प्रबासमा नेपाली भाषालाइ माया गर्ने ब्लग मध्ये एक जुन इजरायली प्रबासबाट प्रस्तुत छ.....ब्लग हेरिदिनुभएकाले धन्यबाद ।

Sunday, May 17, 2009

लघुकथाः आमाको माया

असाध्यै गहिरो प्रेमको एक जोडी। प्रेम यात्राकै क्रममा प्रेमिकालाई सनक चढेछ। आफ्नो प्रेमीले आफूलाई कत्तिको माया गर्दो रहेछ भन्ने जाँच्न मन लागेछ। एक दिन प्रेमीलाई सोधिछन्- तिमी मलाई साँच्चै माया गर्छौ ? प्रेमीलाई आफूप्रति शंका गरेको देखेर अचम्म लागेछ। अनि के गर्दा विश्वास हुन्छ भन्ने उसले प्रेमिकासँग जिज्ञासा राखेछ। प्रेमिका एकाएक भन्छे- मलाई साँच्चै माया गर्छौ भने तिम्रो आमाको कलेजो अहिल्यै लिएर आऊ। प्रेमीलाई आफ्नो प्रेम साँचो हो भन्ने देखाउनु थियो।
तर आमाको कलेजो ? अन्धो हुन्छ भन्छन् नि प्रेम…। ऊ सिधै गएर आमाको हत्या गरी कलेजो झिकेर आफ्नो खल्तीमा राखेर दगुर्दै प्रेमिका भएतिर जान लागेछ।
हतारमा ढुंगोमा ठेस लागेर….बर्ल्याङग लडेछ। उठ्ने तरखर गर्दागर्दै खल्तीबाट परिचित आवाज आएछ-….बाबु…तिमीलाई कतै चोट त लागेन…..?
मातातीर्थ औँसी विशेष

No comments:

Post a Comment