प्रबासमा नेपाली भाषालाइ माया गर्ने ब्लग मध्ये एक जुन इजरायली प्रबासबाट प्रस्तुत छ.....ब्लग हेरिदिनुभएकाले धन्यबाद ।

Monday, March 30, 2009

कतार र मलेसियामा नेपाली कामदारको तलब घट्यो

काठमाडौ‌‌ १३ चैत
आर्थिक मन्दीका कारण कतार र मलेसियाका रोजगारदाता कम्पनीले आठ सय नेपाली कामदारको तलव घटाएका छन्। कतारको क्युवीसी र मलेसियाको पीटी इन्जिनियरिङ कम्पनीमा कार्यरत मजदुरको तलवमा कटौती भएको हो। कतारको क्युविसी कम्पनीमा कार्यरत पाँच सय नेपाली मजदुरको मासिक तलवबाट एक सय रियाल घटाइएको त्यहाँ कार्यरत लेखराम सापकोटाले इमेलमार्फत दैनिकीलाई जानकारी दिए। मलेसियाको पीटी इन्जिनियिरंग कम्पनीले पनि नेपाली कामदारको तलव ५० प्रतिशतले घटाएको छ। कतारको क्युविसीमा पाँच सय नेपाली मजदुर रहेका छन्। सापकोटालेत्यहाँ रहेका अन्य मुलुकका दुई सय कामदारको पनि तलव घटाइएको बताए। ´मार्चमा बुझेको फेब्रुअरी महिनाको तलवबाट कटौती सुरु भएको छ´- उनले भने- ´घटाउनुको कारण खुलाइएको छैन सायद आर्थिक मन्दीले हुनुपर्छ।´ तलब कटौतीबारेमा कम्पनीका अधिकारीसँग सोध्दा घर जान मन छ भनेर धम्क्याउने गरेको कतारबाटै नवलपरासीका दुर्गा भुसालले जनाए।आर्थिक मन्दीकै कारण चार महिनाअघि मासिक आठसय रिङ्गेटमा मलेसिया पुगेका नेपाली कामदारको तलब ५० प्रतिशतले घटेको छ। नेपाली कामदार रहेको पीटी इन्जिनियिरङले नेपाली कामदारको तलव ५० प्रतिशतले घटाएपछि उनीहरु स्वदेश फर्किने तयारीमा छन्। सो कम्पनीमा ३ सय नेपाली कामदार छन्। बिचल्लीमा परेका सुनसरी बराहक्षेत्र-४ का भक्तबहादुर थापाले घटेको तलवमा पनि एक सय रिङ्गेट लेवी तिर्नु परेको वताए।´बचेको रकममध्ये दुई सय रिङ्गेट खानामै खर्च हुन्छ´ उनले टेलिफोनमा भने- ´पैसा नबचेपछि यहाँ वसेर के काम फर्कनै तयारीमा छौ।´उनका अनुसार मलेसियाली कम्पनीहरुले तलबका साथै ओभरटाइमको व्यवस्था हटाएका छन्। ´ओभर टाइम काम गर्दा केही वचत हुन्थ्यो´ उनले भने-´ओभरटाइम पनि हट्यो तलब पनि घट्यो साह्रै दुःख पाइएको छ।´

No comments:

Post a Comment