवमा विभाजित थियौँ।
ऊ आफ्नै दुनियामा त म आफ्नै संसारमा थिएँ। खै कसरी उसले मेरो नम्बर पायो, म भन्न सक्दिनँ। तर जुन दिन आत्मीय भावको बोली सुनेँ, त्यसपछि मेरो मन चाहीँ ऊतर्फ दौडिन थाल्यो। राजधानीमा बसेर फोन, बाइक, पैसा, कम्प्युटरसँगै दौडिने उसको दैनिकी क्रमशः मसँग घण्टौ गफेर सन्तुष्टि लुट्न अभ्यस्त बनेको थियो। सम्पन्न परिवारको ऊ संभवतः मबाट के पाउने सोचमा थियो, म अनभिज्ञ थिएँ। तर जब रात छिप्पिँदै जान्थ्यो, म उसको फोनको प्रतीक्षामा आत्तिएकी हुन्थे।
शुरुवातका दिनमा उसले गर्ने सम्बोधन अप्ठ्यारो लागे पनि बिस्तारै उसको प्रिय बोलीमा डुब्दै गएकी थिएँ। दिन बित्यो, महिना बित्यो, वर्षौँ बित्यो, उसको नाम सोध्ने आवश्यकता समेत ठानेकी थिइनँ। न त उसले नै सोधेको थियो। मात्र सानुको सम्बोधन गर्थ्यो। आफैलाई नढाँटी भन्नुपर्दा मनले माया गर्ने ऊ कदापि हैन, मात्र बोलीमा अल्झिएकी थिएँ।
मौसम बदलियो, जाडो याम सकिएर बसन्त ऋतुको आगमन भयो। लेकमा राताम्मे लालिगुराँस, बेसीमा प्याउली, सुनगाभा र गुलाब फक्रिन थाले। प्रकृतिले नयाँ रुप फेर्दै थियो। हाम्रो सम्बन्ध पनि अझ कस्सिँदै थियो। म विवाहित हो भन्ने थाहा पाउँदापाउँदै पनि उसले मलाई माया गर्ने र नपाए मर्ने कुरा समेत गर्न थाल्यो। साथमा मलाई जे जस्तो अवस्थामा पनि स्वीकार्ने बतायो।
यसबारे म केही बोलेकी थिइनँ। सबै कुरा भेटेर बताउने सुरमा थिएँ। घरमा सानी छोरी थिई। श्रीमान विदेशमा हुनुहुन्थ्यो। सबै कुरा भेटेरै बताउँछु भन्ने सुरमा थिएँ। वास्तवमा एक्लोपनको सहारा बनेको थियो उसको फोन। उता श्रीमानसँग पनि बेलाबेलामा टेलिफोन वार्ता भैरहन्थ्यो। अचानक उसले भेट्ने कुरा बतायो। नयाँ वर्षको दिन सिद्घबाबा मन्दिर अगाडि भेट्ने निधो भो। साथमा मैले साथी पनि लान पाउने भएँ।
ऊ कस्तो छ ? के भन्छ होला ?मेरो साथमा छोरी देख्दा के गर्ला ? यी र यस्तै प्रश्नसँगै समय बितेको पत्तै भएन। जब पहिलो पटक ऊसँग देखादेख भो, सेतो सर्ट, कालो पाइन्ट र कालो चस्मामा निकै सुन्दर देखिन्थ्यो। साथमा दुई जना साथी पनि थिए। जब उसले हेलमेट फुकालेर निकै सहज रुपमा आत्मीय भावले काखमा लियो, म बोल्नै सकिनँ। हल्का हाँसो सँगै बोल्यो —अञ्जु, अझै मलाई चिनिनौ ? म उही अनिल, जसलाई तिमीले कहिल्यै माया गरिनौ। मेरो मुटुले ठाउँ छोड्यो। संसार भासिए जस्तो भो। शरीर काँपेर थचक्कै बसेँ। छोरीलाई हेरेँ, अंकल अंकल भन्दै खेलिरहेकी थिई। विगत सम्झिएँ —एउटै कक्षामा पढ्ने अनिल, सदा पछि लाग्ने गर्थ्यो। उसले पठाएका अनेकौँ प्रेमपत्र मैले बिहेको अघिल्लो दिन च्यातेर फालेकी थिएँ। वास्तवमा मैले उसलाई कहिल्यै माया गरिनँ। चिठी पठाएको बहानामा स्कूलको मन्चमा लगेर सरबाट पिटाएकी थिएँ। फोनमा कहिलेकाहीँ श्रीमान्, घर परिवारका गल्ती र कमजोरी पनि उसलाई सुनाउने गर्थेँ। फोनमा गफ गर्ने अनिल यही नै हो भनेर विश्वास गर्न सकिरहेकी थिइनँ।
केही बेरपछि ऊ बोल्यो —अञ्जु, धेरै प्रयास गरेँ। तर तिमी बिना बाँच्नै सकिनँ। त्यसैले यो सब गरेँ। आज त तिमी तयार छौ हैन ? म तिम्रो सिउँदो अहिले तत्कालै भर्न चाहन्छु बिन्ती आज हुन्छ भन है। तिम्रो छोरीलाई तिमीले भन्दा माया गर्नेछु। आज पनि तिमीले नाइँनास्ती गर्यौ भने अब फेरि अनिललाई कहिल्यै देख्न पाउने छैनौँ। म केही बोल्न सकेकी थिइनँ। उसलाई सीधा नजरले हेर्ने साहस पनि थिएन। छोरीलाई समाएर आफ्नो बाटो लागेँ। अनिल रोक्ने प्रयास गर्दै थियो। म केही नबोली घर फर्केँ। उसलाई जवाफ दिन केही शब्द बाँकी थिएन मसँग। साँझ मोबाइलमा फोन गरेँ। स्वीच अफ थियो। आफूले चाहेको कुरा पाउनको लागि उसले गरेको चलाखिपन वास्तव मै तारिफयोग्य थियो। त्यस दिनदेखि अफ भएको उसको मोबाइल अहिलेसम्म खुलेको छैन। ऊ कहाँ गयो, के गर्दैछ मलाई वास्तवमा केही थाहा छैन। ऊ हराउनुमा मेरो दोष कहाँनिर छ, मलाई केही थाहा छैन।

उसको मृत्

“बैनी कहाँसम्म पुग्ने हो ?”
संगै सिटमा बसेका अपरिचितले प्रश्न तेर्साए।
तुल्सीपुरसम्म, तपाईँ नि ? मैले फर्काएको जवाफ।
आलोकसँग चिनाजानीको पहिलो परिचय थियो यो। आलोक, डिप्लोमासम्मको अध्ययन गरेको एक मध्यमवर्गीय युवा, जागिरको खोजीमा दाङ जाँदै रहेछ। सामान्य भए पनि कपडा मिलाएर लगाएको आकर्षक चेहरा, हाँसीहाँसी कुरा गर्ने, कुराकानीकै सिलसिलामा।

गरिबी, अभाव र विवशता झल्किए पनि सकभर आफ्नो दुःख लुकाउन खोज्ने, सभ्य भाषा प्रयोग गर्ने पहिलो भेटमै बेग्लै प्रभाव छाडेको थियो। बुटवलबाट सँगै यात्रामा थियौँ। बसभित्र रमाइलो दोहोरी भाका बज्दै थियो। प्राकृतिक सुन्दरता चियाउँदै, नौलो साथीसँग रमाइलो कुराकानीमा मस्त हुँदा आफैलाई बिर्सिएकी थिएँ।
नेपालको शिक्षा व्यवहारिक नभएको र भ्रष्ट नेताले देश बिगारेकोमा आक्रोश ब्यक्त गर्थ्यो आलोक। कुर्सीको लडाइँले गर्दा आफूजस्ता लाखौँ युवाको भविष्य बिग्रेकोमा मनमनै दुःखी थियो। नयाँ नेपालको चाहनामा नयाँ दललाई जनताले सत्तामा पु-याएको तर उनीहरुले पनि शिक्षित बेरोजगार युवालाई रोजगार दिन नसकेको र देश विकासतर्फ सोच्दै नसोचेकोमा निराश देखिन्थ्यो।
१२ वर्षको जनयुद्धमा बुवा र दाजु गुमाएको परिवारको चिन्ताले जागिरको खोजीमा भौँतारिरहेको रहेछ। गन्तव्य आयो, एकआपसमा सफलताको कामना गर्दै छुटि्टयौँ।
माथिल्ला पदमा आफन्त हुनेले मात्र जागिर पाइने नेपालको सर्न्दभमा आफ्नो उत्कृष्ट प्राप्ताङ्क र लगनशिलताको कुनै मूल्य नभएकोमा जिन्दगीदेखि नै हतास हुने गर्थ्यो।
परिश्रम गरे एकदिन सफल भइन्छ हतास नहुन भन्ने आदर्श वाक्य बोल्दै टेलिफोनमा नै उसलाई सहानुभूति ब्यक्त गरेकी थिएँ।
एक दिन रातमा फोन गरेर माइक्रोबसमा खलासी काम गर्न थालेको बताउँदै निकै रोएको थियो आलोक। कुनै पनि काम ठूलो र सानो हुँदैन, आफ्नो ब्यबहार अनुसारको फल पाइन्छ, राम्रो काम गर्नु इज्जत सबै ठाउँमा छ भन्दै फोन राखेकी थिएँ मैले। घरपरिवारको चिन्ताले वास्तवमै मर्माहत बनेको थियो। सरकारी पक्षबाट आफ्नो बुवा र दाजुको हत्या गरेको र अहिलेसम्म कुनै क्षतिपूर्ति नपाएको गुनासो गथ्र्यो बेलाबेला। बास्तबमै सरकारका उच्च पदमा आफ्ना मान्छे हुँदो हो त मोटै रकम हात पर्दो हो उसको परिवारमा।
युद्घपीडितको नाममा ठूलै पोष्टमा जागिर खाँदो हो आलोक। तर उसको पक्षमा बोल्ने, उसको आवाज ठाउँमा पु-याइदिने कोही भएन। उसको परिवारको भएको बिचल्ली कस्ले देख्ने ? करिब ८/९ महिनादेखि आलोक मेरो सर्म्पकबाट हरायो। मैले उसलाई भेट्टाउने र खोज्ने प्रयास नगरेको नि हैन। बदलामा असफलता हात लागेको थियो।
केही दिनअघि कामविशेषले काठमाण्डौ जाँदै थिए। माइक्रोबसले आफ्नै खलासी किचेर मुग्लिनमा सडक बन्द थियो। धेरै यात्रुहरु बिचल्ली परिरहेका थिए। हामी कहिले गाडी त कहिले सडक गर्दै ४ घण्टा बिताइसकेका थियौ कतिखेर सडक खुल्ने कुनै अत्तोपत्तो थिएन। जम्मा हुनेले भन्दै थिए -घटनास्थल नजिकै छ, मान्छे छट्पटाउँदै छ, तर गाडी मालिकले कुनै वास्ता गरेको छैन। सहयात्री रमासँगै घटनास्थल पुगेँ। सडकमा एक युवक रगताम्य थियो। टाउकोबाट रगत बगेर सडकका खाल्डा पुरिएका थिए। एउटा खुट्टा किचिएको अवस्थामा थियो। उसको श्वासप्रश्वास चल्दै थियो। होसमा आउँदा आमा! आमा भन्ने गथ्र्यो। सबै मान्छेले उसको तमासा हेरेर बसेका थिए। कसैले उठाउने दुस्साहससम्म गरेका थिएनन्। एक्कासी मेरो नजर उसको परिचयपत्रमा प-यो- आलाक सिग्देल नवलपरासी, मलाई सपनाजस्तो लाग्यो, सपना हो या विपना हो छुट्टाउन सकिनँ। महिनौँदेखि खोजिरहेको आलोकलाई यो अवस्थामा देख्दा आँखाबाट साउने झरी बग्न थाल्यो। मलाई डाँको छाडेर रुन मन लाग्यो।
बिस्तारै समिपै पुगेर आलोक आलोक भन्दै चिच्चाउन थालेँ। उसको टाउको समातेर काखमा राखेँ। ऊ बिस्तारै बोल्यो शीला, मेरो अहिल्यै मर्ने रहर पटक्कै हैन, मेरो आमालाई यो कुरा नसुनाउनू है। यति बोल्दै उसले आँखा चिम्लियो, हातखुट्टा छाड्यो। आफ्नै काखमा भएको उसको ह्रदयविदारक मृत्यु मेरो मनले कदापी स्वीकार गर्न मानेन।
वास्तविकता त्यही थियो जुन मैले देखिरहेकी थिएँ।
Amrit Pandit(amrit_pnd@yahoo.com
From Israel

लघुकथाः आमाको माया

असाध्यै गहिरो प्रेमको एक जोडी। प्रेम यात्राकै क्रममा प्रेमिकालाई सनक चढेछ। आफ्नो प्रेमीले आफूलाई कत्तिको माया गर्दो रहेछ भन्ने जाँच्न मन लागेछ। एक दिन प्रेमीलाई सोधिछन्- तिमी मलाई साँच्चै माया गर्छौ ? प्रेमीलाई आफूप्रति शंका गरेको देखेर अचम्म लागेछ। अनि के गर्दा विश्वास हुन्छ भन्ने उसले प्रेमिकासँग जिज्ञासा राखेछ। प्रेमिका एकाएक भन्छे- मलाई साँच्चै माया गर्छौ भने तिम्रो आमाको कलेजो अहिल्यै लिएर आऊ। प्रेमीलाई आफ्नो प्रेम साँचो हो भन्ने देखाउनु थियो।
तर आमाको कलेजो ? अन्धो हुन्छ भन्छन् नि प्रेम…। ऊ सिधै गएर आमाको हत्या गरी कलेजो झिकेर आफ्नो खल्तीमा राखेर दगुर्दै प्रेमिका भएतिर जान लागेछ।
हतारमा ढुंगोमा ठेस लागेर….बर्ल्याङग लडेछ। उठ्ने तरखर गर्दागर्दै खल्तीबाट परिचित आवाज आएछ-….बाबु…तिमीलाई कतै चोट त लागेन…..?
मातातीर्थ औँसी विशेष

क्या रमाइलो दृश्य हगि !


amrit_pnd@yahoo.com
क्या रमाइलो दृश्य हगि !
चर्चित पत्रकार ऋषि धमलासँगै खोरमा थुनिएका पत्रकारहरु अझै त्यहीँ छन्। धमला भने पुनरावदेन अदालतको आदेशबाट रिहा भएर फेरि पुरानै काममा लागिसकेका छन्। फेरि हामी दर्शकहरुले उनलाई टेलिभिजनमा देख्नु परेको छ। शुक्रबार सगरमाथा टेलिभिजन हेरिरहँदा धमलाको अनुहार त देखियो नै, धमलाको टाउकोमा आफ्नो नोटबुक राखेर केपी ओलीले बोलेका कुरा टिप्दै गरेको अझै हाँसो उठ्दो दृश्य देखाए अर्का पत्रकार हुन् कि को हुन् कुन्निले। धमलाको क्यामेरा मोह त देखिएकै थियो। धमलाको टाउकोमा नोटबुक राखेर त्योभन्दा बढी नाटक देखाउने मान्छे देख्दा त हाँसो थाम्नै सकिनँ। बडो राम्रो स्ट्याण्ड पाएछन् तिनले। हतपत्त क्यामेरा निकालेर खिचेँ रnnchautari.com मा पठाएँ। छापिन्छ कि छापिन्छ थाहा छैन । धमला थुनामा रहेका भए बिचराले त्यस्तो स्टायण्ड कहाँ पाउँथे र। त्यसैले होला पत्रकारहरु उनलाई छुटाउन लागिपरेका। अरु पत्रकार पनि थुनामा छन्। तिनलाई थुनामा राख्दा त प्रेस स्वतन्त्रता हनन् नहुने रैछ।
amrit_pnd@yahoo.com

बिचरा झक्कु, एमाले ‘भाले’ हुने भो


Amrit Israel (amrit_pnd@yahoo.com)



मधेसी जनअधिकार फोरमले पनि एमालेलाई सघाउने घोषणा गरेपछि एमालेले ‘भाले’ भएर देश चलाउने भएको छ। माधव नेपाल प्रधानमन्त्री बन्ने निश्चित भएको छ। बिचरा झक्कुप्रसाद सुवेदी हेर्याहेर्यै भए। उनले काठमाडौँबाट नेपाललाई हराएको केही काम लागेन। न रौतहटबाट देवेन्द्र पटेलले हराएको नै काम लाग्यो। माधव नेपालको पक्षमा ३५० सभासदको हस्ताक्षर सभामुखलाई बुझाइएको छ। प्रचण्डले आफ्नो बहुचर्चित भिडियोमा ‘हामी भाले भएपछि हामीले भने अनुसार सेना समायोजन हुन्छ” भनेका थिए। एमाले ‘भाले’ भएपछि अब के होला त ?
amrit_pnd@yahoo.com

Friday, May 15, 2009

फोरम संसदीय बैठकमा कुटाकुट

१ जेठ, काठमाडौं ।
कसको गठबन्धनलाई सहयोग गर्ने बिषयमा बिबाद भएपछि मधेसी जनअधिकार फोरम संसदीय दलको बैठकमा सभासदहरुबीच कुटाकुट भएको छ । झडपमा अध्यक्ष उपेन्द्र यादव र संसदीय दलका नेता विजयकुमार गच्छेदार पक्षधर केही सभासदहरु सामान्य घाइते भएका छन् ।
संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार भएको बैठकमा गच्छेदार समूहका मृगेन्द्र सिंह यादवले बोलिरहदा अधिकांश सभाषदहरुले ताली पड्काएपछि अध्यक्षले बोल्दा समर्थन नगर्ने तर एउटा सभाषद बोल्दा समर्थन गर्ने भन्दै यादव समूहले हातपात गरेका हुन् ।
बिहीबार बसेको केन्द्रीय समितिको बैठकले सभाषदको निर्णयलाई बेवास्ता गरेको भन्दै बैठकमा गच्छेदार समूहले आक्रो ब्यक्त गरे । काङ्ग्रेस-एमाले गठबन्धनमा सहभागी हुने र माओवादी गठबन्धनमा सहभागी हुने पक्षबीच कुटाकुट भएको हो । फोरममा अध्यक्ष उपेन्द्र यादव आफ्नो वा माओवादी नेतृत्वको सरकारमा सहभागी हुने पक्षमा छन् भने संसदीय दलका नेता विजयकुमार गच्छेदार एमाले-कांग्रेस गठबन्धनको सरकारमा सहभागी हुने पक्षमा छन् ।
बैठकमा कुटाकुट भएपछि फोरम संसदीय दलका नेता विजयकुमार गच्छेदारले पत्रकार सम्मेलन गरेर केन्द्रीय समितिले सभाषदको आवाजलाई नसुनेर सामान्ती प्रवृति देखाएको भन्दै आपत्ति जनाउनुभयो ।
‘संसदीय दल भनेको पार्टीको महत्वपूर्ण अंग हो,- नेता गच्छेदारले पत्रकार सम्मेलनमा भन्नुभयो,- ‘तर केन्द्रीय समितिले सभाषदको आवाज सुनेन ।’
सो क्रममा झडपको दृष्य खिच्न गएका कान्तिपुर टेलिभिजन र च्यानल नेपाल टेलिभिजनका क्यामेरामेनलाई फोरम सभाषदहरुले दुब्र्यवहार गरेका छन् । बैठकपछि फोरम अध्यक्ष उपेन्द्र यादवले भने पत्रकारहरुलाई केही पनि प्रतिक्रिया दिन चाहनुभएन ।
सरकार निर्माणका लागि निर्णायक भूमिकामा रहेको मधेसी जनअधिकार फोरमको शुक्रबार बिहान १५ घण्टासम्म बसेको बैठकले मधेसवादी दलको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको थियो । माओवादी नेतृत्वको सरकारमा गए अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गर्ने र एमाले नेतृत्वको सरकारमा गए विजयकुमार गच्छेदारले नेतृत्व गर्ने सम्भावना भएपछि दुई नेतावीच नेतृत्व बिबाद चुलिएको हो ।
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

Tuesday, May 12, 2009

बच्चा हराउने हल्लाले गाउँमा त्रास

चेतन अधिकारी
दमक, झापा र मोरङका ग्रामीण भेगमा केही सातायता बालबालिका हराउने हल्लाले अभिभावक त्रसित भएका छन् । केही दिनअघि जनकपुरमा बच्चा चोरेको आरोपमा गरिएका हत्यापछि यहाँ पनि बालबालिका चोरी हुने मानसिक असर बढेको हो ।
झापाको कोहबरा, महारानीझोडा, गौरीगञ्ज, खजुरगाछी, गौरादह मोरङका मधुमल्ला, इटहरा, सिंजुवालगायत गाउँमा यसले व्यापकता पाएको छ । केही पहिले इटहरामा एक व्यक्तिले बालिका बोरामा हालेर लग्दै गरेको अवस्थामा गाउँलेले फेला पारेको स्थानीयवासी बताउँछन् । ती चोरले भारतका विभिन्न ठाउँमा लगेर बालबालिकाका अंग महँगोमा किनबेच हुने दाबी गाउँले गर्छन् । गौरीगञ्ज-७ की रमावती राजवंशी भुरा चोरको हल्ला चलेपछि नातिनीलाई विद्यालय पुर्‍याउन र लिन आफैं जाने गरेकी छन् । 'देखेको र हराएको प्रमाण कहीँ छैन,' उनी भन्छिन्, 'तर हल्ला घरघरमा छ । सबै डराएका छौं ।'
गाउँमा नचिनेका मानिस आएर बालबाललिकालाई मिठाइ, फलफूल दिएर फकाएर लैजान्छन् भन्ने हल्लाले ठूलै रूप लिएको स्थानीयवासी बताउँछन् । बच्चा हराउने हल्ला चलेदेखि सीमा क्षेत्रका केही विद्यालयमा विद्यार्थीको संख्या घटेको छ । यी क्षेत्रका अभिभावक छोराछोरी पुर्‍याउन र लिन आफैं आउने क्रम बढाएका छन् । मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

सनराइज अंग्रेजी स्कुल महारानीझोडाका पिन्सिपल धनपति पौडेलका अनुसार बच्चा चोरको हल्लासँगै अभिभावक बिद्यालयमा भीड लाग्ने गरेका छन् । "नानीहरू हराउलान् भनेर उनीहरू डराएका छन्," पौडेलले भने, 'हामीले पनि नानी पुर्‍याउन र लिन आफैं आउनु होला भनेर अनुराेध गरेका छौं ।' प्राथमिक तहका नानीलाई एक्लै नहिंड्न, अपरिचितले दिएको खानेकुरा नखान र कोही अपरिचितले सोधखोज गरेमा शिक्षक वा अभिभावकलाई जानकारी दिन विद्यालयले विद्यार्थीलाई निर्देश गरेको छ । लेखनाथ निमाविका प्रधानाध्यापक रामबहादुर ढुंगानाका अनुसार यो हल्ला आएपछि विद्यालय समयबाहिर कुनै विद्यार्थीलाई बिदा दिन छोडिएको छ । 'अभिभावकले १० देखि ४ बजे स्कुलको जिम्मा भनेका छन्,' उनले भने, 'विद्यालय समयमा अभिभावक लिन आएको अवस्थाबाहेक कसैलाई बिदा दिने गरेका छैनौं ।'
दुई पक्राउ
मोरङ उर्लाबारीका गाउँलेले मंगलबार दुई व्यक्तिलाई बालबालिका फकाएको आरोपमा प्रहरीलाई बुझाएका छन् । पथरीबाट एक पुरुष र उर्लाबारीबाट महिलालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरूलाई हेर्न दिनभरिजसो सर्वसाधारणको भीड लागेको थियो । कार्यालयका अनुसार पक्राउ परेका दुवै सुस्त मनस्थितिका छन् । गाउँतिर आएका यस्तै किसिमका व्यक्तिका कारण आम नागरिकमा शंका बढेको कार्यालयले प्रष्ट पारेको छ । तर उनीहरूमा शंका गनर्ुपर्ने कुनै प्रमाण नपाएको प्रहरी निरीक्षक चक्र बस्नेतले बताए ।
प्रजिअ नरेन्द्र दाहालले यस किसिमका हल्ला नियन्त्रण गरेर गाउँलेलाई त्रासमुक्त बनाउन प्रहरीमार्फत् जनचेतनामूलक कार्यक्रम गरिने जानकारी दिए । निराधार हल्लाको पछि लागेर त्रसित नहुन दाहालले सबैलाई आग्रह गरेका छन् ।
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

बेरोजगारको लगत लिन सुरु,सबै अञ्चलमा सूचना केन्द्र

दिनेश रेग्मी
काठमाडौं,
श्रम विभागले देशका १४ स्थानमा रोजगार सूचना केन्द्र स्थापना गरी बेरोजगार तथ्यांक संकलन सुरु गरेको छ । केन्द्र स्थापनाबारे प्रचार नहुँदा अपेक्षित तथ्यांक संकलन भने भएको छैन ।
प्रत्येक अञ्चलमा गरी १४ वटा सूचना केन्द्र स्थापना भई काम थालिएको श्रम तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।
'सबै केन्द्रमा काम भइरहेको छ' मन्त्रालयमा प्रवक्ता हरिदत्त पाण्डेयले कान्तिपुरलाई भने, 'बेरोजगारका लागि कस्तो कार्यक्रम र नीति बनाउने भनेर तथ्यांक लिन थालिएको हो ।'
पछिल्लो पटक सूचना केन्द्र जुम्लामा वैशाख २१ र उदयपुरमा ६ गते स्थापना भएका छन् । त्यसअघि झापा, विराटनगर, जनकपुर, हेटांैडा, काठमाडौं, पोखरा, बुटवल, नेपालगन्ज, धनगढी, महेन्द्रनगर, दाङ र पर्वतमा खोलिएका थिए ।
नयाँ खोलिएका जुम्ला र उदयपुरका सूचना केन्द्र छुट्टै भवनमा सञ्चालन छन् । महेन्द्रनगर, दाङ र पर्वतका सूचना केन्द्र, व्यावसायिक सीप विकास तालिम केन्द्र र बाँकी ९ वटा सूचना केन्द्र श्रम कार्यालयमा सञ्चालन भएका छन् ।
श्रम विभागका निमित्त महानिर्देशक अमलकिरण ढकालले बेरोजगारहरूको लगत संकलन गरी वेबसाइटमा राख्ने तयारी गरेको बताए । 'बेरोजगारको अवस्था पहिचान भयो भने कुनै प्रतिष्ठानले चाहेको बेला जनशक्ति लिन पनि सक्छ,' ढकालले भने, 'त्यसैले सबै विवरण तयार गरी वेबसाइटमा राख्दै छौं ।' विभागका अनुसार नेपालमा अनुमानित बर्सोनि ३ लाख नयाँ श्रम शक्ति उत्पादन हुने गरेको छ ।
सूचना केन्द्रहरूले बेरोजगारहरूको व्यक्तिगत विवरण, उमेर, लिङ्ग, योग्यता, तालिम, अनुभव, इच्छाएको कामजस्ता विवरणहरू भरेर राख्ने गरेका छन् । यो वर्ष करिब ४ लाख बेरोजगारको विवरण संकलन गर्ने लक्ष्य लिइएको छ । यसका लागि ६३ लाख २४ हजार रुपैयाँ बजेट छुट्याइएको छ ।
सूचना केन्द्रमा कर्मचारीको अभाव र प्रचारको कमीले फारम भर्नेको संख्या न्यून छ । श्रम विभागले भने जिविस र नगरपालिकाको सहयोगमा पनि फारम भर्ने जनाएको छ ।
काठमाडौं श्रम कार्यालय टेकुका प्रमुख शरद अधिकारीले प्रचार-प्रसार अभावमा थोरैमात्रले फारम भरेको बताए । '५० हजार फारम आएको छ, अहिलेसम्म एक सय ६ जनाले मात्र भरेका छन्,' अधिकारीले भने, 'एकैचोटी भर्न आए भने कर्मचारी पनि पुर्‍याउन सकिँदैन ।' उनले सूचना केन्द्रको लागि ३ दरबन्दी स्वीकृत भए पनि कर्मचारी आइनपुगेको बताए ।
नेपालजन्गस्थित श्रम कार्यालयका प्रमुख रामचन्द्र पौडेलले स्थानीय पत्रिका र एफएमबाट फारम भर्नेबारे जानकारी दिइएको बताए । 'फारम भर्न आउनेले तत्काल केही पाइँदो रहेनछ भन्छन्,' पौडेलले भने, 'अहिलेसम्म करिब ६० जनाले भरेको छन् ।' उनले फारम भर्नको लागि नगरपालिका र जिविसमार्फत बाँके, बर्दिया, सुर्खेत, जाजरकोट र दैलेखमा जानकारी पठाएको पनि बताए ।
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

नेपाली राहदानीमा भारत जाँदा पनि भिसा

निर्मल श्रेष्ठ
हङकङ, हङकङ निवासी नेपाली भारत यात्रा गर्दासमेत अनिवार्य भिसा लिनुपर्ने नियमले मर्कामा छन्् । भारतीय महावाणिज्यदूतावासले यहाँबाट यात्रा गर्ने नेपाली राहदानीवाहकलाई अनिवार्य भिसा लिनुपर्ने प्रावधान बनाएको छ । व्यापार व्यवसाय, भेटघाट र तीर्थयात्राका क्रममा बर्सेनि सयौं नेपाली भारत भ्रमण गर्छन् । भिसाबारे अनभिज्ञ कतिपय गन्तव्यमा पुगेपछि अध्यागमनको झमेला बेहोर्नु परेको पीडितहरू बताउँछन्् । गत जनवरीमा तीर्थयात्रा गर्न भारत भ्रमणमा निस्केका कान्ति राईसहित दस/आठ घन्टा मुम्बई अध्यागमनमा रोकिए । हङकङ फर्काउन तम्तयार अध्यागमनका कर्मचारीलाई हारगुहार गरेपछि छाडिएको कान्तिले बताइन्् । 'नेपालबाट सधैं त्यसै उड््ने गरेकी चाहिँदैन होला भन्ने लाग्यो, उता पुगेपछि निकै तनाव झेल्नुपर्‍यो ।' उनले दुखेसो सुनाउँदै भनिन्् । व्यवसायका क्रममा पटकैपिच्छे यात्रा गर्ने कृष्णराज पाण्डेसमेत सधैं भिसा लिएरै उड््ने गरेको बताउँछन्् । 'भिसा लिनुनपर्ने थाहा हँुदाहँुदै पनि लिन बाध्य छांै,' उनले भने, 'उतापुगेर किन झमेला मोल्नु ।'
हङकङस्थित भारतीय महावाणिज्य दूतावास र भारतस्थित विमानस्थल अध्यागमनको दोधारे नीतिका कारण पनि हङकङेली समस्यामा छन्् । यहाँस्थित भारतीय महावाणिज्य दूतावासले अनिवार्य गरेको भिसा कतिपयबेला भारतका अध्यागमन कर्मचारीले किन लिएको भन्दै केरकारसमेत गर्ने गरेका छन्् । दूतावासको निर्देशनमा भिसा लिएर उडेका माधव श्रेष्ठलाई नचाहिने भिसा लिएको भन्दै दिल्ली अध्यागमनका कर्मचारीले निकैबेर केरकार गरेर छाडेको उनले बताए । 'जसो गरे पनि नहुने कस्तो नियम हो कुन्नि,' उनले गुनासो पोखे ।
केही महिनाअघिसम्म पर्यटक भिसाबापत तिर्नुपर्ने ३ सय १५ हङकङ डलर हाल नेपाली राहदानीका लागि मिनाहा गरिएको छ । तर भिसा लिनुपर्ने अनिवार्यता भने यथावत् छ । हाल दूतावासले नेपाली राहदानीवाहकका लागि 'ग्रेटिस' भिसा उपलब्ध गराउँछ । भारतीय दूतावासका अधिकारी एचके जैनसँगको जिज्ञासामा उनले हङकङ र चीनमा रहेका नेपाली राहदानीवाहकले भारत भ्रमणमा भिसा लिनैपर्ने
बताए । नेपाली राहदानीलाई भिसा नचाहिनुपर्ने होइन र ? प्रश्नमा उनले भने ? 'नेपालबाट होला यहाँबाट चाहिन्छ, नलिँदा मर्कामा परे हामी जिम्मेवार हुँदैनौं ।'
यहाँस्थित नेपाली महावाणिज्य दूतावासका वाणिज्यदूत सुशीलकुमार लम्साल आफूसमेत अन्यौलमा रहेको बताउँछन्् । 'सन्् १९५० को इन्डो नेपाल ट्रीटीअनुसार नेपाली भएको प्रमाण पुर्‍याउनेले जुनसुकै देशबाट बिनाभिसा भारतमा यात्रा गर्न सक्छ,' उनले भने, 'नेपालीका गुनासा सुनिन थालेपछि हामीले यस्तो प्रावधान हटाउन बारम्बार महावाणिज्य दूतावाससमक्ष कुरा राखेका हौं, उनीहरू यात्रुकै सुरक्षा र सुविधाका लागि यसो गरिएको भन्दै पन्छिन्छन्।
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

जापान जानेले पैसा तिर्न नपर्ने

योगेश खतिवडा

काठमाडौं, तपाई प्रशिक्षार्थी कामदारका रूपमा जापान जाने विचारमा हुनुहुन्छ ? यदि यस्तो हो भने सरकारले तोकेको म्यानपावर कम्पनीको छनोटमा पनर्ुपर्नेछ तर जानका लागि पैसा भने बुझाउनुपर्नेछैन ।
श्रम तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार जापानमा जाने प्रशिक्षार्थी कामदारले बिनाशुल्क जान पाउने भएका
छन् । 'कामदारले कुनै पनि शुल्क तिनर्ुपर्दैन,' श्रम सचिव युवराज पाण्डेले भने, 'जापानको जिट्कोसँग प्रशिक्षार्थी कामदार पठाउने बारेको यही कुरा उल्लेख छ ।'
सम्झौताअनुसार काम गर्न जापान जान चाहने कामदारले अहिले नेपालकै कुनै कम्पनीमा काम गरिरहेको हुनुपर्छ । 'अहिले काम गरिरहेको कम्पनीले जाने व्यक्तिको आवश्यक खर्च बेहोनर्ुपर्छ भन्ने सहमति भएको थियो,' उनले थपे, 'अब पठाउने काम त्यहीअनुसार हुन्छ ।' यहाँबाट जाने कामदारले यहाँको कम्पनीमा जे काम गरिरहेको छ जापानमा गएर पनि त्यही कामको थप प्रशिक्षण पाउनेछ ।
कामदारले प्रशिक्षार्थीका रूपमा काम गरेको अवधिमा भने तलब सुविधा पाउने छैन । त्यस अवधिमा उसले खाने बस्ने सुविधामा मात्र काम गनर्ुपर्नेछ । 'प्रशिक्षार्थी अवधि सकिएपछि मात्र कामदारले तलब पाउनेछ,' सचिव पाण्डेले थपे ।
उनले कति समय प्रशिक्षार्थीका रूपमा काम गर्ने, कति पछि तलब पाउने, कहिलेसम्म पाउने निक्र्योल भई नसकेको बताए । यसबारेका बाँकी प्रक्रिया कम्पनी छनोटपछि उजुरी गर्ने र छानबिन गर्ने २ साताको अवधिपछि थप निष्कर्ष आउनेछ ।
गत साता मन्त्रालयले जापानमा प्रशिक्षार्थी कामदार पठाउन १ सय ६८ मेनपावर कम्पनीलाई अनुमति दिएको थियो । काम गरेको
अवधि तीन वर्ष नाघेका यी कम्पनीले कामदार पठाउने अनुमति पाएका हुन् ।
सन् २००३ को डिसेम्बरमा नेपालले जिट्कोसँग प्रशिक्षार्थी कामदार पठाउने सम्झौता गरेको थियो । जिट्कोसँग सम्झौता भएपछि सरकारले नेपाल उद्योग वाणिज्य महासंघलाई यसको जिम्मेवारी दिएको थियो । तर नेपालमा लामो समय बितिसक्दा पनि यसमा कुनै प्रगति हुन सकेको थिएन ।
सरकारले केही महिनाअघि मात्र पठाउन चाहने मेनपावर कम्पनीलाई आवेदन दिन आह्वान गरेको थियो । त्यसको केही महिनामा अहिले यो प्रक्रिया अन्तिम चरणमा आइपुगेको हो ।
जिट्कोले जापानले कानुन, परराष्ट्र, श्रम, अर्थ र यातायात गरी पाँचवटा मन्त्रालयको समन्वयमा विदेशी कामदार ल्याउने कामैगर्छ । योसँग सम्झौता गरेको एक वर्ष नबित्दै भियतनाम, इन्डोनेसिया र म्यानमारले जापानमा प्रशिक्षार्थी कामदार पठाउन सुरु गरिसकेको छन् ।
पैसा नबुझाउन आग्रह
काठमाडौं- वैदेशिक रोजगार विभागले जापान कामदार पठाइदिने प्रलोभनमा रकम असुल्ने काम भएको गुनासो आउन थालेको भन्दै पैसा नतिर्न आग्रह गरेको छ ।
'मन्त्रालयबाट पठाउने कम्पनी छनोट भए पनि कति लागतमा कुन उमेर तथा योग्यताका कामदार कुन प्रक्रियाद्वारा पठाउने भन्नेमा अन्तिम निर्णय भएको छैन,' विभागले भनेको छ, 'त्यसैले रकम असुल्नेजस्ता गैरकानुनी काम भएको गुनासो आउने गरेकाले त्यस्ता संस्था तथा व्यक्तिको भनाइ तथा प्रलोभनमा नपर्न आग्रह गर्दछौं ।'
जापान पठाउने नाममा रकम लिने दिने गरेको पाइएमा विभागको फोन नं. ४४६१२९९ र पयाक्स ४४७७६७३ मा जानकारी गराउनसमेत उसले आग्रह गरेको छ । त्यस्ता व्यक्ति वा संस्थालाई प्रचलित कानुनअनुसार कारबाही गरिने विभागले जनाएको छ ।


मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

कांग्रेस-एमाले बहुमततर्फ

राजेन्द्र फुयाल/कुलचन्द्र न्यौपाने
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

काठमाडौं, नयाँ सरकार बनाउन कांग्रेस-एमाले गठबन्धनतर्फ बहुमत पुग्ने स्थिति बनेको छ । कांग्रेस-एमालेको नेतृत्वले मंगलबार दिनभर गरेको द्विपक्षीय र सर्वपक्षीय बैठकले सकारात्मक परिणाम दिएको हो ।
सरकार गठनमा निणर्ायक मानिएको मधेसी जनअधिकार फोरमले साथ दिने संकेत मिलेपछि दुई दल उत्साही बनेका छन् । गठबन्धनबारे आन्तरिक मतभेद रहेको फोरमले औपचारिक निर्णय भने गरिसकेको छैन । अध्यक्ष उपेन्द्र यादवले गठबन्धनले तय गर्ने नीति र कार्यक्रम हेरेर सहयोग, समर्थन र सहभागिता निश्चित हुने बताए । फोरमले साथ दिए यो गठबन्धन पक्षमा ३ सय ४१ सभासदको समर्थन जुट्ने छ ।
सरकार गठन प्रक्रियाअन्तर्गत सभामुखलाई बुझाउन ती दल एमाले वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा बहुमत सभासदको हस्ताक्षर तयार गर्न लागिपरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामापछि माओवादीले लगातार सदन अवरुद्ध गरेका कारण संसदले नयाँ प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु गर्न पाएको छैन ।
सदन सुचारु गर्न माओवादीलाई नैतिक र राजनीतिक दबाब दिन ती दलहरूले नेपालको समर्थनमा हस्ताक्षर बुझाउन लागेका हुन् । एमाले, कांग्रेस, नेकपा -माले) लगायतका दलका सभासदको हस्ताक्षर संकलन भइसकेको छ । फोरमको आन्तरिक छलफल र मधेसी मोर्चासँगको सम्झौता कार्यान्वयनका लागि प्रयोग गरिने भाषामा सहमति हुन बाँकी रहेकाले हस्ताक्षरले अन्तिम रूप पाएको छैन ।
कांग्रेस-एमालेले सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच २०६४ फागुन १६ को सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । एमाले अध्यक्ष झलनाथ खनाल र कांग्रेस कार्यवाहक सभापति सुशील कोइरालाले संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा मधेसी, जनजाति र पिछडिएका समुदायसँग विभिन्न समयमा सरकारतर्फबाट भएका सहमति र सम्झौताहरूसमेतलाई ध्यान दिँदै नेपाललाई संघात्मक प्रणालीमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाएका
छन् । मधेसी मोर्चाका दलहरूले संविधानसँग सम्बन्धित विषयहरूलाई पनि टुंग्याउनुपर्ने धारणा राखेका छन् । कांग्रेस-एमालेलगातयले संविधासँग सम्बन्धित विषयलाई भने संविधानसभाले निर्णय गर्ने प्रस्ताव गरेका छन् ।
कांग्रेस-एमालेले मार्चाका तीन दलसँग सिंहदरबारमा वार्ता गरेका थिए । लगत्तै उनीहरूले साना दलसँग द्विपक्षीय कुराकानी गरी गठबन्धनका पक्षमा समर्थन यकिन गरेका थिए । साँझ सर्वदलीय बैठकमा १८ दल सहभागी थिए । माओवादी नेतृत्वको सरकारका पक्षमा उभिएका नेकपा एकीकृत, सद्भावना -गिरी), नेपाली जनता दल लगायतका दल भने सहभागी थिएनन् ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले एमाले नेतृत्वमा सरकार बन्नेमा शंका नभएको बताए । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाले नेतृत्वको गठबन्धनलाई समर्थन हुने तर आफूहरू सरकारमा सहभागी नहुने बताए । 'नेपालको समर्थनमा हस्ताक्षर गर्न सबै सभासदलाई निर्देशन गरेका छौं,' राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले भने ।
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्