प्रबासमा नेपाली भाषालाइ माया गर्ने ब्लग मध्ये एक जुन इजरायली प्रबासबाट प्रस्तुत छ.....ब्लग हेरिदिनुभएकाले धन्यबाद ।

Friday, April 2, 2010

गलत नेतृत्वका कारण विकास भएनः भट्टराई

ललितपुर, चैत्र २० - माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले विगतमा राजनैतिक र आर्थिक प्रणाली गलत भएका कारण मुलुकको विकास हुन नसकेको बताएका छन् ।

किराँत गणतन्त्र नेपाल विकास निर्माण सहयोग समितिले शुक्रबार आयोजना गरेको किराँत राज्यको पूर्वाधार विकास गणतन्त्र स्मारक टावर एवम् किराँत विश्वविद्यालय विषयक भेलामा उनले राजनैतिक गतिरोधलाई अन्त्य गरी सम्पूर्ण शक्ति आर्थिक विकासतर्फ केन्दि्रत हुनुपर्नेमा जोड दिए ।

सामन्तवादी युग समाप्त गरी नयाँ पूँजीवादी क्रान्तिमा अग्रसर रहेको बेला सङ्क्रमणकालीन राजनैतिक गतिरोधलाई छिटो तोडेर शान्ति प्रक्रियालाई पुरा गर्नुपर्ने पनि उनले बताए ।

उनले केही समययता गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षको विरुद्धमा प्रतिगामी तत्वहरुले आवाज उठाएको भन्दै त्यस्ता तत्वलाई डटेर परास्त गरिनुपर्नेमा जोड दिए ।

गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षलाई आफुहरुले कुनै पनि हालतमा नछोड्ने बताउँदै उपाध्यक्ष डा. भट्टराईले यिनै आधारलाई टेकेर जनताको सङ्घीय लोकतान्त्रिक गणतन्त्र निर्माण गरिने बताए ।

उनले स्रोत र साधनको प्रचुर सम्भावना भए पनि गलत नेतृत्वका कारण तिनको उचित सदुपयोग हुन नसकेकाले नेपालमा आर्थिक विकास नभएको टिप्पणी गरे ।

कार्यक्रममा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले सङ्घीयताले खाँदिएर रहेको कला र संस्कृतिको विकास गर्न टेवा पुग्ने भन्दै नवनिर्मित टावर सङ्घीयताको प्रतीक हुने बताए ।

पूर्वमन्त्री गोपाल किराँतीले नेपालमा प्रशस्त प्राकृतिक, साँस्कृतिक धरोहर रहेपनि मानवनिर्मित संस्कृतिको आवश्यकता भएका कारण यस किसिमको टावर निर्माण गर्न लागिएको उल्लेख गरे ।

किराँत गणतन्त्र नेपाल विकास निर्माण सहयोग समितिले समुद्र सतहबाट तीन हजार १० मिटर उचाईमा रहेको भोजपुरको टेम्केडाँडामा गणतन्त्र स्मारक टावर निर्माण आरम्भ गरेको छ ।

नवनिर्मित टावरबाट विश्वका १० मध्ये ६ उच्च हिमालय शृङ्खलाहरु एकसाथ देख्न सकिन्छ । उक्त टावर निर्माणका लागि १० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको संयोजक गोपाल किराँतीले जानकारी दिए ।

No comments:

Post a Comment