प्रबासमा नेपाली भाषालाइ माया गर्ने ब्लग मध्ये एक जुन इजरायली प्रबासबाट प्रस्तुत छ.....ब्लग हेरिदिनुभएकाले धन्यबाद ।

Tuesday, May 12, 2009

जापान जानेले पैसा तिर्न नपर्ने

योगेश खतिवडा

काठमाडौं, तपाई प्रशिक्षार्थी कामदारका रूपमा जापान जाने विचारमा हुनुहुन्छ ? यदि यस्तो हो भने सरकारले तोकेको म्यानपावर कम्पनीको छनोटमा पनर्ुपर्नेछ तर जानका लागि पैसा भने बुझाउनुपर्नेछैन ।
श्रम तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार जापानमा जाने प्रशिक्षार्थी कामदारले बिनाशुल्क जान पाउने भएका
छन् । 'कामदारले कुनै पनि शुल्क तिनर्ुपर्दैन,' श्रम सचिव युवराज पाण्डेले भने, 'जापानको जिट्कोसँग प्रशिक्षार्थी कामदार पठाउने बारेको यही कुरा उल्लेख छ ।'
सम्झौताअनुसार काम गर्न जापान जान चाहने कामदारले अहिले नेपालकै कुनै कम्पनीमा काम गरिरहेको हुनुपर्छ । 'अहिले काम गरिरहेको कम्पनीले जाने व्यक्तिको आवश्यक खर्च बेहोनर्ुपर्छ भन्ने सहमति भएको थियो,' उनले थपे, 'अब पठाउने काम त्यहीअनुसार हुन्छ ।' यहाँबाट जाने कामदारले यहाँको कम्पनीमा जे काम गरिरहेको छ जापानमा गएर पनि त्यही कामको थप प्रशिक्षण पाउनेछ ।
कामदारले प्रशिक्षार्थीका रूपमा काम गरेको अवधिमा भने तलब सुविधा पाउने छैन । त्यस अवधिमा उसले खाने बस्ने सुविधामा मात्र काम गनर्ुपर्नेछ । 'प्रशिक्षार्थी अवधि सकिएपछि मात्र कामदारले तलब पाउनेछ,' सचिव पाण्डेले थपे ।
उनले कति समय प्रशिक्षार्थीका रूपमा काम गर्ने, कति पछि तलब पाउने, कहिलेसम्म पाउने निक्र्योल भई नसकेको बताए । यसबारेका बाँकी प्रक्रिया कम्पनी छनोटपछि उजुरी गर्ने र छानबिन गर्ने २ साताको अवधिपछि थप निष्कर्ष आउनेछ ।
गत साता मन्त्रालयले जापानमा प्रशिक्षार्थी कामदार पठाउन १ सय ६८ मेनपावर कम्पनीलाई अनुमति दिएको थियो । काम गरेको
अवधि तीन वर्ष नाघेका यी कम्पनीले कामदार पठाउने अनुमति पाएका हुन् ।
सन् २००३ को डिसेम्बरमा नेपालले जिट्कोसँग प्रशिक्षार्थी कामदार पठाउने सम्झौता गरेको थियो । जिट्कोसँग सम्झौता भएपछि सरकारले नेपाल उद्योग वाणिज्य महासंघलाई यसको जिम्मेवारी दिएको थियो । तर नेपालमा लामो समय बितिसक्दा पनि यसमा कुनै प्रगति हुन सकेको थिएन ।
सरकारले केही महिनाअघि मात्र पठाउन चाहने मेनपावर कम्पनीलाई आवेदन दिन आह्वान गरेको थियो । त्यसको केही महिनामा अहिले यो प्रक्रिया अन्तिम चरणमा आइपुगेको हो ।
जिट्कोले जापानले कानुन, परराष्ट्र, श्रम, अर्थ र यातायात गरी पाँचवटा मन्त्रालयको समन्वयमा विदेशी कामदार ल्याउने कामैगर्छ । योसँग सम्झौता गरेको एक वर्ष नबित्दै भियतनाम, इन्डोनेसिया र म्यानमारले जापानमा प्रशिक्षार्थी कामदार पठाउन सुरु गरिसकेको छन् ।
पैसा नबुझाउन आग्रह
काठमाडौं- वैदेशिक रोजगार विभागले जापान कामदार पठाइदिने प्रलोभनमा रकम असुल्ने काम भएको गुनासो आउन थालेको भन्दै पैसा नतिर्न आग्रह गरेको छ ।
'मन्त्रालयबाट पठाउने कम्पनी छनोट भए पनि कति लागतमा कुन उमेर तथा योग्यताका कामदार कुन प्रक्रियाद्वारा पठाउने भन्नेमा अन्तिम निर्णय भएको छैन,' विभागले भनेको छ, 'त्यसैले रकम असुल्नेजस्ता गैरकानुनी काम भएको गुनासो आउने गरेकाले त्यस्ता संस्था तथा व्यक्तिको भनाइ तथा प्रलोभनमा नपर्न आग्रह गर्दछौं ।'
जापान पठाउने नाममा रकम लिने दिने गरेको पाइएमा विभागको फोन नं. ४४६१२९९ र पयाक्स ४४७७६७३ मा जानकारी गराउनसमेत उसले आग्रह गरेको छ । त्यस्ता व्यक्ति वा संस्थालाई प्रचलित कानुनअनुसार कारबाही गरिने विभागले जनाएको छ ।


मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

No comments:

Post a Comment