प्रबासमा नेपाली भाषालाइ माया गर्ने ब्लग मध्ये एक जुन इजरायली प्रबासबाट प्रस्तुत छ.....ब्लग हेरिदिनुभएकाले धन्यबाद ।

Monday, March 30, 2009

पौष्टिक तत्त्वलाई ध्यानमा राखी / खानामा हेरफेर



बिरामीको अवस्था हेरी खाद्यपदार्थलाई नरम खाना, पूरै तरल खाना र झोल खानाको रुपमा परिवर्तन गरेर स्वास्थ्यस्थितिअनुरुप समायोजन गर्न जति जरुरी हुन्छ त्यसरी नै व्यक्तिको स्वास्थ्यस्थितिअनुसार खाद्यपदार्थमा भएको पौष्टिक तत्त्वको आधारमा भोजनको फेरबदल गर्नुपर्ने तथा खाद्यपदार्थबाट प्राप्त हुने शक्तिमा समेत थपघट गर्नुपर्ने हुन्छ ।

प्रायः स्वास्थ्य स्थितिअनुसार नियमित खानामा फेरबदल गर्दा शक्तिको परिमाण बढाउने वा घटाउने, पौष्टिक तत्त्वहरु जस्तै- प्रोटिन, चिल्लो पदार्थ, सोडियम, लौहतत्त्वको परिमाण बढाउने वा भोजनमा परहेज गर्नेजस्ता कुराहरु आउँछन् । साधारणतया निश्चित किसिमका पौष्टिक तत्त्व थपघट गर्दा व्यक्तिको स्वास्थ्यस्थितिलाई पूरै ध्यानमा राख्न आवश्यक हुन्छ । यसबाहेक लामो समयसम्म कुनै निश्चित पौष्टिक पदार्थ परहेज गर्नुपर्दा उक्त तत्त्व रहेको खाद्यपदार्थ भोजनमा समावेश नगर्दा अन्य पौष्टिक तत्त्वहरुको पनि कमी भई थप प्रतिकूल असर पर्न सक्ने भएकोले यस्तो स्थितिमा सम्बन्धित व्यक्तिहरुसँग परामर्श लिई सोहीबमोजिम भोजनको व्यवस्था गर्नुपर्ने हुन्छ ।

विशेषगरी चलनचल्तीमा आउने खानामा फेरबदल गर्ने पद्धतिमा क्यालोरीको थपघट तथा प्रोटिन, चिल्लो पदार्थ, सोडियम र फाइबरजस्ता तत्त्वको फेरबदल गर्ने भएकोले यी उल्लिखित तत्त्वहरु कुन अवस्थामा बढाउनुपर्ने हो तथा कुन अवस्थामा घटाउनुपर्ने हो, सो जान्न आवश्यक हुन्छ ।

बढी र कम क्यालोरीयुक्त भोजन

विशेषगरी कुपोषण, कम तौल, क्षयरोग, हाइपरथाइरोइडिजम (Hyper thyroidism) तथा लामो समयसम्म ज्वरो आउँदा थप शक्ति आवश्यक पर्ने भएकोले यस स्थितिमा बढी क्यालोरीयुक्त भोजनको आवश्यक हुन्छ ।

यस प्रकारको भोजनमा दैनिक थप ५ सय क्यालोरी शक्ति आवश्यक हुन्छ भने सोही अनुपातमा प्रोटिन ५० प्रतिशत र भिटामिन एवम् खनिज पदार्थ पनि बढाउनुपर्ने हुन्छ । बढी क्यालोरीयुक्त भोजनबाट एक वयष्कले प्रतिदिनको हिसाबले करिब प्रोटिन ८०-१०० ग्राम, चिल्लो पदार्थ ६०-८० ग्राम, कार्बोहाइड्रेट ४००-५०० ग्राम र शक्ति ३०००-४००० क्यालोरी प्राप्त गरेको हुन्छ ।

बढी क्यालोरीयुक्त भोजनको व्यवस्था गर्दा बिरामीको अवस्थाअनुसार बिस्तारै क्यालोरीको परिमाण बढाउनुपर्ने हुन्छ । एकैचोटि धेरै परिमाणमा खान अर्समर्थ हुने भएकोले वा तुरुन्तै बढी क्यालोरी लिन अर्समर्थ हुने भएकोले परिमाणात्मक एवम् गुणात्मक रुपमा बिस्तारै बढाउँदै लग्नुपर्ने हुन्छ । बढी खुवाउनाले रुचि नहुने, वाकवाक लाग्ने, पेट गडबडी हुने बढी सम्भावना भएकोले थोरै-थोरै तर पटक-पटक गरी खुवाउँदा उपयुक्त हुन्छ ।

साधारणतया कम क्यालोरीयुक्त भोजन बढी तौल भएको मोटो व्यक्तिको लागि सिफारिस गरिन्छ । मुटुसम्बन्धी रोग, मधुमेह, श्वासप्रश्वास (Arthritis), गाउट (Gout), पित्तासयसम्बन्धी रोगका विविध कारणहरुमध्ये बढी तौल एक प्रमुख कारण भएकोले यी उल्लिखित स्वास्थ्य समस्यालाई कम तथा नियन्त्रण गर्नको लागि दैनिक भोजनमा क्यालोरीको परिमाण कम गर्नुपर्ने हुन्छ । हुन त तौल घटाउनमा खानाबाहेक उपयुक्त किसिमको शारीरिक व्यायाम पनि त्यत्ति नै जरुरी हुन्छ । यसबाहेक बढी तौल हुनमा खानाबाहेक वंशाणुगत गुण, मेटाबोलिजममा हुने गडबदीजस्ता कारण पनि भएकोले तौल घटाउन कम क्यालोरीको भोजनको योजना गर्नुअगाडि व्यक्तिको शारीरिक अवस्था, उसको खाना खाने बानी, पारिवारिक पृष्ठभूमिबारे पनि जान्न आवश्यक हुन्छ ।

यस प्रकार शरीरको तौल घटाउन कम क्यालोरी भएको भोजनको योजना गर्दा समावेश गरिने खाद्यपदार्थको उचित छनोट, राम्रो खाना खाने बानीको विकास तथा पौष्टिक दृष्टिकोणले स्वस्थकररुपमा क्रमिक तौल घटाउनुपर्ने हुन्छ । प्रतिमहिना २ देखि ३ किलोग्राम तौल घटाउनको लागि दैनिक ८००-१००० क्यालोरी शक्ति आवश्यकभन्दा कम गर्नुपर्ने हुन्छ । साधारणतया यस प्रकारको भोजनबाट १२००-१६०० क्यालोरी शक्ति प्राप्त हुने किसिमले सिफारिस गरिन्छ । प्रतिदिन १३०० क्यालोरी शक्ति भोजनबाट प्राप्त गर्न सकेमा प्रतिहप्ता आधादेखि एक किलोग्राम शरीरको तौल घटाउन सकिन्छ । यसको लागि खानाबाहेक उपयुक्त शारीरिक क्रियाकलापको पनि अति जरुरी हुन्छ ।

क्यालोरीको परिमाण कम गर्दा अन्य पौष्टिक तत्त्वको परिपूर्तिको लागि प्रोटिनको दैनिक आवश्यकता केही बढाउनुपर्ने हुन्छ । साधारण अवस्थामा प्रतिकिलो तौलबराबर १ ग्राम प्रोटिन आवश्यक हुन्छ भने यस स्थितिमा प्रतिकिलो तौलबराबर डेढ ग्राम प्रोटिन आवश्यक हुन्छ । चिल्लो पदार्थ र कार्बोहाइड्रेटयुक्त खाद्यपदार्थको उपभोगमा नियन्त्रण गर्नुपर्छ । खाने खानाको परिमाण पनि कम गर्नुपर्ने भएकोले कम क्यालोरीको भोजनको योजना गर्दा सबै खाद्यसमूहबाट पर्ने गरी उचित परिमाणमा एवम् गुणस्तरीय रुपमा खाद्यपदार्थको छनोट गर्नुपर्छ । बटर, चीज, चकलेट, आइसक्रिम, बोसोयुक्त मासु, तारेको खाना, केक, रिफाइन्ड अन्न, चिनी, सिरप (Syrup) आदि भोजनमा परहेज गर्नुपर्ने हुन्छ ।

बढी र कम प्रोटिनयुक्त भोजन

विशेषगरी बढी प्रोटिनयुक्त खाना प्रोटिन-क्यालोरीको कुपोषण भएको अवस्थामा, कुपोषित बिरामीहरुमा, ज्वरो आएको समयमा,

शल्यक्रिया गर्न अगाडि र पछाडिको अवस्थामा, घाउचोट लागेको स्थितिमा, आगोले पोलेको अवस्थामा तथा नेफ्राइटिस २ ९ल्भउजचष्तष्क तथउभ क्ष्क्ष्० भएको समयमा आवश्यक हुन्छ । हाम्रो जस्तो विकासोन्मुख मुलुकमा करिब १८ देखि २४ महिनाका बालबालिकामा प्रोटिनको कमीबाट हुने क्वासिवर्कर ९प्धबकजष्यचपबच० रोगको लागि पनि प्रोटिनयुक्त भोजनको आवश्यक हुन्छ ।

बढी प्रोटिनयुक्त भोजनको योजना गर्दा उमेरको आधारमा एक वयष्कको लागि प्रतिदिन १२५ देखि १५० ग्राम प्रोटिन दैनिक खानाबाट पर्ूर्ति गर्नुपर्ने हुन्छ भने १० वर्षुनिका बालबालिकाको लागि ६० देखि १०० ग्राम उपलब्ध हुनर्ुपर्छ । बिरामीको अवस्था हेरी प्रतिकिलो तौलबराबर ३-४ ग्राम प्रोटिनको आवश्यक हुन्छ । साथै प्रोटिन प्राप्त हुने खाद्यपदार्थ पनि गुणस्तरको हुनर्ुपर्छ ।

खाद्यपदार्थबाट प्राप्त भएको प्रोटिन शरीरमा अधिकतम उपयोगी हुनको लागि सोही अनुपातमा खानाबाट क्यालोरी प्राप्त हुनर्ुपर्छ । किनकि शरीरमा क्यालोरीको कमी छ भने खानाबाट प्राप्त हुने प्रोटिन आफ्नो कामको लागि भन्दा शक्ति दिनको लागि खर्च हुन सक्छ । दूध, अण्डा, माछा, मासु, हरियो सागपात दैनिक भोजनमा प्रशस्त समावेश गर्दा प्रोटिनबाहेक भिटामिन र खनिज पदार्थ पनि आवश्यक मात्रामा प्राप्त गर्न सकिन्छ ।

एक वयष्कको लागि बढी प्रोटिनयुक्त भोजनको योजना गर्दा प्रतिदिन १२०-१५० ग्राम प्रोटिन र सोही अनुपातमा चिल्लो पदार्थ ६०-७० ग्राम, कार्बोहाइड्रेट २५०-३०० ग्राम र क्यालोरी ३००-३५०० प्राप्त हुँदा बेस हुन्छ । तर शरीरको अवस्था हेरी प्रोटिनको परिमाण बढाउँदा अन्य पौष्टिक तत्त्व थप-घट गर्नको लागि सम्बन्धित विशेषज्ञको सिफारिसमा गर्नुपर्दछ ।

प्रोटिन कम भएको भोजन विशेषगरी जन्डिसलगायत अन्य ९ऋजचयलष्अ ग्चबझष्ब, खष्चब जिभउबतष्तष्क, नबिि कतयलभक, तथउभ क्ष् लभउजचष्तष्क० रोगहरु भएको अवस्थामा दिइन्छ । माथि उल्लिखित अवस्थामा दैनिक प्रोटिनको आवश्यकता ३०-४० ग्रामभन्दा कम मात्र हुनुपर्छ । यदि बिरामीमा कुपोषणको समस्या छैन भने क्यालोरीको परिमाण पनि कम गर्नुपर्छ । शरीरभित्र तुरुन्तै ग्लुकोजमा परिणत हुने किसिमको कार्बोहाइड्रेटयुक्त खाद्यपदार्थ मात्र समावेश गर्नुपर्छ ।

साधारणतया एक वयष्कलाई कम प्रोटिनयुक्त भोजनको व्यवस्था निम्न तवरले गर्न सकिन्छ ।

खाद्यपदार्थ साकाहारी (ग्रा.) मांसाहारी (ग्रा.)

अन्न १००-१५० १००-१५०

कर्न स्र्टार्च १०० १००

गेडागुडी १५-२० १५-२०

दूध ५००-७०० ३००-४००

अण्डा, माछामासु - २०-२५

आलु १०० १००

हरियो सागसब्जी १०० १००

अन्य साग-तरकारी १०० १००

तेल ४०-५० ४०-५०

चिनी १०० १००

फलफूल २०० २००



माथि उल्लिखित भोजनबाट प्रतिदिन व्यक्तिले करिब प्रोटिन २५-३० ग्राम, कार्बोहाइड्रेट २५०-३०० ग्राम, चिल्लो पदार्थ ६०-७० ग्राम र क्यालोरी २००-२५०० प्राप्त गर्न सक्छ । भोजनमा प्रोटिनको परिमाण कम गर्ने भएकोले सिफारिसअनुसार मल्टिभिटामिन र मल्टिमिनरल लिनुपर्ने हुन्छ ।

हाल प्राथमिकतामा परेका केही पौष्टिक तत्त्वहरु जस्तै- फाइबर, कोलेस्टेरोल, चिल्लो पदार्थ, पोटासियम र पानीको दैनिक भोजनमा महत्त्वबारे आगामी अंकहरुमा प्रकाशित गरिनेछ ।

प्रोटिनयुक्त मासुको परिकार

आवश्यक सामग्री

प्याज - १ ठूलो

लसुनको पेस्ट - १ टेबल चम्चा

ओलिभ तेल - २ चिया चम्चा

नुन - स्वादअनुसार

सोया सस -नुन कम) - १ टेबल चम्चा

चिकेन ब्रेस्ट - ३०० ग्राम

लामो कलिलो हरियो फर्सी ३०० ग्राम

गोलभेंडा - २ वटा ठूलो

गोलभेंडाको प्युरी - २ टेबल चम्चा

विधि

- र्सवप्रथम मासु सफा पानीमा पखाली लामो र पातलो हुने गरी काटेर थोरै पानीमा उसिन्नर्ुपर्छ ।

- कलिलो फर्सी कुनै-कुनै भागमा मात्र बोक्रा निकाली ठिक्कको टुक्रामा काट्नर्ुपर्छ ।

- यसैगरी प्याज मसिनो गरी काट्नुका साथै एउटा गोलभेंडाको चार टुक्रा हुने गरी काट्नर्ुपर्छ । लसुन मसिनो गरी काटे पनि हुन्छ अथवा पेस्ट बनाउन पनि सकिन्छ ।

- एउटा फराकिलो प्यानमा तेल हालेर काटेको प्याज र लसुन हाली प्याज नरम र खेरौ-खेरौ नहुन्जेलसम्म पmाइ गर्नुपर्छ ।

- त्यसपछि यसमा काटेको फर्सीली मधुरो आँचमा नरम नहुन्जेल पकाउनर्ुपर्छ । यदि सुख्खा भएमा थोरै पानी पनि हाल्न सकिन्छ ।

- त्यसपछि यसमा सोया सस हालेर चलाई अगाडि उसिनेको मासु, गोलभेंडाको प्युरी, स्वादअनुसार नुन हालेर १० मिनेट जति मधुरो आँचमा पकाउनुपर्छ ।

- पाकेपछि माथिबाट काटेको गोलभेंडा हाली हलुकासाथ चलाएर केहीबेर छोप्नुपर्छ । अनि पुनः २-३ मिनेट जति पकाएपछि तात्तातै र्सव गर्नुपर्छ ।

No comments:

Post a Comment