प्रबासमा नेपाली भाषालाइ माया गर्ने ब्लग मध्ये एक जुन इजरायली प्रबासबाट प्रस्तुत छ.....ब्लग हेरिदिनुभएकाले धन्यबाद ।

Friday, May 15, 2009

फोरम संसदीय बैठकमा कुटाकुट

१ जेठ, काठमाडौं ।
कसको गठबन्धनलाई सहयोग गर्ने बिषयमा बिबाद भएपछि मधेसी जनअधिकार फोरम संसदीय दलको बैठकमा सभासदहरुबीच कुटाकुट भएको छ । झडपमा अध्यक्ष उपेन्द्र यादव र संसदीय दलका नेता विजयकुमार गच्छेदार पक्षधर केही सभासदहरु सामान्य घाइते भएका छन् ।
संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार भएको बैठकमा गच्छेदार समूहका मृगेन्द्र सिंह यादवले बोलिरहदा अधिकांश सभाषदहरुले ताली पड्काएपछि अध्यक्षले बोल्दा समर्थन नगर्ने तर एउटा सभाषद बोल्दा समर्थन गर्ने भन्दै यादव समूहले हातपात गरेका हुन् ।
बिहीबार बसेको केन्द्रीय समितिको बैठकले सभाषदको निर्णयलाई बेवास्ता गरेको भन्दै बैठकमा गच्छेदार समूहले आक्रो ब्यक्त गरे । काङ्ग्रेस-एमाले गठबन्धनमा सहभागी हुने र माओवादी गठबन्धनमा सहभागी हुने पक्षबीच कुटाकुट भएको हो । फोरममा अध्यक्ष उपेन्द्र यादव आफ्नो वा माओवादी नेतृत्वको सरकारमा सहभागी हुने पक्षमा छन् भने संसदीय दलका नेता विजयकुमार गच्छेदार एमाले-कांग्रेस गठबन्धनको सरकारमा सहभागी हुने पक्षमा छन् ।
बैठकमा कुटाकुट भएपछि फोरम संसदीय दलका नेता विजयकुमार गच्छेदारले पत्रकार सम्मेलन गरेर केन्द्रीय समितिले सभाषदको आवाजलाई नसुनेर सामान्ती प्रवृति देखाएको भन्दै आपत्ति जनाउनुभयो ।
‘संसदीय दल भनेको पार्टीको महत्वपूर्ण अंग हो,- नेता गच्छेदारले पत्रकार सम्मेलनमा भन्नुभयो,- ‘तर केन्द्रीय समितिले सभाषदको आवाज सुनेन ।’
सो क्रममा झडपको दृष्य खिच्न गएका कान्तिपुर टेलिभिजन र च्यानल नेपाल टेलिभिजनका क्यामेरामेनलाई फोरम सभाषदहरुले दुब्र्यवहार गरेका छन् । बैठकपछि फोरम अध्यक्ष उपेन्द्र यादवले भने पत्रकारहरुलाई केही पनि प्रतिक्रिया दिन चाहनुभएन ।
सरकार निर्माणका लागि निर्णायक भूमिकामा रहेको मधेसी जनअधिकार फोरमको शुक्रबार बिहान १५ घण्टासम्म बसेको बैठकले मधेसवादी दलको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको थियो । माओवादी नेतृत्वको सरकारमा गए अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गर्ने र एमाले नेतृत्वको सरकारमा गए विजयकुमार गच्छेदारले नेतृत्व गर्ने सम्भावना भएपछि दुई नेतावीच नेतृत्व बिबाद चुलिएको हो ।
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

No comments:

Post a Comment