प्रबासमा नेपाली भाषालाइ माया गर्ने ब्लग मध्ये एक जुन इजरायली प्रबासबाट प्रस्तुत छ.....ब्लग हेरिदिनुभएकाले धन्यबाद ।

Tuesday, May 12, 2009

कांग्रेस-एमाले बहुमततर्फ

राजेन्द्र फुयाल/कुलचन्द्र न्यौपाने
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

काठमाडौं, नयाँ सरकार बनाउन कांग्रेस-एमाले गठबन्धनतर्फ बहुमत पुग्ने स्थिति बनेको छ । कांग्रेस-एमालेको नेतृत्वले मंगलबार दिनभर गरेको द्विपक्षीय र सर्वपक्षीय बैठकले सकारात्मक परिणाम दिएको हो ।
सरकार गठनमा निणर्ायक मानिएको मधेसी जनअधिकार फोरमले साथ दिने संकेत मिलेपछि दुई दल उत्साही बनेका छन् । गठबन्धनबारे आन्तरिक मतभेद रहेको फोरमले औपचारिक निर्णय भने गरिसकेको छैन । अध्यक्ष उपेन्द्र यादवले गठबन्धनले तय गर्ने नीति र कार्यक्रम हेरेर सहयोग, समर्थन र सहभागिता निश्चित हुने बताए । फोरमले साथ दिए यो गठबन्धन पक्षमा ३ सय ४१ सभासदको समर्थन जुट्ने छ ।
सरकार गठन प्रक्रियाअन्तर्गत सभामुखलाई बुझाउन ती दल एमाले वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा बहुमत सभासदको हस्ताक्षर तयार गर्न लागिपरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामापछि माओवादीले लगातार सदन अवरुद्ध गरेका कारण संसदले नयाँ प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु गर्न पाएको छैन ।
सदन सुचारु गर्न माओवादीलाई नैतिक र राजनीतिक दबाब दिन ती दलहरूले नेपालको समर्थनमा हस्ताक्षर बुझाउन लागेका हुन् । एमाले, कांग्रेस, नेकपा -माले) लगायतका दलका सभासदको हस्ताक्षर संकलन भइसकेको छ । फोरमको आन्तरिक छलफल र मधेसी मोर्चासँगको सम्झौता कार्यान्वयनका लागि प्रयोग गरिने भाषामा सहमति हुन बाँकी रहेकाले हस्ताक्षरले अन्तिम रूप पाएको छैन ।
कांग्रेस-एमालेले सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच २०६४ फागुन १६ को सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । एमाले अध्यक्ष झलनाथ खनाल र कांग्रेस कार्यवाहक सभापति सुशील कोइरालाले संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा मधेसी, जनजाति र पिछडिएका समुदायसँग विभिन्न समयमा सरकारतर्फबाट भएका सहमति र सम्झौताहरूसमेतलाई ध्यान दिँदै नेपाललाई संघात्मक प्रणालीमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाएका
छन् । मधेसी मोर्चाका दलहरूले संविधानसँग सम्बन्धित विषयहरूलाई पनि टुंग्याउनुपर्ने धारणा राखेका छन् । कांग्रेस-एमालेलगातयले संविधासँग सम्बन्धित विषयलाई भने संविधानसभाले निर्णय गर्ने प्रस्ताव गरेका छन् ।
कांग्रेस-एमालेले मार्चाका तीन दलसँग सिंहदरबारमा वार्ता गरेका थिए । लगत्तै उनीहरूले साना दलसँग द्विपक्षीय कुराकानी गरी गठबन्धनका पक्षमा समर्थन यकिन गरेका थिए । साँझ सर्वदलीय बैठकमा १८ दल सहभागी थिए । माओवादी नेतृत्वको सरकारका पक्षमा उभिएका नेकपा एकीकृत, सद्भावना -गिरी), नेपाली जनता दल लगायतका दल भने सहभागी थिएनन् ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले एमाले नेतृत्वमा सरकार बन्नेमा शंका नभएको बताए । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाले नेतृत्वको गठबन्धनलाई समर्थन हुने तर आफूहरू सरकारमा सहभागी नहुने बताए । 'नेपालको समर्थनमा हस्ताक्षर गर्न सबै सभासदलाई निर्देशन गरेका छौं,' राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले भने ।
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

No comments:

Post a Comment