प्रबासमा नेपाली भाषालाइ माया गर्ने ब्लग मध्ये एक जुन इजरायली प्रबासबाट प्रस्तुत छ.....ब्लग हेरिदिनुभएकाले धन्यबाद ।

Sunday, May 17, 2009

केही नेपाली शब्दका नयाँ माने

केही नेपाली शब्दका नयाँ माने

भाषा फेसन जस्तो क्षण-क्षणमा होइन, कालान्तरमा बदलिन्छ। तर नेपालमा २०६३ सालमा केही शब्दावली यसरी फेरिए, जसरी मण्डलेहरू गत चैत-बैशाखमा जनआन्दोलन- २ मच्चिँदै जाँदा रातारात लोकतन्त्रवादीमात्र हैन, गणतन्त्रवादी नै भएका थिए। हिजोसम्म सुकला गर्ने भन्नेहरू सुकुलमा तन्किने भन्न थाले भने भुजा ज्यूनार गर्ने भन्नेहरू भात खाने भन्न थाले। खाइसिने, लाइसिने, सुकला गर्ने, भुजा ज्यूनार गर्ने जस्ता भाषा प्रयोग गर्दा आफू सगरमाथाको टुप्पोमा पुगेको महसूस गर्नेहरूले अब ती शब्द प्रयोग गर्दा अपमानबोध गर्न थाले। त्यस्ता अपमानबोधक शब्द एक मुरीभन्दा बढी नै देखा परे काठमाडौं खाल्डोमा। त्यसैले प्रज्ञा प्रतिष्ठानका शब्दवेत्ता तथा भाषाविज्ञहरूले २०६३ सालदेखि नै लागू हुने गरी ती शब्दका माने निम्न बमोजिम परिवर्तन गरेका छन्।
श्री ५ = पाँचपल्ट श्री-श्री भन्दै जोडले कराउु।
श्रीपेच = भित्तामा पेचकिला ठोक्नु।
राजडण्ड = विपक्षी/प्रदर्शनकारीको टाउकामा हान्ने कटबाँसको नयाँ "लोकतान्त्रिक" डण्डा।
राजमुकुट = राज्यको सम्पत्ति गुट्मुट्याउनु।
राजगद्दी = बच्चाहरू लडिबडी खेलेर रजाइँ गर्ने गद्दी।
दरबारः घर वरिपरि दह्रो बार हाल्नु।
नारायणहिटी = लोकतान्त्रिक गणतन्त्र संग्रहालय।
अधिराज्य = आदिम शासकहरूले इतिहासमा थिचोमिचो गरेको राज्य।
हिन्दू अधिराज्य= घाँटीमै घ्याम्पा झुण्ड्याएर बस्न मन पराउने "सिसीमुनीहरू" बस्ने राज्य।
महाराजा = नेपालको इतिहासमा शब्दजाल लोभी मान्छे, जो नामको अगाडि र पछाडि श्री, ५, महा, राजा, अधिराज, वीर,
विक्रम, देव जस्ता आदि र इत्यादि शब्दहरू जुत्ताको माला झैं भिरेर दंग पर्थ्यो।
बडामहारानी = बडो हरामी आइमाई।
युवराजाधिराज = डिस्कोमा लाप्पा खेल्दै हिँड्ने ताल न सुरको युवक।
युवराज्ञी = भल्ट्याङ्भुल्टुङ् घरमा लडाइराखेर रातभर डिस्कोमा नाच्ने युवती ।
राजकुमार = कामै नगरी राज्यलाई शोषण गरेर बाँच्ने लठुवा ।
राजकुमारी = आफूलाई कुमारी दावी गर्ने महिला।
शाहज्यादा = कालो पदार्थ र जाँडको नसामा गाडीले जथाभावी मान्छे किचेर आफूलाई साहसी ठान्ने
संवैधानिक राजतन्त्र = संविधानलाई तन्त्र-मन्त्र गरेर स्व.महेन्द्रको
भुत ब्युँताउने झाँक्री माइला।
राज्यरोहण = ठूलदाइको (मामाको होइन) घोडा मेरो हिँहिँ गर्नु।
शुभराज्यभिषेक = शोषण र भ्रष्टाचार गरेर राज्यको विजोग पार्नु।
राजपरिषद = पञ्चायत जन्माउन (२०६३ सालपूर्व) आफू गर्भवती भएको परी
भन्ठान्ने लिंग-भ्रमित पुरुषहरू।
बाहुली = चोलोको अर्थात् स्त्री जातिको कुनै पनि पहिरनको बाहुला।
हुकुम = सुर्तिको धुँवाले सर्किएर हुक्क-हुक्क गर्नु।
दर्शनभेट = २०५८ देखि २०६२ सालको वीचमा बांगो मुण्टो लगाई छड्के
आँखाले हेरेर गरिएको तर्साउने भेट।
जुनाफ = जुनी-जुनीलाई पुग्नेगरी व्यापार र राज्यको ढुकुटीबाट नाफा खानु।
मौसुफ = मौसम अनुसारको सुप खाने मान्छे।
शाही = मानवको वध गर्ने "कशाही" (जनावरको वध गर्ने "कसाही" होइन)।
सम्राट = स्वरउस्ताद/सम्राट नारायण गोपाललाई बाहेक नेपालमा कसैलाई यो
उपाधि उपलब्ध हुने छैन।
बक्सिनु = डिस्कोमा जाँड खाएर जोसुकैलाई बक्सिङ् हान्नु।
भुजा = ज्यामितिको चतुर्भुज वा त्रिभुजको भुजा अर्थात् हात।
ज्यूनार = हली, जो राँगा वा गोरु नारेर हलो जोत्छ।
सुकला = सुकुलमा सुत्नु।
सवारी = कहिल्यै जनताको भलो काम नगरेपछि उनीहरूले ढुंगामुढा गर्ने डरले
सडक सफाचट पारी भगुवा शैलीमा गाडी हाँक्नु।
सिंहाशन = सिंहको झैं गर्जन निकालेर घुर्दै सुत्नु।
राजकाज = बांगो मुण्टो लगाएर टेँडो काम गर्नु।
गोर्खा दक्षिणबाहु चौपट्ट = देशलाई चौपट्ट पार्ने दक्षिणपन्थीहरूले भिर्ने बिल्ला।
Collection by:- amrit_pnd@yahoo.com

No comments:

Post a Comment