प्रबासमा नेपाली भाषालाइ माया गर्ने ब्लग मध्ये एक जुन इजरायली प्रबासबाट प्रस्तुत छ.....ब्लग हेरिदिनुभएकाले धन्यबाद ।

Tuesday, May 12, 2009

नेपाली राहदानीमा भारत जाँदा पनि भिसा

निर्मल श्रेष्ठ
हङकङ, हङकङ निवासी नेपाली भारत यात्रा गर्दासमेत अनिवार्य भिसा लिनुपर्ने नियमले मर्कामा छन्् । भारतीय महावाणिज्यदूतावासले यहाँबाट यात्रा गर्ने नेपाली राहदानीवाहकलाई अनिवार्य भिसा लिनुपर्ने प्रावधान बनाएको छ । व्यापार व्यवसाय, भेटघाट र तीर्थयात्राका क्रममा बर्सेनि सयौं नेपाली भारत भ्रमण गर्छन् । भिसाबारे अनभिज्ञ कतिपय गन्तव्यमा पुगेपछि अध्यागमनको झमेला बेहोर्नु परेको पीडितहरू बताउँछन्् । गत जनवरीमा तीर्थयात्रा गर्न भारत भ्रमणमा निस्केका कान्ति राईसहित दस/आठ घन्टा मुम्बई अध्यागमनमा रोकिए । हङकङ फर्काउन तम्तयार अध्यागमनका कर्मचारीलाई हारगुहार गरेपछि छाडिएको कान्तिले बताइन्् । 'नेपालबाट सधैं त्यसै उड््ने गरेकी चाहिँदैन होला भन्ने लाग्यो, उता पुगेपछि निकै तनाव झेल्नुपर्‍यो ।' उनले दुखेसो सुनाउँदै भनिन्् । व्यवसायका क्रममा पटकैपिच्छे यात्रा गर्ने कृष्णराज पाण्डेसमेत सधैं भिसा लिएरै उड््ने गरेको बताउँछन्् । 'भिसा लिनुनपर्ने थाहा हँुदाहँुदै पनि लिन बाध्य छांै,' उनले भने, 'उतापुगेर किन झमेला मोल्नु ।'
हङकङस्थित भारतीय महावाणिज्य दूतावास र भारतस्थित विमानस्थल अध्यागमनको दोधारे नीतिका कारण पनि हङकङेली समस्यामा छन्् । यहाँस्थित भारतीय महावाणिज्य दूतावासले अनिवार्य गरेको भिसा कतिपयबेला भारतका अध्यागमन कर्मचारीले किन लिएको भन्दै केरकारसमेत गर्ने गरेका छन्् । दूतावासको निर्देशनमा भिसा लिएर उडेका माधव श्रेष्ठलाई नचाहिने भिसा लिएको भन्दै दिल्ली अध्यागमनका कर्मचारीले निकैबेर केरकार गरेर छाडेको उनले बताए । 'जसो गरे पनि नहुने कस्तो नियम हो कुन्नि,' उनले गुनासो पोखे ।
केही महिनाअघिसम्म पर्यटक भिसाबापत तिर्नुपर्ने ३ सय १५ हङकङ डलर हाल नेपाली राहदानीका लागि मिनाहा गरिएको छ । तर भिसा लिनुपर्ने अनिवार्यता भने यथावत् छ । हाल दूतावासले नेपाली राहदानीवाहकका लागि 'ग्रेटिस' भिसा उपलब्ध गराउँछ । भारतीय दूतावासका अधिकारी एचके जैनसँगको जिज्ञासामा उनले हङकङ र चीनमा रहेका नेपाली राहदानीवाहकले भारत भ्रमणमा भिसा लिनैपर्ने
बताए । नेपाली राहदानीलाई भिसा नचाहिनुपर्ने होइन र ? प्रश्नमा उनले भने ? 'नेपालबाट होला यहाँबाट चाहिन्छ, नलिँदा मर्कामा परे हामी जिम्मेवार हुँदैनौं ।'
यहाँस्थित नेपाली महावाणिज्य दूतावासका वाणिज्यदूत सुशीलकुमार लम्साल आफूसमेत अन्यौलमा रहेको बताउँछन्् । 'सन्् १९५० को इन्डो नेपाल ट्रीटीअनुसार नेपाली भएको प्रमाण पुर्‍याउनेले जुनसुकै देशबाट बिनाभिसा भारतमा यात्रा गर्न सक्छ,' उनले भने, 'नेपालीका गुनासा सुनिन थालेपछि हामीले यस्तो प्रावधान हटाउन बारम्बार महावाणिज्य दूतावाससमक्ष कुरा राखेका हौं, उनीहरू यात्रुकै सुरक्षा र सुविधाका लागि यसो गरिएको भन्दै पन्छिन्छन्।
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

No comments:

Post a Comment