प्रबासमा नेपाली भाषालाइ माया गर्ने ब्लग मध्ये एक जुन इजरायली प्रबासबाट प्रस्तुत छ.....ब्लग हेरिदिनुभएकाले धन्यबाद ।

Tuesday, May 12, 2009

बच्चा हराउने हल्लाले गाउँमा त्रास

चेतन अधिकारी
दमक, झापा र मोरङका ग्रामीण भेगमा केही सातायता बालबालिका हराउने हल्लाले अभिभावक त्रसित भएका छन् । केही दिनअघि जनकपुरमा बच्चा चोरेको आरोपमा गरिएका हत्यापछि यहाँ पनि बालबालिका चोरी हुने मानसिक असर बढेको हो ।
झापाको कोहबरा, महारानीझोडा, गौरीगञ्ज, खजुरगाछी, गौरादह मोरङका मधुमल्ला, इटहरा, सिंजुवालगायत गाउँमा यसले व्यापकता पाएको छ । केही पहिले इटहरामा एक व्यक्तिले बालिका बोरामा हालेर लग्दै गरेको अवस्थामा गाउँलेले फेला पारेको स्थानीयवासी बताउँछन् । ती चोरले भारतका विभिन्न ठाउँमा लगेर बालबालिकाका अंग महँगोमा किनबेच हुने दाबी गाउँले गर्छन् । गौरीगञ्ज-७ की रमावती राजवंशी भुरा चोरको हल्ला चलेपछि नातिनीलाई विद्यालय पुर्‍याउन र लिन आफैं जाने गरेकी छन् । 'देखेको र हराएको प्रमाण कहीँ छैन,' उनी भन्छिन्, 'तर हल्ला घरघरमा छ । सबै डराएका छौं ।'
गाउँमा नचिनेका मानिस आएर बालबाललिकालाई मिठाइ, फलफूल दिएर फकाएर लैजान्छन् भन्ने हल्लाले ठूलै रूप लिएको स्थानीयवासी बताउँछन् । बच्चा हराउने हल्ला चलेदेखि सीमा क्षेत्रका केही विद्यालयमा विद्यार्थीको संख्या घटेको छ । यी क्षेत्रका अभिभावक छोराछोरी पुर्‍याउन र लिन आफैं आउने क्रम बढाएका छन् । मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

सनराइज अंग्रेजी स्कुल महारानीझोडाका पिन्सिपल धनपति पौडेलका अनुसार बच्चा चोरको हल्लासँगै अभिभावक बिद्यालयमा भीड लाग्ने गरेका छन् । "नानीहरू हराउलान् भनेर उनीहरू डराएका छन्," पौडेलले भने, 'हामीले पनि नानी पुर्‍याउन र लिन आफैं आउनु होला भनेर अनुराेध गरेका छौं ।' प्राथमिक तहका नानीलाई एक्लै नहिंड्न, अपरिचितले दिएको खानेकुरा नखान र कोही अपरिचितले सोधखोज गरेमा शिक्षक वा अभिभावकलाई जानकारी दिन विद्यालयले विद्यार्थीलाई निर्देश गरेको छ । लेखनाथ निमाविका प्रधानाध्यापक रामबहादुर ढुंगानाका अनुसार यो हल्ला आएपछि विद्यालय समयबाहिर कुनै विद्यार्थीलाई बिदा दिन छोडिएको छ । 'अभिभावकले १० देखि ४ बजे स्कुलको जिम्मा भनेका छन्,' उनले भने, 'विद्यालय समयमा अभिभावक लिन आएको अवस्थाबाहेक कसैलाई बिदा दिने गरेका छैनौं ।'
दुई पक्राउ
मोरङ उर्लाबारीका गाउँलेले मंगलबार दुई व्यक्तिलाई बालबालिका फकाएको आरोपमा प्रहरीलाई बुझाएका छन् । पथरीबाट एक पुरुष र उर्लाबारीबाट महिलालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरूलाई हेर्न दिनभरिजसो सर्वसाधारणको भीड लागेको थियो । कार्यालयका अनुसार पक्राउ परेका दुवै सुस्त मनस्थितिका छन् । गाउँतिर आएका यस्तै किसिमका व्यक्तिका कारण आम नागरिकमा शंका बढेको कार्यालयले प्रष्ट पारेको छ । तर उनीहरूमा शंका गनर्ुपर्ने कुनै प्रमाण नपाएको प्रहरी निरीक्षक चक्र बस्नेतले बताए ।
प्रजिअ नरेन्द्र दाहालले यस किसिमका हल्ला नियन्त्रण गरेर गाउँलेलाई त्रासमुक्त बनाउन प्रहरीमार्फत् जनचेतनामूलक कार्यक्रम गरिने जानकारी दिए । निराधार हल्लाको पछि लागेर त्रसित नहुन दाहालले सबैलाई आग्रह गरेका छन् ।
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

No comments:

Post a Comment