प्रबासमा नेपाली भाषालाइ माया गर्ने ब्लग मध्ये एक जुन इजरायली प्रबासबाट प्रस्तुत छ.....ब्लग हेरिदिनुभएकाले धन्यबाद ।

Saturday, August 15, 2009

डेपॊर्टेशन बिरूद्दमा चौथॊ चरणकॊ भब्य जुलुस




  • अगष्ट १५,२००९
    समाचारः श्याम
    तेलअभिब,इजरायल ।

    इजरायलमा पुनः
    डेपॊर्टेशन बिरूद्दमा चौथॊ चरणकॊ भब्य जुलुस
    पुर्ब सूचनामा प्रकाशीत कार्यक्रम अनुशार प्रभाबकारी नाराहरू सहित शान्तीपुर्ण सडकमार्च पास गरी लेबन्स्की पार्कमा पुगेर जुलुस बिसर्जन भएकाे छ उक्त जुलुसलाइ इजरायली समाचार सुत्रले प्रत्यक्ष प्रशारण समेत गरेकाले यस चौथॊ चरणकॊ जुलुस अझ प्रबाभकारी हुने अ।शा गर्न सकिन्छ ।

    बाटैभरी तल लेखिएका नाराहरू बिभिन्न भषामा लगाइदै ,हातमा पर्चा र ब्यानरहरू लिएर हिड्नेहरूका संख्या लाबालस्कर देखिन्थे अनि छेउछाउमा इजरायली सुरक्षाकर्मीहरू..................

    बालबालीकाहरुलाई निष्कासन गर्ने धम्की बन्द गर ।
    यिनिहरु इजरायली बालबालिका हुन्, उनिहरुलाई इजरायली नागरिक्ता दे ।
    कामदारलाई निष्कासन गर्न बन्द गर ।
    म्यानपावर कम्पनिहरु बिरुद कार्वाही गर।
    जसले कामदारहरुलाई अवैधरुपमा लुटछ र गैरकानुनी बनाँउछ ।
    घुमाँउरो ढोका बन्द गर।

अ .ने.सा.स. इजरायलद्वारा सन्चालीत गजल लेखन कार्यशाला र साहित्यीक सम्मेलन

News by:Hari Manandhar
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायलले युवाकवि मोतीराम भट्टको १४४ औं जन्म जयन्ती इजरायलको तेल अभिभ शहरमा काव्य गोष्ठी तथा गज़ल लेखन कार्यशाला संचालन गरेर मनाएको छ ।

इजरायलस्थित विभिन्न संघ संस्थाका प्रतिनिधि लेखक साहित्यकार तथा साहित्यप्रेमीहरु सहभागी रहेको सो कार्यक्रममा कवि मोतीराम भट्टको तस्वीरमा पुष्पार्पण गरेर उहाँले नेपाली भाषा साहित्य र नेपाली वांगमयको श्रीवृद्धिमा पुर्याउनु भएको योगदानको स्मरण गरिएको थियो । प्रमुख अतिथि नेपाली राजदुतावास इजरायलका उप प्रमुख श्री मुक्तिनाथ भट्टले सो अवसरमा मोतीराम भट्टद्वारा रचित गज़ल वाचन गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा संस्थाकी सदस्य श्रीमति टिका खरेलले उपस्थितहरुको स्वागत गर्दै अनेसासलाई यसरी नै विभिन्न संघ संस्थाहरुबाट सहयोग तथा सुभेक्षा प्राप्त हुने अपेक्षा व्यक्त गर्नु भयो । त्यसै गरी अनेसासकै सदस्य शंकर पौडेल, झापाली एकता परिवारका केशव कुमार श्रेष्ठ, युनिटी लाइफ सिर्जनशील समुह, इजरायलका हरि मानन्धर, कानुनविद श्याम रोक्का लगायतका वक्ताहरुले आ आफ्नो धारणा राख्दै युवाकवि मोतीरामले कलिलै उमेरमा नेपाली भाषा साहित्यको क्षेत्रमा आफु लगायत समकालीन सर्जकका कृतिहरु प्रकाशन र वितरण गरेर हामीलाई ठुलो गुन लगाएको बताउनु भयो ।

मन्तव्यकै क्रममा प्रमुख अतिथि श्री मुक्तिनाथ भट्टले भाषा साहित्य र समाजको गौरवमय छवी बढाएर अमरत्व प्राप्त गर्ने राष्ट्रिय विभूति मोतीराम नेपाली भाषाका ढुकढुकी हुन् भन्नु भयो । उहाँले कला, भाषा, साहित्य र संस्कृति राष्ट्रको अमुल्य सम्पदा भएको बताउदै सोको अभावमा व्यक्तिले आफ्नो पहिचान गुमाउने हुँदा त्यसको संरक्षण र संवर्द्धनमा प्रवासबाट गरिएका यस्ता कार्यक्रमको सराहना गर्नु हुदै अनेसास इजरायलको प्रगतिको शुभ कामना पनि व्यक्त गर्नु भयो ।

अनेसासका महासचिव कृष्ण थापाले संचालन गर्नु भएको सो कार्यक्रम, तीन चरणमा विभक्त थियो । प्रथम चरणको औपचारिक कार्यक्रम समापन गर्दै सभापति सुनिल संगमले मोतीराम भट्टले बनारस छदै मोतिमण्डलीको स्थापना गरी गज़ललाई नेपाली साहित्यमा प्रारम्भिक कालमै लोकप्रिय बनाएका र भानुभक्त पछिको नपाई समयको महत्वपूर्ण साहित्यिक प्रतिनिधित्व गरेको बताउनु भयो ।

दोश्रो चरणको कार्यक्रम साहित्यिक तथा काव्य गोष्ठी रहेको थियो । गीतकार सुनिल संगमद्वारा रचित, यम बरालको स्वरमा गाइएको गज़ल सुनाएर आरम्भ गरिएको सो कार्यक्रममा आचार्य नवराज, सुनिता राइ, रमेश चक्र खड्का, हरि मानन्धर “विवश”, सुनिल संगम, भिम "भाइ", मनोज गौतम, टिका खरेल, शंकर पौडेल, श्याम रोक्का, कृष्ण थापा, लक्ष्मण खरेल, टकेन्द्र राई तथा शंकर पोख्रेल लगायतले आ आफ्नो रचना वाचन गर्नु भएको थियो ।

काव्य गोष्ठीको समापन पश्चात गज़ल लेखन कार्यशालाको आयोजना गरियो । संस्थाका अध्यक्ष सुनिल संगमले गज़लको उत्पत्ति, अर्थ र परिभाषा, परम्परागत मान्यता तथा वर्तमान परिश्कृतिका विषयमा प्रष्ट पार्दै यसको नियम र सैद्धान्तिक संरचनाका विषयमा गज़ल लेखन प्रशिक्षण संचालन गर्नु भएको थियो ।
१५ अगष्ट २००९, तेलअभिब शहरमा अ.ने.सा.स. इजरायल च्याप्टरद्वार सन्चालीत गजल लेखन कार्यशाला र साहित्यीक सम्मेलनका केहि झलकहरू.......















































Wednesday, July 8, 2009

"एउटी आदर्श नारी"(कथा) ...बाँकी पढ्न यहाँ थिच्नुस्



लेखक: भागवत भण्डारी
(संस्थापक सल्लाहकार,www.nnchautari.com)

"एउटी आदर्श नारी"(कथा)


सुब्बिनी बज्यैको मन आज निकै हर्सित छ। मनको हर्श आँखा र अनुहारमा प्रस्टै देखीरहेकोछ। बिहानै मही लिन आउँदा डाँडा घरकी माइलिले नि "आज बज्यैको अनुहार निकै उज्यालो छ नि, झन तरुनी पो हुन लाग्नु भएछ" भनेर जिस्क्यायएकी थीइन। अँ अब उमेर पनि पुग्न लाग्यो, तरुनी त देखिने नै भए नि" बज्यैले हाँसेर जवाफ फर्काउदै पानी नहालेको बाक्लो मही दिएर पठाएकी थीइन। "आमा के टोलाइरहनु भएको ?" छोरीको आबाजले झस्किन्छिन उनी। उनले थालमा मुछ्दै गरेको भात सेलाउन पो लागेछ। खादा खाँदै गास हाल्नै बिर्सेंर उनी त कता हो कता हराउन पुगिछन। "दाई आउने भनेर एती धेरै खुशी भएकी यी आमा पनि। दाइको ठाँउमा म भएको भए यस्तै खुशी हुनुहुन्थ्यो होला आमा तपाईं ?" छोरीको प्रश्नको गहिराइ सुब्बिनी बज्यैले अड्कल गर्नै सकिनन। "के भन्छे यो? तेरो दाई एत्रो समय पछी पढेर फर्कदैछ तलाई खुशी लागेको छैन?" प्रतिप्रश्न गर्छिन उनी छोरीलाई। "ल धेरै कुरा नगर, छिटो छिटो जुठो धन्दा गरेर पिठो कुट्नु पर्छ। तेरो दाइले सेलरोटी साह्रै मन पराउछ।"
रमेश, सुब्बिनी बज्यै को कान्छो छोरो। भन्न को मात्रा कान्छो हो जेठो र माइलो सानैमा बिती सकेका हुनाले उ एक्लो छोरो बाँकी छ। रमेश ७ बर्षको मात्र पुगेको थियो, २ बर्षकी काखकी छोरीलाई छाडेर सुब्बा साब कहिल्यै धर्तिमा नफर्किने गरी अर्कै लोकमा गएका थिए। तेती बेलाको समय नि तेस्तै थियो, अड्डाका सुब्बा हुन रे, खेत बारी प्रसस्तै छ रे भनेर उनी १५ बर्षकी हुँदा आफु भन्दा २५ बर्ष जेठो मान्छे सँग उनको विवाह गरिदिएका बाबु आमाले। जेठि श्रीमती बिती सकेकी भएर नि होला सुब्बा साब उन्लाई साह्रै माया गर्थे। बिधिको बिधान भनौ कि के भनौ? एक दिन बेलुका खाना खाइओरी बिस्तरामा पल्टेका सुब्बा साब फेरी कहिल्यै ब्युझिएनन्।
१८ बर्ष भैसकेछ बुढा बितेको पनि। ३० बर्षको मध्य जवानीमा बिधवा हुन पुगेकी सुब्बिनी बज्यै झन्नै ५० टेक्न लागिन्। लोग्ने बितेपछी एक्लो हुन पुगेको उनको जीवनको आधार भनेकै तेही एउटा छोरो र छोरी मात्र हुन्। छोरी मोरिको त के कुरा भयो र? बिहे गरेर अर्काको घर गैहाल्छे अनी मनले आफ्नो सम्झने मात्रै हो। हुने खाने घरमा परि र राम्रो पोइ भेटी भने बुढी भएकी आमालाई भेट्न सम्म आउने मन पनि लाग्ला नलाग्ला। तेसैले बुढीको मनको आशा भरोशा भनेको तेही एउटा छोरो बाँकी छ।
रमेश पढाईमा असाध्यै तेज छ। सानैमा बाबु बिते पनि उस्लाई हुर्क्याउन आमाले केही कुरामा कमी हुन दीइनन। आफ्नो सम्पत्तिको रुपमा रहेको केही जग्गा बेचेरै भएपनि उस्का ईच्छाहरु पुरा गरिरहिन, उस्लाई पढाईरहिन। छोरीले त खासै पढ्न सकिन। बिचरी एक्ली बुढी आमाको हात बट्याउदैमा कहाँ फुर्सद छ र उस्लाई पनि। तेस्मा पनि दाजुलाई शहर राखेर पढाउन पाएकोमा उस्ले आफुले पढेको भन्दा नि धेरै सन्तोष गरेकी छ। यस्पाली बल्ल बल्ल एस.एल.सी पास गरेर गाँउ मै नयाँ खुलेको उच्च मा. बि. मा ११ क्लासमा भर्ना भएकिछे। उता काठमाण्डूमा रमेश, नेपाल कमर्स क्याम्पसको सबै भन्दा उत्कृष्ट विद्यार्थी। सधैं प्रथम हुन्छ।
स्नातक दोश्रो बर्ष पढ्दा देखिनै रमेशको नजरमा एकजना नारी पात्रले बिशेष स्थान बनाउदै गएको थियो। नारी हक हीत र समानताका बिषयमा बेला बेलामा पत्रिकाहरुमा प्राकासित् हुने उक्त पात्रका रचना हरुले रमेशको मनमा एउटा आदर्श नारीको स्थान ओगट्न सफल भएका थिए। एकदिन नारी दिवसको अबसरमा आयोजित कार्यक्रममा संयोगबस सोही पात्रको नाम उस्को कानमा पर्‍यो। झन्नै २०-२२ उमेर देखिने, गोरो सुन्दर अनुहारकी युबती मन्चबाट उठेर माइकमा पुगिन। अनि नारी अधिकार. समानता र हकहितका बारेमा धेरै मिठा मिठा कुराहरु गरिन। उन्को भाषण सुनेर रमेश झन प्रभाबित भयो। निर्मला, हो उन्को नाम निर्मला थियो। बेलुका कोठामा आइसके पछि पनि धेरै बेर उस्को कानमा निर्मला को आवाज गुन्जीरह्यो। ति मध्धे उस्लाई असाध्यै घत् लागेको "हामी नारीहरु माथि पुरुषले गर्ने गरेका भेदभाब र अत्याचारहरु बिस्तारै कम हुँदै गैरहेको अनुभब हुँदैछ। तर यहाँ नारीको सबै भन्दा गम्भिर र चुनौतिपूर्ण पीडा भनेको एउटा नारीले अर्की नारी माथि गर्ने शोषण, अत्याचार र भेदभाब रहेकोछ। घर भित्र एउटी सासु, नन्द, आमाजुहरुले कम्जोर बुहारी माथि गर्ने अत्याचार र भेदभाब, अनि एउटी पढेलेखेकी शिक्षित बुहारीले अनपढ निरिह बुढी सासु माथि गर्ने अपमान र भेदभाबहरु अझै पनि डर्लाग्दो रुपमा ब्याप्त छ। हामीले यस्को बिरूद्दमा कम्मर कसेर लागि पर्नु पर्ने बेला भएको छ।
रमेशले पुराना पत्रिकाहरु पल्ट्यायो र खोज्यो निर्मलालाई त्यसभित्र। किन किन उसलाई नजानिदो सम्मोहन नै भएको थियो। पत्रीकाहरूबाट कुनै प्रस्ट ठेगाना नभेटे पछि उस्ले निर्मलालाई खोज्न थाल्यो। बाटोमा हिड्दा, गाडी चढ्दा, रेस्टुराँमा बसेर खाजा खादा जतिखेरपनि उस्का आँखाहरु निर्मलालाई खोजी रहेका हुन्थे। खोज्दा खोज्दा झन्नै झन्नै निरास भई सकेको अवस्थामा एकदिन उस्का नजर सम्योगबस पुतलिसडकमा हिडिरहेका युबतिहरुको हुलमा पर्‍यो। उसलाई एकछिन त सासै रोकिएला झै भएको थियो त्यो हुलमा निर्मला लाई देखेर। अनी उस्का पाइलाअहरु तबसम्म उनिहरुको पछि लागिरह्यो जबसम्म त्यो हुल शंकर देव क्याम्पसको ढोका भित्र छिरेन। रमेशलाई कता कता आफ्नो गन्तब्य भेटे जस्तो लाग्यो। मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्
अनी लगातार १ हप्ताको शंकर देवको चक्कर पछि उस्ले बल्ल बल्ल हिम्मत जुटाएर निर्मलाको सामना गर्न सकेको थियो। देख्नमा आकर्शक ब्यक्तित्वको धनी भएरै पनि सुरुमा त निर्मलाले उस्लाई खासै घाँस हालेकी होइन। तर जब मिनभबन क्याम्पस पढ्ने आफ्न चिनेका मान्छेहरु बाट रमेशको बारेमा बुझी अनी बल्ल तेती योग्य केटो भेटेकोमा आफुलाई असाध्यै भाग्यमानी सम्झीरहेकी थि। झन्नै ३ बर्षको आत्मियता पछि एकदिन रमेशले आफ्नो सम्पूर्ण पारिवारिक प्रिस्ठभुमी र बर्तमान समेत प्रस्ट उल्लेख गरी निर्मला सँग बिहेको प्रस्ताब राखेको थियो। निर्मला पनि त यसै दिनको प्रतिक्ष्यामा बसेकी थि। उस्ले शहर्ष स्विकार गरिहाली।
आज रमेश आफ्नी हृदयकी रानीलाई साथमा लिएर आफ्नो घर फर्कदैछ। आमाले के भन्नु होला? एउटा छोरोको बिहे हेर्ने कत्रो सपना हुदो हो? बिचरी बहिनिले के भन्ली? नाता गोता, ईस्ट मित्रहरुका कस्ता प्रतिकृया हुने हुन्? आदी अनेक कुराहरु मनमा खेलिरहेका भएता पनि आफुले एक आदर्श नारी जीवन साथी भेटेकोमा ऊ मख्ख छ।
सुब्बिनी बज्यै एकछिन त अलमल्ल परिन छोरो सँग एउटी तरुनी केटी सँगै आइरहेकी देखेर। जब रमेश संगै आएर उस्ले पनि उनको खुट्टामा ढोग गरी उनको झन्नै होस् हवास् घुमेको। रमेशले उनलाई हजुर कि बुहारी भनेर त्यो युबतीको परिचय दिएपछी उनको हर्सको सिमै रहेन। तेती राम्री केटीलाई छोरोले हजुरकी बुहारी भनेर चीनाउदा उनलाई कता कता सपना देखे जस्तै लाग्यो। "हेर निधारमा कति राम्रो कालो कोठी रहेछ, मेरी बुहारीलाई कसैको नजर लाग्दैन, सौभाग्यबती भए" बुढीले अन्तर हृदय बाट आसिर्बाद दिइन। रमेशकी बहिनी पनि सुन्दर अनी पढेलेखेकी भाउजु पाएर मख्खै पारी। छिमेकी, इस्टमित्रहरु भनेका त जे जस्तो अवस्थामा नि नकारात्मक कुरा खोतल्न बढी सिपालु हुन्छन भन्ने रमेश लाई थाहा छदै थियो, तेसैले आमा र बहिनीको प्रतिकृया पछी ऊ झनै खुशी भएको थियो।
केही दिन हरु त रमाईलै बिते। नयाँ बुहारी तेत्रो पढेलेखेकी भनेर सासु नन्दले निर्मलालाई घरको सिन्को भाँच्न दिएका थिएनन। आफुले खाएको भाडा धुने र आफ्ना कपडा धुने बाहेक अरु केही गर्न पाउदैनथी निर्मला। रमेश कता कता निर्मलाको व्यबहारमा परिवर्तन महसुस गर्दै थियो। उनी पहिले जस्ती हसिली थीइनन्। बोलिमा पनि बीस्तारै बिस्तारै मिठास हराएको आभास भईरहेको थियो। नयाँ बुहारी , नयाँ ठाउँ असजिलो मानेर होला भनेर रमेशले खासै महत्व दिएको थिएन ति कुराहरुलाई।
अब काठमाडौं फर्कन ३ दिन बाँकी थियो। रमेशले कलेजमा करारमा आध्यापन गराउन पाउने भएको थियो भने निर्मलाको स्नातकोत्तर सक्नलाई केही प्रस्तुतीहरु सक्नु पर्ने थियो। रमेश निर्मला लाई आफ्नो परिवार, समाज कस्तो लाग्यो भनेर बुझ्ने प्रयास गर्ने बिचारले "अब फर्कने बेला हुन लाग्यो नि के सोच्दै छेउ मेरी प्राण" भनेर सोध्न मात्रै के भ्याएको थियो निर्मलाको प्रतिकृयाले छाङगाबाट खसे झै भयो। "बहिनिको बिहेको भाग र आमाको लागि अलीकती जग्गा छाडेर अरु सबै बेचेर हामी अब कहिल्लेइ यहाँ नफर्कने गरी जाँउ है।" रमेशलाई विश्वाश गर्नै मुस्किल पर्‍यो कि यो तेही निर्मला बोली रहेकी छ जस्लाई उस्ले पहिले भेटेको थियो। रमेशको कानमा त्यो नारी दिवसको दिनमा निर्मलाले मन्चमा चर्को – चर्को स्वरमा गरेको भाषण गुन्जिराह्यो, अनी आँखामा निर्मलाले पत्र पत्रीकामा प्रकाशित गरेका आदर्श नारीका बिबेचनात्म लेखिएका लेखहरु नाची राह्यो........... नाची राह्यो...... नाची राह्यो।
क्रमशः...................

Tuesday, July 7, 2009

इजरायली प्रबाशका यी बच्चाहरूका भबिश्य कता जालान् त ?




सन् २००३ सालमा इजरायली भुमीमा जन्मिएका बिदेशीकामदारहरूका बच्चाहरू जॊ १० बर्ष उमेर पुरा पुगेका थिए तिनिहरू आमा र बच्चाहरू दुबैलाइ इजरायल सरकारले रेसिसडेन्टल भिसा दिएकॊ थियॊ र बाँकी गैरकानूनी ठहर्नेहरू सबैलाइ स्वदेश फिर्ता पठाउने नियम लागु गरीएकॊ थियॊ तर केहि महिना पछि यस नियमलाइ पूर्ण रूपमा पालना गराउन इजरायल सरकार सफल नभएकॊ वा कानून लागु हुनेक्रममा केहिलचकतापन देखिएकाले,तत्पश्चात इजरायलमा लगभग तिनहजार जत्ती बालबालिकाहरू बिदेशी मूलुकका नागरीकहरूद्वारा गैरकानूनी तबरले जन्माइ हाल इजरायलमा नै अधिकाँश बालाधिकार र सुबिधाहरू जस्तैःस्वास्थ्य बिमा,सुरक्षा,स्वतन्त्र र इन्टरीयर अफीसबाट जन्मदर्ता प्रमाण पत्र समेत पाइ खुलेआम ,जन्मभुमी भएकै हक जमाएर आमा र बच्चा इजरायलमा नै बस्दै आइरहेका छन् तर इजरायलमा नयाँसरकार,शासनप्रणाली ,प्रधानमन्त्री परीबर्तन हुनु संगसंगै जूलाइ १ तारिखदेखि बिदेशीकामदारहरूकालागी नयाँ नियम लागु गरीए पश्चात गैरकानूनी रूपमा बस्दै आएका कामदारहरू , बच्चा र आमा समेत स्वयंकै देशमा फिर्ता पठाइने भएकॊ छ जस्का कारण अधिकाँश बिदेशीकामदारहरू बस्ने तेलअभिब शहर कॊलाहलपूर्ण देखिन्छ सबै गैरकानुनी रूपमा बस्दै आएका कामदारहरू त्राहि,त्राहि भइ भुमीगत हुनेप्रयासमा छन् र ति बच्चाहरूले मौन गुहार , बालाधिकार,जन्मसिद्द अधिकार,जन्मभुमीमै बस्न पाउन अधिकार मागीरहेका छन् ......... चिच्याइ रहेका छन्...... सबैसामु प्रश्न खडा गरीरहेका छन्......



* खै ,आज किन चुप छन् ? इजरायलस्थित ति सबै समाजीक संस्थाहरू ?
* सहायता गर्ने नाँउमा ठूला ठूला नाम र दर्जा लिएर बस्ने तपाइहरूका नजर किन हामीलाइ जन्मभुमीबाट धपाउन लाग्दा समेत चिम्लीरहेका छन् ?
* हक,अधिकार र कानूनका किताब लेख्ने तपाइहरूका हातहरूले हामी बच्चाहरूलाइ जन्मभुमीमै जन्मसिद्द अधिकार दिन किन दुइ शब्द लेख्ने प्रयास गरीरहेका छैनन् ।


* बिदेशी महिलाकामदारहरू गर्भबती हुँदादेखि सुत्केरी हुन्जेल सम्म र बच्चाहरू जन्मीएपछि पनि किन अधिकाँश सुबिधाहरू इजरायली नागरीकहरू सरह दियौ र अहिले पुनः नयाँ नियमकै बहाना बनाइ हामीलाइ धपाउने अन्याय र महापाप गर्दैछौ ?
* हामी बालबालिकाहरूसंग इजरायलकै जन्मदर्ता प्रमाणपत्र हुदाँहुदै पनि किन यॊ हाम्रै जन्भुमी हैन र ?
* हिब्रॊ,अंगेजी र मातृ भाषामा समिश्रण ज्ञान पाएका हामी बच्चाहरूका भबिश्य कता जालान् ?


लेखकः श्याम रॊक्का,इजरायल ।
( http://www.nnchautari.com/)

मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

Friday, June 26, 2009

५० बर्षको अल्पआयु मै प़प किंग माइकल ज्याक्सनको निधन



The pop star suffered cardiac arrest at his Holmby Hills mansion. He was in L.A. rehearsing for a series of upcoming shows in London.
By Harriet Ryan, Chris Lee, Andrew Blankstein and Scott Gold June 26, 2009
Michael Jackson, an incomparable figure in music, dance and culture whose ever-changing face graced the covers of albums that sold more than half a billion copies, died Thursday, shortly after going into cardiac arrest at his rented Holmby Hills mansion. He was 50. He spent much of his life as one of the most famous people on the planet, and to many, his untimely death felt both unthinkable and, oddly, inevitable.Paramedics found Jackson in cardiac arrest when they arrived at his home shortly before 12:30 p.m., three minutes and 17 seconds after receiving a 911 call. His personal physician was already in the house performing CPR. Jackson was not breathing, and it appears he never regained consciousness. Paramedics treated Jackson at the house for 42 minutes, and he was declared dead at 2:26 p.m. at UCLA Medical Center, about two miles from his home above Sunset Boulevard.


Photos: Michael Jackson 1958-2009

Photos: Fans mourn Michael Jackson
A performer who kept transcending boundaries
Michael Jackson: king of style
Jackson's death is a blow to concert promoter AEG
"I got to kiss him and tell him goodbye," said Frank DiLeo, Jackson's manager and friend of 30 years, who was at the hospital. "I lost a very dear friend, someone who I admired, someone who was the greatest talent I ever met or worked with."Los Angeles police said detectives would launch a thorough investigation of the death. They cautioned, however, that they did not believe Jackson was the victim of foul play and that the investigation was standard after the death of a person with his level of fame. Authorities said they would examine whether Jackson had been taking medications that contributed to his death; an autopsy is expected to be performed today.Jackson's death was confirmed outside the hospital by his brother Jermaine, who once performed alongside Michael as a member of the Jackson 5, a family act that began in the steel mill town of Gary, Ind., before making it big in the music industry.
The 2005 trial

YouTube videos
Jackson -- who most famously lived in Santa Barbara County at his Neverland Ranch, named for the island where Peter Pan and the Lost Boys were in no danger of growing up -- had taken up residence in a seven-bedroom estate in Holmby Hills, which he was renting for $100,000 a month.He had come to Los Angeles to rehearse for 50 sold-out concerts at London's O2 Arena, a run of shows that was scheduled to kick off July 13 and had been dubbed "This Is It." The concerts were to have been the start of an ambitious career revival designed to begin wiping out Jackson's staggering debt -- he owed at least $400 million and would have earned $1 million a night -- and return the singer to cultural relevancy.Jackson's backers envisioned the London appearances as an audition of sorts for a reboot that would go on to include a world tour, movies, a Graceland-like museum, new music and revues in Macau and Las Vegas.Those close to Jackson have said he had been working diligently to get in shape for his comeback. A year ago, he was gaunt and used a wheelchair, but recently he'd been exercising with a trainer in addition to daylong rehearsals with dancers half his age.Kenny Ortega, the force behind "High School Musical" and "Dirty Dancing," was brought on as the concerts' director. Jackson was consumed with the project, Ortega said, personally approving every costume and every bit of choreography. Jackson was also thrilled by the notion of keeping the details of the tour secret."He was so in love with this project," Ortega said. "When I looked into his eyes, they looked great. . . . Michael was sincerely happy."Rehearsals were to wrap up early next week. Ortega was leading one of the final rehearsals Thursday afternoon when he received a phone call confirming Jackson's death, which he then revealed to the tour performers."People fell to their knees," he said.Johnny Caswell, a principal at Centerstaging, the Burbank soundstage where Jackson had been rehearsing, watched many of the run-throughs and said he was "absolutely shocked" by the performer's death. Jackson, he said, was "very frail" but approached the rehearsals -- including one the night before his death that witnesses at Staples Center called triumphant -- with boundless energy. "He was working hard," Caswell said.In order for promoters to get insurance for the London shows, Jackson underwent a four-hour physical with an independent doctor this spring. Randy Phillips, the chief executive of AEG Live, the promoter, said the medical screening uncovered "no issues whatsoever."Word of Jackson's death ricocheted around the nation. In Gary, Ind., outside his modest childhood home, fans formed a prayer circle. In New York, fans moonwalked outside the legendary Apollo Theater, where Jackson performed when he was 9. According to the Associated Press, so many people tried to verify Jackson's death that Google's computers interpreted the simultaneous searches for "Michael Jackson" as an automated attack.As the night wore on Thursday, authorities pleaded with fans and onlookers to avoid UCLA Medical Center, to no avail. A large crowd, including some people wearing costumes similar to Jackson's performance outfits, gathered. Across the street, the Sigma Alpha Epsilon fraternity house blasted Jackson's music. A group of young girls sobbed, blocking an emergency room driveway until police ushered them aside.The crowd continued to swell as authorities flew Jackson's body from the hospital to the nearby coroner's office by helicopter -- an event that was televised live."Michael lived a tortured life," said Tommy Mottola, who oversaw Jackson's career for 16 years as head of Sony Music. "With his successes came all the pressures. . . . Imagine living with that stress on a minute-to-minute, day-by-day basis. And that's going on in life from the age of 5 or 6 to 50. It's almost shocking he made it through this long."Jackson's comeback, Mottola said, represented "a very important platform for him to bridge the old and new." But Jackson also needed the comeback to reverse the damage done by years of excessive spending and little work. He has not toured since 1997 or released a new album since 2001, but he has continued to live like a megastar.

Tuesday, June 23, 2009

(बाँकी अंश ) छात्रा ख्याती श्रेष्ठ, हत्याकाण्ड..

घटनाचक्रः
गोपाल र राधा श्रेष्ठ छोरीको उच्च शिक्षाका लागि विराटनगर छाडेर राजधानी छिरेका थिए । आफन्तका सहयोगमा उनीहरुले बालाजुस्थित प्रधानको घरमा डेरा पाए । डेरावालको नातामा श्रेष्ठ परिवारसँग प्रधान राम्रो हेलमेल राख्थे । गत वर्ष उनले बालाजुको घर बेचेपछि श्रेष्ठ परिवार अनामनगर डेरा सर् यो । त्यतिखेर उनले घरै किन्न प्रस्ताव गरे पनि श्रेष्ठ परिवारले मानेन ।ख्यातिको अपहरण हुनु केही दिनअघि प्रधानले फोन गरेर हालचाल सोधेका थिए । उनलाई असल व्यक्ति सोच्ने श्रेष्ठ दम्पतीले खाना खाने गरी आउने निम्तो दिए । सँगै बसेर खाना खाँदा उनीहरुले ख्यातिको पढाइको विषयमा छलफल गरे । ख्यातिको पाइलट बन्ने इच्छालाई लिएर प्रधानले सल्लाह पनि दिएका थिए । त्यतिबेलासम्म प्रधानको नियतका विषयमा श्रेष्ठ दम्पतीलाई पटक्कै शंका नभएको आफन्त बताउँछन् । जब घटनाक्रमले अपहरण प्रधानबाटै भएको पक्का भयो श्रेष्ठ दम्पतीले कोठामा राखेको एल्बमबाट त्यहाँ रहेको प्रधान र उनकी छोरीको तस्बिर भेटेनन् । 'उसले आफ्नो हुलिया लुकाउने योजनामा फोटो पनि लगेको रहेछ'- एक आफन्त भन्दै थिए ।
प्रहरीले दिएको जानकारीअनुसार जेठ २२ गते बिहान आठ बजे प्रधानले शाक्यलाई फोन गर्न लगाई पुतलीसडकमा डाके । बहाना थियो 'भाऊ म्यागाजिनको अन्तर्वार्ता । ख्यातिले अभिभावक लिएर आउँछु भन्दा 'लेडिजहरुले नै अन्तर्वार्ता लिने हो पर्दैन' भनियो । भाइ नाता लगाएको छिमेकी युवकसँग मोटरसाइकलमा लिफ्ट लिएर ख्याति पुतलीसडक पुगिन् । पुतलीसडकमा शाक्य कुरेर बसेकी थिइन् । मोटरसाइकल लिएर आएका प्रधानले शाक्यलाई परैबाट ख्याति चिनाए । ट्याक्सीमा ल्याउनका लागि ५ सय रुपैयाँको नोट पनि थमाए । शाक्यले ख्यातिलाई भेटिन् र टयाक्सीमा हालेर सिधैं प्रधानको डेरा नयाँबजार खुसिबु टाउन प्लानिङ पुर् याइन् । बाटोमै ख्यातिलाई घरबाट फोन आएको थियो । उनले अन्तर्वार्ताका लागि जाँदैछु भनिन् ।
प्रधान स्वयंले प्रहरीलाई दिएको बयानअनुसार अकस्मात एउटा कोठामा आफ्ना पूर्व घरबेटी भेटेपछि ख्याति अचम्भित भइन् । 'तपाईं पनि यहाँ ?'- उनले भनिन् । कुराकानीका क्रममा दुवैले कफी खाए । त्यसपछि शाक्य फर्किन् । प्रधानले कोठामा ख्याति एक्लै भएको अवस्थामा क्लोरोफर्म सुँघाएर बेहोस पारे । त्यसपछि ख्यातिकै मोबाइल प्रयोग गरी एसएमएसबाट उनी अपहरण भएको भन्दै परिवारसँग १० लाख रुपैयाँ फिरौती मागे । प्रधानले ख्यातिका बाबु गोपालसँग मोबाइल नहुँदा भाइ नाता पर्ने छिमेकीलाई एसएमएस पठाएका थिए ।श्रॆष्ठ परिवार आफन्तजनको सहयोगमा प्रहरीसँग पनि सम्पर्कमा थियो । यता प्रधानले देशका विभिन्न भागमा छु भन्दै पैसा लिएर आऊ भन्न थाले । कहिले बुटवल, कहिले चितवन, कहिले सुनौली र कहिले दार्जिलिङ । श्रेष्ठ परिवारका आफन्त पैसा बोकी गएर त्यत्तिकै फर्के पनि ।
प्रधानले हिन्दी भाषामा एसएमएस पठाउँथे बंगाली लवजमा । त्यतिबेलै प्रधानप्रति शंका पलाएको थियो । यहाँ-त्यहाँ भनेर घुमाउँदा घुमाउँदै प्रधानले अन्ततः काँकडभिट्टामा डाके । उनले पैसा बोकेर श्रेष्ठ परिवारसँग लामो समयदेखि घरेलु कामदारका रुपमा रहेका रामलाई पठाउन भने । रामलाई साथी लिएर ख्यातिकी आमा काँकडभिट्टा गइन् । काँकडभिट्टा ओर्लेर एउटा चिया पसल जाँदा त्यहाँ उनले प्रधानलाई चाउमिन अर्डर गरिरहेको देखिन् र पछि हटिन् । प्रधानले एसएमएस गरी पैसा सीमावर्ती भारतीय भूभाग पानीट्या‌ङ्कीमा पठाउन भने । राम पैसा लिएर गए । पैसा लिन बसेका प्रधानलाई देखेपछि राम छक्क परे । प्रधानले पैसासँगै रामलाई पनि नियन्त्रणमा लिन खोजेका थिए । तर होटल पुर् याइन लागिसकेको राम भागेर आउन सफल भए । प्रधानले त्यसपछि ख्यातिलाई काठमाडौंमा छाडिने जानकारी दिए । आत्तिएका रामले पैसा प्रधानलाई बुझाएको काठमाडौं फर्केपछि मात्र खोले । अपहरणकारी प्रधान नै भएको पुष्टि भएपछि प्रहरीले उनको खोजी गर्न थाल्यो । उनी काठमाडौंमा रहेको भेउ प्रहरीलाई थियो । रकम लिएर काठमाडौं पसेका प्रधान डेरामा नगई ससुरालीमा खाना खान जाँदा रहेछन् । अन्ततः उनलाई आइतबार प्रहरीले चावहिलदेखि पछ्याएर सोह्रखुट्टे क्षेत्रमा पक्राउ गरेको स्रोत बताउँछ ।
पक्राउ परेपछि उनकै बयानका आधारमा प्रहरीले ख्यातिको आधा शव ललितपुरको सैंबु क्षेत्रमा फेला पारेको हो । शवका केही भाग हातखुट्टा सोमबार चितवन नारायणगढ क्षेत्रमा फेला पारी राजधानी ल्याउने तयारी भइरहेको थियो । उनले टाउकोको भाग कहाँ छ भनेर अझै प्रहरीलाई नभनेको स्रोत बताउँछ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार प्रधानले अपहरण गरेकै दिन वा भोलिपल्टसम्मै ख्यातिको ज्यान लिएका हुन् । हत्यापछि शरीर टुक्र्याएर अपराध लुकाउने दुस्चेष्टा गर्न उनले निकै चलाखी गरेको देखिने प्रहरी बताउँछ ।
जटिल चरित्र मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्
नरदेवी मूल घर भन्ने प्रधानले पछिल्लो समय खुसिबु टाउन प्लानिङमा डेरा गर्दै आएका थिए । उनले दार्जिलिङस्थित सेन्ट जोसेफ कलेजबाट बिएस्सी गरेका थिए । उनको साथबाट भारतको रासन कार्ड पनि भेटिएको छ ।

नजिकबाट चिन्नेहरुका अनुसार क्यासिनो गएर पैसा सक्नु उनको कुलत थियो । उनले यसै कारण राजधानीमा बनाएको घर पनि बेचेको बताइन्छ । उनले पछिल्लो समय आफ्ना १० र ५ वर्षका दुई छोरीका नाममा ससुराली पक्षले बैंकमा राखेको २० लाख रुपैयाँ समेत जुवामै सकेको आफन्त बताउँछन् । पत्नीले पठाएको रकम पनि त्यसैगरी मासेको बताइन्छ । क्यानडा जाने मिति नजिकिएको र आफ्नो कुलत धान्न उनी पैसाकै लोभमा अपराधमा लागेको बताउने पनि थिए ।प्रहरीका अनुसार प्रधानबाट घटनाबारे सम्पूर्ण कुरा बुझ्न बाँकी नै छ । उनी जटिल प्रकृतिको भएको र हरेक कुरालाई छिनमै मोड्न सक्ने खुबी राख्ने बताइन्छ । फिरौती लिने क्रममा उनले यही चरित्र देखाएका थिए । प्रधानले आइतबार हिरासतमै ब्लड प्रेसरको औषधी अत्यधिक मात्रामा खाएकाले अस्वस्थ भएपछि तत्काल वीरेन्द्र प्रहरी अस्पताल लगिएको थियो । त्यहाँ उपचार नभएपछि प्रहरीले उनलाई गंगालाल ह्रदय केन्द्र लगेको थियो । उनले आफूलाई सार्वजनिक नगर्न र सकेसम्म छिटो कैद सजायका लागि पठाउनसमेत भनिरहेको स्रोत बताउँछ ।
"अपराधको सीमा नदेख्ने उ अझै सेफसाइड खोज्दैछ"- एक प्रहरी अधिकृतले भने ।
उनले घटनामा क्यासिनोमा चिनेका केही व्यक्तिको साथ लिएको पनि प्रहरीलाई बताएका छन् । तर प्रहरीले घटनास्थलमा अन्य मानिसको आवतजावत नभएको देखिएको बताएको छ ।
उनीसँगै पक्राउ परेकी काठमाडौं महानगरपालिका-१६ की मेरिना शाक्य भने एसएलसी दिएर बागबजारको एक इन्स्टिच्युटमा ब्रिज कोर्स गरिरहेकी छात्रा हुन् । उनी पूर्व शिक्षक प्रधानको नियमित सम्पर्कमा रहेको देखिने प्रहरी बताउँछ ।
शोकमग्न परिवार
अनामनगरको भित्री भागमा सेतो घरको दोस्रो तला । गोपाल र राधा अर्धचेत भएर लडिरहेका छन् । कोठाका चारै भित्तामा मुस्कान छरिरहेका छन् ख्यातिका तस्बिरहरु, जुन अब सम्झना मात्रै छन् ।
एक्लो सन्तानको पढाइमा राम्रो भविष्य देखेर गोपाल र राधा राजधानी छिरेका थिए । एसएलसीमा डिस्टिङ्सन् आएपछि छोरीलाई राम्रो कलेज पढाउने र उसको पाइलट बन्ने साकार बनाउने उनीरुको सपना थियो ।
सहानुभूतिका लागि जम्मा भएका आफन्तका अनुसार श्रेष्ठ दम्पती छोरी संसारमा नरहेको पत्याउन अझै सकिरहेका छैनन् । शव पूरै जम्मा नभएसम्म यसै भन्न नसकिने भनेर आश व्यक्त गर्ने पनि त्यहाँ थिए ।
विराटनगरमा राम्रो सामाजिक प्रभाव भएका गोपाल नामैअनुसार सुधा स्वभावका भएको नातेदार पुरुषोत्तम अमात्य बताउँछन् । राधा उदार-मनका लागि सबैकी प्रिय । अनि ठ्याक्कै बाबुआमाकै स्वभाव आउने ख्याति ।
"मेरो बाबुले उसलाई काली भनेर जिस्क्याउँदा म ठूली भइसकें त्यसो नभन भन्थी, साह्रै प्यारी थिई," आफन्त ज्ञानराजा श्रेष्ठ भावुक हुँदै भन्दै थिए- "ऊ अस्पतालमा जन्मनेबित्तिकै मैले काखमा राखेको हुँ । सानोमा खाना खान नमान्दा पनि ज्ञानुकाका आयो भनेपछि खुरुक्क मान्थी ।"
बाल्यकालका साथी कांग्रेस नेता शेखर कोइराला सोमबार दिउँसो सँगै आएर बसेपछि गोपाल पनि उठेर तकियाको आडमा बसे । दुवैले एकअर्कालाई हेरिमात्र रहे, केही बोल्न सकेनन् ।
पक्राउ परेका श्रेष्ठ ख्यातिका ट्युसन पढाउने शिक्षक हुन्। उनले प्रहरीसमक्ष हत्या स्वीकारेको वयान दिएको प्रहरीले जनाएको छ।
प्रहरी प्रधान कार्यालयको विशेष टोलीले ललितपुरको सैबुस्थित बाटोमुनि खोल्सामा उनको मृत शरीर टाउको र कम्मरमुनिको भाग काटिएको अवस्थामा आइतबार दिउँसो तीन बजे फेला पारेको थियो।
अपहरणको तीन दिनपछि कालिमाटीस्थित उनी अध्ययनरत जुविलियन कलेज एन्ड रिसर्च सेन्टरमा जेठ २५ गते १२ कक्षाको रसायनशास्त्रको व्यावहारिक परीक्षा थियो। ख्याति परीक्षामा अनुपस्थित भएपछि कलेजले अविभावकलाई फोन गरेर उनको अनुपस्थितिबारे जानकारी गराएको थियो। पिता गोपाल श्रेष्ठले छोरी अपरहणमा परेको जानकारी कलेजका अध्यक्ष मधुसुदन रन्जितलाई गराएका थिए। रन्जितका अनुसार पछिल्लोपल्ट शनिबारमात्रै पिता श्रेष्ठले फिरौती रकम बुझाएको बताएका थिए।

मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

Friday, June 5, 2009

देशवासीका नाममा सम्बोधन - प्र.म. नेपाल




देशवासीका नाममा सम्बोधन



आदरणीय दिदीवहिनी तथा दाजुभाइहरू,

हामीले शान्त, समृद्ध, लोकतान्त्रिक र न्यायपूर्ण नेपालको सपना देख्यौँ र त्यसको प्राप्तिका लागि सम्पूर्ण नेपाली एक भएर निरङ्कुशतन्त्र विरुद्ध सङ्घर्षमा रगत बगायौँ । हामीहरूमध्ये अनगिन्तीले यस पवित्र उद्देश्यका लागि आफूलाई बलिदान गर्‍यौं, कैयौं हामीहरू आन्दोलनको मैदानमा घाइते भयौं । यस क्रममा हराएका हाम्रा कैयौं प्रियजनहरू कहाँ हुनुहुन्छ- हामी अझै पनि बेखबर छौं । लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्रीका रूपमा यहाँहरूलाई सम्बोधन गरिरहँदा मेरो मानसपटलमा ती आदरणीय योद्धाहरूको आदर्श प्रतिविम्वित भइरहेको छ । म आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछु । घाइते योद्धाहरूप्रति सम्मान व्यक्त गर्दछु । वेपत्ता, विस्थापित र द्वन्द्वपीडित परिवारका अकल्पनीय पीडामा आफूलाई पनि सामेल गराउँछु ।

म आफ्नो पहिलो सम्बोधन नेपाली जनताद्वारा निर्वाचित सार्वभौमसत्ता सम्पन्न व्यवस्थापिका-संसद्भित्र गर्न चाहन्थेँ । तर, सरकारले पूर्णता नपाइसकेको र अन्य दलहरूसँग नीति तथा कार्यक्रमलगायतका विषयहरूमा अझै छलफल चलिरहेको अवस्थालाई ध्यानमा राख्दै नेपाली जनता समक्ष आफ्ना विचारहरू राख्न चाहेको हुँ ।

सङ्घर्षका लामा, कठीन र ऐतिहासिक चरणहरू पार गर्दै नेपाल नयाँ युगमा प्रवेश गरेको छ । सामन्ती राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । हिंसा र प्रतिहिंसाको पीडापूर्ण शृङ्खला अन्त्य गर्दै हामी शान्तिको मार्गमा अघि बढेका छौं । पहिलो चोटी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता आˆनो संविधान आफैले निर्माण गर्न संविधानसभा गठन गर्न सफल भएका छौँ । हामीले गठन गरेको संविधानसभा समावेशीकरणका दृष्टिले अनुपम छ । महिला, आदिवासी-जनजाति, मधेसी, थारु, दलित, मुस्लिम, पछाडि पारिएका क्षेत्रका जनतालगायत नेपाली जनताले विगतमा गरेका आन्दोलनमा विभेदकारी राज्यसंरचनाको अन्त्य गर्दै सङ्घीय, समावेशी र न्यायपूर्ण समाज निर्माण गर्ने इच्छा प्रकट भएको छ । विगतका सरकारले विभिन्न पक्षसँग गरेका सहमति र सम्झौतालाई मैले नयाँ नेपाल निर्माणको आधारका रूपमा लिएको छु । म जोड दिएर भन्न चाहन्छु- अहिलेसम्म हामीले जे जति उपलव्धिहरू प्राप्त गरेका छौं, यो तपाई हाम्रो साझा मिहिनेतको प्रतिफल हो । भविष्यप्रतिको हाम्रो आशाको आधार पनि यही नै हो ।

न्यायप्रेमी जनसमुदाय,
नयाँ युग निर्माणका निम्ति कीर्तिमानी योगदान गर्नुहुने तपाईहरू सबैलाई म हार्दिक अभिनन्दन गर्दछु ।
ऐतिहासिक जनआन्दोलनको सफलतापश्चात् हामीले नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई सरकारको नेतृत्व गर्ने जिम्मेवारी सुम्पिएका थियौँ । सङ्क्रमणको अत्यन्त जटिल र असहज मोडमा शान्ति स्थापना, संविधानसभा निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । म उहाँप्रति हार्दिक आभार प्रकट गर्दछु ।
सविधानसभाबाट गणतन्त्रको कार्यान्वयन गरिएपछि त्यसको संस्थागत विकासका लागि महत्वपूर्ण आधारशीला निर्माण गर्नु अर्को चुनौतीपूर्ण काम थियो । राष्ट्रपतिको निर्वाचनपछि जीत-हारको असहज परिस्थितिका बीचमा पनि मेरो दलले संविधानसभाको जनादेशलाई हृदयङ्गम गर्दै नेकपा (माओवादी) लाई नेतृत्वको जिम्मेवारी दिन पहल गरेको थियो । निवर्तमान प्रधानमन्त्री तथा एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले झन्डै नौ महिना उक्त जिम्मेवारी निर्वाह गर्नुभयो । म उहाँलाई पनि धन्यवाद दिन चाहन्छु । मेरो नेतृत्वको सरकारले पूर्ववर्ती सरकारका सकारात्मक कामहरूलाई उत्तराधिकारमा लिँदै अगाडि बढ्नेछ ।

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवज्यूले राष्ट्रिय एकता, अखण्डता र संविधानको संरक्षणका लागि अभिभावकीय भूमिका खेलिरहनुभएको छ । म उहाँलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
मुलुकले गम्भीर चुनौती सामना गरिरहेको यस घडीमा प्रधानमन्त्रीको जिम्मेवारी बहन गर्नका लागि ममाथि विश्वास सुम्पिनु हुने सबै राजनीतिक दलका नेताहरू, राजनीतिक दलहरू र माननीय सभासद्हरूप्रति म कृतज्ञ छु । मलाई थाहा छ- नयाँ सरकारको आगामी बाटो सहज छैन । तर, जब म विगतमा परस्पर निषेधकारी सम्बन्ध रहेका हामीले दिगो शान्तिको खोजीमा ज्यान हत्केलामा राखेर तय गरेको मुलुकभित्र र बाहिरका कष्टपूर्ण यात्रा सम्भिन्छु, लोकतन्त्र स्थापनाका निम्ति संयुक्त शान्तिपूर्णर् आन्दोलनमा हामी सबै एक भएको कुरा सम्भिन्छु र टुट्न लागेका वार्ता र समझदारीको धागोलाई जोड्न सफल भएका अनेकौं पलहरू सम्भिmन्छु । मलाई लाग्छ, आजका चुनौतीका पहाडहरू तिनका तुलनामा निकै होचा छन् । मेरो दृढ विश्वास छ- जस्तोसुकै प्रतिकूलतालाई पनि अनुकूलतामा बदल्दै हामी युगले सुम्पेका ऐतिहासिक अभिभाराहरू पूरा गर्न सफल हुनेछौँ ।
संविधान निर्माण यतिबेला हामी सबैको सर्वाधिक महत्वको अभिभारा हो । जनताले राम्रो मात्र होइन, 'हाम्रो' पनि भन्न पाउने गरी एक बर्षभित्र संविधान निर्माण गर्नु चुनौतीपूर्ण अवश्य छ । तर, असम्भव छैन । राज्यको सङ्घीय र समावेशी संरचना, शासकीय स्वरूप, राज्यका सामाजिक-आर्थिक-सांस्कृतिक चरित्र जस्ता महत्वपूर्ण विषयमा रहेका विविध मान्यताबाट सहमतिका आधार पहिल्याउन सरकारले कुनै कसर राख्ने छैन । सहमति, सहकार्य र सहयात्राका विगतका दिनहरूका अनुभवका आधारमा हामी पुनः एकतावद्ध भएर अघि बढ्न समर्थ हुनेछौँ । राजनीतिक विवादका वीचमा पनि विना कुनै अवरोध हामीले संविधान निर्माणको कामलाई निरन्तरता दिन सकेका छौँ । आगामी दिनमा पनि संविधानसभा सदस्य र राजनीतिक दलहरूका तर्फबाट यसरी नै संविधान निर्माणको काममा सकारात्मक योगदान रहने कुरामा म विश्वस्त छु । म यहाँहरू सबैलाई आश्वस्त तुल्याउन चाहन्छु- हामी निर्धारित समयभित्रै नयाँ संविधान निर्माण गर्नेछौँ ।

बाह्र बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता हुँदै अगाडि बढेको शान्ति प्रक्रियाले महत्वपूर्ण सफलता प्राप्त गरेको छ । तर पनि, यसलाई पूर्णता दिन अझै धेरै गर्न बाँकी छ । पछिल्ला दिनमा देखा परेका असमझदारीले नेपालको शान्ति प्रक्रियालाई खल्बलाउने पो हो कि भन्ने आशङ्का पैदा भएको छ । सङ्क्रमणकाल लम्बिदै जाँदा नेपाली जनताले अकल्पनीय पीडाको अनुभूति गर्नु परिरहेको छ । तर, म यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु- नेपाली आकाशमा देखा परेका काला बादल छिट्टै हटेर जानेछन् । नेपाली सेनाले लोकतान्त्रिक परिवर्तन र गणतन्त्रलाई आत्मसात गरी खेलेको सकारात्मक भूमिकाको म प्रशंसा गर्दछु । शान्ति प्रक्रियाको प्रत्येक चरणमा नेपाली सेनाको संवेदनशीलताप्रति सरकार सचेत रहनेछ । सेना समायोजन विशेष समिति मातहत रहेका माओवादी सेनाका लडाकुका संवेदनशीलतालाई आत्मसात गर्दै रेखदेख, पुनस्र्थापना र समायोजन मार्फत् उनीहरूको भविष्यलाई सुनिश्चित गर्ने दायित्व सरकारले गम्भीरतापूर्वक बहन गर्नेछ ।

हिंसा र प्रतिहिंसाले सिर्जना गरेका घाउहरू पुर्दै समाजमा नयाँ स्तरको एकता र मेलमिलाप निर्माण गरिनेछ । विस्थापित र द्वन्द्वको पीडा भोगिरहनुभएका आदरणीय जनसमुदायहरू ∕ ढुक्क हुनुहोस्, राज्यले तपाईंहरूलाई न्याय दिनेछ ।
राजनीतिक उद्देश्यका निम्ति हिंसाको प्रयोग र अपराधको राजनीतिकरण हाम्रा सामु गम्भीर चुनौती बनेको छ । मध्यतराई र पूर्वी पहाडी भेकमा देखिएका हिंसात्मक गतिविधिले त्यहाँकै जनजीवन कष्टप्रद वनेको छ । जसको हितका लागि हिंसाको सहारा लिइएको दावी गरिएको छ, उनीहरू नै पीडित रहेको तथ्यलाई मनन गर्न म सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछु । जनताको शान्तिपूर्ण आन्दोलनबाट बिराट राजनीतिक परिवर्तन गर्न सफल निकट अतीतको स्मरण गराउँदै म सबै पक्षलाई अनुरोध गर्न चाहन्छु- आˆना माग पूर्तिका लागि हिंसाको सहारा लिनु बिल्कुलै उचित छैन । वार्ताबाटै समस्याको समाधान खोज्न सकिन्छ । सरकार यसका लागि हदैसम्म लचिलो भएर प्रस्तुत हुनेछ । तर, नागरिक सुरक्षाका प्रश्नमा सरकारले कुनै अनुचित सम्झौता गर्ने छैन ।
विगतमा राज्यले विभिन्न समूहहरुसँग गरेका सहमति र समझदारीहरुलाई दलहरुबीच समन्वय गरी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ ।
आदरणीय जनसमुदाय,
इतिहासले हामीलाई विभेदकारी र केन्द्रीकृत राज्यसंरचना दिएको छ । हामी यसलाई रूपान्तरण गर्न लागेका छौँ । त्यसैले सबै खाले वर्गीय, जातीय, लैङ्िगक, क्षेत्रीय र सांस्कृतिक विभेदको अन्त्य र सामाजिक न्यायले युक्त, समावेशी, सङ्घीय र लोकतान्त्रिक नेपालको निर्माण यतिबेला हाम्रो मुख्य कार्यसूची बनेको छ । राज्यको अग्रगामी पुनर्संरचनाको अर्थ समाजको विविधतालाई राज्यमा प्रतिबिम्बित गर्नु हो, नेपालको नयाँ र लोकतान्त्रिक परिभाषा निर्माण गर्नु हो । तर, आˆनो पहिचान स्थापना गर्न खोज्दा अरूको पहिचानलाई नामेट या अवमूल्यन गर्नु उचित हुँदैन । त्यसैले मेरो विनम्र आग्रह छ- समग्र राष्ट्रको हितलाई ध्यानमा राखेर पहिचान, पहुँच र प्रतिनिधित्वको विषयलाई नयाँ नेपाल निर्माणको आधारका रूपमा स्थापित गरौँ । हाम्रो सामाजिक-सांस्कृतिक विविधतालाई सम्मान र संरक्षण गर्दै राष्ट्रिय एकतालाई अझ बलियो पारौँ र उन्नत नेपालको निर्माण गरौँ ।
नेपाली जनताको महानता, सौर्य र त्यागका लागि 'धन्यवाद' भनेर मात्र पुग्दैन भन्ने मैले राम्रोसँग बुझेको छु । गणतन्त्र र शान्ति प्रक्रियाको लाभांश जनताको घरआँगनसम्म पुग्न सकेन भने यसप्रति जनताको अपनत्व स्थापित हुन सक्दैन र जनताले आफ्नो ठान्न नसकेको राजनीतिक प्रणाली वा प्रक्रिया दीर्घजीवी हुनसक्दैन भन्ने तथ्यप्रति पनि म सजग छु । राजनीतिक परिवर्तनपछिको समयमा देखिएको अराजकता, असुरक्षा, वढ्दो दण्डहीनता, छाडा र अनियन्त्रित वजारका कारणले आम नेपाली जनताले निकै ठूलो कष्टको सामना गर्नु परिरहेको तथ्यप्रति मेरो गम्भीर ध्यान गएको छ । त्यसैले म आश्वस्त पार्न चाहन्छु- सरकारले जनतालाई अनुभूत हुने गरी राहत र सुधारका तात्कालिक कार्यक्रम अगाडि बढाउनेछ । हामीसँग सामाजिक आर्थिक रूपान्तरणका कार्यक्रमहरू छन्, जसलाई कार्यान्वयन गर्न सरकार गम्भीरतापूर्वक लाग्नेछ । श्रमजीवी,, सीमान्तीकृत र विपन्न वर्गको हित र सामाजिक सुरक्षाका लागि सरकारले प्रभावकारी अभियान सञ्चालन गर्नेछ ।
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्
युवाहरू बेरोजगारीबाट आक्रान्त छन् । सुकुम्वासीहरू घरवारविहीन हुनुको पीडामा छन् । मुक्त घोषणा गरिए पनि कमैयाहरूको पुनःस्थापना हुन सकेको छैन । दलितहरूमाथि अहिले पनि अमानवीय व्यवहार कायमै छ । महिला हिंसामा कमी आएको छैन । बाढी-पहिरो पीडितहरुले उचित राहत पाउन सकेका छैनन् । शारीरिक रुपमा अपाङ्ग नागरिकहरुका पनि उस्तै समस्या छन् । यीलगायतका ज्वलन्त सामाजिक समस्याहरूप्रति म पूर्ण रूपमा संवेदनशील र सचेत छु । यी समस्या समाधान गर्नेतर्फ मैले पर्याप्त ध्यान केन्दि्रत गर्नेछु ।
लोकतन्त्रमा राजनीति भनेको प्रतिष्पर्धा र पहलकदमीवाट नेतृत्व लिने कुरा हो । यो विवाद, सम्वाद र सहमतिका आधारमा सहकार्यको दिशामा अघि वढ्ने प्रक्रिया पनि हो । यही प्रक्रियाबाट नै राजनीतिक दलहरूका बीचमा उच्चस्तरको समझदारी निर्माण गर्न सकिन्छ । सहकार्य र एकताबाट मात्रै चुनौतीका पहाडहरूलाई छिचोल्दै गन्तव्यमा पुग्न सकिन्छ । यही मान्यतामा उभिएर मेरो दलले विगतदेखि नै आफूलाई राष्ट्रिय सहमतिका पक्षमा र कुनै पनि रूपको धु्रवीकरणका विपक्षमा उभ्याउँदै आएको हो । आज त्यस मान्यताको सहीपना झन् टड्कारो गरी पुष्टि भएको छ । त्यसैले राष्ट्रिय सहमति नयाँ सरकारको पहिलो प्राथमिकता हुनेछ । यसको कार्यसम्पादनको मुख्य आधार पनि यही हुनेछ । म एकीकृत नेकपा (माओवादी) लगायतका दलहरूलाई परिस्थितिजन्य परिघटनाका रूपमा देखा परेका असमझदारी र तिक्तताबाट माथि उठेर राष्ट्रिय सहमतिका आधार निर्माण गर्न नयाँ अग्रसरताका साथ अघि बढ्न हार्दिक अपिल गर्दछु । यसका लागि सरकार आˆनो तर्फबाट आवश्यक सबै प्रक्रिया र कामहरू अघि बढाउन तत्पर रहने कुरामा विश्वास दिलाउँछु ।
लोकतन्त्र, कसैका लागि 'प्रयोग' वा 'उपयोग' गरेर कुनै पनि प्रकारको अधिनायकवादी शासन शैलीमा फड्को मार्ने खुड्किलो होइन । लोकको चाहना र इच्छा अनुसार राजनीतिक दल र नेताहरूले आफूलाई रूपान्तरण गर्दै र देशको नेतृत्व गर्न योग्य सावित गर्दै लैजाने अवसर एवम् विधि हो- लोकतन्त्र । एक बन्दुकका विरुद्ध अर्को बन्दुकको प्रयोग, हिंसाका विरुद्ध प्रतिहिंसा, सैनिक बर्दीमा होस् वा सादा पोशाकमा थोपरिने कुनै पनि प्रकारको अधिनायकवाद लोकतन्त्र वा नागरिक सर्वोच्चता हुन सक्दैन । न त कार्यकारीको स्वेच्छाचारिता नै नागरिक सर्वोच्चता हुनसक्छ । लोकतन्त्र त विधिद्वारा निर्देशित तथा 'नियन्त्रण र सन्तुलनमा' आधारित प्रणाली हो । यसको आफूलाई पायक पर्ने व्याख्या हुन सक्दैन । सामाजिक रूपान्तरण शान्तिपूर्ण ढङ्गले सम्भव छ भन्ने मान्यताको प्रतिनिधिका हैसियतले म यो विश्वास दिलाउन चाहन्छु- नयाँ सरकारको स्थापनाको आधार नागरिक सर्वोच्चता नै हो । यो सरकार नागरिक सर्वोच्चताको प्रतीक हो, जसको निर्माण जनताद्वारा निर्वाचित व्यवस्थापिका-संसद्बाट भएको छ । नागरिक सर्वोच्चताप्रति यो सरकारको प्रतिबद्धता अटल रहनेछ ।

नेपाल राष्ट्र कहिल्यै पराधीन रहेन । तर, नेपालको सत्ताकेन्द्रमा द्वन्द्व चर्केका बेला वा आन्तरिक राजनीतिक शक्तिहरू विभाजित भएको बेला हाम्रो स्वतन्त्र अस्मिता, निर्णय क्षमता र अधिकारलाई कुण्ठित पार्न खोजिएको इतिहास छ । पूर्खाहरूले हामीलाई सिकाएका छन्- 'आˆनो थैलीको मुख बलियो गरी बाँध, अरूलाई दोष नदेऊ ।' यही शिक्षालाई आत्मसात गर्दै हामी एकजुट भएर आफ्नो देशको सुरक्षा, स्वार्थ र स्वाभिमानको रक्षा गर्न सक्छौं । राष्ट्रवाद र विदेशी हस्तक्षेपको विषयलाई पनि आफ्नो निहित स्वार्थमा आधारित वनाएर व्याख्या गर्नु हुँदैन, अनि यसलाई हामीले राजनीतिक दाउपेचको विषय बनाउनै हुँदैन । नेपालको राष्ट्रिय हित, सार्वभौमसत्ता, स्वतन्त्र अस्मिता, भौगोलिक अखण्डता, र स्वाभिमानमा ठेस लाग्ने कुनै पनि काम वर्तमान सरकारले गर्नेछैन । राष्ट्रिय हितको संरक्षण र सम्बर्द्धन मेरो पहिलो दायित्व हुनेछ । राष्ट्रिय हितका प्रत्येक विषयमा एकताबद्ध हुन सबै राजनीतिक दललाई म हार्दिक अनुरोध गर्दछु । मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्
नेपालको लोकतान्त्रिक आन्दोलन, शान्ति र समृद्धिका लागि मित्र राष्ट्र र अन्तर्राष्ट्रिय समुदायको निरन्तर साथ र ऐक्यवद्धताबाट हामी लाभान्वित हुँदै आएका छौं । म नेपाली जनताको तर्फबाट उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु । हामी छिमेकी मुलुकहरू र अन्तर्राष्ट्रिय समुदायसँग मित्रवत्, हार्दिक र सम्मानपूर्ण सम्बन्धलाई अझ विकसित गर्न चाहन्छौँ ।
अहिले तपाईंहरूका सामु गणतन्त्र नेपालको दोस्रो प्रधानमन्त्रीका रूपमा खडा भएको म माधवकुमार नेपाल, तपाईहरू जस्तै एक नेपाली नागरिक हुँ । मेरो पनि अरूको जस्तै सफलतामा खुशी साटासाट गर्ने र दुःखका बेला आँशु बहाई आफूलाई हल्का बनाउने मन छ । आम नेपाली नेताजस्तै मेरो भागमा पनि कहिले विजयश्री र कहिले पराजय परेको छ । जुनसुकै अवस्थामा पनि राष्ट्र र जनताले आवश्यक ठानेको समयमा मेरो सामथ्र्यको अधिकतम लगानी गर्दै आएको तथ्य यहाँहरूलाई अवगतै छ । म न विषवृक्ष हुँ, न त कल्पवृक्ष नै । तर, म त्यस्तो एउटा वृक्ष बन्न चाहन्छु, जसले नेपाली जनतालाई सकेसम्म मीठो फल दिन प्रयत्न गर्नेछ, नसके बाटो हिँड्ने बटुवालाई छहारीसम्म अवश्य दिनेछ । मेरा निम्ति राजनीति कहिल्यै पनि छलकपट, षडयन्त्र या दाउपेचको बिषय रहेन । राजनीतिमा दोहोरो मापदण्डलाई मैले सधैँ घृणा गरेको छु । राजनीतिलाई जहिले पनि राष्ट्र र जनताको सर्वोत्तम हित गर्ने एउटा महत्वपूर्ण माध्यमका रूपमा मैले लिँदै आएको छु । एउटा खुल्ला किताबको पाना जस्तै तपाईँहरूका सामु उभिएको यो माधवकुमार नेपाल प्रधानमन्त्रीका रूपमा आˆनो क्षमताको पल्लै छेउसम्म हाम्रो प्यारो राष्ट्र नेपाल, हामी जनता र हाम्रो उज्ज्वल भविष्य र साझा समृद्धिका लागि समर्पित हुनेछ ।

दिदीबहिनी तथा दाजुभाइहरू
म पुनः जोड दिएर भन्न चाहन्छु- शान्ति प्रक्रिया अहिले पनि अधुरै छ । त्यसमा अनेकौँ प्रकारका जटिलता देखा परेका छन् । हामीले संयुक्त रूपमा यहाँसम्म ल्याइपुर्‍याएको शान्ति प्रक्रियालाई मिलेरै टुङ्गोमा पुर्‍याउनुपर्छ । बाह्रवुदे सहमतिदेखि हामीले आरम्भ गरेको सहमति,, सहकार्य र एकताको यात्रालाई विश्राम लगाउने समय यो होइन । म एकीकृत नेकपा (माओवादी) का मित्रहरूलाई टाढा होइन, सँगै बसेर एक-अर्काका कुरा सुन्न र बुझ्न आह्वान गर्दछु । सँगै बसेर कुरा गर्ने हो भने कटुतालाई पनि हार्दिकतामा परिणत गर्न सकिन्छ । हिजो मेरो दल राष्ट्रपति निर्वाचनका सन्दर्भमा पाएको धोकाका वावजुद राष्ट्र र जनताप्रतिको दायित्ववोधलाई आत्मसात गर्दै एकीकृत नेकपा -माओवादी) को नेतृत्वमा सरकार गठन गर्न सहयोगी बनेको हो र सरकारमा सहभागी पनि भएको हो । अहिले परिस्थितिजन्य कारणले एकीकृत नेकपा (माओवादी) का अध्यक्षले प्रधानमन्त्रीवाट राजीनामा दिनुपरे पनि सहमति र सहकार्यको यात्रालाई विराम लगाउनुपर्ने अवस्था होइन । तसर्थ, म नेपालको शान्ति प्रक्रिया अघि वढाउन एकीकृत नेकपा (माओवादी) लाई वर्तमान सरकारमा सामेल भएर सहयोग गर्न आग्रह गर्दछु ।
अन्त्यमा, सपना नदेख्ने कुनै पनि राष्ट्र, संस्था वा नेताले प्रगति गर्न सक्दैन । मेरो पनि एउटा सपना छ- लोकतान्त्रिक, शान्त, समतामूलक र समृद्ध नेपाल बनाउने । यो सपना तपाई हामी सबैको साझा सपना हो । यो सपना पूरा गर्न पार गर्नुपर्ने लामो यात्राबारे म सचेत छु । मेरो आग्रह छ- आउनुहोस्, लोकतान्त्रिक, शान्त, समतामूलक र समृद्ध नेपाल निर्माणको यो साझा सपना हामी सबै मिलेरै साकार पारौँ ।
धन्यवाद ।
.........................
(माधवकुमार नेपाल)
प्रधानमन्त्री
१२ जेठ, २०६६

Monday, May 18, 2009

पाँच हजार तिर्नुस्, सम्पति लुकाउनुस्

May 18, 2009
Amrit_pnd@yahoo.com
Israel

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सम्पति विवरण पेस नगरेको भन्दै केही उच्च सुरक्षा अधिकारीलाई पाँच हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ। पाँच हजार रुपैयाँ जरिवाना तिर्दैमा सम्पति लुकाउन पाउने भए त सबैले पाँच हजार मात्रै तिर्थे होलान् नि। त्यसो त उनीहरुलाई ३० दिनभित्र सम्पति विवरण बुझाउनु पर्ने पनि भनिएको छ। तर आफै प्रहरी, आफैले कानुन पालना गराउनु पर्ने, कसले उनीहरुलाई पक्रन्छ होला र। तैपनि वर्षौँपछि अख्तियार जागेको खबर सुन्दा तपाईँलाई नि अनौठो लाग्यो होला है। लौ न त त्यसो भए हेरौँ, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कुन कुन अधिकृतलाई कारबाही गरेछ त उसले।
वरिष्ठ प्रहरी उपरीक्षकहरू
डा.सुमनशमशेर जबरा,
डा. कोमलकिरण प्रधान,
डा.सुरेन्द्रकुमार श्रेष्ठ,
डा.भक्तबहादुर सिंह,
डा.कन्हैयाबहादुर श्रेष्ठ

कायममुकायम प्रहरी वरिष्ठ उपरीक्षक
डा.दीनेशचन्द्र पोखरेल
डा.अजितकुमार गुरुङ

प्रहरी उपरीक्षक
डा.आशा सिंह,
डा.सुमनराजा श्रेष्ठ,
डा.वीरचन्द्र गुरुङ,
केशरीराज घिमिरे,
उत्तमबहादुर सिंह,

प्रहरी नायब उपरीक्षक
यज्ञविनोद पोखरेल,
दयानन्द मल्लिक,
जगतमान श्रेष्ठ,
मीरा थापा,
गोपाल मताछे,
डा.सुन्दरप्रसाद हैजु,
राजु वैद्य,
रामदेवी गुरुङ,
डा.सदरमान ताम्राकार,
डा.पङ्कज चौधरी,
डा.दीपक श्रेष्ठ,
डा.सञ्जयविक्रम श्रेष्ठ
राजेन्द्र बिष्ट

प्रहरी निरीक्षक
रामप्रसाद चापागाईं,
विनोदकुमार भण्डारी,
मुरलीमोहन अधिकारी,
सुरेन्द्रबहादुर चन्द,
रवि पौडेल,
गोपिवरसिंह थापा,
मीठाराम दाहाल,
डा.संज्ञा मल्ल,
लालबाबु गिरी,
सुजाताकुमारी गुरुङ,
गङ्गावती लामा,
डा.मनिषा मास्के शर्मा,
डा.विपीनकुमार श्रेष्ठ,
डा.तृष्णा कक्षपति,
छायादेवी गुरुङ,
गुरुबहादुर थापा,
नवलकिशोर झा,
यादवप्रसाद पाण्डे,
सावित्री जङ्गम,
दीलकुमारी गुरुङ
उन्देश्वर तिवारी

सशस्त्र प्रहरी उपरीक्षक
दुर्गाप्रसाद भट्टराई

सशस्त्र प्रहरी नायब उपरीक्षक
राजु अधिकारी

आयोगले गुठी संस्थानका सह-प्रशासक हेमराज सुवेदी र सोही संस्थानका पूर्व प्रशासक सेमान्तराज चापागाइँमाथि पनि सम्पत्ति विवरण नबुझाएकोमा कारबाही अगाडि बढाएको छ ।

कुनै पनि सार्वजनिक पद धारण गरेका व्यक्तिले आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो वा परिवारका नाममा रहेको सम्पत्तिको स्रोतसहितको विवरण पेस गर्नुपर्ने कानुनी व्यवस्था छ।
Collection from Internet
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

सगरमाथाको देशदेखि अन्टार्टिकासम्म

April 8, 2009
Amrit Israel

मानव जातिको प्रभावबाट तुलनात्मक रुपमा निकै कम प्रभाव परेको यस महादेश को ९८% भाग हिउँले ढाकेको छ। विज्ञानले गरेको अहिलेसम्मको खोजले त्यहाँ मानव बस्तीको कुनै प्रमाण त भेट्टाउन सकेको छैन तर त्यहाँ पाइने केही जीवहरु भने उक्त ठाउँमा हजारौं वर्षदेखि रहेको प्रमाणहरु छन्। यसरी भन्नुपर्दा उक्त ठाउमा मानव जाति भन्दा पनि सूक्ष्म जीवहरु नै पहिले पुगेका थिए र शायद उनीहरुमा रहेको अति विषम परिस्थिति सहन गर्न सक्ने शक्तिले होला, अहिलेसम्म पनि अन्टार्क्टिकाको जुनसुकै अवस्थामा पनि जीवित नै रहेका छन।
सर्वप्रथम मेरो पहिलो ब्लग पढेर प्रश्न तथा प्रतिक्रिया दिनु हुने सम्पूर्ण पाठकवर्गमा आभार व्यक्त गर्न चाहन्छु। तिनै प्रश्न तथा प्रतिकृयाका उत्तरहरुलाई समेटेर दोश्रो ब्लग तयार परेको छु। हुनत तपाईँहरुका असीमित कौतुहल तथा अन्टार्टिकाको बारेको लेखलाई एउटा ब्लग म समेट्न खोज्नु भनेको समुद्रको पानी बाल्टिनमा राख्न खोज्नु सरह नै होला। तर पनि मैले देखेका, जानेका र सुनेका कुराहरुलाई समेट्दै तपाईँहरुका कौतुहललाई मेटाउने प्रयास गर्नेछु।

कतिपय पाठकहरुले सोध्नुभएका प्रश्नहरुको ठोस उत्तर विज्ञानले आजसम्म पनि दिनसकेको छैन। र त्यस्ता विषयहरुलाई मैले तपाईंहरुलाई नै अध्ययन गरेर प्रष्ट हुनको लागि छाडिदिएको छु। यसका अलावा अन्टार्टिकाको बारेमा तथा मेरो अनुसन्धानको बारेमा अझ बढी जानकारीको लागि हाम्रो कार्यक्रमले सन्चालन गरेको ब्लग, अन्टार्टिकासम्बन्धी लेखहरु तथा प्रेस विज्ञप्तिहरु अध्ययन गर्नुहोला।

रकेट ट्वाइलेट।
प्रथमत: म अन्टार्टिका कसरी पुगेँ, किन पुगेँ र कोसँग पुगेँ भन्ने कुरा प्रष्ट पार्न चाहन्छु। म संयुक्त राज्य अमेरिकाको युटाहा राज्यको एउटा युनिभर्सिटीमा विद्यावारिधी गर्दैछु र मेरो अनुसन्धानको विषय हो Nematode हरु कसरी प्रतिकूल वातावरण सहन सक्छन् र उक्त अवस्थामा बाँच्नको लागि कुन Gene ले कसरी सहयोग गर्दछन्। त्यस्तै साधारण अवस्थामा भन्दा विषम अवस्थामा बाँच्दा ती जीवहरुमा कस्ता किसिमका परिवर्तनहरु आउँछन् र ती परिवर्तनहरुले कसरी बाँच्नको लागि सहयोग गर्छन् भन्ने अनुसन्धान म गर्दैछु।

मेरो Advisor गत १९ वर्षदेखि अन्टार्टिकाको सुख्खा उपत्यकामा सन्चालित एक पर्यावरणीय चक्र सम्बन्धी अनुसन्धानमा संलग्न छन्। अन्टार्टिकाको हिउँले नढाकेको २% भाग मध्य पर्ने उक्त ठाउँमा सञ्चालित अनुसन्धानको मुख्य उद्देश्य त्यस भागमा कस्तो किसिमको जैविक विविधता पाइन्छ, त्यो विविधता कसरी फैलिएको छ र हाल पृथ्वीमा भइरहेको परिवर्तनले त्यहाँको पर्यावरणलाई कसरी असर पारेको छ भन्ने रहेको छ।
यसबाहेक कार्यक्रमले अहिले भइरहेको परिवर्तनलाई आँकलन गर्दै यस्तै हुँदै गएमा भविष्यमा कस्तो परिवर्तन र कति मात्रामा परिवर्तन होला भन्ने विषयमा पनि अध्ययन गर्नेछ। यो कार्यक्रम संयुक्त राज्य अमेरिका को अन्टार्क्टिक कार्यक्रम (युसेप) को सहयोगमा अन्टार्टिकाको मेक्मुर्डो स्टेसनबाट सन्चालित छ। यसरी युसेप अन्तर्गत सन्चालित भएको हुनाले हाम्रो सम्पूर्ण खर्च (यात्रादेखि लिएर खाने, बस्ने र अनुसन्धान गर्नेसम्म) उक्त कार्यक्रमले व्यहोरिरहेको छ।

केही साथीहरुले त्यहाँ यात्रा गर्दा कति खर्च लाग्छ भनेर सोध्नुभएको रहेछ। म अहिले त्यसको सही उत्तर दिनसक्ने अवस्थामा छैन। तर मैले अन्टार्टिकाको यात्रामा गएर फर्केकाहरुसँग गरेको कुरा अनुसार कम्तिमा ८ देखि १० हजार डलरसम्म लाग्ने रहेछ। प्रायजसो त्यसरी यात्रामा जानेहरु दक्षिण अमेरिका भएर समुद्री मार्गबाट जाँदा रहेछन्।
आजभन्दा अगाडि कति जना नेपाली त्यहाँ पुगेका छन् भन्ने कुनै आधिकारिक तथ्याङ्क त छैन। तर हामीले सामान्य ज्ञानमा पढे अनुसार एक जना नेपाली धेरै पहिले नै अन्टार्टिका पुगिसकेका थिए। अरु एक जना पनि ब्रिटिश आर्मी अन्तर्गत रहेर कुनै काम विशेषले त्यहाँ पुगेको सुनिन्छ। यसरी हेर्दा जो जति नेपालीहरु त्यहाँ पुगेका छन्, सबै कुनै विदेशी समूह तथा संघ सस्थामा संलग्न भएर गएका छन्। आशा गरौ, हामी पनि कुनै दिन नेपालीका घरेलु समस्याबाट माथि उठेर संसारमा के कस्ता परिवर्तन भएका छन् र तिनीहरुले हाम्रो पर्यावरणलाई कस्तो असर पर्न सक्छ भन्ने अध्ययन गर्न आफ्नै टोलीमा संलग्न भएर अन्टार्टिका पुग्न सक्नेछौ। विशेषत: अन्टार्टिकामा भएका परिवर्तनहरुबाट पाठ सिक्दै हामी हाम्रा सुन्दर हिमाली पर्यावरणलाई जोगाउनतर्फ पाइला चाल्न सक्छौ।

मानव जातिको प्रभावबाट तुलनात्मक रुपमा निकै कम प्रभाव परेको यस महादेश को ९८% भाग हिउँले ढाकेको छ। विज्ञानले गरेको अहिलेसम्मको खोजले त्यहाँ मानव बस्तीको कुनै प्रमाण त भेट्टाउन सकेको छैन तर त्यहाँ पाइने केही जीवहरु भने उक्त ठाउँमा हजारौं वर्षदेखि रहेको प्रमाणहरु छन्। यसरी भन्नुपर्दा उक्त ठाउमा मानव जाति भन्दा पनि सूक्ष्म जीवहरु नै पहिले पुगेका थिए र शायद उनीहरुमा रहेको अति विषम परिस्थिति सहन गर्न सक्ने शक्तिले होला, अहिलेसम्म पनि अन्टार्क्टिकाको जुनसुकै अवस्थामा पनि जीवित नै रहेका छन।

अति नै प्रतिकूल वातावरण भएकोले त्यहाँ कुनै किसिमका विकसित वनस्पतिहरु भने पाइदैन र वनस्पतिको नाममा Algae, Moss, तथा केही प्रकारका Fern हरु पाइन्छन्। त्यस्तै जमीनमा पाइने जीवहरुमा ठूला जीव त केही पनि पाइँदैनन्। तर सूक्ष्म जीवहरुमा पनि Nematode, Rotifer, Tardigrade तथा Springtail नै प्रमुख हुन्। त्यहाँ पाइने ठूला जीवजन्तुहरु भनेका समुद्री चरा Penguin र Seal तथा विभिन्न किसिमका माछाहरु नै हुन्। यसका अलावा केही प्रकारका चराहरु जस्तो स्कुवा, केही परेवा वर्गका चराहरु पनि पाइँदा रहेछन्। जहाँकहीँ पनि अन्टार्टिकाको कुरा गर्दा Penguin को नै चित्र अगाडि आउँछ। अन्टार्टिका को मुख्य आकर्षण को रुपमा रहेका यी चराहरु ठूलाठूला बथानमा बस्दा रहेछन् (लाखौं सम्मको) र जीवनको धेरैजस्तो भाग पानीमा र प्रजननको लागि जमिनमा जाँदा रहेछन्। यिनीहरुको संख्या कति छ भन्ने त यकिन गर्न गाह्रो छ (किनकी अन्टार्टिकाको धेरै भागमा अझै पनि के के छ र के भइरहेको छ भन्ने थाहा छैन) तर पनि वर्षौँदेखि यी चराहरुको अध्ययनमा संलग्न वैज्ञानिकहरुका अनुसार तिनीरुको संख्या भने बढ्दै गइरहेको छ। ती चराहरुको मुख्य शत्रु को रुपमा रहेको बलीन व्हेलको संख्यामा आएको कमिलाई यसको कारण मानिएको छ।

अन्टार्टिकाको केही भाग चिसिने क्रम जारी छ भने कुनै भाग तातिँदै गएकोले Iceberg हरु पग्लिदै जाने समस्या देखिसकेको छ। सबैभन्दा कहालिलाग्दो त अन्टार्टिका माथि रहेको ओजोन तह मा भएको प्वाल अन्टार्टिका महदेश भन्दा ठूलो भएको पाइन्छ। हुनतः अनुसन्धानले देखाए अनुसार उक्त प्वाल पुरिने क्रम जारी छ। तर पूर्ण रुपमा पूर्वावस्थामा आउनको लागि भने वर्षौँ लाग्ने भने पक्का छ। यसरी यस्ता शीताधिक क्षेत्रहरुमा आएका परिवर्तनहरुले निश्चय पनि राम्रो कुराको संकेत गरिरहेको छैन। यी परिवर्तनहरुलाई हेर्दा के हामीले पनि अब हाम्रा हिमाली क्षेत्र, त्यहाँको पर्यावरण तथा त्यहाँ भएका सूक्ष्म परिवर्तनहरुलाई नियाल्ने बेला आएन र ?
अन्टार्टिका जस्तो मानिसको निकै कम प्रभाव परेको ठाउँमा त त्यति धेरै असर परेको छ भने हाम्रा हिमाली भागमा के कस्तो असर परिसकेको होला ? त्यसैले अब त्यसतर्फ सतर्क हुनु पर्ने बेला आइसकेको छ।
यसै प्रसंगमा मलाई मेक्मर्डो स्टेसनमा रहेको फोहोर व्यवस्थापन सम्बन्धी कार्यक्रमको बारेमा केही लेख्न मन लाग्यो, जसको सम्बन्ध, मलाई लाग्छ, हाम्रो हिमाली क्षेत्रहरुसँग केही न केही रुपमा छ। अन्टार्टिकाको सन्धि अनुसार त्यहाँ कुनै पनि चिज गाड्न तथा विसर्जन गर्न पाइँदैन। त्यसैले त्यहाँ निस्कने सबै फोहोर लाई कि त Recycle गरेर अरु कुनै रुपमा प्रयोग गर्नु पर्दछ या त महादेशबाहिर पठाउनु पर्दछ। त्यसैले फोहोर व्यवस्थापनको लागि त्यहाँ स्टेसनदेखि लिएर फिल्डका स्टेसनसम्म सबै ठाउँमा विभिन्न किसिमका फोहोर फाल्ने कन्टेनर तथा कसरी फोहोर छुट्याउने भन्ने जानकारी दिइएका हुन्छन्। त्यहाँ निस्कने सम्पूर्ण फोहोर मध्ये केहीलाई पुन: प्रयोग गर्ने तथा केही लाई ठूल्ठूला कन्टेनरहरुमा राखेर महादेश बाहिर पठाइँदो रहेछ, जुन पछि Recycle गरिन्छ। सबैभन्दा महत्वपूर्ण कुरा त फोहोर व्यवस्थापनको लागि बनाइएको पूर्वाधार, कार्यान्वयन पक्षको कडाइ र फोहोर फाल्नेहरुमा रहेको चेतना तथा इमान्दारिता नै रहेछ। साँच्चै भन्ने हो भने हामीले त्यहाँको त्यहाँको व्यवस्थापनबाट हाम्रो शहरी क्षेत्र तथा मानवसिर्जित फोहोर थुप्रिदै गइरहेको हिमाली भेगमा गर्न सकिने फोहोर विसर्जनबारे धेरै सिक्न सक्ने देखिन्छ। तर त्यसका लागि आवश्यक पूर्वधार तयार गरेर जनमानसमा सचेतना ल्याउने काम नगरी यो सफल हुनेछैन।
यससम्बन्धी मबाट अझ बढी जानकारी पाउने इच्छ भएमा मलाई सम्पर्क गर्न सक्नु हुन्छ।

manitamrit@gmail.com

मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

लौ आयो आयो सभासद बिक्रीमा, एउटा किने अर्को फ्रीमा

May 18, 2009
Amrit Israel(amrit_pnd@yahoo.com)
राष्ट्रपतिलाई हटाउन आवश्यक दुई तिहाइ बहुमतको व्यवस्थालाई यथावत राखी प्रधानमन्त्रीलाई हटाउन भने दुई तिहाइको सट्टा सामान्य बहुमत भए पुग्ने भनी अन्तरिम संविधान परिवर्तन गर्न नेका र एमालेले संयुक्त रुपमा खेलेको भूमिका नबिर्सौँ। उनीहरुले गरेको यो निर्णय नै गणतन्त्र नेपालको राजनीतिलाई यसरी अस्थिर बनाउन जिम्मेवार देखिन्छ। संविधानसभाको निर्वाचन अघि तय भैसकेको रास्ट्रपति र प्रधानमन्त्रीलाई हटाउन आवस्यक दुई तिहाइ मतलाई आफूले चुनावमा आफ्नै विगतका गतिविधिका कारण हार्दैमा आफ्नो अनुकूल बनाई विगतमा झै कलंकित सांसद बेचबिखनद्वारा सत्तामा जाने ढोका खुला राख्न परिवर्तन नगरेको भए अहिले देखा परेको अस्थिरता देखा पर्न सक्तैनथ्यो र सत्ताको चलखेलमाभन्दा संविधान निर्माणमा नै ध्यान केन्द्रित हुने संभावना रहन्थ्यो र यो नै यस चुनावको मूलभूत उद्देस्य थियो। यस निर्णयले सांसदहरु भेंडाबाख्रा झैं बेचिने पुरानो घृणित खेलको पुनरावृत्ति जुनसुकै बेला पनि हुन सक्तछ। अब बन्ने भनिएको माधव नेपाल सरकार पनि ढाल्न कुनै पनि बेला किनबेच सुरु हुनसक्छ।

बहुदलीय शासन प्रणाली अन्तर्गत हुने निर्बाचनमा कुनै निस्चित पार्टीले सरकार गठन गर्न आबस्यक बहुमत ल्याउन नसकेको अवस्थामा राजनीतिमा गणितीय खेल शुरु हुन थाल्ने संभाबना बढन थाल्दछ, जस्ले राजनीतिमा अनपेक्षित किसिमका घृणित खेलहरुको मन्चन हुन सक्तछ । यस किसिमको परिस्थितिको सिर्जना बिकसित देशहरुमा कमै हुन्छन भने सामान्यत: गरीब एबं बिकासोन्मुख देशहरुमा बढी हुने संभाबना रहन्छ ती देशहरुमा पाइने फरक फरक राजनीतिक, सामाजिक र आर्थिक अवस्थाहरुले गर्दा । प्राप्त भौतिक एबं आर्थिक सम्मुन्नतिको आधारमा सम्बन्धित देशको बिस्व रंगमन्चमा आफ्नै किसिमको स्थान निर्धारण हुने र सोही अनुरुप यस्तो परिस्थितिमा वाह्य शक्तिको पनि प्रभाब पर्ने नपर्ने अथवा के कति पर्ने भन्ने समेत निर्धारण हुन सक्दछ । शक्तिशाली राष्ट्रको रुपमा गणना हुँदा हुँदै पनि साधन र श्रोतको अभाबमा कहिलेकांही साधन र श्रोतको लागि भर पर्नु पर्ने देशको दबाबको कारण महत्वपूर्ण निर्णय स्वतन्त्र रुपमा गर्न कठीन पर्ने कुरा हालसालै मात्र भएको यूक्रेनको एउटा घटनाले प्रमाणित गरेको छ ।
सानो छँदा बुद्ध र सगरमाथाको देश भनेर संसारमा प्रसिद्ध छ भनेर पढे पनि एक दर्जनभन्दा बढी मुलुकहरुको भ्रमण गर्दा र झन्डै सबा दशक बिदेशमा बस्दा आफूलाई कुन देशको भनेर चिनाउन धेरै ठाउँमा धेरै पटक धेरै समय र शक्ति खर्चदा समेत कहिलेकांही त असमर्थ समेत हुन पर्दा भूपि शेरचनलाई आफ्नो देशको ईतिहास विश्वाश गर्न गार्हो भए जस्तै मलाई आफूले पढेको पाठ्य पुस्तकमाथि प्रश्न चिन्ह तेर्स्याउन पर्ने परिस्थिति सिर्जना भएको छ । भौतिक एबं आर्थिक बिकासको क्षेत्रमा प्राप्त गर्न समर्थ उल्लेखनीय पछौटेपना नै यस्को मूल कारक तत्व हो । यति हुँदाहुँदै पनि जे जस्तो भू राजनैतिक अवस्थामा नेपाल रहेको छ त्यस्ले यहाँ हुन खोज्ने हरेक बिशेष राजनीतिक घटनाक्रममा बाह्य शक्तिहरुको आफ्नै किसिमको चलखेल र दबदबा बढने गर्छ । त्यो के कस्तो उद्धेस्य प्राप्तीको लागि किन हुन्छ भन्ने कुरा लुक्न नसकेको रहस्य हो यद्यपि त्यस्को लागि शक्ति प्रयोग गर्ने र प्रयोग गरिएको शक्ति प्रभाबमा परी हावामा उडने चङ्गा झैं छिन छिनमा अस्थिरता प्रदर्शन समेत गर्ने दुबै पक्षले त्यसलाई स्वीकार गर्ने गरेको भने पाइन्न जुन अस्वाभाबिक होइन पनि । समय, परिस्थिति र अवस्थानुरुप उनीहरुमा देखिने र उनीहरुद्वारा गरिने बिभिन्न किसिमका गतिबिधिका आधारमा यस्लाई बुझ्न र अनुमान गर्न सकिन्छ ।
नेपालको बर्तमान अवस्था अति तरल छ र जुनसुकै बेला जे पनि हुन सक्तछ । कसैलाई पनि कुन बेला के हुन्छ भन्ने कुराको अनुमान गर्न अति कठीन छ । संबिधान सभाको निर्बाचनमा स्पस्ट बहुमत कुनै पनि पार्टीले ल्याउन नसकेपछि बिभिन्न खेलहरु र घटनाहरु हुने क्रममा भएका केही खेल र घटनाले गर्दा आज हुन नपर्ने यस किसिमको अन्योल र अस्थिरताको सूत्रपात भएको छ । पन्चायती ब्यबस्था फालेर बहुदलीय प्रजातन्त्रको पुन:स्थापना पस्चात समेत लोकेन्द्र बहादुर चन्द र सूर्य बहादुर थापाले कसरी प्रधानमन्त्रित्व हत्याउन बारम्बार सफल भए त्यो सबैले बुझिरहेकै छन । पञ्चायती ब्यबस्थाको अन्त्यपछि नेपाली जनताको चाहनानुरुप परिबर्तनका संभाबनाहरुले अधिकाधिक मात्रामा मूर्त रुप लिने आशा स्बाभाबिक थियो तर संपूर्णप्रायः पेशेबार राजनीतिकर्मीहरुले बिस्तार बिस्तार राजनीतिलाई ब्याबहारिक रुपमै सबभन्दा राम्रो ब्यवसायको रुपमा प्रमाणित गरेर मात्र देखाएनन कि सांसद किनबेच जस्ता घृणित घटनाले सांसद र भेडा बाख्रा तुलना गर्न हिचकिचाउन नपर्ने परिस्थितीको सिर्जना समेत गरिदिए । रातो पासपोर्ट र सुत्केरी भत्ता जस्ता यथार्थले राजनीतिलाई गाइजात्रे नीतिमा परिणत गरिदिए । भ्रस्टाचारीमाथि कार्यबाही गरिनुभन्दा जोगाउने संस्कारको बिकास प्रबल हुन थाल्नाले भ्रस्टाचार झन झन संस्थागत हुँदै बढन थालेको भन्ने कुराको प्रतिबाद शायदै कसैले गर्ने हिम्मत गर्ला । यथार्थलाई यथार्थ रुपमा भन्नु पर्दा भन्नै पर्ने यस किसिमका हीनताबोध गर्न पर्ने यथार्थहरुले इतिहासमा नराम्ररी कालो धब्बा लगाइदिएको छ प्रजातन्त्रको पुन: स्थापनापश्चातको समयाबधिलाई - यो नेपाल र नेपालीको लागि ठूलो दुर्भाग्य र अबहेलना थियो भने नेपाल र नेपालीमाथिको ठूलो खेलबाड ।
शुभ चिन्तकहरुको समेत आफू र आफ्ना कार्यकर्ताहरु सकाउने हो कि भन्ने शंकाको बाबजूद तात्कालिन तेश्रो ठूलो पार्टीको रुपमा भएको पार्टीको एउटा सानो हिस्साले भूमिगत रुपमा शुरु गरेको आन्दोलन मार्फत दश बर्षको छोटो समयमा देशका यस्तै वास्तबिकताको मलजल पाएर कसैले नसोचेको किसिमले राष्ट्रिय स्तरमा आफ्नो संगठन र शक्ति निर्माण गर्न समर्थ माओबादीको साथ पाएर दरबारले सत्ता आफ्नो हातमा लिएपछि सन्चालन गर्दै आएको अन्य पार्टीहरुको लज्जास्पद फितलो आन्दोलन सशक्त रुपमा अगाडि बढन सक्यो र दरबार पछाडि हटन वाध्य भयो । दरबारद्धारा र अझ कत्तिले त तत्कालिन राजा ज्ञानेन्द्रद्धारा नै सन्चालित भनिएको त्यही माओबादी त्यही दरबार र अझ उही ज्ञानेन्द्रलाई शक्तिहीन बनाउने निर्णायक शक्ति बन्न पुग्यो । यस्तै पृष्ठभूमिको आधारमा नेपाली जनताले आफ्नो अन्तर्बेदनालाई छताछुल्ल पारिदिए बिगत संबिधान सभाको चुनाब मार्फत कसैले नचिताएको परिणाम दिएर । यस किसिमको नतिजापस्चात बिगतमा भ्रस्टाचार गर्ने र भ्रस्टहरुलाई बोक्ने, देश र जनताको लागि भाषणमाभन्दा व्याबहारिक रुपमा केही गर्न नसक्नेहरु भ्रस्टाचारको कार्यबाही सशक्त रुपमा अगाडि बढेको खण्डमा जनस्तरबाट त्यस्को बिरोध हुनुभन्दा समर्थन हुने भएको र त्यसबाट आफू र आफ्ना संस्थाहरुको बचेँ खुसेको इज्जत पनि धुमिल हुने संभाबनाबाट जोगिन अनेक राजनीतिक खेलहरु शुरु गर्न थाले । पहिलो खेलको परिणाम थियो गणतन्त्र घोषणामा अत्यधिक ढिलाई । आफूहरुमाथि पर्न सक्ने संभाबित खतरालाई कमजोर बनाउन गणतन्त्र घोषणाभन्दा माओबादीबाट रास्ट्रपति पद कसरी हात पार्ने भन्ने खेल नै सो ढिलाइको कारण थियो र माओबादीले गणतन्त्रको घोषणालाई बढी महत्व दिएर रास्ट्रपति पदबाट पछि हटेको देखिन्छ । गणतन्त्र नेपालको ईतिहासमा यो कलंकित घटनाको रुपमा रहनेछ ।
उक्त परिणामपछिको दोश्रो खेलको मन्चन थियो माओबादीले छाडेको रास्ट्रपतिलाई हटाउन आबस्यक दुई तिहाइलाई यथाबत राखी प्रधानमंत्रीलाई हटाउन भने दुई तिहाइको सट्टा सामान्य बहुमत भए पुग्ने भनी परिवर्तन गर्न नेका र एमालेले संयुक्त रुपमा खेलेको भूमिका । उनीहरुले गरेको यो निर्णय नै गणतन्त्र नेपालको राजनीतिलाई यसरी अस्थिर बनाउन जिम्मेवार देखिन्छ । संबिधानसभाको निर्वाचन अघि तय भैसकेको रास्ट्रपति र प्रधानमन्त्रीलाई हटाउन आबस्यक दुई तिहाइ मतलाई आफूले चुनावमा आफ्नै बिगतका गतिबिधिका कारण हार्दैमा आफ्नो अनुकूल बनाइ बिगतमा झै कलंकित सांसद बेच बिखनद्धारा सत्तामा जाने ढोका खुला राख्न परिवर्तन नगरेको भए अहिले देखा परेको अस्थिरता देखा पर्न सक्तैनथ्यो र सत्ताको चलखेलमाभन्दा संबिधान निर्माणमा नै ध्यान केन्द्रित हुने संभाबना रहन्थ्यो र यो नै यस चुनावको मुलभूत उद्धेस्य हो । । यस निर्णयले सांसदहरु भेंडबाख्रा झैं बेचिने पुरानो घृणित खेलको पुनराबृत्ती जुनसुकै बेला पनि हुन सक्तछ भने नैतीकताको खडेरी परेको नेपालको राजनीतिले पुन: मलजल पाउने संभाबनाको रुपरेखा टडकारो बन्दै आइरहेको छ, जनताले चाहेको पार्टी सडक तताउने र जनताद्धारा कम रुचाइेएकाहरुले सत्ताको कुर्सी तताउने हुँदा जन भावनामाथि कुठाराघात हुनेछ । यसरी यस निर्णयले उनीहरुले सत्तामा जान त पाउलान, भ्रस्टहरुले अलि ढुक्कसंग श्वास फेर्न पाउने गरी जनतालाई आहत दिदैं राहत पाएको अनुभब त गर्लान तर गणतन्त्र नेपालको ईतिहासमा नेका र एमालेको यो भूमिका देशलाई यथास्थितिमा राख्ने र अस्थिर बनाउने कलंकित निर्णयको रुपमा साबित हुने कुरामा शंका छैन ।
सेनापति प्रकरणबाट शुरु भएको अहिलेको समस्या पहिला रास्ट्रपति र त्यसपछि एमालेबाट घ्यू थपिदै गएको देखिन्छ । राष्ट्रपतिको कदमको त प्रसंग बेग्लै छ र केस सर्बोच्चमा पुगिसकेको छ , तर एमालेको पार्टीको तर्फबाट अध्यक्ष र महासचिबले र पार्टीको नेत्रित्व गर्ने नेताको हैसियतले उपाध्यक्षले समेत मन्त्री परिषद मार्फत सेनापति बिषयमा एउटा निर्णय दिइसकेपछि पुन: मध्यमार्गीको नाममा बरियताक्रममा तेस्रो नम्बरमा रहेकोलाई प्रस्ताब गरिसकेपछि फेरी प्रधानमन्त्रिको पासा पल्टने लोभमा आफ्ना दुबै बिकल्पलाई लत्याएर गरेको निर्णयले एमालेले आफूलाई ढुलमुले चरित्रको भनी पुन: प्रमाणित गरी नेकासंग मिलेर सत्तामा जानको लागि खोलीराखेको ढोकाबाट प्रबेश गर्न गणितिय खेललाई निम्त्याइ पुन: लज्जास्पद गाइजात्रा को शुरुवात गरेको देखिन्छ । यसै घटनाको सिलसिलामा कुटनितिज्ञहरुको ब्यापक दौडधूप त भयो भयो, भरतीय पक्षले चिनिया पक्षलाई आरोप लगाइदिएपछि केही जटीलता समेत थपिन पुगेको देखिन गयो । यस पटकको गणितिय खेलको शुरुवात भैसकेपछि सबैको ध्यान तान्न समर्थ चौथो ठुलो पार्टीभित्र पैसामा किनबेचको प्रसंगको अलावा आ-आँफैमा हात हालाहालको घटना देखा पर्यो भने भारतीय पक्षले दिएको चुनौती प्रकाशमा आयो र एउटा अनौठो हल्ला एमाले a[तबाट बाहिर के ल्याइयो भने धनाढ्य नेपाली ब्यापारी डा. उपेन्द्र महतोले फोरमका अध्यक्ष उपेन्द्र यादबलाई माओबादी पक्षमा सांसद किन्न पैसा प्रदान गरियो । यस्को आधार के बनाइेएको थियो भने प्रधानमन्त्री प्रचन्डको बिदेश भ्रमणमा उनलाई पनि समाबेश गराइेएकोले प्रचन्डसंग निकटको संबन्ध छ । यो हल्लाले दुबै उपेन्द्र कत्ती हास्ने हुन वा के गर्ने हुन थाहा छैन ।
यसरी के स्पस्ट हुन्छ भने मुखले संधै देश र जनताको लागि भनेर रटेर कहिल्यै नथाक्नेहरुले व्याबहारिक रुपमा देश र जनताको लागि कहिल्यै सोच्नै सकेनन र संधै जतिसुकै निर्लज्जतालाई स्वीकार्न परे पनि कुर्सी नै उनीहरुको लागि सर्बाधिक महत्वको बिषय बन्न पुग्यो । जनताले दिएको पाठलाई पनि अंगीकार गर्न सकेनन बरु अझै जनतालाई भेंडा ठानी आँफैलाई सर्ब शक्तिमान ठान्ने पुरानै सोंचले ग्रस्त छन । उनीहरुको यस्तै मानसिकताले गणतन्त्र प्राप्ती पछि पनि देशमा देखा पर्ने पुरानै कुराहरुको पुनराa[तिले गर्दा जनता निराश निराश हुन वाध्य छन । त्यो बाध्यता अब के कस्तो रुपमा प्रस्फुटन हुने हो त्यो भने अब हेर्न बाँकी नै छ र संभबत त्यो सकारात्मक परिवर्तन दायक हुनेछ ।

एमाले नेताहरु प्रहरी सुरक्षा घेरामा

May 19, 2009
10:30 AM
आफ्नो नेतृत्वमा नयाँ गठबन्धन सरकार बनाउन लागिपरेको पूर्व सत्ता साझेदार नेकपा (एमाले) प्रति एकीकृत नेकपा (माओवादी)का नेताहरुले शाब्दिक रुपमा प्रहार गरिरहेकै थिए। महासचिव ईश्वर पोखरेलप्रति लक्षित गरी आइतबार रामेछापमा आक्रमणसमेत गरिएपछि प्रहरीले एमाले नेताहरुको सुरक्षा व्यवस्था कडा पार्न थालेको छ। ठूला नेताहरुको त यसरी सुरक्षा गरिन्छ। तर ती बिचरा गाउँका कार्यकर्ताहरुको सुरक्षा कसले गर्ने ?

बदलिँदो परिस्थितिका बीच थप सुरक्षा प्रदान गरिएका नेताहरुमा केपी ओलीको नाम अग्रपंक्तिमा आउँछ। उनी माओवादीका कट्टर आलोचक हुन्। केही अघि रत्‍नपार्कमा गरिएको आमसभामा माओवादी मजदूर संगठनका नेता शालिकराम जम्मरकटेलले उनको नामै किटेर चेतावनी दिएका थिए। यहाँ हेर्नुस् भिडियो-

ओलीलाई सशस्त्र प्रहरीका सब इन्सपेक्टरको कमान्डमा थप सुरक्षाकर्मीको सुरक्षा दिइएको छ। ओली पूर्व गृहमन्त्री पनि हुन्। सरकारले कमल थापा र दानबहादुर शाही बाहेक सबै पूर्व गृहमन्त्रीलाई सुरक्षाको व्यवस्था गरेको हुन्छ।

त्यसैगरी भावी प्रधानमन्त्रीका रुपमा चर्चामा आएका माधवकुमार नेपाललाई पनि थप सुरक्षा दिइएको छ। एमाले अध्यक्ष झलनाथ खनाललाई समेत सुरक्षा बढाइएको छ।

त्यस्तै एमाले नेताहरु प्रदीप ज्ञवाली, शंकर पोखरेल र महासचिव ईश्वर पोखरेललाई पनि निजी सुरक्षा अधिकारीको व्यवस्था गरिएको छ। महासचिव पोखरेलमाथि आक्रमण भएपछि उनको सुरक्षा रहेको प्रहरीले १० राउन्ड हवाई फायर गर्नुपरेको थियो।

पोखरेलले रामेछापको तिल्पुङ्गमा आफूमाथि भएको हमला हत्या गर्ने उद्देश्यका साथ भएको जिकिर गरेका छन्। पार्टी केन्द्रीय कार्यालय मदननगरमा आयोजित पत्रकार सम्मेलनमा उनले एकीकृत माओवादी पार्टीको निर्देशनमा योजनाबद्ध तरिकाले हत्या गर्ने मनशायले सो घटना गराइएको बताए।

रामेछापको मन्थलीमा नेकपा (एमाले)द्वारा आयोजित कार्यक्रममा माओवादीविरुद्ध चर्का भाषण गरेर राजधानी फर्कने क्रममा पोखरेललगायतका नेता चढेको गाडीप्रति लक्षित गरी भीरबाट ढुंगा खसालेर आक्रमणको प्रयास भएको थियो। यद्यपि, घटनामा कसैलाई केही हुन पाएन।

केही कांग्रेस नेतालाई पनि सुरक्षा बढाइएको बुझिएको छ। सुरक्षा पाउने नेताहरुमा रामचन्द्र पौडेल, रामशरण महत र विमलेन्द्र निधि प्रमुख छन्।
Amrit_pnd@yahoo.com
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

माओवादी सत्ताबाट सडकमा पुग्यो

May 19, 2009
Down Load from website
Collect by Amrit



रुक्माङ्गद कटवाललाई प्रधानसेनापतिबाट हटाउन नसकेपछि राजीनामा दिएर कामचलाउ मन्त्री बनिरहेका एकीकृत नेकपा (माओवादी) का मन्त्रीहरु सडकमा नारा लगाउँदै। माओवादीले आइतबार राजधानीमा ठाउँठाउँबाट मानिस ओसारेर विशाल विरोध प्रदर्शन तथा सभा गरेको थियो। यो सभामा माओवादीको आगामी कदमका बारे घोषणा हुने अपेक्षा गरिएको भए पनि त्यस्तो कुनै संकेत दिइएन।


द्वैध सत्ता कायम भएको भन्दै नैतिकताका आधारमा राजीनामा दिएका थिए प्रचण्डले। अब माधव नेपालका पक्षमा ३५० सभासदको हस्ताक्षर सभामुख कहाँ पुगिसके पछि अझै पनि सदन चल्न दिन्नँ भन्दै नयाँ सरकार बन्ने बाटो रोक्नु नैतिकताको हैसियतले दिँदैन। त्यसो त हिजोअस्तिकै विभिन्न कार्यक्रमहरुमा प्रचण्डले आइतबारसम्म मात्र सदनमा अवरोध गर्ने बताउँदै आएका थिए। नयाँ कदमबारे माओवादीले केही बताएको छैन।


आजको सभामा पनि माओवादीले नयाँ आन्दोलनको घोषणा गरेन। बरु माओवादीलाई लिट्टे र आफूलाई प्रभाकरण बनाउँछु भन्दै हिँड्नेहरुलाई त्यसो गरी देखाउन चुनौति पो दिए। माओवादी जंगल पस्दैन तर प्रत्येक सदरमुकाम र प्रत्येक गाउँ र सहरबाट शान्तिका लागि लड्छ भनी उनले भने। त्यसो भनेको केही घण्टामा नै रामेछापमा माओवादीले एमाले महासचिव ईश्वर पोखरेलको गाडीलाई लक्षित गरी भीरबाट ढुंगा खसालिदिएछन्। धन्न उनको गाडीमा लागेन। अर्कै कार्यकर्ता चढेको गाडीमा लागेछ। केही सामान्य घाइते भएछन्। हुनत त्यो ठाउँका माओवादी नेताले हाम्ले त्यसो गरेका हैनौँ भनेका रहेछन्। भन्ने नै भए। महासचिवमाथि त त्यस्तो व्यवहार हुन्छ भने गाउँगाउँमा माओवादी इतर विचार राख्नेहरुको के हविगत बनाउने होलान् यिनीहरुले ? केन्द्रमा सरकार एमाले काँग्रेसको बन्ने भो, तर बिचरा गाउँका उनीहरुका कार्यकर्ताले दुःख पाउने भए। तीन ठूला पार्टी मिलेर नगएसम्म नेपालले शान्ति पाउने अवस्था नै छैन। खै के हुने हो कुन्नि।


३५० जनाको हस्ताक्षर बुझाएपछि अब कार्यव्यवस्था समितिको बैठक बस्छ। त्यसपछि प्रधानमन्त्री बन्नका लागि माओवादीले पनि उम्मेदवार उठाउनु पर्ने हुन्छ। उठाएन भने माधव नेपाल नै सर्वसम्मत हुनेछन्। प्रचण्ड प्रधानमन्त्री बन्दा कांग्रेसले शेरबहादुर देउवालाई उठाएका थिए। खेल खेल्न खप्पीस माओवादीले यसपालि कसलाई उठाउलान् त ? उपेन्द्र यादवलाई उठाएर मधेसीलाई घुमाउने हुन् कि ? कि माधव नेपालका अगाडि फेरि झक्कुलाई नै उठाइदिने हुन् !
यातायात व्यवस्था नै ठप्प हुने गरी निकालिएको जुलुसमा यसरी भैँसीमाथि चढाइएको राष्ट्रपतिको पुत्ला पनि राखिएको देखिन्थ्यो-

अनि यसरी पुत्ला शव पनि बोकेर सभास्थल नजिकै लडाएका थिए उनीहरुले।


मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

प्रचंड पुराण

प्रचंड पुराण
Amrit Pandit (Israel)

रास्त्रपति गलत, म ठीक
सेनापति गलत, म ठीक
कांग्रेस गलत, म ठीक
एमाले गलत, म ठीक
फोरम गलत, म ठीक
२२ दल गलत, म ठीक
अरुलाई मत दिने ७०% जनता गलत, हामीलाई दिने ३०% ठीक
अदालत गलत, म ठीक
प्रेस गलत, म ठीक
अंतरास्ट्रीय समुदाय गलत, म ठीक
दुनिया गलत, म ठीक
सहमति गलत , लिडेधिपी ठीक
सहअस्तित्व गलत, सफाया ठीक
शांति गलत, आतंक ठीक
सहमतिको पालन अरुले नगरे गलत, आफुले नगरे पनि ठीक
सुजीत बिकको हत्या बिरोध गलत, सम्रक्श्यन ठीक
भास्टाचार अरुले गरे गलत, आफुले गरे ठीक
देश बिकास अरुले गरे गलत, आफुले नगरे पनि ठीक
सदन अबरुध्ह अरुले गरे गलत, आफुले गरे ठीक
भारतीय हस्तक्श्यप अरुको पक्ष्यमाँ भये गलत, आफ्नो पक्ष्यमा भये ठीक
पागलले भन्छ रे दुनिया पागल, म ठीक // प्रचंड पुराण र पागल पुराणमा कुनै भिन्नता छ र ???????????
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

माधव नेपाल भारतीय मूलका रे !

19,May 2009
amrit_pnd@yahoo.com


नेपाली मिडिया यस्तो रे उस्तो रे भनेर हामी कुरा गर्ने गर्छौँ। तर भारतीय मिडिया त नेपाली मिडियाभन्दा पनि खत्तम हुन्छन्। यी भारतीय मिडियाको कुरा पनि बुझिनसक्नुको हुन्छ। जसलाई पनि यिनीहरु आफ्नै देख्दा रहेछन्। हुँदाहुँदा माधव नेपाललाई समेत भारतीय मूलका भनेर हावामा ठोकिदिएछन्। नेपालका कसैलाई थाहै नहुने कुरा पनि यिनीहरुलाई थाहा हुने रहेछ। गत जनवरीमा पनि १४ वर्षीय नेपाली मूलका अनिश गिरीले कान्छा ग्रान्डमास्टरको उपाधि जित्दा पनि केही भारतीय मिडियाले who looks like indian अर्थात् ‘भारतीय जस्तै देखिने’ भनेर लेख्न भ्याएका थिए

मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

समशामाहिक जोक्स(वर्तमान परिप्रेक्ष्यमा)

एउटा जोक
माधव नेपालः गिर्जा बाउ गिर्जा बाउ, आँप त झरेछ नि
गिर्जाः काँ त्यसै झरेको हो र। जेठमा कहाँ आँप पाक्छ र। यो त कटुवालले रुख हल्लाको र रामा (भैँसीवाला क्या) ले लौराले हानेपछि बल्ल पो झरेको। एक्लै नखाऊ है, छोरी सुजातालाई नि भाग दिनुपर्छ। नत्र रुन्चे।
माधौ नेपालः वर्तमान परिप्रेक्ष्यमा……

BBC-साझा सवालमा डा. वावुराम भट्टर्राई के भन्छन जनताका माझमा ।।।Video

Untitled from eNepalnews.com on Vimeo.


मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

Sunday, May 17, 2009

आम्मै, के हो यस्तो ?

May 17, 2009
आम्मै, के हो यस्तो ?

हरियो बाँसमा झुण्डिएका आधा दर्जनभन्दा बढी लाश…
किरिया बसे जस्तै कपाल खौरिएकाहरु…
एकोहोरो फुकेको शंखको आवाज….


धेरै मान्छे छक्क परे आखिर यो के रहेछ ? पछि पो थाहा भयो, यो त विरोधको नयाँ शैलि रहेछ माओवादीहरुको। राष्ट्रपतिको निर्णय फिर्ता लिनुपर्ने माग गर्दै सडकमा आन्दोलन गरिरहेका माओवादीहरुले आफूलाई मन नपर्ने नेता र राजदूतहरुको पुत्लाको लाश बनाई विरोध गरेका रैछन्।
त्यसो त टायर जलाएर आफ्नै र अरुको स्वास्थ्यमा हानी हुने गरी विरोध प्रदर्शन गर्नुभन्दा यस्तो विरोध राम्रो हो। तर यस्ता लाश नक्कली नै भए पनि सक्कली झैँ देखिने हुँदा यो देख्दा अलि मनै कस्तो कस्तो भने हुने रहेछ।

राष्ट्रपति रामवरण यादव, सेनापति रुक्माङ्गद कटवाल, भारतीय राजदूत राकेश सूद, अमेरिकी राजदूत न्यान्सी जे पावेल, एमाले नेता केपी ओली, काँग्रेस नेता शेरबहादुर देउवा लगायतका नेताहरुको नाम लेखेर पुत्ला बनाइएको थियो।

Pic down load from Internet site
collect by:-Amrit Pandit -ISrael(amrit_pnd@yahoo.com)

यो मेक्सिको हैन, नेपालै हो

May 17, 2009
यो मेक्सिको हैन, नेपालै हो



कति उही राजनीतिका पट्यारलाग्दा गफ पढ्ने, सुन्ने अनि तालुदेखि पैतालासम्मको रिस एकअर्कालाई पोख्दै वादविवाद गरिरहने, आउनुस् एउटा फरक विषयको पनि स्वाद चाखौँ। स्वाइन फ्लुप्रति सचेत भएर मात्र हैन होला, काठमाडौँको धुलो धुँवाबाट बच्न पनि मास्क लगाउनेहरु ह्वात्तै बढेको छ। युवतीहरुले लुगा कै रङ्का मास्क लगाएर फेसनप्रति पनि सचेत भए पनि पुरुषहरुमा भने यस्तो देखिएन है।

यी फोटोहरु शनिबार खिचेको थिएँ। त्यही दिन अपलोड गर्न पाइएन। भोलिपल्टदेखि त सुरु भइहाल्यो नि भद्रगोल। फूर्सदै पाइएन।








मेक्सिकोबाट स्वाइन फ्लुको संक्रमण फैलन थालेपछि अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा मास्क लगाएका फोटोहरु निकै देखिए। नेपालका खासै देखिएन। सब मिडियालाई राजनीति कै ध्याउन्ना। नेपालमा पनि स्वाइन फ्लुका लागि सतर्कता अपनाउन थालिसकिएको छ। काठमाडौँ विमानस्थलमा शंकास्पदहरु संक्रमण जाँच्न डेस्क पनि बनाइसकिएको छ।




Collection from internet
Collect by:- Amrit Pandit(amrit_pnd@yahoo.com)