प्रबासमा नेपाली भाषालाइ माया गर्ने ब्लग मध्ये एक जुन इजरायली प्रबासबाट प्रस्तुत छ.....ब्लग हेरिदिनुभएकाले धन्यबाद ।

Monday, May 18, 2009

एमाले नेताहरु प्रहरी सुरक्षा घेरामा

May 19, 2009
10:30 AM
आफ्नो नेतृत्वमा नयाँ गठबन्धन सरकार बनाउन लागिपरेको पूर्व सत्ता साझेदार नेकपा (एमाले) प्रति एकीकृत नेकपा (माओवादी)का नेताहरुले शाब्दिक रुपमा प्रहार गरिरहेकै थिए। महासचिव ईश्वर पोखरेलप्रति लक्षित गरी आइतबार रामेछापमा आक्रमणसमेत गरिएपछि प्रहरीले एमाले नेताहरुको सुरक्षा व्यवस्था कडा पार्न थालेको छ। ठूला नेताहरुको त यसरी सुरक्षा गरिन्छ। तर ती बिचरा गाउँका कार्यकर्ताहरुको सुरक्षा कसले गर्ने ?

बदलिँदो परिस्थितिका बीच थप सुरक्षा प्रदान गरिएका नेताहरुमा केपी ओलीको नाम अग्रपंक्तिमा आउँछ। उनी माओवादीका कट्टर आलोचक हुन्। केही अघि रत्‍नपार्कमा गरिएको आमसभामा माओवादी मजदूर संगठनका नेता शालिकराम जम्मरकटेलले उनको नामै किटेर चेतावनी दिएका थिए। यहाँ हेर्नुस् भिडियो-

ओलीलाई सशस्त्र प्रहरीका सब इन्सपेक्टरको कमान्डमा थप सुरक्षाकर्मीको सुरक्षा दिइएको छ। ओली पूर्व गृहमन्त्री पनि हुन्। सरकारले कमल थापा र दानबहादुर शाही बाहेक सबै पूर्व गृहमन्त्रीलाई सुरक्षाको व्यवस्था गरेको हुन्छ।

त्यसैगरी भावी प्रधानमन्त्रीका रुपमा चर्चामा आएका माधवकुमार नेपाललाई पनि थप सुरक्षा दिइएको छ। एमाले अध्यक्ष झलनाथ खनाललाई समेत सुरक्षा बढाइएको छ।

त्यस्तै एमाले नेताहरु प्रदीप ज्ञवाली, शंकर पोखरेल र महासचिव ईश्वर पोखरेललाई पनि निजी सुरक्षा अधिकारीको व्यवस्था गरिएको छ। महासचिव पोखरेलमाथि आक्रमण भएपछि उनको सुरक्षा रहेको प्रहरीले १० राउन्ड हवाई फायर गर्नुपरेको थियो।

पोखरेलले रामेछापको तिल्पुङ्गमा आफूमाथि भएको हमला हत्या गर्ने उद्देश्यका साथ भएको जिकिर गरेका छन्। पार्टी केन्द्रीय कार्यालय मदननगरमा आयोजित पत्रकार सम्मेलनमा उनले एकीकृत माओवादी पार्टीको निर्देशनमा योजनाबद्ध तरिकाले हत्या गर्ने मनशायले सो घटना गराइएको बताए।

रामेछापको मन्थलीमा नेकपा (एमाले)द्वारा आयोजित कार्यक्रममा माओवादीविरुद्ध चर्का भाषण गरेर राजधानी फर्कने क्रममा पोखरेललगायतका नेता चढेको गाडीप्रति लक्षित गरी भीरबाट ढुंगा खसालेर आक्रमणको प्रयास भएको थियो। यद्यपि, घटनामा कसैलाई केही हुन पाएन।

केही कांग्रेस नेतालाई पनि सुरक्षा बढाइएको बुझिएको छ। सुरक्षा पाउने नेताहरुमा रामचन्द्र पौडेल, रामशरण महत र विमलेन्द्र निधि प्रमुख छन्।
Amrit_pnd@yahoo.com
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

No comments:

Post a Comment